शुक्रबार, मंसिर २३, २०७९

शैक्षिक शुल्क विवाद : स्रोत खुल्ने कार्यविधि बनाउन नगरपालिका तयार

नेपाल समय  |  काठमाडौं, मंगलबार, भदौ ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ७, २०७९, काठमाडौं

नेपाल समय

सुर्खेत- विद्यार्थीबाट शैक्षिक शुल्क उठाउन नपाउने अदालतको फैसलापछि समस्यामा परेका सामुदायिक विद्यालयका माग पूरा गर्न वीरेन्द्रनगर नगरपालिका तयार भएको छ। नगरपालिकाले विद्यालय सहायतासम्बन्धी कार्यविधि बनाई तत्काल देखिएका समस्या सुल्झाउने भएको हो।

नगरपालिकाले नगर शिक्षा ऐन, २०७५ अन्तर्गत आर्थिक सहायतासम्बन्धी कार्यविधि बनाउनेछ। नगरपालिकाका शिक्षा शाखा प्रमुख (उपसचिव) धीरेन्द्रप्रसाद शर्माले प्रचलित कानुनबमोजिम सङ्घ र प्रदेश सरकारसँग सहकार्य गर्दै आवश्यक कार्यविधि निर्माण गर्ने जानकारी दिए।

विद्यार्थीको भारका कारण शिक्षकको कमी भएपछि सुर्खेत उपत्यकाभित्रका सामुदायिक विद्यालयले विद्यार्थीबाट विभिन्न नाउमा शुल्क उठाएर शिक्षक व्यवस्थापन गर्दै आएका थिए। तर उच्च अदालतले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुनुपर्ने संवैधानिक व्यवस्थाविपरीत विद्यार्थीबाट कुनै प्रकारका शुल्क लिन नपाइने फैसला गरेपछि सामुदायिक विद्यालयले मङ्गलबारदेखि पठनपाठन बन्द गर्ने चेतावनी दिएका थिए।

अदालतको फैसलाविपरीत विद्यार्थीबाट रकम उठाएको सूचना पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरेन्द्रनगर ६ स्थित जन नमूना माविबाट स्रोत नखुलेको रु दुई लाख नियन्त्रणमा लिएको थियो। त्यसपछि यहाँका सामुदायिक विद्यालय विज्ञप्ति जारी गर्दै शिक्षक व्यवस्थापनका लागि नगरपालिकाको ध्यानाकर्षण गराएका थिए।

यहाँका सामुदायिक विद्यालयले विद्यार्थी अनुपातअनुसार शिक्षकको दरबन्दी नहुँदा निजी स्रोतबाट शिक्षक व्यवस्थापन गर्दै आएका छन्। अदालतले विद्यार्थीको निःशुल्क शिक्षासम्बन्धी अधिकार हनन् हुने गरी शुल्क असुल नगर्न फैसला गरेपछि सामुदायिक विद्यालयले संकटमा परेका हुन्।

नगर शिक्षा शाखा प्रमुख शर्माले विद्यालयलाई सहयोग गर्नेहरूको स्रोत खुलाउने सम्बन्धमा विद्यालयहरू पनि सहमत भएको बताए। ‘सामुदायिक विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षहरूले बुझाएको ज्ञापनपत्रमाथि व्यापक छलफल गरी साझा निष्कर्शमा पुगेका छौँ’, उनले भने, ‘तत्काललाई पठनपाठन अवरुद्ध नगरी समस्या समाधान गर्ने सहमति भएको छ।’

वीरेन्द्रनगर नगरपालिकाका ६० वटै विद्यालयले वार्षिक खर्चको आधारमा अनुदानको व्यवस्था गरी अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ र अनिवार्य तथा निःशुुल्क शिक्षासम्बन्धी नियमावली, २०७७ कार्यान्वयन गर्न माग गरेका छन्।

नगरपालिका कार्यालयमा आइतबार भएको छलफलमा प्रधानाध्यापकले नयाँ विद्यार्थी सङ्ख्या यकिन गरेर न्यूनतम शिक्षक, कर्मचारी र भौतिक संरचनाको व्यवस्थापन तत्काल गर्नुपर्नेमा जोड दिएका थिए। साथै उनीहरूले परीक्षा प्रणालीमा एकरुपता ल्याउन, विद्यालय सञ्चालन कार्यविधि छिट्टै तयार गर्न, सम्भाव्यता अध्ययन गरी नयाँ सामुदायिक विद्यालय खोल्न, विद्यालयमा समयमै पाठ्यपुस्तक पुर्‍याउन आग्रह गरका थिए।

नेपाल शिक्षक महासङ्घ वीरेन्द्रनगर समितिका अध्यक्ष गणेशप्रसाद पौडेलले सामुदायिक विद्यालयको सञ्चालनमा नगरपालिका गम्भीर बन्नुपर्ने बताए। ‘शिक्षा ऐनले तोकेको शिक्षक–विद्यार्थी अनुपातभन्दा करिब दोब्बर बढी विद्यार्थीको सङ्ख्या रहेकाले पठनपाठनका लागि स्रोतको खोजी गरी शिक्षक व्यवस्थापन गर्नुपर्ने बाध्यता छ’, पौडेलले भने, ‘संविधानले विद्यालय शिक्षाको सञ्चालन तथा व्यवस्थापन स्थानीय तहलाई दिएको छ, अब उक्त अधिकारको समुचित प्रयोग गरी नगरपालिकाले आवश्यक बजेट दिनुपर्छ, विद्यालयलाई ‘आफ्नो व्यवस्थापन आफैँ गर’ भनेर पन्छिन मिल्दैन।’


प्रकाशित: August 23, 2022 | 22:45:00 काठमाडौं, मंगलबार, भदौ ७, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

सकियो समानुपातिक मतगणना, तीन दिनमा सिट बाँडफाँट हुने

निर्वाचन आयोगका अनुसार आज साँझ प्रत्यक्ष र समानुपातिक दुवैको गणना सकिएको हो। प्रत्यक्षतर्फको गणना हिजै सकिएको थियो भने समानुपातिक गणना भइरहेको थियो।

जनैसुपारी फिर्ता भएपछि युवतीले त्यागिन् प्राण, परिवारको जाहेरीमा युवक पक्राउ

युवतीको मृत्यु भएसँगै परिवारका सदस्यले घटना शंकास्पद रहेको भन्दै प्रहरीमा जाहेरी दिएका छन्। बुद्धनगर घर भएकी २७ वर्षीया पुष्पा न्यौपानेले सुधन संग्रौलाको घरबाहिर पुगेर साँझ सवा ७ बजे आफूलाई आगो लगाएकी थिइन्। सख्त घाइते भएको अवस्थामा युवतीलाई अस्पताल लगिएको थियो।

सत्ताको राइँदलोमा माओवादी, प्रचण्डलाई प्रधानमन्त्रीको अफर दिएर कांग्रेसबाट छुट्याउने एमाले रणनीति

पार्टी सभापति देउवादेखि महामन्त्री गगन थापासहित आधा दर्जन प्रधानमन्त्रीको आकांक्षी रहेका बेला माओवादीले कांग्रेसभित्रको घरझगडाको फाइदा उठाउन खोजेको राजनीतिक वृत्तमा चर्चा छ।

समानुपातिकको मतगणना मंगलबार सकिने, त्यसपछि के हुन्छ प्रक्रिया?

प्रतिनिधिसभामा सो प्रणालीतर्फ हालसम्म एक करोड चार लाख ३० हजार चार सय ३९ मतगणना सकिएको छ।

आफूलाई निर्णायक दाबी गर्ने माओवादीका तीन दाउ

शनिबार र आइतबार माओवादी मुख्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले दुईथरी कुरा बाहिर ल्यायो। पहिलो दिन अर्थात् शनिबारको बैठकमा माओवादीले एमालेसहितका अन्य दलसँग पनि सहकार्य गर्न सकिने कुरा बाहिर ल्यायो। तर आइतबारको बैठकमा भने सो कुरालाई ढाकछोप गरेर वर्तमान सत्ता गठबन्धनकै नेतृत्वमा सरकार बन्नेबारे छलफल भएको बताइयो।

न निर्णय न टेन्डर ! आफ्नै शोरुमबाट वडाध्यक्षका लागि भनेर मेयरले किनिन् १० मोटरसाइकल

करिब ४० लाख रुपैयाँ सरकारी बजेट दुरुपयोग गरी नगर कार्यपालिकामा प्रस्ताव नै नलगी स्वमर्जी मोटरसाइकल किनेपछि मेयर शाही विवादमा तानिएकी छन्।

कांग्रेस केन्द्रीय समिति बैठक बोलाउन नेता महरको माग

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसले तत्काल केन्द्रीय समिति बैठक बोलाएर आम निर्वाचनको समीक्षा र गठबन्धन तथा दलभित्र भएका घात-अन्तरघातको छानबिन गर्न माग गरेका छन्।

नेपाल–भारत सीमामा ढुंगा हानाहान

दार्चुलास्थित नेपाल–भारत सीमामा तनाव भएको छ। भारतीय नागरिकले नेपाली नागरिकमाथि ढुंगा प्रहार गरेको बताइएको छ।

संसद्‍मा हुने १२ मध्ये ५ वटाले राष्ट्रिय दलको मान्यता नपाउने

७ वटा दलले समानुपातिकको थ्रेसहोल्ड कटाएर राष्ट्रिय दलको मान्यता पाउने भएका छन् भने पाँच वटा राष्ट्रिय दल नहुने भएका छन् ।

विश्वकपमा मेस्सीले तोडे म्याराडोनाको रेकर्ड

त्यसै क्रममा टिमका लागी एक गोल गरेका अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले आफ्ना देशका लिजेन्ड खेलाडी डिएगो म्याराडोनाको किर्तीमान तोडेका छन्।

थप समाचार

नेपाल समय
शिक्षा

स्ववियु निर्वाचनको तयारीमा त्रिवि

२८ वर्ष उमेर हद र मिश्रित निर्वाचन प्रणाली लागू भएपछि त्रिविका क्याम्पसमा नियमित स्ववियु निर्वाचन भएको छैन।
नेपाल समय
शिक्षा

प्रावि तहको नतिजा प्रकाशनमा ढिलाइ हुने

मावि तहमा नाम निकाल्न सफल भएका शिक्षक निमावि तहमा दोहोरिनेको संख्या बढी देखिएकाले निमाविमा सिफारिस भइसकेपछि मात्रै प्रावि तहको नतिजा प्रकाशन गरिने आयोगले बताएको हो।
नेपाल समय
शिक्षा

पर्वतमा एक्ला विद्यार्थी पढाउँदै एक्ली शिक्षिका

पर्वतको मोदी गाउँपालिकास्थित चित्रेमा रहेको दुर्गा भवानी प्राथमिक विद्यालयमा विद्यार्थी अभाव।
नेपाल समय
शिक्षा

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन गर्न पत्राचार

केन्द्रले स्थानीय तहलाई पत्राचार गर्दै भौतिक पूर्वाधार निर्माण, आईसीटी ल्याब निर्माण तथा पुस्तकालय स्थापना कार्यक्रम कार्यान्वयन निर्देशन दिएको हो।
नेपाल समय
शिक्षा

कञ्चनपुरको महाकाली आधारभूत विद्यालय, जहाँ ३ शिक्षकले पढाउँछन् ६ विद्यार्थी

भर्ना हाजिरीमा १७ जना उल्लेख रहे पनि विद्यालयमा १ छात्र र ५ छात्राले अध्ययन गर्दै आएका हुन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना