सोमबार, मंसिर १९, २०७९

जन–प्रश्न बाँड्दै घरघर कुदिरहेका स्वतन्त्र उम्मेदवार 'जग्गु'

राज सरगम  |  काठमाडौं, मंगलबार, कार्तिक २२, २०७९

राज सरगम

राज सरगम

मंगलबार, कार्तिक २२, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं- एक हातमा खाम र अर्को हातमा लालटिन समाएर बिहानै घरबाट निस्किन्छन्, जगन्नाथ लामिछाने। घरी दौडिएर तर घरी छिटोछिटो हिँडेर काठमाडौं क्षेत्र नम्बर ५ (ख) का बासिन्दाको घरको ढोका ढकक्याउन पुग्छन् उनी। घरमा भेटिएका सदस्यको हातमा हुलाकीले झैं पहेंलो खाम थमाउँछन्। राजनीतिक गफगाफ गर्दै खाम खोलेर पढिदिन अनुरोध गर्छन् र अर्को घरको ढोका ढकढक्याउन पुग्छन्। 

आइतबार मात्रै उनले काठमाडौंको दस किलोमिटरभित्र पर्ने घरका सबै ढोका ढकढक्याएर २२ सय वटा खाम बाँडे। त्यसैगरी सोमबार बिहान सात किलोमिटर हिँडेर १५ सय खाम बाँडे। मंगलबार ५ किलोमिटर कुदेर ११ सय खाम बाँडेको लामिछानेले सुनाए।

लामिछानेले बाँडेको खाम कुनै सरकारी हुलाक कार्यालयले पठाएको होइन। न त खाममा पैसा नै छ। बागमती प्रदेशको विकास र समृद्धि देख्ने लामिछानेको अनुरोधपत्र हो त्यो खाम। 

बागमती प्रदेशको काठमाडौं क्षेत्र नम्बर ५ (ख) प्रदेश सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार दिएका लामिछानेले ‘रन जग्गु रन’ नामको अभियान अगाडि बढाएका छन्। ६ दिनसम्म चल्ने यो अभियानमा उनी कहिले कुदेर त कहिले हिँडेर आफ्ना मतदातालाई पत्र बाँड्दै आएका छन्।  

लालटिन चुनाव चिन्हको छाप लगाएको खाम दिँदै पढ्न र सही प्रतिनिधि छान्न अनुरोध गर्छन् उनी। भन्छन्, ‘यो लेटर क्याम्पियन हो। परम्परागत शैलीमा मतदाताको घरमा पुग्ने अभियान हो।’ सशक्त प्रदेश, समृद्ध देश भन्दै उनले एक हप्ते अभियानलाई सुचारु गरेका हुन्। 

त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेका लामिछानेले बेलायतको किड्स कलेज तथा लण्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनमा एमएससी इन ग्लोबल मेन्टल हेल्थ अध्ययन गरेका छन्। मनोपरामर्शदाताको नाताले पनि यो अभियानबाट मतदाताको चुनावप्रतिको धारणा बुझ्न सक्ने र सही प्रतिनिधि बुझाउन सजिलो हुने बताउँछन् उनी। 

नेपाल समय

सामाजिक सञ्जाल विभिन्न पार्टीका झण्डा र घोषणापत्रले रंगिएका छन् अहिले। सहरदेखि गाउँसम्म घरका भित्ता र सडक पेटीका पर्खालहरूमा चुनावी प्रचारका पम्प्लेटहरू टाँसिएका छन्। नेता–कार्यकर्ता उम्मेदवारका लागि आफ्नो क्षेत्रमा मत मागिरहेका छन्। तर लामिछानेले भने पत्राचारको माध्यम अपनाएर आफ्ना मतदातालाई भेटिरहेका छन्। लालटिन चुनाव चिन्हको छाप लगाएको पत्र दिएर भन्ने गरेका छन्, ‘सही प्रतिनिधि छान्न नचुक्नु होला।’

उज्यालो छर्ने लालटिनमा मत दिएर मलाई नै जिताउनु होला भन्दैनन्, बरु स्वतन्त्र उम्मेदवारी दिएको छु सही प्रतिनिधि छान्नुहोला भन्छन्। पार्टीका नेताले भन्दा राम्रा काम गर्न स्वतन्त्र उम्मेदवारले पनि सक्छन् भन्ने उदाहरण दिन्छन्। मानसिक स्वास्थ्यको मुद्दालाई सार्वजनिक बहसका रूपमा उठाउने नेपालका पहिलो व्यक्ति लामिछाने पेशाले व्यवसायी हुन्। मनोपरामर्शादाताका रूपमा पनि चिनिन्छन् उनी। दुई दिनदेखि ‘टोलटोलमा खुशीको यन्त्र, एक वडा एक सामुदायिक केन्द्र’, लेटर क्याम्पियन अभियान सुरु गरेका हुन्। 

‘पत्राचार अभियानले उम्मेदवारबीच आत्मीयता बढाउँछ। र, पत्रलाई हत्तपत्त फ्याँक्दैनन्। भावनात्मक अट्याचमेन्ट गराइराख्छ पत्रले,’ उनी भन्छन्, ‘मैले पत्रमात्रै दिइरहेको छैन, भावना पनि सेयर गरेको छु, जसका कारण मतदाता र उम्मेदवारबीच अपनत्वको भाव आउँछ।’ 

चिठीमा त्यस्तो के छ जसलाई पढेर मतदाता गम्भीर हुन्छन्? उनी पत्रको दोस्रो अनुच्छेदमा लेखेको कुरालाई दोहोर्याउँछन्, ‘तपाईंहरूको जस्तै मेरो पनि १०–१२ जना साथीहरू छन्। मायाले मलाई ‘जग्गु’ भनेर बोलाउँछन्। नेपाली समाजको चेत अनुसारकै व्यंग्यहरूमा मन खोलेर उनीहरूसँगै हाँस्छु। अनि यो देशको बेथिति र विसंगतिहरूविरुद्ध मन उद्वेलित हुँदा माइतीघरमा नागरिक समाजसँगै उभिएर राज्यलाई प्रश्न सोध्छु। सरोकारवालासँग उत्तर माग्छुु। म तपाईंहरूजस्तै यो देशको वर्तमान अवस्थाप्रति चिन्तित र राजनीतिक दुर्दशाले दिक्क भएको एक आम नेपाली हुँ।’

नेपाल समय

वर्तमान राजनीतिबाट निराशामा पुगेको बताउने लामिछानेले काठमाडौं–५ (ख) घरघरमा पत्र पुर्‍याउने बेला आफ्नै जस्तो समस्या पाए। एक मनोपरामर्शदाताको नाताले उनी भन्छन्, ‘निराशाबाट गुज्रिएर राजनीतिमा आएको हुँ। आफूजस्तै अन्योलमा परेकालाई सही प्रतिनिधि छान्न सचेत गराउन पनि खोजेको हुँ।’

४ मंसिरमा हुने संघ र प्रदेशसभाको चुनावका लागि बाजागाजाका साथ उम्मेदवारहरु घरदैलोमा पुगेका छन्। हात जोडेर मत मागेका छन्। तर, मतदाता अन्योलमा छन्– कसलाई विश्वास गर्ने? दुविधा छ। सही प्रतिनिधि छान्न र देश बनाउन मतदातालाई चनाखो र गम्भीर हुन यो अभियानले सघाउने लामिछाने बताउँछन्। ‘ठूला पार्टीका मानिसहरु पुगिरहेका हुन्छन्, फरक फरक कुरा सुन्नु परेको हुन्छ मतदाताले। यस्तो बेला मतदाता सहि प्रतिनिधि चिन्न बिर्सिन सक्छन्। स्वतन्त्र उम्मेदवार भने केवल जनताको बारे सोच्छ, कुनै कार्यकर्ताको बारेमा सोच्दैन,’ लामिछाने भन्छन्।

मतदाताको मनोविज्ञान पार्टीका नेताभन्दा स्वतन्त्र उम्मेदवारप्रति सकारात्मक देखिएको लाग्यो उनलाई। भन्छन्, ‘स्वतन्त्र उम्मेदवारसँग मतदातालाई आश छ। नयाँ खोजिरहेका छन् ती जनताले। नयाँ अनुहार मात्रै होइन, कमिटमेन्ट  पनि नयाँ खोजिरहेका छन्। ती पुराना उम्मेदवारलाई बे्रक गर्नुपर्छ भन्नेमा छन्।’

पछिल्लो १२–१५ वर्षदेखि लामिछानेले आफूलाई सामाजिक अभियन्ताका रूपमा चिनाए। ‘मैले धेरै वर्ष माइतीघर मण्डलामा गएर ‘अकुपाइ बालुवाटार’ अभियानको अगुवाइ गरेको छु। त्यो गर्दै गर्दा राजनीतिक दलहरूप्रति आम वितृष्णा र सार्वजनिक सेवा वितरण नगरेको देख्दा दिक्क लागेको थियो,’ लामिछाने भन्छन्।

