काठमाडौं- रौतहटको गरुडा नगरपालिकाको मेयरमा एमालेमा कन्थमनिप्रसाद कलवार निर्वाचित भएका छन्। निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका बृज किशोरप्रसाद यादवलाई ३८ मतान्तरले पराजित गर्दै उनी मेयरमा निर्वाचित भएका हुन्।
कलवारले ४ हजार ५६४ ल्याउँदा यादवले ४ हजार ५२६ पाए।
त्यस्तै उपमेयरमा भने नेपाली कांग्रेकी पुनम चौधरी ६ हजार ५०३ ल्याएर निर्वाचित भइन्। उनकी प्रतिस्पर्धी जसपाकी बिन्दुकुमारी देवीले ४ हजार ४७७ प्राप्त गरिन्। यससँगै एमालेले रौतहटमा तीन वटा पालिकामा जित हासिल गरेको छ।