नवलपुर- पूर्वी नवलपरासीको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट नेपाली कांग्रसका पूर्वमहामन्त्री डा. शशांक कोइराला निर्वाचित भएका छन्।
कोइराला २७ हजार ६७ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्। उनका निकटतम् प्रतिस्पर्धी एमालेका कृष्ण पौडेलले २५ हजार ४७ मत ल्याए।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले २४ हजार ३०५ मत ल्याउँदै तेस्रो स्थान बनाए।