काठमाडौं- सुनसरीको इटहरी उपमहानगरपालिकामा कांग्रेसका उम्मेदवारले फराकिलो अग्रता कायम गरेका छन्। सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका हेमकर्ण पौडेलले फराकिलो अग्रता कायम गरेका हुन्।
३०० मत गणना हुँदा पौडेलले १७० मत पाएका छन्। एमालेका यामकुमार सुब्बाले ८९ मत पाएका छन्।
राप्रपाका आकाश हाङ लिम्बुले १५ मत ल्याएका छन्। उपमेयरमा एमालेकी संगीता चौधरीले १०७ मत पाएकी छन् भने गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका केशवकुमार बिष्टले ९० मत पाएका छन्।