बाजुरा- स्थानीय तह निर्वाचन अन्तर्गत बाजुराको बुढीगंगा नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले उम्मेदवार निर्वाचित भएका छन्।
अन्तिम परिणाम अनुसार मेयरमा एमालेका उम्मेदवार रामबहादुर बानियाँ र उपमेयर उम्मेदवार मायाकुमारी खड्का (कुँवर) निर्वाचित भएका हुन्।
बानियाँले चार हजार ७७७ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रंगबहादुर खातीले तीन हजार ७७४ मत पाएर पराजित भए।
यस्त उपमेयरमा मायाकुमारी खड्का चार हजार ७२७ मत ल्याएर निर्वाचित भएकी हुन्। रिता शाहले तीन हजार ७५५ मत ल्याइन्।
१० वडामध्ये एमालेले सात वडामा जित निकालेको छ। बाँकी तीन वडामा कांग्रेसले नेतृत्व पायो। एमाले वडा नम्बर १, २, ३, ५, ६, ९ र १० विजयी भयो। कांग्रेस वडा नम्बर ४, ७ र ८ मा विजयी भयो। बूढीगंगामा नौ हजार १२८ मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ।