दोलखा- दोलखामा प्रतिनिधिसभा सदस्यमा वाम–लोकतान्त्रिकका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का गङ्गा कार्कीले पछिल्लो समय अग्रता लिएका छन्।
हालसम्म ४९ हजार छ सय ३५ मत गणना गर्दा कार्कीले २१ हजार चार सय १२ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी नेकपा (एमाले)का बालकृष्ण शिवाकोटीले हालसम्म २१ हजार एक सय ४३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए। यसअघि शिवाकोटीको अग्रता थियो।
जिल्लामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए। कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए। १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए। कूल मत ८५ हजार तीन सय ८८ खसेको थियो।