बिहीबार, जेठ १२, २०७९

११ स्थानको नतिजा : एमालेलाई पछ्याउँदै कांग्रेस

नेपाल समय  |  काठमाडौं, शनिबार, वैशाख ३१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३१, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं- स्थानीय तहको निर्वाचन-२०७९ मा १२ पालिकाको मत परिणाम सार्वजनिक भएको छ। यीमध्ये ५ वटा पालिका नेकपा एमालेले अध्यक्ष  पद जित्दा नेपाली कांग्रेसले पनि ४ पालिकामा जित हासिल गरेको छ। एकीकृत समाजवादी २ पालिकामा निर्विरोध निर्वाचित भएको छ। नेकपा माओवादीले १ पालिकामा जित हासिल गरेको छ। 

डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार नारासिंह रोकायले विजयी भएका छन्। उनले ७७० मत पाएर मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका हेमबहादुर महताराले ७४६ मत ल्याएका छन्।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्षमा नेकपा एमालेका उम्मेदवार रिङजीन नामगेल गुरुङ विजयी भएका छन्। उनी ८ सय ७६ मतसहित निर्वाचित भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका आङ्जेन गुरुङले ५ सय ७७ मत प्राप्त गरेका छन्। उपाध्यक्षमा पनि नेकपा एमालेकै ढिकी गुरुङ निर्वाचित भएकी छिन्। उनले नेपाली कांग्रेसकी धेच आङमो गुरुङलाई पछि पार्दै विजयी भएकी हुन्। ढिकीले ७ सय ४९ मत प्राप्त गर्दा आङमोले ६ सय ७७ मत पाएकी छन्।

मनाङको चामे गाउँपालिकाको अध्यक्षमा एमालेका लोकेन्द्र बहादुर घले दोस्रो पटक निर्वाचित भएका छन्। ६१० कुल मत खसेकोमा उनले ३२० मत प्राप्त गरेका थिए। उक्त गाउँपालिकाको उपाध्यक्ष पदमा भने कांग्रेसले नै जितेको छ। 

मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिकामा एमालेका लोप्साङ छोम्पेल विष्ट विजयी भएका छन्। उनका प्रतिस्पर्धी नेकपा समाजवादीका देवबहादुर गुरुङ १८५ मत प्राप्त गरेका छन्। २०७४ मा विष्ट स्वतन्त्र रुपमा निर्वाचित भएका थिए।

मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ। अध्यक्षका एमाले उम्मेदवार कान्छा घले ८ सय ६१ मत ल्याएर गाउँपालिका अध्यक्षमा विजयी भएका छन्। अध्यक्षका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार छिरिङ ओङमा गुरुङ (घले) ७ सय १३ मत ल्याएका छन्। कान्छा यसअघि पनि अध्यक्ष थिए। उपाध्यक्षमा एमाले समर्थनमा उठेका स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङले ७ सय ४४ मत ल्याएर विजयी भएका छन्। कांग्रेस उम्मेदवार रिन्जेन धोर्जे गुरुङले ७ सय १९ मत ल्याएका छन्। राप्रपाका उपाध्यक्ष उम्मेदवार ज्यामयाङ टसी गुरुङले १ मत ल्याएका छन्। मनाङमा सबैभन्दा धेरै ३ हजार ५ सय ३५ मतदाता रहेको मनाङ ङिस्याङ गाउँपालिकामा १ हजार ६ सय ५७ मत अर्थात ४६ दशमलव ८७ प्रतिशतमात्रै मत खसेको थियो।

डोल्पाको से फोक्सुण्डो गाउँपालिकामा यसअघिनै एमालेका टसी तुण्डुप गुरुङ निर्विरोध निर्वाचित भइसकेका छन्।

यसैगरी मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामाले जितेका छन्। १५८ मतसहित लामा गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्ण लामाले १११ मत प्राप्त गरे। कुल खसेको ३०४ मतमध्ये ३५ मत बदर भएको छ। उपाध्यक्षमा भने एमालेका फुन्चो लामा निर्विरोध निर्वाचित भइसकेका थिए। ०७४ सालको निर्वाचनमा उक्त गाउँपालिकामा नेपाली कांग्रेसले निर्विरोध जित हासिल गरेको थियो।  

मुस्ताङको घरपझोङ गाउँपालिकामा नेपाली कांग्रेसका मोहन सिंह लालचन विजयी भएका छन्। लालचनले एमालेका सञ्जयकुमार थकालीलाई २ मतको झिनो अन्तरले पराजित गरेका थिए। लालचनले ७६० मत ल्याउँदा थकालीले ७५८ मत ल्याएका थिए। अघिल्लो निर्वाचनमा नेकपा एमालेका आसबहादुर थकाली निर्वाचित भएका थिए। उपाध्यक्षमा कांग्रेसकी जमुना थापा मगरले जितेकी छिन। उनले ६ सय ९३ ल्याउँदा एमालेकी मिमकुमारी शेरचनले ६ सय १८ मत ल्याएकी छन्। 

मनाङको नासो गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उमेदवार धनबहादुर गुरुङ विजयी भएका छन्। नेकपा एमालेका उमेदवार मनबहादुर गुरुङलाई पराजित गर्दै धनबहादुर विजयी भएका हुन्। विजयी भएका गुरुङले ८२० मत ल्याएका छन्। उनका निकटतम प्रतिस्पर्धी बनेका एमालेका मनबहादुरले ६४६ मत पाए। यस्तै, उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका वेदबहादुर गुरुङ विजयी भएका छन्। उनले ९१३ मत ल्याए। उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उमेदवार अर्भिन गुरुङले ४९६ मत ल्याएका छन्।

डोल्पाको काइके गाउँपालिका अध्यक्षमा एकीकृत समाजवादीका अंगद कुमार राना निर्विरोध हुँदा डोल्पाकै छर्का ताङसोङ गाउँपालिकामा नेकपा एकीकृत समाजवादीकै सोनाङ गुरुङ निर्विरोध भएका थिए।


प्रकाशित: May 14, 2022 | 15:48:59 काठमाडौं, शनिबार, वैशाख ३१, २०७९

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

धनगढीको गेटालाई अलपत्र पारेर देउवाको गृहजिल्लामा नयाँ मेडिकल कलेज किन?

आर्थिक वर्ष २०७३/०७४ बाट गेटामा कलेज निर्माण थालिएको थियो। मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराका अनुसार मेडिकल कलेजमा पूर्वाधार निर्माणको काम ९० प्रतिशत सकिएको छ।

स्थानीय सरकार हाँक्ने नारीशक्ति

अहिले चुनिएका महिला प्रमुख मध्ये कोही यसअघि पनि पालिका हाँकिसकेका छन्, कसैले उपप्रमुखको जिम्मेवारी सम्हालेका छन् भने कोहीले अघिल्लो निर्वाचनमा पराजय भोगेका थिए।

कोअर्डिनेटरले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित

कलेजकै कोअर्डिनेटर जनार्दन अधिकारीले कक्षा ११ को छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले प्रदर्शन गरेका हुन्।

दमकको धक्काले झापामा हल्लिएन एमाले, माओवादी 'निल'

देशभर एमालेलाई बढार्न माओवादीलगायतका पाँच दलहरुलाई वैशाखी बनाएको कांग्रेसले कचनकवलमा भने राप्रपालाई पारस्त गर्न एमालेलाई वैशाखी बनायो। झापामा एमालेलाई परास्त गर्न राप्रपासँग पनि तालमेल भएको छ। यी तथ्यहरुलाई केलाएर हेर्दा दलका सिद्धान्त र विचारको सबैभन्दा ठूलो मजाक झापामा बन्‍यो।

काठमाडौंको १ लाख ३७ हजार मत गनियो, बालेनको फराकिलो अग्रता कायमै

स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत काठमाडौं महानगरपालिकामा करिब १ लाख ९० हजार मत खसेकोमा आज साँझसम्ममा १ लाख ३७ हजार ४५२ मत गनेर सकिएको छ।

भरतपुरको मतगणना स्थगित

एमालेका ती प्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएको र एमालेले उनको रिहाइ नभएसम्म मतगणना स्थगित भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

भरतपुरमा अब १४ हजार मत गन्न बाँकी, कसको मत कति?

रेनुले ४५ हजार ८८७ मत प्राप्त गर्दा नेकपा (एमाले)का विजय सुवेदीले ३४ हजार ९९३ मत प्राप्त गरेका हुन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ९३७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

राप्रपा बन्ला राष्ट्रिय दल?

स्थानीय निर्वाचनको लोकप्रिय मतमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपासँगै राप्रपा छ। राप्रपाले पाइरहेको मत हेर्दा अबको संघीय निर्वाचनबाट राष्ट्रिय पार्टी बन्ने सम्भावना देखिन्छ।

भलिबलमा भविष्य खोजिरहेका धीरज, जसलाई खेलबाटै देशको शीर उँचो पार्नु छ

१६ वर्षकै उमेरदेखि भलिबल खेल्न सुरु गरेका धीरजले राष्ट्रिय टिमको जर्सीमा खेल्ने सपना भने साकार पार्न सकेका छैनन्। तर, जीवनको एक कालखण्डमा राष्ट्रिय टिमको जर्सी लगाएर खेल्ने उनको सपना मजबुत बन्दै गइरहेको छ।

काठमाडौं महानगरमा १ लाख २८ हजार मतगणना हुँदा कसले कति पाए?

पछिल्लो गणनाअनुसार प्रमुख पदमा स्वतन्त्र उमेदवार बालेन्द्र साह (बालेन)को अग्रता थप फराकिलो बनेको छ। उनले ४३ हजार ८५० मत पाएका छन्।

थप समाचार

नेपाल समय
निर्वाचन विशेष

म्याग्दीमा पालिका र वडाध्यक्षमा महिला प्रतिनिधित्व शून्य

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा भने ६ स्थानीय तहको प्रमुख तथा अध्यक्ष र ४५ वडाध्यक्षमा पुरुष मात्र निर्वाचित भएका छन्।
नेपाल समय
निर्वाचन विशेष

तिलोत्तमाको मेयरमा कांग्रेसका खाणको अग्रता कायमै

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका रामकृष्ण खाणले अग्रता कायमै राखेका छन्।
नेपाल समय
निर्वाचन विशेष

रौतहटको फतुवा विजयपुर प्रमुखमा कांग्रेस विजयी

रौतहटको फतुवा विजयपुर नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार गोपाल राय यादव निर्वाचित भएका छन्।
नेपाल समय
निर्वाचन विशेष

गरुडाको मेयरमा एमालेका कन्थमनि निर्वाचित

रौतहटको गरुडा नगरपालिकाको मेयरमा एमालेमा कन्थमनिप्रसाद कलवार निर्वाचित भएका छन्।
नेपाल समय
निर्वाचन विशेष

पोखराका २३ वडामा कांग्रेस, ९ मा एमाले विजयी [सूचीसहित]

निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार ९ वडामा नेकपा एमाले विजयी भएको हो। एउटा वडामा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना