मंगलबार, माघ २४, २०७९

विद्यालय जाँदा आउँदा दैनिक छ घण्टा बिताउनुपर्छ

नेपाल समय  |  काठमाडौं, सोमबार, मंसिर १२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १२, २०७९, काठमाडौं

नेपाल समय

बझाङ– दोगडाकेदार गाउँपालिका–१ बैतडीका प्रकाश विष्ट भर्खर किशोरावस्थामा प्रवेश गरे। गोरङ घर भएका उनलाई विद्यालय जान ‘निल्नु न ओकेल्नु’ जस्तै भएको छ। बिहान पढाइ हुने बेलामा साढे ३ बजे नै ‘आलराम’ लगाउनुपर्छ। ४ बजे पोसाक, जुत्ता, टोपी कसेर झोला बोक्दै बाटो लाग्नुपर्छ र बल्ल ७ बजे ‘स्कुल’ पुगिन्छ।

उनलाई आधारभूतसम्म पढ्न केही असजिलो थिएन। जब उनले ८ कक्षा उत्तीर्ण गरे त्यसपछि उनको दौडाइ सुरू भयो। गत वैशाखमा पञ्चदेव महानन्द मावि रिममा भर्ना भएका विष्टले विद्यालय जाँदा आउँदा मात्रै दैनिक ६ घण्टाको हाराहारीमा बाटोमै बिताउनुपर्छ। ‘२४ घण्टामध्ये ६ घण्टा स्कुल र छ घण्टा बाटोमै बिताउनुपर्छ’, उनले भने, ‘रिममा पढ्न गएपछि समय तालिका निकै पेचिलो भयो। सुत्न र घरायसी काम गर्नै समय बाँड्नुपर्छ। पढ्ने समय त त्यस्तै हो।’

गोरङका प्रकाश मात्रै छैनन्, उनीजस्तै धेरै विद्यार्थीको दैनिकी एउटै छ। बिहान स्कुल लाग्दा ४ बजे र दिउँसो स्कुलमा ७ बजे घरबाट निस्कनैपर्छ। लामो दिनमा उज्यालोमै घर पुग्ने हुँदा अलि सजिलो थियो। छोटा दिन (हिउँदे याम) मा भने निकै समस्या पर्छ। गोरङकै ९ कक्षामा पढ्ने उर्मिला विष्ट भन्छिन्, ‘लामो दिनमा त उज्यालोमै घर पुगिन्छ। छोटा दिनमा भने राति पर्छ। सबै सँगै आउनलाई कहिल्यै अरूलाई कुर्नुपर्छ त कहिल्यै आफूले कुर्नुपर्छ।’ टाढाको बाटो हुँदा एक्लै हिँड्न नसकिने उनी बताउँछिन्। 

उनका अनुसार ८ कक्षा पास भएका विद्यार्थी सबै स्कुल जाँदैनन्। ‘टाढा भएकै कारण केटा इन्डिया (भारत) जाने त केटीहरू बिहे गरेर जाने सङ्ख्या बढी छ। केही विद्यार्थी पञ्चदेव त केही विद्यार्थी डिलासैन गाउँपालिकाको शिक्षा केन्द्र अमर मावि धामीगाउँमा जाने गरेका छन्,’ उनले भने। 

उर्मिलासँगै ८ कक्षामा पढ्ने १५ जना थिए तर, अहिले ९ कक्षा पढ्न रिम जाने नौ जना मात्रै छन्। ‘यसमध्ये पनि दुई/चार जना त स्कुलै छोड्ने कुरा गरिरहेका छन्’, उनले भनिन्, ‘घरको काम पनि गर्नु स्कुल पनि जानु सम्भव नहुँदो रहेछ। घरमा बढी मान्छे हुने त निर्धक्क स्कुल जान्छन्, नहुनेलाई त समस्यै हुन्छ।’

विमल जोशीका भाइबहिनीहरू धामीगाउँको शिक्षा केन्द्रमै पढ्न जान्छन्। धामीगाउँ पढ्न पनि त्यति सजिलो छैन। गोरङका विद्यार्थीलाई अढाइदेखि तीन घण्टा समय हिँड्नैपर्छ। भाइबहिनीमा जेठा जोशी धामीगाउँ पढ्न कहिल्यै आफन्तको घरमा बस्ने त कहिल्यै आफ्नै घरबाट जाने हुँदा बहिनी तुलसा र भाइ शिव पनि सोही विद्यालय पढ्न थालेका हुन्। 

नातेदार भएको र पहिलेदेखि नै आफ्नो टोलका सबै विद्यार्थीले धामीगाउँ पढेको हुँदा आफू पनि सोही विद्यालय पढ्न गएको उनले बताए। ‘गोरङका विद्यार्थीलाई पढ्न जता गए पनि टाढै पर्छ’, उनले भने, ‘रिम, धामीगाउँ जता गए पनि पाँच/छ घण्टा बाटोमै बिताउनुपर्छ। दिनभरि हिँडेपछि गृहकार्य गर्ने पनि समय हुँदैन । घर पुग्दा अँध्यारो हुन्छ। खाना खाएर सुत्ने त्यसैमा समय बराबर हुन्छ।’

त्यसो त गोरङका विद्यार्थी रिम पढ्न थालेको हिजोआज होइन। वर्षौं पहिलेदेखि नै शिक्षा आर्जन गर्न चाहने विद्यालय अभावले नै विस्थापित भइरहेका थिए। ‘नौ वर्षअघि रिम पढ्न जाँदा हामी छ जना मात्रै थियौं’, पूर्वविद्यार्थी सुनिता विष्टले भनिन्, ‘१२ जना कक्षा ८ मा उत्तीर्ण भएका थियौं, तर रिम पढ्न जाने छ जना मात्रै भयौं। स्कुल नजाने चार जना केटाले बिहे गरेर भारततिर गए भने दुई जना केटी बिहे गरेर गए।’

उनका अनुसार उनीसँगै विद्यालय जाने ६ जनामध्ये पनि पछिल्लो वर्ष तीन जनामै झरे।  ‘घरको काम र टाढाको विद्यालय नै उनीहरूका लागि हासिल गर्ने शिक्षा अधेरी बन्यो’, उनी सम्झिन्छन्। नजिकै शैक्षिक संस्था भए सबै शिक्षित हुने उनले बताए।  ‘गाउँमै विद्यालय भएको भए अशिक्षित कोही हुनुपर्ने थिएन’, उनी भन्छन्, ‘विद्यालयकै कारणले यहाँका शिक्षित परिवार विस्थापित भइसकेका छन्। अरू सर्वसाधारणको त के कुरा।’ गोरङका सर्वसाधारण ८ कक्षा पास गरेपछि पढाइ सकिएको सम्झिने गरेको उनी बताउँछन्। 

दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्की पनि विद्यार्थीका लागि विद्यालय निकै टाढा हुँदा निकै समस्या भएको बताउँछन्। ‘बालबालिकालाई निकै टाढा छ’, उनले भने, ‘यो सबै भौगोलिक बनावटले हो। गाउँ–गाउँमा विद्यालय राखेर पनि साध्य हुँदैन। गाउँहरू निकै टाढा–टाढा छन्। त्यो ठाउँबाट विद्यार्थीले हिँडेर आउनुपर्छ। ठूलो मान्छेलाई नै डेढ दुई घण्टा लाग्ने ठाउँमा बालबालिकालाई बढी समय लाग्नु स्वभाविक हो।’

विद्यालयमा छात्रावास किन नबनाएको भन्ने प्रश्नमा उनी भन्छन्, ‘अहिले छात्रावास छैन। यसका लागि हामीले पटकपटक छलफल पनि गरेका हौं। के–के नमिलेर त्यस्तै भयो।’ उनका अनुसार सबैभन्दा टाढाका विद्यार्थीका गोरङकै हुन्। ‘तिनै विद्यार्थीको सजिलोका लागि अब आउँदो शैक्षिक सत्रदेखि लागि बेताल आधारभूतलाई मावि बनाउने तयारी गरिरहेका छौं। नयाँ शैक्षिक शत्रबाट ९ कक्षामा पढाइसमेत सुरू हुन्छ,’ उनले भने। त्यसपछि ‘एसइई’ उत्तीर्ण भएर मात्रै ‘प्लस टू’ पढ्न रिम आउनुपर्ने उनले बताए। 

अहिले दोगडाकेदार गाउँपालिकामा एउटा क्याम्पस छ। गोरङकै विद्यार्थीले झण्डै सात घण्टा हिँडेर खोचलेकमा क्याम्पस पढ्न जानुपर्छ। भौगोलिक बनावटले पछि टाढाका विद्यार्थीलाई निकै समस्या हुने गरेको उनले बताए। गाउँपालिका अध्यक्ष कार्कीका अनुसार टाढाबाट आउने विद्यार्थीका लागि क्याम्पस पढ्न सजिलोका लागि छात्रावासको व्यवस्था गर्ने सोच बनाएको उनले जानकारी दिए।    -रासस


प्रकाशित: November 28, 2022 | 08:01:25 काठमाडौं, सोमबार, मंसिर १२, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

अनाथालय प्रमुख नै बलात्कारी !

बालिका बलात्कारको आरोपमा चन्द गत माघ १७ गते अनाथालयबाटै पक्राउ परेका हुन्।

सरकारबाट बाहिरिएका रास्वपाका मन्त्रीले किन गरेनन् पत्रकार सम्मेलन?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आइतबार नै सरकारबाट बाहिरिसकेको छ।

संसद् भवन अगाडि भिख माग्दै बालिका

अकासेपुलमा भिख माग्नका लागि राखिएकी एक अबोध बालिका

मिडियामाथि आक्रोशित रविले जे बोले…

आइतबार सरकारमा रहने वा बस्ने विषयमा भएको छलफलमा पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ। सरकारबाट बाहिरिने निर्णय सुनाउँदै पत्रकार सम्मेलन गरेका रविले भने सबै झोंक मिडियामाथि पोखेका छन्।

आउने चुनावमा बहुमत ल्याएर प्रधानमन्त्री हुन्छु: रवि

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउने र आफू प्रधानमन्त्री हुने उद्घोष गरेका छन्

नारायणकाजीसँग मन्त्रालय साटफेरको चर्चा, मान्लान् रवि?

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा रहने कि बाहिरिने चर्चा चलिरहेको समयमा सत्ता गठबन्धन दलभित्र पार्टी सभापति रवि लामिछानेलाई भौतिक पूर्वाधार मन्त्रालय दिएर मनाउने तयारी भएको बताइएको छ।

फ्यानको मायाले रोइन् ‘पठान’की दीपिका

फिल्म सफल भएपछि निर्माता तथा कलाकार उत्साहित छन्।

रास्वपालाई गृह मन्त्रालय फिर्ता दिने प्रधानमन्त्री प्रचण्डको संकेत

पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले रास्वपाले उठाएको विषय समाधान हुने बताएर गृह मन्त्रालय फिर्ता दिने संकेत गरेका हुन्।

दलका कार्यकर्ता प्राज्ञ भएपछि योग्य कलाकारले कहिले पाउने अवसर?

राजनीतिमा चासो नदिने स्रष्टाप्रति राज्यले दायित्व बिर्सिंदा सहरमा कलाकार डिप्रेसनबाट गुज्रिनुपरेको र गाउँमा हराउनुपरेको वा खाडी मुलुक पलायन हुनुपर्ने अवस्था छ। कला र गलाका लागि सिर्जिएका चलचित्र विकास बोर्ड, प्रज्ञा प्रतिष्ठानलगायतका संस्था राजनीतिमय भएपछि स्रष्टाहरू ओझेल पर्दै छन्।

तत्काल पानी पर्ने सम्भावना छैन, आज काठमाडौंको तापक्रम कति?

देशैभर तत्काल पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

थप समाचार

नेपाल समय
शिक्षा

यस कारण शिक्षामा संरचनागत परिवर्तन

देशभरका स्कुल, कलेजमा अध्ययनरत झन्डै ८० लाख विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धि गर्न शिक्षा क्षेत्रलाई संरचनागत सुधारको बाटोमा लैजानैपर्छ। सरकारी शिक्षा क्षेत्रलाई राजनीतिबाट मुक्त गराएर गुणस्तरीय शिक्षा पाउनुपर्ने बालबालिकाको हकलाई राज्यले ग्यारेन्टी लिनुपर्छ। समयमै परीक्षाको नतिजा सार्वजनिक गर्ने र पाठ्यपुस्तक पाउने व्यवस्थाका लागि पहल जरुरी छ।
नेपाल समय
शिक्षा

सनराइज बैंकद्वारा त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई आर्थिक सहयोग

सनराइज बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभाग ९ऋःम्० बिच सम्झौता भएको छ।
नेपाल समय
शिक्षा

विद्यार्थीलाई वनभोजसँगै मनोपरामर्ष

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ ले मेलम्ची वडा नं ९, गुफाडाँडामा आयोजना गरेको वनभोज कार्यक्रममा सहभागी विद्यार्थीलाई मनोपरामर्ष ज्ञान दिँदै सोमबहादुर तामाङ।
नेपाल समय
शिक्षा

पठन संस्कृतिका लागि गाउँमै सार्वजनिक पुस्तकालय

सर्वसाधारणमा पुस्तक पढ्ने बानीको विकास गरी ज्ञान बढाउन सजिलो होस् भन्ने उद्देश्यले पाल्पाको सदरमुकाम तानसेनभन्दा बाहिर रामपुरमा सञ्चालनमा ल्याइएको छ, विद्यामन्दिर सार्वजनिक पुस्तकालय।
नेपाल समय
शिक्षा

विद्यालयलाई अनिवार्य ई-लाइब्रेरीको व्यवस्था गर्न मन्त्रालयको निर्देशन

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आइसिटी ल्याब सञ्चालन गरिरहेका विद्यालयलाई अनिवार्य ई-लाइब्रेरीको व्यवस्था गर्न निर्देशन दिएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com

विज्ञापनको लागी

Charu shrestha 9841428229 Yubaraj Khatiwada 9801146990
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना