काठमाडौं- दोलखा प्रदेश सभा (ख) मा नेकपा एमालेका उम्मेदवार भरतबहादुर केसी निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बर्मा लामालाई पराजित गर्दै केसी निर्वाचित भएका हुन्।
उनी १९ हजार ४१४ मत ल्याएर प्रदेश सभा सदस्य पदमा विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी लामाले १७ हजार ५९५ मत प्राप्त गरे।
कांग्रेस उम्मेदवार लामा २०७४ को निर्वाचनमा पनि प्रदेश सभामा पराजित भएका थिए। यसअघि उनी माओवादी केन्द्रका विशाल खड्कासँग पराजित भएका थिए।
यसपटक प्रदेश सभामा निर्वाचित भरत केसी भिमेश्वर नगरपालिकाका पूर्वमेयर हुन्। लामा कांग्रेस दोलखाका सभापति हुन्।