झापा- एमालेका अध्यक्ष केपी ओलीको निर्वाचन क्षेत्र पर्ने दमक नगरपालिका मेयरकी प्रत्यासी गीताकुमारी पौडेल अधिकारी अगाडि देखिएकी छिन्। ३८० मत प्राप्त गरी गीताले गठबन्धनको साथ पाएका ३६८ मत ल्याएका राप्रपाका रामकुमार थापालाई टक्कर दिइरहेकी छन्।
उपमेयरमा भने नेपाली कांग्रसकी रेगिना भट्टराई ३५८ मत सहित पहिलो स्थानमा छिन्। ३४० मत सहित नेकपा एमालेकी अम्बिकाप्रसाद खनालले उनलाई पछ्याइरहेका छन्। यस नगरपालिकामा १० वडा र १९ मतदान केन्द्र रहेको छ। कुल ५८ हजार १७६ जना मतदाता रहेका छन्।