सोमबार, असार १३, २०७९

दाङका स्थानीय तहमा दुई सय १७ महिला जनप्रतिनिधि

नेपाल समय  |  काठमाडौं, बिहीबार, जेठ १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १९, २०७९, काठमाडौं

नेपाल समय

दाङ- हालै सम्पन्न भएको स्थानीय तह निर्वाचनमा दाङका दश स्थानीय तहका १०० वडामा प्रमुख पदमा कोही पनि महिला निर्वाचित भएका छैनन्।

प्रमुख पदमा निर्वाचित नभए पनि उपप्रमुख, उपाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुला सदस्य गरी २१७ महिला निर्वाचित भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ। 

उपप्रमुखमा तीन, उपाध्यक्षमा ६, महिला सदस्यमा १००, दलित महिला सदस्यमा १०० र खुला सदस्यमा ८ महिला उम्मेदवार निर्वाचित भएको निर्वाचन अधिकारी नारायण भण्डारीले जानकारी दिए।

जिल्लामा ८७२ महिलाले चुनावी प्रतिस्पर्धामा भाग लिएका थिए। प्रमुख पदका लागि १०, उपप्रमुखमा ४६, वडाध्यक्षमा १९, महिला सदस्यमा ३९५, दलित सदस्यमा ३५५ र खुला सदस्यमा ४७ महिला उम्मेदवार बनेका थिए।

दुई उपमहानगरपालिका र पहाडी गाउँपालिका बङ्गलाचुलीमा गठबन्धनबाट प्रमुख र उपप्रमुखमा महिलालाई उम्मेदवार बनाइएको थिएन। नेकपा (एमाले(ले ती सबै ठाउँमा महिलालाई उपप्रमुखमा उम्मेदवार बनाएको थियो। राप्रपासहित अन्य साना दलले पनि प्रमुखमा महिलालाई उम्मेदवार बनाएका थिए।

दलहरुले गठबन्धन नगरेका यहाँका सात स्थानीय तहमध्ये नेपाली काँग्रेसले राप्ती गाउँपालिकामा अध्यक्ष र शान्तिनगर गाउँपालिका–२ मा महिला उम्मेदवार बनाएको थियो। ती दुवै स्थानमा उनीहरु पराजित भए।

एमाले लगायत अन्य दलले पनि वडामा महिला उम्मेदवार बनाएका थिए। कोही पनि विजयी भएनन्। जिल्लाका १० स्थानीय तहको प्रमुख र उपप्रमुख, वडाध्यक्ष, दलित, महिला र खुला सदस्यमा गरी कूल दुई हजार २०७ उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए।  -रासस


प्रकाशित: June 2, 2022 | 11:44:45 काठमाडौं, बिहीबार, जेठ १९, २०७९

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चन्द्रागिरिको जंगलमा हराएका तीन विदेशी भीरमा भेटिए

उक्त स्थान थानकोटबाट करिब सात किलोमिटर टाढा थानकोट–चित्लाङ सडकखण्ड नजिक रहेको प्रहरीले जनाएको छ।

...अनि पटक-पटक मर्ने प्रयास गरेकी थिइन् दिलमायाले

‘त्यसबेला मेरो छोरो पाँच वर्षको थियो। म माइतीको शरणमा गएको थिएँ। तर माइतीले पनि नहेरेपछि मर्छु भनेर बाबुलाई घरमै छोडेर जंगलभित्र गा'को थिएँ। तर जंगलमा ३ घन्टा रुँदैरुँदै बिताएर घर फर्किएँ। बच्चाले दुःख पाउँछ भनेर मर्न सकिनँ...

गायिका सुनार मृत्यु प्रकरण : प्रेमीले फालेको सल नालीमा भेटियो, पोस्टमार्टम रिपोर्ट कुर्दै प्रहरी

प्रहरीको प्रारम्भिक अनुसन्धानले गायिका सुनारको डिभोर्सपछि उनी श्रेष्ठसँग करिब डेढ वर्षयता ‘लिभिङ टुगेदर’मा बस्दै आएको देखिएको छ। नेपालटारस्थित उनको डेरामा श्रेष्ठको आउजाउ बाँक्लै थियो।

कांग्रेसभित्र यसरी 'फ्रन्ट डोर' ढकढक्याउँदैछन् विनोद चौधरी

म कांग्रेस एकदमै कमजोर भएको अवस्थामा प्रवेश गरेको हुँ। मेरो बाँकी राजनीतिक जीवन कांग्रेसमै बित्छ। कांग्रेसमै रहेर पार्टी र देशका लागि केही गर्ने हो। परिवर्तन ल्याउन भूमिका खेल्ने हो। म मेरो योजनामा असफल भएँ भने राजनीतिमा विश्राम लिएर आराम गरेर बस्छु।

गोर्खा सैनिकको सम्झनामा त्यो फोकल्यान्ड युद्ध

‘बिहानको १० बजेसम्म घाम देखिँदैन। जताततै तिखा चट्टान, ढुंगा र घासे मैदान। चार मोजा र बुट लगाउँदा सम्म नथेगिने चिसो। घरिपानी, घरि असिना, घरि हिउँ। रुखपात छैन, झारपात मात्र कस्तो ठाउँ होला!’

नेपालबाट बेलायत जाने मौसमी कामदार बढे, सरकार भन्छ- ऐनले चिन्दैन

कोराना महामारीपछिको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन बेलायत सरकारले विभिन्न मुलुकबाट मौसमी रोजगारका लागि आवेदन मागिरहेको छ। तर नेपालको श्रम ऐनमा मौसमी रोजगारसम्बन्धी व्यवस्था नहुँदा नेपाली श्रमिकलाई अप्ठेरो पारिरहेको छ।

साडियो माने : धुलाम्य मैदानदेखि लिभरपुलको लोभलाग्दो रवाफसम्म

बाल्यावस्थादेखि बलसँगै लडिबुडी गरेका मानेले फुटबलमा पाएको जादूयी सफलतापछि जन्मथलो बम्बालीमा उम्रिँदै छन् सयौं मानेहरू।

'मानवताको सहर' बुटवलमा दलितले कोठा भाडा पाउँदैनन्

जातका आधारमा हुने विभेदलाई कानुनले निषेध गरेको र बुटवलमा मानव भएर बाँच्न मानवताको सहर नारा तय गरिए पनि त्यसैलाई खिल्ली उडाउँदै जातीय भेदभावको घटना सार्वजनिक भएको हो।

रवि लामिछाने र रमेश खरेलबीच सहकार्यको विषयमा छलफल

नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलबीच भेटवार्ता भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने भएको छ।

थप समाचार

नेपाल समय
निर्वाचन विशेष

दाङका स्थानीय तहमा दुई सय १७ महिला जनप्रतिनिधि

प्रमुख पदमा निर्वाचित नभए पनि उपप्रमुख, उपाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुला सदस्य गरी २१७ महिला निर्वाचित भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।
नेपाल समय
निर्वाचन विशेष

बाँकेमा कार्यपालिका सदस्य निर्वाचन सम्पन्न

नेपालगञ्ज उपमहानगरपालिकाको कार्यपालिका सदस्यमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी( राप्रपा) का उम्मेदवार निर्वाचित भएका हुन्।
नेपाल समय
निर्वाचन विशेष

त्रियुगा नगरपालिका प्रमुखमा कांग्रेस, उपप्रमुखमा एमाले विजयी

त्रियुगा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ। मतगणनाको आज प्राप्त भएको परिणामअनुसार प्रमुखमा कांग्रेसका वसन्तकुमार बस्नेत विजयी भएका छन्। उनले १३ हजार ९५९ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भागवत राउतले ११ हजार ८३८ मत प्राप्त गरेका थिए।
नेपाल समय
निर्वाचन विशेष

त्रियुगाको मेयरमा कांग्रेसको अग्रता कायमै

उदयपुरको त्रियुगा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ।
नेपाल समय
निर्वाचन विशेष

त्रियुगाको मेयर र उपमेयरमा कांग्रेसको अग्रता

त्रियुगा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका बसन्तकुमार बस्नेतले अग्रता फराकिलो पारेका छन्। २३ हजार ९७५ मत गणना हुँदा बस्नेतले करिब दुई हजार मतान्तरको अग्रता कायम गरेका छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना