बिहीबार, माघ १९, २०७९

विदेश जाने विद्यार्थी रोक्न विधेयक ल्याइएको हो : शिक्षामन्त्री खनाल

नेपाल समय  |  काठमाडौं, मंगलबार, माघ १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १०, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले उच्च शिक्षाका लागि ठूलो सङ्ख्यामा विदेश गइरहेका विद्यार्थीलाई रोक्न नेपाल विश्वविद्यालय विधेयक अघि बढाइएको बताएका छन्।

राष्ट्रियसभामा नेपाल विश्वविद्यालय विधेयक, २०७९ माथिको छलफलमा सदस्यहरुले राखेको जिज्ञासामा उनले विदेश अध्ययन गर्न जाने युवालाई स्वदेशमै राख्ने हेतुले विधेयक अघि बढाइएको बताए।

मन्त्री खनालले भने, 'एक लाख २२ हजार नेपाली विद्यार्थी विश्वका एक सय ६ भन्दा बढी मुलुकमा नेपाली विद्यार्थी अध्ययनका लागि गएको तथ्याङ्क छ, ती युवालाई रोक्न सकिन्छ कि भन्ने हेतुले यो विश्वविद्यालय विधेयक अघि बढाइएको हो।'

मुलुकको विकास र अर्थतन्त्रलाई चलायमान बनाउन तथा विश्वविद्यालयबाट उत्पादित जनशक्ति विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने होस् भन्ने उद्देश्य रहेको बताउँदै उनले गुणस्तरीय शिक्षा मात्र नभई सङ्घीयताको मर्म र भावनालाई विश्वविद्यालयले बोकेको स्पष्ट गरे।

यसअघि विधेकमाथिको छलफलमा सदस्यहरुले विश्वविद्यालयलाई उत्कृष्ट प्राज्ञिक क्षेत्रका रुपमा व्यवस्थित गर्न आवश्यक रहेको बताए। विश्वविद्यालयलाई स्वायत्त संस्थाका रुपमा लैजान सक्नुपर्ने आजको अवसर र चुनौती रहेको बताउँदै उनीहरुले दक्ष प्रतिस्पर्धी जनशक्ति उत्पादनमा विश्वविद्यालय सक्षम होस् भन्ने सबैको चाहना रहेको उल्लेख गरे।

सदस्यहरुले नेपाललाई उपयुक्त हावापानी भएका कारण नेपाललाई शैक्षिक अध्ययनको हब बनाउन प्रयत्न गर्न आवश्यक रहेको बताउँदै यसअघिका विश्वविद्यालयलाई पनि भरपर्दो, अनुशासित, गुणात्मक र विश्वसनीय बनाउन आवश्यक सुझाव दिए।

वियेकमाथिको छलफलमा भाग लिँदै सदस्य जितेन्द्रनारायण देवले राज्यको स्रोतको बोझ नलिने उद्देश्य बोकेको यस विश्वविद्यालयले गुणात्मक शिक्षामार्फत् विश्वबजारमा प्रतिस्पर्धा गर्ने सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य बोकेको बताए।

सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त विधेयकमाथि विचार गरियोस् भनी राख्नुभएको प्रस्तावलाई सदनले बहुमतले स्वीकृत गर्यो। राष्ट्रियसभाको अर्को बैठक यही माघ १३ गते शुक्रबार दिनको ४ बजे बस्नेछ।


प्रकाशित: January 24, 2023 | 16:19:24 काठमाडौं, मंगलबार, माघ १०, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत उपाध्याय, वडा नम्बर ६ का तत्कालीन वडा अध्यक्ष, सब इन्जिनियर, निर्माण उपभोक्ता समितिका अध्यक्षसहित सात जनाविरुद्ध फिल्ड निर्माण गर्ने क्रममा गलत प्रतिवेदन तयार गरेको आरोपमा मुद्दा दायर गरिएको हो।

सत्ता गठबन्धनको बेमेलले राजनीति १० पुसतिर फर्किने संकेत

सात दलीय सहमतिबमोजित नेकपा माओवादी केन्द्र र प्रधानमन्त्री प्रचण्डले रास्वपालाई गृह मन्त्रालय दिन अस्वीकार गरेपछि १० पुसमा बुनिएको बालकोटको राजनीतिक गाँठो क्रमशः खुइलिने वा फुक्लिने अवस्थामा पुगेको छ।

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड–ओलीबीच गठबन्धनको भविष्यबारे छलफल

नागरिकता प्रकरणमा गृहमन्त्रीबाट गलहत्याइएका लामिछानेले पुनः सोही पद पाउनुपर्ने अडान लिएपछि पछिल्लो समय गठबन्धनभित्र मतभेद बढ्दै गएको छ।

अन्ततः रविले नपाउने भए गृह मन्त्रालय

सर्वोच्च अदालतबाट लामिछानेको नागरिकतासम्बन्धी मुद्दा फैसलाको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालयको नेतृत्व आफैंसँग राख्ने निर्णयमा प्रधानमन्त्री प्रचण्ड पुगेका हुन्।

सत्ता गठबन्धनमा टुटफुटको शृंखला, सरकार त्याग्ने रविको संकेत

प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीको जिम्मामा परेको गृह मन्त्रालय सुम्पिन आनाकानी गरेसँगै केन्द्रमा पनि गठजोड भत्किने अवस्था आएको हो।

कति 'सेफ जोनमा' छन् रवि?

रवि लामिछाने सर्वोच्चको आदेशले वैधानिक नागरिक बने पनि जिल्ला प्रशासन कार्यालयमा राहदानीमाथिको छानबिन प्रकरण अझै नसकिएकाले राजनीतिक रुपमा 'सेफ जोनमा' छैनन्।

एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

देशको आर्थिक अवस्था नाजुक भएको भन्दै एकीकृत समाजवादीले यसलाई सुधार्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन लागेको हो।

सिंहदरबार ताक्ने रवि लामिछानेको योजनामा माओवादीको अवरोध

आइतबारको बालुवाटार जमघटमा एमाले अध्यक्ष केपी ओलीले गृहमन्त्रीमा लामिछानेलाई नियुक्त गर्न र गठबन्धनको मर्मअनुसार चल्न सुझाए पनि सोमबारको माओवादी पदाधिकारी बैठकले गृह मन्त्रालय नछाड्न र रविलाई गृहमन्त्री नबनाउन दबाब दिएपछि अलमलमा प्रधानमन्त्री प्रचण्ड।

प्रधानमन्त्रीलाई भेटेपछि गभर्नरसँग छलफल गरे मेयर बालेनले

निजी सम्पत्तिमा महानगरले क्षति पुर्‍याएको भन्दै आन्दोलनसमेत भइरहेको छ। यस्तो अवस्थामा मेयरले संघीय सरकारबाट हुनुपर्ने सहयोगको अपेक्षासमेत राखिरहेका छन्।

आत्मदाह प्रयास गरेका पुरुषलाई बचाउँदा घाइते भएकी महिलाको मृत्यु

पोखरा महानगरपालिका-१३ काहूँखोलामा आइतबार एक व्यापारिले आत्मदाह प्रयास गरे। घर वहालमा बसेका युवकले शरीरमा आगो लगाउन खोजेपछि घरबेटीले डेरावाल युवकलाई बचाउन खोजेकी थिइन्।

थप समाचार

नेपाल समय
शिक्षा

विद्यार्थीलाई वनभोजसँगै मनोपरामर्ष

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ ले मेलम्ची वडा नं ९, गुफाडाँडामा आयोजना गरेको वनभोज कार्यक्रममा सहभागी विद्यार्थीलाई मनोपरामर्ष ज्ञान दिँदै सोमबहादुर तामाङ।
नेपाल समय
शिक्षा

पठन संस्कृतिका लागि गाउँमै सार्वजनिक पुस्तकालय

सर्वसाधारणमा पुस्तक पढ्ने बानीको विकास गरी ज्ञान बढाउन सजिलो होस् भन्ने उद्देश्यले पाल्पाको सदरमुकाम तानसेनभन्दा बाहिर रामपुरमा सञ्चालनमा ल्याइएको छ, विद्यामन्दिर सार्वजनिक पुस्तकालय।
नेपाल समय
शिक्षा

विद्यालयलाई अनिवार्य ई-लाइब्रेरीको व्यवस्था गर्न मन्त्रालयको निर्देशन

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आइसिटी ल्याब सञ्चालन गरिरहेका विद्यालयलाई अनिवार्य ई-लाइब्रेरीको व्यवस्था गर्न निर्देशन दिएको छ।
नेपाल समय
शिक्षा

डिजिटल माध्यमबाट शिक्षण सामग्रीको प्रयोग बढाउन सुझाव

मन्त्रालयले कक्षा १ देखि १२ सम्मको पाठ्यक्रम र पाठ्यपुस्तकमा आधारित डिजिटल माध्यमका सामग्रीलाई अधिकतम उपयोग गरी शिक्षण सिकाइलाई प्रभावकारी र गुणस्तरीय बनाउन आग्रह गरेको हो।
नेपाल समय
शिक्षा

१ वैशाखबाट विद्यालय तहको शैक्षिक सत्र कार्यान्वयन

कोरोना महामारीका कारण बिथोलिएका तीन वटा शैक्षिक सत्र आगामी १ वैशाखदेखि पुरानै लयमा हिँड्ने।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com

विज्ञापनको लागी

Charu shrestha 9841428229 Yubaraj Khatiwada 9801146990
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना