काठमाडौं- निर्वाचन आयोगले सुनसरी-४ मा स्थगित मतगणना सुरु गर्न निर्देशन दिएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पुनः मत गणना गर्न निवेदन दिए पनि आयोगले कार्कीको माग अस्वीकार गरेको हो।
आइतबारदेखि रोकिएको गणना अझसम्म पनि सुरु हुन सकेको छैन। बराहक्षेत्र-८ को गणना गर्दा ब्यालेटमा नभएको ६ सय मत नेकपा एमाललेको पक्षमा जोडिएको आरोप लगाउँदै मतगणना रोक्न कार्कीले माग गरेका थिए।
अब विभिन्न पालिकाका ८ वटा वडाको मत गणना गर्न बाँकी छ।