काठमाडौं- काठमाडौंको हलचोकमा बसको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ।
मृत्यु हुनेमा धादिङ घर भइ हाल काठमाडौं महानगरपालिका १४ बस्दै आएका ३४ वर्षीय प्रतिक बास्कोटा रहेका छन्।
बिहीबार साँझ बा ५ ख ६९५ नम्बरको बस र बा ७८ प २६८७ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा बास्कोटा गम्भीर घाइते भएका थिए।
घाइते भएपश्चात् अस्पताल लगिएका उनको उपचारको क्रममा मनमोहन अस्पताल स्वयम्भूमा मृत्यु भएको प्रहरीले जनाएको छ। हाल बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी वृत्त स्वयम्भूले जनाएको छ।