काठमाडौं- निर्वाचन आयोगले उदयपुर–१ मा स्थगित मतगणनालाई निरन्तरता दिन आदेश दिएको छ।
मतगणना पूर्व भएको सर्वदलीय/सर्वपक्षीय सहमतिका आधारमा मतगणनालाई निरन्तरता दिन आयोगले निर्देशन जारी गरेको हो।
मुख्य निर्वाचन अधिकृत कार्यालयलाई निर्देशन दिँदै आयोगले मतगणना कार्य नरोक्न भनेको हो।