सोमबार, मंसिर १९, २०७९

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

खिला कार्की  |  काठमाडौं, बिहीबार, असोज १३, २०७९

खिला कार्की

खिला कार्की

बिहीबार, असोज १३, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं- नेपाललाई विश्वभर सगरमाथाको देश भनेर चिनिन्छ। त्यही सगरमाथा रहेको सोलुखुम्बुमा पनि आगामी ४ मंसिरको निर्वाचनको चर्चा अन्यत्र जिल्लामा जस्तै सुरु भएको छ।

सोलुखुम्बुलाई भौगोलिक हिसाबले सगरमाथाको जिल्ला भनेर चिनिएजस्तै २०४६ को परिवर्तनपछि राजनीतिक रूपमा बलबहादुर केसीको जिल्लाका रूपमा पनि चिनिन्छ। तर आगामी ४ मंसिरमा हुने निर्वाचनमा यो जिल्लाको उम्मेदवार बन्न २०४८ देखि लगातार प्रतिस्पर्धा गर्दै आएका केसीले पापड बेल्नुपर्ने अवस्था देखिन्छ। यो जिल्लामा दलहरू गठबन्धन नगरी चुनावमा गएको अवस्थामा पहिलो पार्टी कांग्रेस देखिएको छ भने त्यसकै हाराहारी दोस्रोमा एमाले छ। 

सोलुखुम्बुमा कांग्रेस, एमाले र माओवादीको प्रभाव देखिन्छ। गत स्थानीय चुनावमा कांग्रेसले पाँच वटा पालिकामा वर्चस्व जमाएको छ भने एमालेले २ वटा पालिकामा जित निकालेको छ। माओवादीले १ पालिकामा जित निकालेको छ। 

सोलुखुम्बुमा सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र र कांग्रेस दुवै दलको दाबी छ। यसअघिको चुनावमा जितेकाले माओवादी आफंैले पाउनुपर्ने अडान लिएको छ। कांग्रेस भने यस पटक गठबन्धनमा भएकाले मिलाउनुपर्ने र सोलुखुम्बु छाड्नुपर्ने अडानमा छ। २०७४ को प्रतिनिधिसभामा कांग्रेसका बलबहादुर केसीलाई हराउँदै माओवादी केन्द्रका हेमकुमार राई विजयी भएका थिए। राईले २० हजार ७४७ मत ल्याई विजयी हुँदा केसी १७ हजार २९४ मत ल्याई पराजित भएका थिए। 

सोलुको सिट बाँडफाँटमा सकस 
गठबन्धन दलको सिट बाँडफाँट कार्यदलमा भएको भनिएको प्रारम्भिक सहमतिअनुसार २०७४ मा जसले जहाँबाट जितेको थियो, त्यो क्षेत्र त्यही पार्टीलाई दिने भनिएको छ। सो सहमति पालना भए गठबन्धनबाट माओवादीको भागमा पर्ने देखिन्छ। माओवादीले यसैमा अडान लिइरहेको छ। मतको हिसाबमा कांग्रेसले पाउनुपर्ने बताए पनि माओवादी सोलु छाड्ने पक्षमा देखिँदैन। 

एक मात्र निर्वाचन क्षेत्र रहेको सोलुखुम्बु नछाड्न दबाब दिन समानुपातिकको बन्दसूची निर्वाचन आयोगमा बुझाउने दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, अर्थमन्त्रीसमेत रहेका उपमहासचिव जनार्दन शर्मा, सचिव राम कार्की सोलु पुगेका थिए। सिट टुंगो नलागेको अवस्थामा सोलु पुगेर दाहालसहितका नेताहरू सोलुखुम्बुमा दाबि नछाड्ने सन्देश दिएका छन् । 

अघिल्लो निर्वाचनका प्रतिस्पर्धी अहिले सत्ता गठबन्धनमा भएकाले सोलुमा सिट बाँडफाँटमा समस्या पर्ने देखिन्छ । एउटै मात्र निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुमा पूर्वमन्त्री बलबहादुर केसी र हेमकुमार राईमध्ये एक जनाले मात्र टिकट पाउने अवस्था छ। केसी प्रत्यक्षतर्फ उमेदवार बन्ने आफ्नो अडानबाट पछि हटेका छैनन् भने अर्कोतर्फ डा. शेखर कोइराला समूहका प्रभावशाली नेता केसीलाई यो क्षेत्र नछाड्दा देशभर शेखर समूहको असहयोग हुने हो कि भन्ने चिन्ता पनि गठबन्धनका नेताहरूमा देखिन्छ। 

बलबहादुरका चुनौती 
२०४८ देखि लगातर सोलुबाट चुनावी मैदानमा रहेका नेता हुन्, बलबहादुर केसी। केसीले सोलुबाट २०६४ र २०७४ मा पराजय भोगे। कांग्रेसका प्रभावशाली नेता केसी २०३६ को विद्यार्थी आन्दोलनबाट उदाएका हुन्। कांग्रेस सभापति शेरबहादुर देउवाका समकालीन नेतामा पनि  पर्छन्, केसी। देउवाले कांग्रेस विभाजन गर्दा केसी पनि नेपाली कांग्रेस प्रजातान्त्रिकमा थिए। तर अहिले देउवा र केसीको सम्बन्ध सहज छैन। केसीको सम्बन्ध देउवासँग मात्र होइन, जिल्लाकै नेता आङगेलु शेर्पासँग पनि सहज छैन।

अहिले केसीलाई सोलुमा चुनौती भनेको गठबन्धन, देउवासँगको असहज सम्बन्ध र आङगेलुसँगको असहज सम्बन्धका कारण जिल्ला नेतृत्व उनको पक्षमा नहुनु हो। २०७४ मा सोलुमा वाम गठबन्धनका तर्फबाट माओवादीले जित निकालेको थियो। कांग्रेसमा पनि १४औं महाधिवेशनपछि केसी समर्थक समूह कमजोर हुँदा र जिल्ला नेतृत्व आफ्नो पक्षमा नहुँदा केसीलाई कांग्रेसको उम्मेदवार बन्न चुनौती देखिएको छ। 

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान  छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु छाडेर कांग्रेसलाई सुम्पिनुपर्ने दाबी गरिरहेको छ। 

जिल्लाले केसीको नाम समानुपातिकतर्फ राखेर सिफारिस गरेको छ। प्रत्यक्ष तर्फ भने केन्द्रीय सदस्य रहेका आङगेलुको नाम सिफारिस गरेको छ। तर केसीले समानुपातिकमा नाम सिफारिस गरेकोप्रति असन्तुष्टि जनाइसकेका छन्। उनले प्रत्यक्ष चुनाव लड्ने घोषणा गरिसकेका छन्। सभापति देउवाका कट्टर आलोचक भएका कारण बलबहादुरलाई उम्मेदवार बनाउनुभन्दा माओवादीलाई छाड्न देउवा तयार हुन्छन् कि भन्ने शंका कांग्रेस जिल्ला नेताहरूको छ।

सभापति देउवा र केसीको सम्बन्ध सहज नभएका कारण उनलाई उम्मेदवार बनाउनुभन्दा माओवादीलाई छाड्न सभापति तयार हुने सम्भावना रहेको कांग्रेसका जिल्ला नेताहरूको बुझाइ छ। केसीको मुख्य चुनौती भनेको केन्द्रको र जिल्ला पार्टी नेतृत्व आफू अनुकूल नहुनु पनि हो। केन्द्रमा केसी शेखर समूहमा छन् भने जिल्ला नेतृत्व पहिलो पटक आङगेलुले हत्याएका छन्।

सोलु कांग्रेसको सभापतिमा आङगेलु निकट नाम्गेल जाङबु शेर्पा सभापति छन्। केसी र आङगेलुको सम्बन्ध तनहुँमा रामचन्द्र पौडेल र गोविन्दराज जोशी तथा नुवाकोटमा महत र केसी परिवारको जस्तै कटु छ। केसी प्रजातान्त्रिक कांग्रेसमा भएका बेला आङगेलु नेपाली कांग्रेसमा थिए। पछि पार्टी एकीकरण भएर सिंगो कांग्रेस बन्दा केसी देउवा समूहमा हुन्जेल आङगेलु कोइराला समूहमा थिए।

केसीले देउवा समूह छाडेर कोइराला समूहमा सहभागी भएपछि अहिले आङगेलु देउवा समूहमा छन्। 

नेपाल समय
कांग्रेस नेता बलबहादुर केसी।

संघ, प्रदेशको सिट बाँडफाँटले चुनाव प्रभावित 
गठबन्धनले हालसम्म सोलुको सिट बाँडफाँट टुंगो लगाएको छैन। गठबन्धनले सिट बाँडफाँट टुंगो लगाउँदा बुद्धि नपुर्याए चुनावमा घाटा हुने देखिन्छ। सिट भागबन्डामा प्रतिनिधिसभा कांग्रेसको भागमा पर्दा प्रदेशसभा ‘क’ कांग्रेसको भागमा नपर्दा गठबन्धनलाई घाटा हुने देखिन्छ। तर प्रतिनिधिसभा कांग्रेसको भागमा पर्दा प्रदेशसभा ‘क’ आफूले पाउनुपर्ने माओवादीका जिल्लास्तरीय नेताहरूको माग छ। तर कांग्रेस प्रदेशसभा ‘क’ कुनै पनि हालतमा दिने पक्षमा देखिँदैन।

प्रतिनिधिसभा माओवादीको भागमा पर्दा भने दुवै प्रदेश कांग्रेसको भागमा पर्ने हुन्छ। यसो हुँदा पनि केन्द्रीय सदस्य केसी र आङगेलुको द्वन्द्वको सिकार हुन्छ कि भन्ने डर कांग्रेस नेता-कार्यकर्तालाई छ। तर प्रतिनिधिसभा माओवादीले नछाडेको अवस्थामा प्रदेश ‘क’ केसीले भनेकै मान्छे उमेदवार बन्ने सम्भावना देखिन्छ भने प्रदेश ‘ख’ मा अर्का केन्द्रीय सदस्य आङगेलुका भागमा पर्ने हुन्छ। यो प्रदेशबाट आङगेलु आफैं प्रदेशसभा सदस्यको उम्मेदवार बन्ने सम्भावना पनि देखिन्छ। उनी २०७४ मा प्रदेश ‘ख’ बाट प्रदेशसभा सदस्य उम्मेदवार थिए। 

एमालेको रणनीति   
नेकपा एमालेबाट प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारी र अर्का प्रदेशसभा सदस्य उत्तम बस्नेत प्रतिनिधिसभाका मुख्य दाबेदार थिए। एमालेले केन्द्रीय सदस्य मानवीर राईको एकल नाम सर्वसम्मत सिफारिस गरेको छ। मानवीरको नाम सिफारिस गरेर एमालेले जातीय मत तान्ने रणनीति अपनाएको देखिन्छ। सोलुमा सबैभन्दा बढी ३३ प्रतिशत राईको मत छ। अर्कोतर्फ एमालेले पाँच दलीय गठबन्धनमा प्रतिनिधिसभा माओवादीका भागमा पर्दा राई उम्मेदवार हुने भएकाले पनि मानवीरलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने तयारी गरेको हो। तर मानवीरलाई प्रतिनिधिसभातर्फ उम्मेदवार सिफारिस गरिएकामा बुद्धिकुमार राजभण्डारी सन्तुष्ट नभएको एमाले स्रोतले जनाएको छ।

प्रदेश १ एमाले संसदीय दलका सचेतकसमेत रहेका राजभण्डारी एमाले सोलुका प्रभावशाली नेता हुन्। राजभण्डारीको नाम अहिले पनि प्रदेशसभा सदस्यका लागि सिफारिस भएको छ। 

