सोमबार, असोज १०, २०७९
कसीमा त्रिवि–८

यसकारण स्वायत्त छैनन् त्रिविका प्राध्यापक

कौशल काफ्ले  |  काठमाडौं, आइतबार, असोज २, २०७९

कौशल काफ्ले

कौशल काफ्ले

आइतबार, असोज २, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं– सामान्यतयाः प्राध्यापक भनेका विश्वविद्यालयका मेरुदण्ड हुन्। विश्वविद्यालयको डिपार्टमेन्ट कस्तो बनाउने भन्ने कुरा प्राध्यापकको भूमिका महत्वपूर्ण हुन्छ। प्रचलित भनाइअनुसार विश्वविद्यालयका प्राध्यापक भनेका ‘ग्लोबल सिटिजन्स’ नै हुन्।

तर त्रिभुवन विश्वविद्यालयमा भने अलि फरक चित्र देख्न पाइन्छ। पहिला त यहाँ प्राध्यापकहरु नै नागरिकता हेरेर छानिन्छ। जबकि विश्वविद्यालयमा नागरिकताको आधारमा भन्दा पनि विज्ञताको आधारमा प्राध्यापकहरुको छनोट हुनुपर्ने हो। विश्वविद्यालयलाई ‘ग्लोबल स्पेस’ बनाउन विश्वभरमा मान्छेबीच प्रतिस्पर्धा गराएर प्राध्यापक ल्याउनुपर्ने हो। विदेशका राम्रा विश्वविद्यालयमा यस्ता प्रचलनहरु रहेका छन्। 

त्रिविमा भने राष्ट्रियताको धङधङी चर्को छ। नेपाली नागरिकता भएका बाहेकले त्रिविमा प्राध्यापन गराउन पाउँदैनन्। पढाउन पाएका नेपाली प्राध्यापकले पनि त्रिविबाट पूर्ण स्वायत्तता पाएका छैनन्। अर्थात् त्रिविका प्राध्यापक आफैंमा स्वायत्त छैनन्।

त्रिविमा लामो समय काम गरिसकेका डा. प्रेम फ्याकले केही समयअघि नेपाल समयसँग कुरा गर्दै यसबारे दुखेसो पोखेका थिए। उनका अनुसार त्रिविमा नियुक्ति लिएर जाँदै गर्दा ‘आजदेखि सेवा आयोगमा उत्तीर्ण हुनुभएको हुनाले तपाईंलाई यो विषयमा फलानो क्याम्पसमा नियुक्ति गरिएको छ’ भन्ने बाहेक कुनै कुरा भनिँदैन। प्राध्यापकले के गर्ने भनेरै विश्वविद्यालयले स्पष्ट पार्दैन। 

‘कक्षा शिक्षणको अलावा ‘रिसर्च फण्ड’हरु ल्याउने, अन्तर्राष्ट्रिय स्तरमा सहकार्य गराउने र सामाजिक योगदानजस्ता कुराहरुमा प्राध्यापकहरुलाई समावेश गराउने कुरामा त्रिवि जान जरुरी छ, जुन अहिले भएको छैन,’ फ्याक भन्छन्, ‘यदि प्राध्यापकहरुलाई साँच्चै काम लगाउने हो भने त्रिविले आफ्ना केही मापदण्ड बनाउनुपर्छ। कक्षा शिक्षणको साथै प्राध्यापकले कस्तो अनुसन्धान गरिरहेको छ भन्ने कुरालाई आधार मानेर त्रिविले मूल्यांकन गर्नुपर्छ।’

हुन पनि त्रिविले प्राध्यापकले के गर्नुपर्छ भनेर स्पष्ट पारेको छैन। त्रिविको ऐनमै त यस्ता कुरा उल्लेख छैनन्। तर त्रिभुवन विश्वविद्यालय शिक्षक, कर्मचारी सेवासम्बन्धी नियम २०५० को आरचणमा भने प्राध्यापकको काम–कर्तव्यबारे केही खुलाइएको छ। ‘समयपालन र नियमितता’ भन्ने बुँदामा प्राध्यापकले तोकेको समयमा हाजिर गर्नुपर्ने उल्लेख छ। शिक्षक तथा कर्मचारीले विश्वविद्यालयको संगठन वा निकायले तोकिदिएको समयमा नियमित रूपमा आफू कार्यरत विश्वविद्यालयको संगठन वा निकायमा हाजिर हुनपर्छ। यस नियमको अधिनमा रहेर तोकिएको बिदाका लागि तोकिएबमोजिम स्वीकृति नलिई कामबाट अनुपस्थित नहुन भनिएको छ।।

हुन पनि त्रिविले प्राध्यापकले के गर्नुपर्छ भनेर स्पष्ट पारेको छैन। त्रिविको ऐनमै त यस्ता कुरा उल्लेख छैनन्। तर त्रिभुवन विश्वविद्यालय शिक्षक, कर्मचारी सेवासम्बन्धी नियम २०५० को आरचणमा भने प्राध्यापकको काम–कर्तव्यबारे केही खुलाइएको छ।

त्यस्तै त्रिविका प्राध्यापकले नाता पर्ने शिक्षक वा कर्मचारी वा व्यक्तिको बारेमा आफैं निर्णय लिनु हुंँदैन भनेर उक्त आचारणसम्बन्धी व्यवस्थामा भनिएको छ। त्रिविका प्राध्यापकमाथि अध्ययन–अनुसन्धानसम्बन्धी प्रतिष्ठान खोल्न भने अंकुश लगाइएको छ। यसका लागि उनीहरुले उपकुलपतिबाट पूर्वस्वीकृति लिनुपर्ने भनिए पनि त्यो त्यति सहज भने नभएको प्राध्यापकहरु बताउँछन्। 

‘शिक्षक तथा कर्मचारीले कुनै परामर्श वा अनुसन्धान सम्बन्धी प्रतिष्ठान खोल्न वा सञ्चालन गर्न चाहेमा उपकुलपतिको स्वीकृति लिनुपर्नेछ,’ उक्त आचरणमा थप भनिएको छ, ‘तर अनुसन्धान, परामर्श, प्राज्ञिक तथा व्यावसायिक प्रकृतिको सेवा वा काम गर्न यस नियमले बाधा पुर्याएको मानिने छैन र सो सम्बन्धी अन्य व्यवस्था कार्यप्रणालीले तोकेअनुसार हुनेछ।’

अन्य व्यवस्थाको कार्यप्रणाली भनिएकोमा पनि प्राध्यापकलाई त्रिविले पूर्ण स्वायत्तता दिएको छैन। जबकी शैक्षिक कामहरु गर्न उपयुक्त ठाउँ भनेकै विश्वविद्यालय हो। तर विभागीय प्रमुखहरुले नै प्राध्यापकको स्वायत्ततालाई निमोठिरहेका उदाहरण त्रिविमा देख्न सकिन्छ। 

जस्तो– गत साउन १ गते रसायनशास्त्र विभागका प्राध्यापक निरञ्जन पराजुलीले उपकुलपतिलाई एउटा निवेदन लेखेका छन्। जसमा विभागीय प्रमुखले अख्तियार दुरुपयोग गरेर अनुसन्धानको काम गर्न बाधा पुर्याएको उल्लेख छ। अनुसन्धानमा सक्रिय प्राध्यापकलाई विश्वविद्यालयमा प्रयोगशाला सञ्चालन गर्न सजिलो नभएको, बरु अनुसन्धानमा बजेट छुट्याउन र जर्नल प्रकाशन गर्नभन्दा बढी तनाव विभागीय प्रमुखबाट झेल्नुपरेको आरोप पराजुलीको छ। विश्वविद्यालय अनुदान आयोगको सहयोगमा सञ्चालित परियोजनामा केमिकल खरिदको लागि विद्यार्थीले माग फारम लिएर जाँदा पनि ‘हेडको अधिकार’ भन्दै मागफारममा सही गर्न प्रमुखले अस्वीकार गर्ने गरेको उनी बताउँछन्। 

‘ल्याबमा काम गर्न अवरोध गर्ने संसारको कुन विश्वविद्यालयमा हुन्छ?’ पराजुलीको उजुरीमा उल्लेख छ, ‘विभागीय प्रमुखको अनुसन्धान र शैक्षिक उन्नयन विरोधी गतिविधि रोक्न छानबिन समिति गठन गरियोस् र मेरो अनुसन्धान कार्यमा उनीबाट बाधा नपुर्याउने सुनिश्चितता गरियोस्।’ यसले त्रिविमा प्राध्यापकहरुलाई अध्ययन–अनुसन्धनको काम गर्न कति लाचार हुनुपर्छ भन्ने स्पष्ट पार्छ। एकातिर प्राध्यापकहरुको काम स्पष्टसँग नतोकिनु, अर्कोतर्फ गर्न खोज्नेलाई पनि अवरोध पुर्याइनुले त्रिविका प्राध्यापक आफैंमा स्वायत्त नरहेको देखाउँछ। 

अन्य व्यवस्थाको कार्यप्रणाली भनिएकोमा पनि प्राध्यापकलाई त्रिविले पूर्ण स्वायत्तता दिएको छैन। जबकी शैक्षिक कामहरु गर्न उपयुक्त ठाउँ भनेकै विश्वविद्यालय हो। तर विभागीय प्रमुखहरुले नै प्राध्यापकको स्वायत्ततालाई निमोठिरहेका उदाहरण त्रिविमा देख्न सकिन्छ। 

डा. प्रेम फ्याक। 

डा. प्रेम फ्याकको अनुभवमा पनि त्रिविको प्राध्यापक हुनु भनेको विश्वविद्यालयको कक्षामा गएर पढाउने भन्ने कुरामै सीमित छ। लामो समय त्रिविमा प्राध्यापन गराएका उनले यस्तै ‘प्राक्टिस’ झेलिरहनु परेको अनुभव सुनाए। त्यसैले अनुसन्धानको काम अघि बढाउन प्राध्यापकको ‘प्रोफेसनल डेभलपमेन्ट’का कुराहरुमा विश्वविद्यालयले मापदण्ड नै बनाउनुपर्ने उनको भनाइ छ। त्यसो हुँदा हुटहुटी भएकाले त काम गरिहाल्छन्, नभएकालाई पनि त्यसरी काम गर्न बाध्य बनाउने उनको बुझाइ छ। ‘सबैभन्दा पहिला त प्राध्यापकले हाजिर गरेर कक्षामा पढाउनेबाहेक के गर्ने, के नगर्ने भनेर पनि त्रिविले मापदण्ड नै बनाइदिन आवश्यक देखिन्छ,’ उनले भने।

हुन त सामान्यतयाः विश्वभरको ‘प्राक्टिस’लाई हेर्ने हो भने विश्वविद्यालयहरुले प्रोफेसरलाई तलबमात्र दिन्छन्। शिक्षाविद् बालचन्द्र लुइँटेलका अनुसार राम्रा विश्वविद्यालयमा ‘तलबबाहेक अरु तिमी आफैं कमाउ, अफिस आफैं सेटअप गर’ भनेर प्राध्यापकलाई स्वायत्त छोडिन्छ। ‘यदि तपाईंलाई अन्य ‘डेभलपमेन्ट’को लागि पैसा चाहिन्छ भने अरु उपाय खोज्नुपर्छ। रिसर्चहरु गर्नुपर्छ। नत्र तपाईंको डिपार्टमेन्ट एउटा गरिब डिपार्टमेन्ट बन्छ,’ लुइँटेलले नेपाल समयसँग भनेका छन्, ‘अमेरिकामा प्रोफेसरको स्यालरी दश महिनाको मात्र हुन्छ, दुई महिना उनीहरु आफैँले खोज्नुपर्छ। अझ कतिपय ठाउँमा त आठ महिनामात्र हो भन्ने सुनेको छु। बाँकी समयको लागि उनीहरुले रिसोर्स जेनेरेट गर्न काम गर्नुपर्छ। त्यसैले प्रोफेसर भनेको त्यो तहको मान्छे हो। उसले यस्ता खाले कार्यक्रम बनाउनुपर्छ। त्यसै कोही प्रोफेसर हुँदैन।’

शिक्षाविद् बालचन्द्र लुइँटेल
तर दुःखको कुरा, त्रिविका प्राध्यापकले भने आफ्नो पाठ्यक्रम पनि आफूले बनाउन पाउँदैनन्। विद्यालयमा पाठ्यक्रम विकास बोर्डले पाठ्यक्रम बनाउँछ भने विश्वविद्यालयमा प्रोफेसरले बनाउने आमप्रचलन नै छ। कहीँ लगेर छाप लगाउने, ‘एप्रुभ’ गराउने एउटा निकाय बनाइए पनि पाठ्यक्रम निर्माणको काम प्राध्यापक स्वयंले गर्ने गरेको पाइन्छ। तर, यस्ता कामहरु त्रिविलगायत नेपालका अन्य विश्वविद्यालयमा हुन नसकेको लुइँटेलको भनाइ छ। 

‘पाठ्यक्रम त त्यतिबेला गतिलो हुन्छ, जतिबेला शिक्षक र विद्यार्थी सँगै मिलेर काम गर्ने पाठ्यक्रम बन्छ। यहाँ चाहिँ हुटहुटी भएको प्राध्यापकले पनि त्यसरी सोचेर काम गर्नै पाएको छैन। हामीकहाँ त सधैं विद्यालयमा जस्तो ‘टेबल अफ कन्टेन्ट’ खालको पाठ्यक्रम छ,’ उनले भने।

त्रिविमा प्राध्यापकहरुले आफूले विद्यार्थीलाई पढाउने कोर्सहरु नै बनाउन नपाउने कुरा डा. फ्याक पनि स्वीकार्छन्। भन्छन्, ‘अनुसन्धान त परको कुरा, एउटा आफ्नै कोर्स बनाएर पढाउने अधिकार पनि प्राध्यापकलाई छैन। अर्कैले निर्धारण गरेको कुरामा टेकेर काम गर्नुपर्छ।’

हुन त त्रिविले प्राध्यापकहरुको नियुक्ति गर्दा उनीहरुले के गर्ने भनेर कुनै मार्गदर्शन गरेको छैन। जसरी कर्मचारी नियुक्ति लोकसेवा आयोगले गर्छ, त्यसरी नै विश्वविद्यालयमा प्राध्यापकहरु नियुक्ति गरिएको अवस्था छ। अर्कोतर्फ त्रिविले प्राध्यापकलाई ‘रेकोग्नाइज’ गर्ने भनेकै ‘हाजिर गर्यो कि गरेन, दिइएको कोर्स पढाएर सक्यो कि सकेन’ भन्ने कुरालाई मात्र आधार मानेर गरिरहेको प्रा.डा. फ्याकको अनुभव छ। 

जस्तो– एउटा विषयको प्रोफेसर छ भने विश्वविद्यालयले यो विषय पढाउनु भनेर भनेको हुन्छ। त्यो विषयको कोर्सहरु डिन कार्यालयले डिजाइन गरिदिन्छ। प्राध्यापकको नियुक्ति कुनै क्याम्पसमा हुन्छ। र, त्यो क्याम्पसमा गएर पढाउने काम मात्रै अहिले भइरहेको प्रा. फ्याक बताउँछन्। ‘पढाउने विद्यार्थी नहुँदा त हाजिर गरेमात्र पनि भयो। कक्षामा पस्नुभयो कि भएन मात्र हेरेरै त्रिविले प्राध्यापकको मूल्यांकन गरिरहेको हुन्छ। ठ्याक्कै विद्यालय शिक्षामा जसरी पढाइन्छ, विश्वविद्यालयमा पनि उस्तै छ,’ उनले भने, ‘त्यसमाथि अध्ययन–अनुसन्धानको लागि प्राध्यापकलाई दिइने स्वायत्तता त परको कुरा भइहाल्यो। स्वायत्त नभई एउटा प्राध्यापकले कसरी काम गर्न सक्छ?’

यो पनि


प्रकाशित: September 18, 2022 | 15:16:40 काठमाडौं, आइतबार, असोज २, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चीनमा सैन्य 'कू' को हल्ला, राष्ट्रपति सी नजरबन्दमा छन् त?

सोसल मिडियामा भने सीबारे अनेकन 'हल्ला' भइरहेका छन्। चीनियाँ राष्ट्रपति सीलाई वास्तवमा के भएको भन्‍ने कुरालाई सहजै भन्‍न सकिँदैन।

समान अवसरको मागसहित शेखर समूहले खवरदारी सभा गर्ने

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गर्ने भएको छ।

लेखक केशव दाहालको 'माधवी ओ माधवी' सार्वजनिक

'मोक्षभूमि' उपन्यासका लेखक केशव दाहालको गैरआख्यान निर्बन्ध लेखन संगालो 'माधवी ओ माधवी' शुक्रबार विमोचन गरिएको छ।

काठमाडौंका १० निर्वाचन क्षेत्र : पुराना दललाई स्वतन्त्र र नयाँ दल चुनौती

स्वतन्त्रदेखि झिनामसिनाका पार्टीबाट उम्मेदवारी घोषणा गरिएपछि संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्रमा ठूला दलहरूलाई चुनाव जित्न गठबन्धनको भर। गठबन्धन गर्दा कांग्रेसको सुरक्षित किल्ला अन्य दललाई सुम्पिनुपर्ने बाध्यता।

वित्तीय संघीयता मजबुत बनाउन राजनीतिक र प्रशासनिक इच्छाशक्ति आवश्यक

राजस्व बाँडफाँटका कतिपय मुद्दामा केन्द्र, प्रदेश र स्थानीयबीच समन्वय अभाव देखिन्छ। यसका लागि वित्तीय हस्तान्तरण ऐनमा केही संशोधन गरेर अगाडि बढ्न आवश्यक छ।

कार्यकालपछि राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व गरे अति राम्रो : गोकुल बाँस्कोटा

बिहीबार ट्विट गर्दै बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कानुनी व्यवस्था नरहेको उल्लेख गर्दै राष्ट्रपतिलाई राजनीतिक नेतृत्व लिन सुझाव दिएका हुन्।

ब्याजदर बढेपछि व्यापारी र बैंकर्सबीच द्वन्द्व, हस्तक्षेप नगर्ने पक्षमा राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको विषयमा निजी क्षेत्रका उद्योगी र व्यापारी असन्तुष्ट छन्। निक्षेपको ब्याज बढाउँदा कर्जाको पनि ब्याज बढ्ने भएकाले त्यसले उद्योग र व्यापार सञ्चालनमा नकारात्मक असर पार्ने भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्।

निधिले छोडे पनि धनुषा-३ मा गठबन्धनको हानाथाप, को बन्ला जुलीको प्रतिस्पर्धी?

उता २०७४ सालमा धनुषा ३ बाट निर्वाचित सांसद एंव लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले यही क्षेत्रबाट चुनावी मैदानमा उत्रने तयारीमा छन् भने लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुरको नाम सिफारिस गरेको छ।

प्रेमगीत–३ लाई लिएर किन आयो चलचित्र क्षेत्रमा हलचल?

‘प्रेमगीत–३’लाई लिएर नेपाली फिल्मकर्मीहरू विभाजित भएका छन्। कोही हिन्दी भर्सनलाई नेपाली फिल्मसरह कर छुट दिनुपर्ने र कोही दिन नहुने पक्षमा उभिएका छन्।

सरकारको आग्रह लत्याउँदै सीपीसीको सुरक्षा रणनीति बैठकमा राष्ट्रपति भण्डारी सहभागी

चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार आयोजना गरेको भर्चुअल सम्मेलनमा राष्ट्रपति भण्डारीले रेकर्डेड भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ।

थप समाचार

नेपाल समय
शिक्षा

एउटै मुद्दामा कर्मचारीलाई दण्ड, पदाधिकारीलाई सफाइ

लेखा सहायक र पुस्तकालय सहायकको लिखित परीक्षामा परीक्षकहरूले गलत मनसायका साथ केरमेट गरी प्राप्तांकमा हेरफेर गरी मेरिट सूची फेरबदल गरेको र सम्परीक्षकले त्यसलाई सदर गरेको भनिएको उक्त मुद्दामा सामान्य कर्मचारी र प्राध्यापकलाई सजाय तोकिँदा पदाधिकारीले सफाइ पाउनु आश्यर्चजनक भएको त्रिविकै एक उच्च अधिकारीले बताए।
नेपाल समय
शिक्षा

कृषिमा विद्यार्थीको आकर्षण बढ्दो

पर्वतको फलेवास नगरपालिका-४ स्थित मुडिकुवाको एक विद्यालयमा प्राविधिक धारअन्तर्गत बालीविज्ञान विषय अध्ययन गर्ने विद्यार्थीको आकर्षण बढेको छ।
नेपाल समय
शिक्षा

नक्कली प्रमाणपत्र बनाएर राहत शिक्षकको जागिर, अख्तियारले हाल्यो मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिव माध्यमिक विद्यालय देवहरियामा कार्यरत प्राथमिक तह राहत शिक्षक गीता सोडारीविरुद्ध मुद्दा दायर गरेको हो।
नेपाल समय
शिक्षा

एन-प्याब्सनको प्रश्नपत्रमा छिमेकी देशसँग प्रधानमन्त्री निरीह बनेको आरोप, गल्ती भएको भन्दै क्षमायाचना

'छिमेकी देशहरूको थिचोमिचो सहेर निरीह भएर रहेका हाम्रो देशका प्रधानमन्त्रीलाई तपाईं के सुझाव दिनुहुन्छ?' ९ कक्षाका विद्यार्थीलाई एन प्याब्सनको प्रश्न थियो।
नेपाल समय
शिक्षा

शुभश्री कलेजमा दसैं फेष्टिभल

नयाँ बानेश्वरस्थित शुभश्री कलेज अफ म्यानेजमेन्टले शुक्रबार दसैं उत्सव मनाएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना