भक्तपुर- मध्यपुर थिमी नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्। १ नम्बर वडाबाट मत गणना गरिएको छ।
जसअनुसार मध्यपुर थिमिमा २१०० मत गन्दा कांग्रेसका मेयर उम्मेदवार सुरेन्द्र श्रेष्ठले ११४० मत ल्याएका छन्। उनी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन्। उनलाई एमालेका मदनसुन्दर श्रेष्ठले ८२२ मतका साथ पछ्याइरहेका छन्।
गठबन्धनबाट उपमेयर उम्मेदवार रहेकी माओवादी केन्द्रकी विजय श्रेष्ठ भने एमालेकी उम्मेदवार उत्तरा नेपालभन्दा पछाडि छन्। उत्तराले ९५७ मत ल्याउँदा विजयले ७६४ मतमात्र पाएका छन्।