काठमाडौं- वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकामा मतगणना चलिरहेको छ। हालसम्म काठमाडौं महानगरपालिकामा एक लाख २८ हजार ४८५ मतगणना गरिएको छ।
पछिल्लो गणनाअनुसार प्रमुख पदमा स्वतन्त्र उमेदवार बालेन्द्र साह (बालेन)को अग्रता थप फराकिलो बनेको छ। उनले ४३ हजार ८५० मत पाएका छन्।
नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंह २५ हजार ९४४ मतसहित दोस्रो स्थानमा छिन्। नेकपा (एमाले)का उमेदवार केशव स्थापितले २५ हजार ५९ मत ल्याएका छन्।
अहिले वडा नम्बर-१२, १३, १४, २१, २२ र २३ मा मतगणना भइरहेको छ। काठमाडौं महानगरमा कुल एक लाख ९० हजार ९८४ मत खसेको छ।