काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत दोलखामा हालसम्म ३९ हजार ३८९ मत गणना हुँदा नेकपा एमालेका बालकृष्ण सिवाकोटीले १७ हजार ५२८ मत प्राप्त गरेका छन्।
उनका निकटतम् प्रतिद्वन्द्वी गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार गङ्गा कार्कीले १५ हजार ७०० मत प्राप्त गरेका छन्। उनीहरुबीच एक हजार ८२८ मतान्तर रहेको छ।