काठमाडौं- जुम्लाको चन्दननाथ नगरपालिकाको मेयरमा स्वतन्त्रका उम्मेदवारले अग्रता कायम गरेका छन्।स्वतन्त्रतर्फका उम्मेदवार राजसिंह कठायतले नेपाली कांग्रेसका मेयर उम्मेदवार पदबहादुर शाहीसँग १७५ मतको अग्रता बनाएका हुन्।
स्वतन्त्रका कठायतले ३६७ मत प्राप्त गरेका छन भने नेपाली कांग्रेसका पदमबहादुर शाहीले १९२ मत प्राप्त गरेका छन्। माओवादीका जीवनबहादुर बुढ्थापाले १६१ मत प्राप्त गरेका छन्।
त्यसैगरी नेकपा एमालेका धर्मेन्द्र रोकायाले ७६ मत प्राप्त गरेका छन्।
त्यसैगरी उपमेयरमा नेपाली कांग्रेसकी रामदेवी खड्काले ३२३ मत प्राप्त गर्दा माओवादीका पूर्णिमा विकले २१७ मत प्राप्त गरेकी छन्। नेकपा एमालेकी उम्मेदवार मेनका रेग्मीले १३८ मत प्राप्त गरेकी छन्।