प्रदेशसभाका उम्मेदवार 
प्रदेशसभा ‘क’ मा प्रत्यक्षतर्फ पूर्वसभापति विनोद बस्नेत, पार्टीसचिव भालकाजी कुलुङ, युवा नेता गणेश बस्नेत, पार्टी नेताहरू कुशराज राई, रोशन थुलुङ, भेषकुमार बास्तोला र थीरबहादुर बस्नेतको नाम सिफरिस गरिएको छ। प्रदेशसभा ‘ख’ मा प्रत्यक्षतर्फ प्रदेश सभापति कर्मा शेर्पा र पार्टी नेताद्वय प्रेमबहादुर थापा मगर र साङगाबहादुर राईको नाम सिफारिस गरिएको छ भने समानुपातिकतर्फ ९ जनाको नाम सिफरिस भएको छ। 

एमालेबाट प्रदेश क्षेत्र ‘क’ को प्रत्यक्षमा हालका सांसदसमेत रहेका उत्तमकुमार बस्नेत र नेता महेश किराँतीको नाम सिफारिस गरिएको छ। प्रदेश क्षेत्र ‘ख’ मा हालका सांसदसमेत रहेका बुद्धिकुमार राजभण्डारी, मिङमार छिरी शेर्पा, आशकुमार राईको नाम सिफारिस भएको छ।

यस्तै, माओवादीले प्रदेशसभा ‘क’ प्रत्यक्षतर्फ गोम्बु शेर्पा (कर्ज्याङ), हिमाल गिरी, जुद्धबहादुर कार्की, रामकुमार राई, रामेश्वर कार्कीको नाम सिफारिस गरेको छ।  प्रदेशसभा ‘ख’ बाट प्रत्यक्षतर्फ ठमनाथ पराजुली, ङिमातेन्डुप शेर्पा, नाम्गेल शेर्पा, दाबा तेन्जी शेर्पाको नाम सिफारिस गरिएको छ। 

स्थानीय तहको मत परिणाम
८ स्थानीय तह रहेको सोलुखुम्बुको स्थानीय तह निर्वाचनको मत परिणामका आधारमा कांग्रेस बलियो देखिएको छ। कांग्रेसले ५ पालिकामा प्रमुख र उपप्रमुख दुवै जितेको छ। एउटा मात्रै सोलु दूधकुण्ड नगरपालिकासहित कांग्रेसले नेचासल्यान, महाकुलुङ, सेताङ र लिखु पिके गाउँपालिकामा प्रमुख र उपप्रमुख दुवै जितेको छ।

एमालेले खुम्बु पासाङल्हामु गाउँपालिकामा प्रमुख–उपप्रमुख र माप्य दूधकोसीमा प्रमुख जितेको छ। माओवादीले घुलुङ दूधकोसी गाउँपालिकामा प्रमुख–उपप्रमुख र माप्य दूधकोसी गाउँपालिकामा उपप्रमुख जितेको छ। ५१ वडा रहेको सोलुखुम्बुमा कांग्रेसले १८ हजार ५३९ मतसहित २३ वडामा वडाध्यक्ष जितेको छ। एमालेले गत स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा १६ हजार ५९७ मत प्राप्त गरेको छ। एमालेले १८ वडामा वडाध्यक्ष जितेको छ। यस्तै, माओवादीले १२ हजार ४२५ मतसहित ९ वडामा वडाध्यक्ष जितेको छ।


प्रकाशित: September 29, 2022 | 12:03:43 काठमाडौं, बिहीबार, असोज १३, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

काठमाडौं महानगरको प्रस्टीकरण : तीन निकायको सहकार्यमा अनधिकृत सुकुम्बासी बस्ती हटाउँछौं

राष्ट्रिय भूमि आयोगले काठमाडौं नगरभित्रका सुकुम्बासीको समस्या समाधान गर्न ढिलाइ गरेपछि आफैं अगाडि सर्नुपरेको प्रस्टीकरण काठमाडौं महानगरले दिएको छ।

समानुपातिकतर्फ १ करोड मतगणना हुँदा कुन दललाई कति?

निर्वाचन आयोगका अनुसार आज बिहान ९ बजेसम्म एक करोड आठ लाख दुई हजार ९०७ मतगणना भएको छ।

देशव्यापी सांगीतिक यात्रामा निस्किँदै नेपथ्य

देशको पूर्वी कुनादेखि पश्चिम कुनासम्म आफ्ना लोक–रक धुन सुनाउने योजनाका साथ नेपथ्य यसै साता काठमाडौंबाट बाहिरिने भएको हो।

असुरक्षित सडकको सिकार भएका महावीर

वैज्ञानिक समाजवादी पार्टीमा जोडिएपछि सेलिब्रेटी छविप्रतिको मोह घट्दै गएको थियो। समानता र विभेदको अन्त्य उनका अर्जुन दृष्टि थिए। उनको उद्देश्य र काम जात व्यवस्था अन्त्य गर्नेमा केन्द्रित थियो।

के हो रामकुमारीको सन्देश?

खुलेको मुस्कानसहित उक्त तस्बिर सार्वजनिक भएपछि बाम एकताको आकलन धेरैले गरे। हुन पनि चुनावी मतपरिणाम आउँदै गर्दा बाम एकता गरेर नयाँ सरकार बनाउनुपर्ने धारणा एमाले र नेकपा एसका धेरै नेताको देखिन्छ।

धनुषा ४ मा कांग्रेसका यादवले ६८६ मतले लिए अग्रता

मतगणना जारी रहँदा नेपाली कांग्रेसका महेन्द्र यादवले आफ्नो अग्रता बढाउँदै लगेका छन्। मतगणनाको सुरुदेखि नै नेकपा (एमाले) रघुवीर महासेठले अग्रता लिएका थिए।

सरकार गठनको पहिलो प्रयास गठबन्धनले गर्ने, प्रधानमन्त्रीको दौडमा को–को?

सत्ता गठबन्धनकै सरकार बने प्रधानमन्त्री को? कांग्रेसभित्र कम्तीमा ५ आकांक्षी देखिँदा माओवादी अध्यक्ष प्रचण्ड पनि यसैको दौडधूपमा छन्।

धनुषा ४ मा रघुवीर महासेठलाई पछि पार्दै कांग्रेस उम्मेदवारको अग्रता

धनुषा ४ मा नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले अग्रता लिएका छन्। आइतबार साँझबाट पछि परेका उनले पछिल्लो अपडेटअनुसार अग्रता कायम गरेका हुन्।

कर्जा-निक्षेप अनुपातमा राष्ट्र बैंक लचक

तोकिएको कर्जा–निक्षेप अनुपात नपुगे बैंक तथा वित्तीय संस्थालाई लाग्ने जरीवानालाई तरलता जोखिममा समेत आधारित हुने गरी पुनरवलोकन गर्न सकिने व्यवस्था गरी लचकता अपनााएको हो।

थप समाचार

नेपाल समय
निर्वाचन विशेष

दोलखा प्रदेशसभा (क) मा कांग्रेसका काफ्ले निर्वाचित

उनी दोलखा प्रदेशसभा ‘क’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।
नेपाल समय
निर्वाचन विशेष

दोलखामा सत्ता गठबन्धनको अग्रता कायमै

हालसम्म ५६ हजार तीन सय २१ मत गणना गर्दा कार्कीले २५ हजार दुई सय मत प्राप्त गरेका छन्।
नेपाल समय
निर्वाचन विशेष

दोलखामा माओवादीका कार्कीको अग्रता कायमै

हालसम्म ४९ हजार छ सय ३५ मत गणना गर्दा कार्कीले २१ हजार चार सय १२ मत प्राप्त गरे।
नेपाल समय
निर्वाचन विशेष

दोलखामा मतान्तर बढाउँदै एमालेका सिवाकोटी

हालसम्म ३९ हजार ३८९ मत गणना हुँदा नेकपा एमालेका बालकृष्ण सिवाकोटीले १७ हजार ५२८ मत प्राप्त गरेका छन्।
नेपाल समय
निर्वाचन विशेष

दोलखा प्रदेशसभा (ख) बाट एमालेका केसी निर्वाचित

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बर्मा लामालाई पराजित गर्दै केसी निर्वाचित भएका हुन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना