काठमाडौं- शुक्रबार सम्पन्न भएको स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको मेयर पदका त्रिपक्षीय भिडन्त देखिएको छ।
स्वतन्त्र उम्मेदवार बालेन शाह निरन्तर अगाडि छन् भने उनलाई कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितले पछ्याइरहेका छन्।
पछिल्लो मतगणना अनुसार ५२९ सय मत गन्दा बालेन १७८ मतका साथ अग्रस्थानमा छन्।
सिर्जना दोस्रो स्थानमा छिन्। एमालेका स्थापितले ११० भोट ल्याएर १२० मत ल्याएकी सिर्जनालाई पछ्याइरहेका छन्। मत गणना जारी छ।