सोमबार, मंसिर १३, २०७८

साइकलमा स्यान्डविच बेच्‍ने फास्टफुड चेनका मालिक डोलराजको कथा

नेपाल समय  |  काठमाडौं, सोमबार, असोज ११, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज ११, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं- सन् २००३ मा डोलराज गैरेले भारतको भोपालमा साइकलमा सुप, स्यान्डबिच र बिरयानी बनाएर ग्राहकलाई बेच्ने काम थाले। त्यो पनि दिनभरीको जागिरपछिको बेलुका तीन घण्टाको समयमा। उनले सो काम थालेको आज १८ वर्ष बितेका छ। र, यसबीच उनी भारतका कयौं सहरमा सञ्चालित फास्टफुड कर्नरका मालिक भएका छन्। उक्त सहरमा उनको फस्टफुडको १७ वटा  शाखा रहेका छन्।

भोपालको चर्चित फास्टफुड कर्नर ‘सागर गैरे’मा खाना खानेहरुले त्यहाँको स्वाद सजिलै भुल्न सक्दैनन् । जसरी उनको फास्टफुडको स्वाद जबर्जस्त मानिन्छ, उनको सफलतताको कथा पनि संघर्षपूर्ण र उत्प्रेरित गर्ने खालको छ । कसरी एउटा मानिसले शून्यबाट व्यवासय सुरु गरेर सफलतालको शिखरमा पुग्छ भन्ने उत्साहप्रद कथा उनको जीवनीले दर्शाउँछ । साइकलमा सीमित उनको व्यवसाय आज पूरा भोपालभरी फैलिएको छ।


सन् २००३ मा उनले सुप बेच्न काम थालेका थिए। त्यो बेला उनको साथमा न त पैसा थियो न त व्यवसाय चलाउनको स्थायी स्थान। डोलराज भन्छन्, ‘बेलुका अफिसबाट आएपछिको खाली समयलाई उपयोग गर्नको लागि मैले आफ्नो व्यवसाय सुरु गरेको हुँ। म घरमा बनाएको सुप, विरयानी र स्यान्डविच लिएर बेलुका–बेलुका तीन घण्टाजति बजारमा बेच्न जान्थें।’

उनी ती दिन सम्झँदै भन्छन्, ‘मैले साइकलमा त्यसरी फास्टफुड बेचेकोमा आफन्तहरू खिसिट्उिरी गर्थे तर मानिसहरुले मेरो स्वाद मन पराए। ग्राहकहरुकै मायाले आज म यहाँसम्म आइपुगेको हुँ।’

जागिर खाँदै सुरु गरेको फास्टफूड व्यवसाय

डोलराज एक नेपाली किसानका छोरा हुन्। आठ कक्षासम्म पढेका डोलराजले सुरुदेखि नै दिल्लीमा काम गर्थे। पछि उनले मध्यप्रदेश पर्यटन कार्यलयमा काम थाले।

बेलुकाको समयमा केही गर्न सकिन्छ भन्ने उनलाई लाग्यो। त्यसपछि दायाँबायाँ केही चसोची साइकलमा खाना बेच्ने काम सुरु गरे। न उनले आफन्तले केही सोच्लान् कि भन्ने धक माने त न कसैको लाजको डर। यसरी सरकारी जागिर सकिएपछिको बेलुकाको सयम उनले आफ्नै व्यवसाय थाले।

उनले २००३ देखि साइकलमा एउटा सुप राख्ने भाँडो बाधेँर बेच्न काम थाले। डोलराजले बनाएको सुपको स्वाद मानिसले मन पराए। उनको परिचय नै ‘साइकल सूपवाले’ बन्यो। उनको चर्चा सहरभरी विस्तार हुँदै गयो।

साइकलमा व्यापार थालेको एक वर्षपछि उनले सरकारी जागिर छाडे र आफ्नै व्यवसायलाई निरन्तरता दिने योजना बनाए । सोही अनुरुप एउटा एउटा सानो सटर भाडामा लिएर सुप, स्यान्डबिच, बिरयानी बेच्न थाले।

भाडामा लिएको उक्त ठाउँ आफ्नो बनाउन उनलाई पाँच वर्ष लागेको थियो। ६० स्क्वायर फिट क्षेत्रफलमा सञ्चालित उक्त पसलले उनको जीवन परिवर्तत भयो। अहिले उनको फास्टफुडमा १६ जना रोजगार छन्।

कहिलै नबदलिने स्वाद

भोपालको यो फस्टफुडमा रहेको मेनूमा सबै किसिमको खानाहरू पाइन्छ। तर, यहाँको स्यान्डबिच र सुपको स्वाद मानिसको जिब्रोमा बसिसकेको छ।

यसका साथै आम मानिसको स्वस्थ्यलाई मध्यनजरमा गर्दै सरसफाइलाई विषेश ध्यान दिएको छ। दुई वर्ष पहिले उनले  ‘सागर गैरे’ नामबाट कम्पनी रजिस्ट्रेसन गराए। त्यसपछि उनले अन्य ठाउँमा पनि फास्टफूडका शाखा खोले।


भोपालमा उनको फास्टफूडका १७ वटा शाखा विस्तार भइसकेको छ। अन्य शाखामा उनी समय–समयमा रेखदेख गर्न जान्छन् । उनको सबै शाखामा एकै ठाउँबाट मसला जाने गर्छ। भोपालबाहेक  अन्य ठाउँ छतरपुर, सागर र इन्दौरमा पनि यसको शाखा खुल्ने तयारी छन्।

बर्गरलाई चुनौती

मध्यप्रदेशका साथै लखनऊ र मुम्बईमा पनि ’सागर गैरे’ को साखा खोल्नेमा विचार चलिरहेको उनले बताए। उनका छोरा सागर आफ्नो बुवासँग मिलेर यस ब्राण्डको देशभर फैलाउने काम गरिरहेका छन्। डोलराज भन्छन्, ‘विदेशी बर्गर ब्राण्डको शाखा जब भारतको प्रत्यक एक शहरमा हुन्छ, तर हामी किन नगर्ने? धेरै नााफा कमाउने हाम्रो सिद्धान्त नरहेको कारण वा हामी आफ्नो खानाको स्वाद धेरै मानिसहरुकोमा पुर्‍याउन चाहन्छौं।’


आफ्नो पुरानो दिन याद गर्दै उनी भन्छन्, ‘म ती दिनहरुको धेरै याद गर्ने गर्छु जब म आफ्नै हातबाट स्यान्डबिच बनाएर मानिसहरूलाई दिने गर्थे। त्यो नै मेरो लागि सबैभन्दा आनन्द पल रहेको थियो।’

डोलराज गैरेको मेहनत र उनले आफू प्रतिको विश्वासमा अधिक भएर कक्षा मेहनत नै सफलताको कारण भएको उनी बताउँछन्। आफ्नो खानाको स्वादको तारिफ शहरभरी होला भनेर उनले कहिल्यै नसोचेको उनले बताए।

-एजेन्सीहरुको सहयोगमा


प्रकाशित: September 27, 2021 | 10:13:26 काठमाडौं, सोमबार, असोज ११, २०७८
नेपाल समय

नेपाल समय

नेपाल समय
काठमाडौं, सोमबार, असोज ११, २०७८

थप समाचार

कुहिएको करेलाको बीजले बदलिएको भाग्य

पहिला पहिला खेती हुने तीन सय रोपनी फाँटमा अहिले खेती गर्ने म मात्र भएको छु। बाँकी सबैको खेतबारी बाँझो छ। गाउँका धेरै मानिसको खेती बाँदरले नास गर्दा मेरो खेती भने जोगिएकै छ।

रोयल इन्फिल्डमा जमेका विपिन

नेपाल फर्किएपछि के गर्ने भनेर अध्ययन गरिरहँदा उनलाई लाग्यो– आफ्नै बुवाले थालेको कामलाई नयाँ ढंगमा निरन्तरता दिनु उचित हुनेछ।

आलुमा आत्मनिर्भर बनाउने अभियानमा कृषि ज्ञान केन्द्र

कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री आधुनिकीकरण परियोजनाले कृषकलाई आलु खेतीमा प्रोत्साहन गर्न उन्नत जातको बीउ, आवश्यक औजार तथा सिँचाइका सामान दिएर सो अभियानको थालनी गरेको हो।

सिनेमा हल बन्द हुँदा खुलेको अर्को ढोका

सिनेमा हल बन्द भयो। र, यो बन्द कतिन्जेल हुने हो कसैलाई केही मेसो थिएन। जागिर धरापमा परेपछि आम्दानीको लागि के गर्ने भन्ने सोच उनले गर्न थाले।

पाखोबारीमा अलैँची खेती विस्तार

पश्चिम म्याग्दीको मङ्गला गाउँपालिकाको अर्मनका किसानले पाखोबारी तथा खाली जमिनमा धमाधम अलैंची खेती विस्तार गर्न थालेका छन्।

ठेलाको कफी सप, जहाँ पारखीहरूको सधैं भीड लाग्छ

‘कफी पसल त अन्त पनि छन्। तर पनि ट्राफिक चोकको जस्तो स्वादिष्ट कफी अन्त पाइँदैन। साँझको बेला सडक फेस्टिबल जस्तै हुन्छ। त्यसैले नियमित आइरहन्छु।’

ट्रेंडिंग

नेपाल समय
सुदूरपश्चिम

पुष्पकुमार शाहीद्वारा कांग्रेस सुदूरपश्चिम अध्यक्षमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका युवा नेता पुष्पकुमार शाहीले १४औं महाधिवेशनअन्तर्गत सुदूरपश्चिम प्रदेशको सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्।
नेपाल समय
समाज

यस्तो रहस्यमय मृत्यु जसले बाहिर ल्यायो रौतहट कारागारभित्रको 'दादागिरी'

एक कैदीको रहस्यमय मृत्युको घटनापछि जिल्ला कारागार रौतहटभित्र हुने गरेका बेथिति र हिंसाको अनेक पक्ष सतहमा आएका छन्।
नेपाल समय
राजनीति

एमाले-कांग्रेस महाधिवेशनमा ओली-देउवाका तीन संयोग, एकै अपेक्षा

असार २९ गते देउवा प्रधानमन्त्री बनेका थिए। त्यसयता उनको भेट ओलीसँग भएको थिए। एमाले महाधिवेशनले देउवा–ओलीको भेट त जुरायो नै। सँगै ओली र देउवाका बीचमा केही रोचक संयोग समेत पर्न गए।
नेपाल समय
ब्लग

बाटो बिराएका पूर्वशिक्षक प्रचण्डको एउटा ठूलो भ्रम

एउटा छविलालले बाटो बिराउँदा समाजले ठूलो मूल्य चुकाउनुपरेको छ। वाध्यताबस देशका लाखौं युवाले बाटो बिराएर कोही अरबको खाडी पुगेका छन् त कोही पूर्ण रुपमा अमेरिका, अस्ट्रेलियातिर हराएका छन्।
नेपाल समय
लुम्बिनी

कांग्रेस महाधिवेशन : राजनीतिमै जीवन बिताएका नेताहरु महाधिवेशन प्रतिनिधिमै पराजित

पौडेल रुपन्देहीको निर्वाचन क्षेत्र न. २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिका उम्मेदवार थिए। तर, उनी पराजित भए। विद्यार्थी राजनीतिमा डेढ दशकदेखि सक्रिय पौडेलले यो पटक महाधिवेशन प्रतिनिधि जित्‍ने आशमा थिए।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C