शुक्रबार, मंसिर १६, २०७९

ऐना झ्यालको पुतली : बालापन सम्झाउने पारिवारिक प्रतिविम्ब

नेपाल समय  |  काठमाडौं, बुधबार, भदौ ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ८, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं– निर्देशक सुजित बिडारीले प्रदर्शोन्मुख फिल्म ‘ऐना झ्यालको पुतली’ आफ्नो अनुभवजन्य भोगाइको परिणाम रहेको बताएका छन्। मंगलबार पत्रकारसँगको साक्षात्कारमा निर्देशक बिडारीले भुइँचालोले सिर्जना गरेको कोकोहोलाताबीच आफ्नै घरका महिलाले गरेको संघर्षलाई आधार मानेर तयार गरेको कथानकलाई साथीहरूले मेरोजस्तै भनेपछि ‘ऐना झ्यालको पुतली’ बनेको उनले सुनाए।

‘म आमा र दिदीहरूको संघर्ष हेरेर हुर्किएँ। यो फिल्मलाई मेरो भोगाइको प्रतिविम्ब भन्दा पनि हुन्छ। फिल्ममा देखिने आमा, दिदी भाइ मेरै परिवारका सदस्य हुन्। यो मजस्तै धेरै परिवारको कथा हो,’ उनले भने, ‘मैले जसरी यो उमेरमा आएर आमा र दिदीहरूको संघर्षलाई हेरें, त्यसैगरी फिल्म पनि भाइको आँखाबाट आमा र दिदीले गरेको संघर्षमा साक्षी बसेको कथा हो।’

२४ भदौलाई प्रदर्शन मिति तोकेको फिल्ममा सिरु विष्ट, कञ्चन चिमौरिया, दिनेश खत्री शीर्ष भूमिकामा छन्। फिल्ममा विष्टबाहेक बाँकी सबै कलाकार नन एक्टर हुन्। 

निर्देशक तथा कास्टिङ निर्देशकले संखुवासभाका स्कुलबाट अडिसन गरेर उनीहरूलाई अभिनयका लागि तयार गराएका हुन्। निर्देशक सुजित बिडारीले सहरमा हुर्किएका व्यावसायिक कलाकारबाट गाउँले जनजीवन विश्वसनीयताका साथ देखाउन सम्भव नहुने ठम्याइसहित नयाँ कलाकार लिएर काम गरेको बताए। तर नन एक्टरबाट काम गराउन भने सजिलो अनुभव नरहेको उनको भोगाइ छ।

‘पहिलो कुरा नन एक्टरसँग काम गर्न गाह्रो हुने रहेछ भन्ने थाहा पाएको भए सायद काम गर्दिनथें होला,’ सुजितले सुनाए, ‘मेरो फिल्मले गाउँको पनि अलि पुरानो समयको कथा भन्छ। गाउँको चरित्रले गर्ने गतिविधिमा कुनै कमजोरी नहोस् भनेर त्यही परिवेशमा हुर्केका चरित्रलाई कलाकार बनाउने निर्णय गरेका थियौं। उहाँहरूले मेरो सोचलाई सार्थक बनाएको महसुस गरेको छु।’

फिल्म अभिनयको थुप्रै अनुभव सँगालेकी सिरु विष्टले स्क्रिप्ट पढ्नुअघि आफू फिल्म खेल्ने कुरामा विश्वस्त नभए पनि स्क्रिप्ट पढेपछि  फिल्म गर्न तयार रहेको अनुभव सुनाइन्। 

‘निर्देशकले भने पनि गर्न सक्दिनँ होलाजस्तो लागेको थियो तर स्क्रिप्ट पढेसँगै यो मैले भोगेकै कथा त रहेछजस्तो लाग्यो। त्यसैले मैले नाइँनास्ती गरिनँ,’ उनले थपिन्, ‘मलाई घाँस काटेको, दूध दुहेको, गुन्द्री बुनेको, डोको, नाम्लो आदि गरेको अनुभव थिएन। यस्ता धेरै कुरा मैले सिकें।’

ट्रेलरले गाउँले परिवेशमा बनेको दिदीभाइको कथाजस्तो छनक दिए पनि फिल्मले हरेक परिवेशमा रहेका परिवारलाई आफ्नो कथा भनेको आभास हुने जिकिर उनले गरिन्। निर्देशक बिडारीले उनको तर्कमा सही थाप्दै फिल्मले सपना पछ्याउने कुरालाई जोड दिएकाले जुन वर्गका दर्शकले पनि सिनेमामा आफूलाई देख्न सक्ने विश्वास व्यक्त गरे।

‘अलि हुने÷खाने वर्गका सपना फरक होलान् र गरिबका फरक। तर सपना त सपना हो नि। वस्तु फरक होलान् तर आकांक्षा  राख्ने भावना एउटै हुन्छ। फिल्मले हाम्रो यस्तै आकांक्षाको कथा प्रस्तुत गर्छ। त्यसैले यो फिल्म सबै वर्गका लागि हो भन्ने हाम्रो ठम्याइ छ,’ उनले भने। 

आइसफल प्रडक्सन, लोकल सिनेमा र आर्को फिल्मस्को संयुक्त ब्यानरमा बनेको फिल्मलाई प्रविन स्याङ्बो, आकाश पौडेल, रामकृष्ण पोखरेल र सुजित बिडारी स्वयं मिलेर निर्माण गरेका हुन्। 

दक्षिण कोरियाको बुसान फिल्म फेस्टिभलको न्यू करेन्ट सेक्सनमा छानिने पहिलो नेपाली फिल्मको रेकर्ड बनाएको फिल्मबाट निर्देशक बिडारीले ढाका इन्टरनेसनल फिल्म फेस्टिभलमा उत्कृष्ट निर्देशकको अवार्ड जितेका थिए। त्यसबाहेक फिल्म एसिया प्यासिफिक स्क्रिन अवार्ड र जेलिन अवार्डमा छानिएको थियो।

स्वीट्जरल्यान्डको फ्रिवर्ग इन्टरनेसनल फिल्म फेस्टिभलमा समेत प्रदर्शन भएको फिल्मलाई त्यहाँका थुप्रै स्कुलमा देखाइएको निर्माता रामकृष्ण पोखरेलले जानकारी दिए। 

उनले पछिल्लो समय हलमा रिलिज नेपाली फिल्मले अपेक्षित व्यापार गरिरहेको तथ्यसँग परिचित भए पनि व्यापारभन्दा पनि आफ्नो र आफूअघिको पुस्ताले जीवन जिउन गरेको संघर्षलाई ‘ट्रिब्युट’ गर्न फिल्म प्रदर्शन गर्न लागेको बताए।


प्रकाशित: August 24, 2022 | 11:48:48 काठमाडौं, बुधबार, भदौ ८, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

काठमाडौं महानगरको प्रस्टीकरण : तीन निकायको सहकार्यमा अनधिकृत सुकुम्बासी बस्ती हटाउँछौं

राष्ट्रिय भूमि आयोगले काठमाडौं नगरभित्रका सुकुम्बासीको समस्या समाधान गर्न ढिलाइ गरेपछि आफैं अगाडि सर्नुपरेको प्रस्टीकरण काठमाडौं महानगरले दिएको छ।

समानुपातिकतर्फ १ करोड मतगणना हुँदा कुन दललाई कति?

निर्वाचन आयोगका अनुसार आज बिहान ९ बजेसम्म एक करोड आठ लाख दुई हजार ९०७ मतगणना भएको छ।

देशव्यापी सांगीतिक यात्रामा निस्किँदै नेपथ्य

देशको पूर्वी कुनादेखि पश्चिम कुनासम्म आफ्ना लोक–रक धुन सुनाउने योजनाका साथ नेपथ्य यसै साता काठमाडौंबाट बाहिरिने भएको हो।

असुरक्षित सडकको सिकार भएका महावीर

वैज्ञानिक समाजवादी पार्टीमा जोडिएपछि सेलिब्रेटी छविप्रतिको मोह घट्दै गएको थियो। समानता र विभेदको अन्त्य उनका अर्जुन दृष्टि थिए। उनको उद्देश्य र काम जात व्यवस्था अन्त्य गर्नेमा केन्द्रित थियो।

के हो रामकुमारीको सन्देश?

खुलेको मुस्कानसहित उक्त तस्बिर सार्वजनिक भएपछि बाम एकताको आकलन धेरैले गरे। हुन पनि चुनावी मतपरिणाम आउँदै गर्दा बाम एकता गरेर नयाँ सरकार बनाउनुपर्ने धारणा एमाले र नेकपा एसका धेरै नेताको देखिन्छ।

धनुषा ४ मा कांग्रेसका यादवले ६८६ मतले लिए अग्रता

मतगणना जारी रहँदा नेपाली कांग्रेसका महेन्द्र यादवले आफ्नो अग्रता बढाउँदै लगेका छन्। मतगणनाको सुरुदेखि नै नेकपा (एमाले) रघुवीर महासेठले अग्रता लिएका थिए।

सरकार गठनको पहिलो प्रयास गठबन्धनले गर्ने, प्रधानमन्त्रीको दौडमा को–को?

सत्ता गठबन्धनकै सरकार बने प्रधानमन्त्री को? कांग्रेसभित्र कम्तीमा ५ आकांक्षी देखिँदा माओवादी अध्यक्ष प्रचण्ड पनि यसैको दौडधूपमा छन्।

धनुषा ४ मा रघुवीर महासेठलाई पछि पार्दै कांग्रेस उम्मेदवारको अग्रता

धनुषा ४ मा नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले अग्रता लिएका छन्। आइतबार साँझबाट पछि परेका उनले पछिल्लो अपडेटअनुसार अग्रता कायम गरेका हुन्।

कर्जा-निक्षेप अनुपातमा राष्ट्र बैंक लचक

तोकिएको कर्जा–निक्षेप अनुपात नपुगे बैंक तथा वित्तीय संस्थालाई लाग्ने जरीवानालाई तरलता जोखिममा समेत आधारित हुने गरी पुनरवलोकन गर्न सकिने व्यवस्था गरी लचकता अपनााएको हो।

थप समाचार

नेपाल समय
मनोरञ्जन

काठमाडौंले छेकेको काठमाडौंबाहिरको रंगमञ्च

निटफेस्ट २०२२ को चौथो दिन सोमबारदेखि प्यानल डिसकसनका कार्यक्रम सुरु हुँदै।
नेपाल समय
मनोरञ्जन

मिस वर्ल्डका नयाँ सहमालिक बने नेपाली मूलका गुरुङ

यस वर्षको ७१ औं मिस वर्ल्ड संस्करणबाट गुरुङले औपचारिक रुपमा मिस वर्ल्डको नेतृत्व सम्हाल्नेछन्। स्थापनाकालदेखि नै मिस वर्ल्डको एकाधिकार बेलायती व्यवसायी जुलिया मोर्ले र उनको परिवारसँग थियो।
नेपाल समय
मनोरञ्जन

गायक प्रकाश दुतराज भन्छन्- केही छिन हराउनु मर्नु होइन

गायक प्रकाश दुतराजले आफूले आत्महत्याको प्रयास गरेको भन्ने खबर झुटो भएको बताएका छन्।
नेपाल समय
मनोरञ्जन

नेपथ्यको एक महिने सांगीतिक यात्रा

आगामी १६ मंसिरदेखि १६ पुससम्म नेपालको पूर्वी कुनादेखि पश्चिमी कुनासम्म पुग्ने तयारीमा नेपथ्यले यसपालि ‘मानवता प्रवद्र्धन अभियान’ मा सहभागी हुँदै सांगीतिक प्रस्तुति पस्किनेछ।
नेपाल समय
मनोरञ्जन

‘नालापानी हेरेपछि नेपाली हुनुको गर्व महसुस’

मातृभूमिको रक्षाका लागि प्राण त्याग्न तयार वीर नेपालीको गौरवगाथा चलचित्रमा हेर्न पाउनु अहोभाग्य भएको दर्शकको प्रतिक्रिया।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना