काठमाडौं- हिजो शुक्रबार सम्पन्न भएको स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको मेयर पदका त्रिपक्षीय भिडन्त देखिएको छ।
स्वतन्त्र उम्मेदवार बालेन शाह निरन्तर अगाडि छन् भने उनलाई कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितले पछ्याइरहेका छन्।
पछिल्लो मतगणना अनुसार ३ सय मत गन्दा बालेन ११४ मतका साथ अग्रस्थानमा छन्। सिर्जना दोस्रो स्थानमा छिन्। एमालेका स्थापितले ४७ भोट ल्याएर ७१ मत ल्याएकी सिर्जनालाई पछ्याइरहेका छन्।
अहिले काठमाडौंको वडा नम्बर १ र वडा नम्बर ३२ को मतगणना भइरहेको छ। वडा नम्बर १ मा दुई सय र वडा नम्बर ३२ मा एक सय मत गणना भएको छ।