उदयपुर- उदयपुरको त्रियुगा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ। मतगणनाको पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार वसन्त बस्नेत १० हजार ७१४ मतका साथ अग्रता लिइरहेका छन्। उनले नेकपा एमालेका भागवत राउतलाई १ हजार ९३७ मतान्तरले पछि पारेका छन्।
राउतले ८ हजार ७७७ मतका साथ बस्नेतलाई पछ्याइरहेका छन्। निवर्तमान मेयर नेकपा एकीकृत समाजवादीका बलदेव चौधरीले ७ हजार ४१० मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
त्यसैगरी उपमेयरमा भने एमालेले अग्रता लिएको छ। एमालेकी उपमेयर उम्मेदवार महेश्वरी राईले ९ हजार ६६६ मत ल्याएर अग्रता लिइरहेकी छन्। उनलाई नेपाली कांग्रेसकी सरिता राईले ९ हजार ५०० मतसहित पछ्याइरहेकी छन्। माओवादी केन्द्रकी गीता खड्का कार्कीलेले ५ हजार ६४३ मत प्राप्त गरेकी छन्।