उदयपुर- त्रियुगा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका बसन्तकुमार बस्नेतले अग्रता फराकिलो पारेका छन्। २३ हजार ९७५ मत गणना हुँदा बस्नेतले करिब दुई हजार मतान्तरको अग्रता कायम गरेका छन्।
बस्नेतले ८ हजार २०० मत पाउँदा एमालेका भागवत राउतले ६ हजार ३७७ मतका साथ पछ्याइरहेका छन्। एकीकृत समाजवादीका बलदेव चौधरीले ६ हजार ३०२ मत पाएका छन्।
यस्तै उपमेयरमा पनि नेपाली कांग्रेसकै सरिता राई ७ हजार ४१० मतका साथ अग्रस्थानमा छन्। उनलाई एमालेकी महेश्वरी राईले ७ हजार ५४ मतका साथ पछ्याइरहेकी छन्। माओवादीकी गीता खड्का (कार्की)ले ४ हजार ८२५ मत ल्याएकी छन्।