सन् २०१२ मा महिला हिंसाविरुद्ध भएको नेपालको सबैभन्दा लामो (१०९ दिन) अकुपाइ बालुवाटार आन्दोलनको प्रमुख थिए लामिछाने। एक स्वतन्त्र उम्मेदवारले जिते पनि नजिते पनि आफ्नो प्रदेशका लागि गर्नुपर्ने काम अगाडि बढाउने सोचमा छन्। आफ्नो प्रदेश र क्षेत्रमा सामुदायिक केन्द्रमा पुस्तकालय तथा चिया र कफीसप हुने छन्। युवाहरुको वृत्ति विकास, मानसिक स्वास्थ्य, एडिक्सन, महिलाहरूको यौनजन्य स्वास्थ्य शिक्षा, करिअर काउन्सिलिङजस्ता सेवा सामुदायिक केन्द्रबाट प्रदान गरिनेछ। बोधी नाम राखेर उनले पुस्तकालयसहितको क्याफे टंगालमा चलाउँदै पनि आएका छन्। 

४२ वर्षीय लामिछाने स्वतन्त्र उम्मेदवार भइरहँदा उनका मित्रमण्डलीले पार्टीमा जान अनुरोध पनि गरेका थिए। केही पार्टीका नेताहरूले पनि उनलाई नबोलाएका होइनन् तर उनले स्वतन्त्र उम्मेदवार भएर विकास र समृद्धिको खाका कोर्न सकिने ठहर गरे। ‘बिहान जसको घरमा पुगे पनि हर्क र बालेनले जस्तै काम गर्नुपर्छ त्यसैले तपाईंले जित्नु पर्छ भन्नुहुन्छ,’ आफ्ना मतदातालाई भेट्दा पाएको सुझाव जस्ताको तस्तै सुनाए उनले। 

४ मसिंरका लागि चलाएको एक हप्ते अभियानलाई आवश्यकता अनुसार तन्काउन पनि सकिने निष्कर्षमा पुगेका छन् उनी। पत्रले मतदाता कति जोडिन सक्छन्? उनी भन्छन्, ‘मतदातासँग पार्टीका उम्मेदवारसँग गुनासो छ। अझ ठूलो गुनासो गठबन्धनका कारण जन्मिएको छ।’

मनोपरामर्शदाताको नाताले मतदाता पार्टीका नेताले आफ्ना आफन्त मात्रै हेरे भन्ने जनगुनासो पाए लामिछानेले। नेता–कार्यकर्ता र जनताबीच विच्छेद देखे। ‘जनताले आफू र आफ्नो परिवारबाहेक केही सोचेनन्। देश र जनताका बारेमा सोचेनन्’, उनले घरदैलोमा भेटेका मतदाताको मनोविज्ञान सुनाए। ‘१८ प्रतिशत गरिबीको रेखामुनि छन् अझै। यो बढ्ने देख्छु म, किनकि बढ्दो महँगीले मध्यम वर्गीय पनि दिनप्रतिदिन मारमा परेका छन्। असली गरिब भोकमरीको चपेटामा पिल्सिनु परेको छ। त्यसैले आर्थिक मुद्दाहरुमा केन्द्रीत छु म,’ लामिछाने भन्छन्, ‘हाम्रो जीवन एकदमै महँगो हुँदै गएको छ। बाँच्न गाह्रो हुन थालिसकेको छ। अहिले सरकारले जति न्यूनतम तलब तोकेको छ, त्यसले बागमती प्रदेशमा राम्रो जीवन बाँच्न सक्छु भनेर लाग्यो भने त्यो आत्मघाती बाटो जस्तो बन्छ। यस्तो अवस्थामा प्रदेशले एउटा प्रेरणाको स्रोत बनेर नागरिकलाई सेवा सुविधा दिन सक्नुपर्ने हो। हामीलाई खुल्ला स्थान चाहिएको छ। काम गर्ने वातावरण चाहिएको छ। सामाजिक सिकाइको लागि कक्षाहरू चाहिएको छ। युवालाई सही मार्गदर्शन चाहिएको छ।’


नेपाल समय

देशको वर्तमान अवस्थाप्रति चिन्तित र राजनीतिक दुर्दशाले दिक्दारिएर राजनीतिमार्फत देश र आफूजस्तालाई युवालाई योगदान गर्न सकिन्छ कि भन्ने लागेर स्वतन्त्र उम्मेदवारी दिएको बताउँछन्। लामिछानेसँग राजनीतिक अवस्थाहरूलाई लिएर सयौं अनुत्तरित प्रश्नहरू छन्। 

‘अझै पनि हामी विश्व भोकमरीको सूचीमा १२१ देशमध्ये ८२ औं स्थानमा छौं भन्ने तथ्य मनन् गदै गर्दा म आधा पेट खाएर निदाउने रसुवाकी माया तामाङ र सर्लाहीका बृजेश पासवानहरूलाई सम्झिन्छु,’ उनी भन्छन्, ‘देशमा अवसर नपाएर भारतका विभिन्न सहरदेखि मध्यपूर्वका मरुभूमिसम्म पुगेका लाखौं नेपाली युवालाई सम्झिन्छु। कुपोषणले ग्रस्त नेपाली बालबालिका सम्झिन्छु,’ लामिछाने भावुक सुनिन्छन्।

लामिछानेले सोचेको व्यवस्था ल्याउन पक्कै पनि प्रदेशको उम्मेदवारले गाह्रै हुन्छ। देश संघीयतामा पुगे पनि प्रदेश अहिले पनि केन्द्रीय राजनीतिमार्फत चलिरहेको नकार्न सकिँदैन। त्यसैले उनका शुभचिन्तकहरू उनलाई प्रतिनिधिसभामा किन नउठेको भन्छन्। केन्द्रिकृत राजनीतिमा आएमात्रै परिवर्तन सम्भव रहेको बताउँछन्। तर उनले प्रदेशबाट नै राजनीतिक यात्रा सुरु गरे। ‘हामी अहिले संघीय संरचनामा छौं। तर प्रदेशलाई अधिकार दिइएको कुरा आम मानिसले बुझेको देखिँदैन। सबैले प्रतिनिधिसभामै जानुपर्छ भन्ने सोच नै गलत हो भन्ने मलाई लाग्छ,’ उनी भन्छन्, ‘अहिले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने स्वतन्त्र उम्मेदवारहरूको संख्या हेर्ने हो भने एकदमै धेरै छ। हामीले परिवर्तनका लागि केन्द्रमै जानुपर्छ भन्ने मानसिकता एकदमै गलत छ।’

उनी पत्रमार्फत मतदातासँग प्रश्न गर्छन्– यदि यो देश बिर्सिन लायक छैन भने, यो देशलाई भ्रष्ट नेता र तिनैको राजनीतिक संरक्षणमा हुर्किएका आसेपासेहरूले लुटिरहँदा, लुछिरहँदा हाम्रो विवेक र चेतनाले हाम्रो मन र मतलाई परिर्वतन गर्नु पर्ने होइन? 

उनी अर्को पनि प्रश्न सोध्छन्– के हामी सम्भावना नै नभएको भूगोललाई आफ्नो देश भनेर अन्धो राष्ट्रप्रेममा रमाइरहेका मूर्खहरू हौं त? यदि होइन भने भने यो देशको बहुमूल्य स्रोत र संशाधन यो देशकै सामान्य नागरिकको जीवनस्तर सुधारका लागि उपयोग गर्न किन सकिएन होला? हाम्रो विशिष्टता र प्रतिस्पर्धात्मक क्षमता उच्च रहेका अवसरहरूलाई आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्न किन परिचालन गरिएन होला? हाम्रा असीमित सम्भावनाहरूलाई किन सुषुप्त अवस्थामै राखिएको होला? 

काठमाडौं महानगरका नवनिर्वाचित मेयर बालेन्द्र शाह (बालेन)को जितसँगै  संघीय निर्वाचनमा उम्मेदवारी दिने युवा र स्वतन्त्र उम्मेदवारमध्ये एक हुन् लामिछाने। अघिल्लो चुनावमा क्षेत्र नम्बर ५ ख बाट एमालेका दीपक निरौला १३ हजार ७६९ मतका साथ निर्वाचित भएका थिए। उनै निरौला एमालेबाट दोहोरिएका छन् अहिले। सत्ता गठबन्धनबाट भने ५ नम्बर क्षेत्रको (ख)बाट श्यामबहादुर खड्का उम्मेदवार छन्। जगन्नाथका मुख्य प्रतिस्पर्धी यिनै दुई हुन्।




प्रकाशित: November 8, 2022 | 11:27:09 काठमाडौं, मंगलबार, कार्तिक २२, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

काठमाडौं महानगरको प्रस्टीकरण : तीन निकायको सहकार्यमा अनधिकृत सुकुम्बासी बस्ती हटाउँछौं

राष्ट्रिय भूमि आयोगले काठमाडौं नगरभित्रका सुकुम्बासीको समस्या समाधान गर्न ढिलाइ गरेपछि आफैं अगाडि सर्नुपरेको प्रस्टीकरण काठमाडौं महानगरले दिएको छ।

समानुपातिकतर्फ १ करोड मतगणना हुँदा कुन दललाई कति?

निर्वाचन आयोगका अनुसार आज बिहान ९ बजेसम्म एक करोड आठ लाख दुई हजार ९०७ मतगणना भएको छ।

देशव्यापी सांगीतिक यात्रामा निस्किँदै नेपथ्य

देशको पूर्वी कुनादेखि पश्चिम कुनासम्म आफ्ना लोक–रक धुन सुनाउने योजनाका साथ नेपथ्य यसै साता काठमाडौंबाट बाहिरिने भएको हो।

असुरक्षित सडकको सिकार भएका महावीर

वैज्ञानिक समाजवादी पार्टीमा जोडिएपछि सेलिब्रेटी छविप्रतिको मोह घट्दै गएको थियो। समानता र विभेदको अन्त्य उनका अर्जुन दृष्टि थिए। उनको उद्देश्य र काम जात व्यवस्था अन्त्य गर्नेमा केन्द्रित थियो।

के हो रामकुमारीको सन्देश?

खुलेको मुस्कानसहित उक्त तस्बिर सार्वजनिक भएपछि बाम एकताको आकलन धेरैले गरे। हुन पनि चुनावी मतपरिणाम आउँदै गर्दा बाम एकता गरेर नयाँ सरकार बनाउनुपर्ने धारणा एमाले र नेकपा एसका धेरै नेताको देखिन्छ।

धनुषा ४ मा कांग्रेसका यादवले ६८६ मतले लिए अग्रता

मतगणना जारी रहँदा नेपाली कांग्रेसका महेन्द्र यादवले आफ्नो अग्रता बढाउँदै लगेका छन्। मतगणनाको सुरुदेखि नै नेकपा (एमाले) रघुवीर महासेठले अग्रता लिएका थिए।

सरकार गठनको पहिलो प्रयास गठबन्धनले गर्ने, प्रधानमन्त्रीको दौडमा को–को?

सत्ता गठबन्धनकै सरकार बने प्रधानमन्त्री को? कांग्रेसभित्र कम्तीमा ५ आकांक्षी देखिँदा माओवादी अध्यक्ष प्रचण्ड पनि यसैको दौडधूपमा छन्।

धनुषा ४ मा रघुवीर महासेठलाई पछि पार्दै कांग्रेस उम्मेदवारको अग्रता

धनुषा ४ मा नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले अग्रता लिएका छन्। आइतबार साँझबाट पछि परेका उनले पछिल्लो अपडेटअनुसार अग्रता कायम गरेका हुन्।

कर्जा-निक्षेप अनुपातमा राष्ट्र बैंक लचक

तोकिएको कर्जा–निक्षेप अनुपात नपुगे बैंक तथा वित्तीय संस्थालाई लाग्ने जरीवानालाई तरलता जोखिममा समेत आधारित हुने गरी पुनरवलोकन गर्न सकिने व्यवस्था गरी लचकता अपनााएको हो।

थप समाचार

नेपाल समय
निर्वाचन विशेष

दोलखा प्रदेशसभा (क) मा कांग्रेसका काफ्ले निर्वाचित

उनी दोलखा प्रदेशसभा ‘क’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।
नेपाल समय
निर्वाचन विशेष

दोलखामा सत्ता गठबन्धनको अग्रता कायमै

हालसम्म ५६ हजार तीन सय २१ मत गणना गर्दा कार्कीले २५ हजार दुई सय मत प्राप्त गरेका छन्।
नेपाल समय
निर्वाचन विशेष

दोलखामा माओवादीका कार्कीको अग्रता कायमै

हालसम्म ४९ हजार छ सय ३५ मत गणना गर्दा कार्कीले २१ हजार चार सय १२ मत प्राप्त गरे।
नेपाल समय
निर्वाचन विशेष

दोलखामा मतान्तर बढाउँदै एमालेका सिवाकोटी

हालसम्म ३९ हजार ३८९ मत गणना हुँदा नेकपा एमालेका बालकृष्ण सिवाकोटीले १७ हजार ५२८ मत प्राप्त गरेका छन्।
नेपाल समय
निर्वाचन विशेष

दोलखा प्रदेशसभा (ख) बाट एमालेका केसी निर्वाचित

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बर्मा लामालाई पराजित गर्दै केसी निर्वाचित भएका हुन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना