वीरगन्ज- विरगञ्ज महागरपालिकामा मतगणना सुरु भएको छ। वीरगगञ्ज-१४ पिपरास्थित नृसिंह माविको भवनमा शनिबार दिउँसो पौने ३ बजेदेखि मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए।
राजनीतिक दलका प्रतिनिधि नआउँदा वीरगञ्ज महानगरपालिकाको मत गणनामा ढिलाई भएको थियो। मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जनकारीनुसार बिहान ११ बजेदेखि मतगणना सुरु हुने भनिएको थियो।
वीरगञ्ज महागरपालिकमा ३२ वडा रहेका छन्। शुक्रबार सम्पन्न निर्वाचनमा कुल ९३ हजार ७ सय ८२ अर्थात ७५.२४ प्रतिशत मत खसेको थियो।
दलका प्रतिनिधिहरुले गरेको ढिलाईका कारण ८ बजे राखिएको सर्वदलिय बैठ्क डेढघण्टा ढिला गरी साडे ९ बजे मात्रै सुरु भएको थियो। सर्वदलीय बैंठकले मतगणनामा आउन सक्ने विदाद समाधानका लागि २२ बुदे निर्णय गरिएको छ।
यस महागरपालिकामा गठवन्धनका तर्फबाट जनता समाजबादी पार्टीका राजेशमान सिंह र एमाले विजयकुमार सरावगीबीच मुख्य प्रतिपर्धामा रहेका छन्।