काठमाडौं- कञ्चनपुरको कृष्णपुर नगरपालिकामा मेयरमा नेकपा एमाले विजयी भएका छन्। कृष्णपुर नगरपालिकामा वडा नम्बर १ र ९ को मतगणना भइरहेको छ।
नेकपा एमालेका उम्मेदवार लोकराज पन्तले ५६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार हेमराज ओझाले ३६ मत प्राप्त गरेका छन्। त्यसैगरी नेकपा माओवादी केन्द्रका उम्मेदवार जोगराज चौधरीले २१ मत प्राप्त गरेको छ।
त्यसैगरी नेकपा एकीकृत समाजवादीका उम्मेदवार सुरेन्द्र बमले २ मत प्राप्त गरेका छन्।
उपमेयरमा पनि नेकपा एमालेका उम्मेदवार रमिता रानाले ४७, कांग्रेसको ३६ र माओवादी केन्द्रका उम्मेदवारले ३८ मत प्राप्त गरेका छन्।