सोमबार, असोज १०, २०७९

योगमाया आयुर्वेद विश्वविद्यालयका लागि ४८ रोपनी जग्गा प्राप्त

नेपाल समय  |  काठमाडौं, आइतबार, साउन २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन २९, २०७९, काठमाडौं

नेपाल समय

संङ्खुवासभा- विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयका लागि सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा जग्गा प्राप्त भएको छ। विश्वविद्यालयका लागि खाँदबारी–९ ढुङ्गे बिसौनामा ४८ दशमलव ६७ रोपनी जग्गा रजिष्ट्रेशन पास भएको हो।  

योगमाया विश्वविद्यालय पूर्वाधार समितिको नाममा सो जग्गा रजिष्ट्रेशन पास भएको विश्वविद्यालय पूर्वाधार समितिका सदस्य खड्गबहादुर राईले जानकारी दिए। खाँदबारी–९ ढुङ्गे बिसौनाका स्थानीयवासी मानबहादुर तामाङले १९ दशमलव ९२ रोपनी, तिलकबहादु तामाङले चार दशमलव ४८ रोपनी, ग्यामबहादुर सुब्बाले चार रोपनी, धनमाया श्रेष्ठले दुई दशमलव ०२ रोपनी, केशरबहादुर श्रेष्ठले एक दशमलव ५४ रोपनी र सफलमाया श्रेष्ठको १६ दशमलव ७१ रोपनी जग्गा योगमाया विश्वविद्यालय पूर्वाधार समितिको नाममा रजिष्ट्रेशन पास गरिदिएको राईले बताए। जग्गा खरिद गर्न सरकारले योगमाया विश्वविद्यालय पूर्वाधार समितिको नाममा रु सात करोड विनियोजन गरिसकेको छ। 

प्रतिनिधिसभाको यही साउन १० गते बसेको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७९ पारित भएको थियो। खाँदबारी–९ तुम्लिङटारमा योगमाया आयुर्वेद विश्वविद्यालयको पूर्वाधार निर्माण समितिको फिल्ड कार्यालयसमेत स्थापना भइसकेको छ। अरुण उपत्यकामा विश्वविद्यालय स्थापना हुने भएसँगै स्थानीयवासी उत्साहित भएका छन्। आयुर्वेद विश्वविद्यालयका लागि सङ्खुवासभाको खाँदबारी नगरपालिका क्षेत्रको तीन सय ७२ रोपनी र भोजपुरको षडानन्द नगरपालिकाको दुई सय ३३ रोपनी जग्गा खरिद प्रक्रिया थालिएको छ। 

विसं १९२४ मा भोजपुरको नेपालेडाँडामा जन्मिएकी सामाजिक आन्दोलनकर्ता योगमाया न्यौपानेले १९९८ असार २२ गते एकादशीका दिन आफ्ना ६७ सहयोगीसहित अरुण नदीमा जलसमाधि गर्नुभएको थियो। उनलाई प्रथम विद्रोही नारीका रूपमा पनि चिनिन्छ। उनको वास्तविक नाम मायादेवी न्यौपाने हो। आयुर्वेद, योग चिकित्सा तथा जडीबुटीको अध्ययन, अनुसन्धान गरी दक्ष जनशक्ति उत्पादन गर्न विश्व विद्यालय सञ्चालन गर्ने अभियानकर्मी बताउँछन्।


प्रकाशित: August 14, 2022 | 23:10:00 काठमाडौं, आइतबार, साउन २९, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चीनमा सैन्य 'कू' को हल्ला, राष्ट्रपति सी नजरबन्दमा छन् त?

सोसल मिडियामा भने सीबारे अनेकन 'हल्ला' भइरहेका छन्। चीनियाँ राष्ट्रपति सीलाई वास्तवमा के भएको भन्‍ने कुरालाई सहजै भन्‍न सकिँदैन।

समान अवसरको मागसहित शेखर समूहले खवरदारी सभा गर्ने

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गर्ने भएको छ।

लेखक केशव दाहालको 'माधवी ओ माधवी' सार्वजनिक

'मोक्षभूमि' उपन्यासका लेखक केशव दाहालको गैरआख्यान निर्बन्ध लेखन संगालो 'माधवी ओ माधवी' शुक्रबार विमोचन गरिएको छ।

काठमाडौंका १० निर्वाचन क्षेत्र : पुराना दललाई स्वतन्त्र र नयाँ दल चुनौती

स्वतन्त्रदेखि झिनामसिनाका पार्टीबाट उम्मेदवारी घोषणा गरिएपछि संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्रमा ठूला दलहरूलाई चुनाव जित्न गठबन्धनको भर। गठबन्धन गर्दा कांग्रेसको सुरक्षित किल्ला अन्य दललाई सुम्पिनुपर्ने बाध्यता।

वित्तीय संघीयता मजबुत बनाउन राजनीतिक र प्रशासनिक इच्छाशक्ति आवश्यक

राजस्व बाँडफाँटका कतिपय मुद्दामा केन्द्र, प्रदेश र स्थानीयबीच समन्वय अभाव देखिन्छ। यसका लागि वित्तीय हस्तान्तरण ऐनमा केही संशोधन गरेर अगाडि बढ्न आवश्यक छ।

कार्यकालपछि राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व गरे अति राम्रो : गोकुल बाँस्कोटा

बिहीबार ट्विट गर्दै बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कानुनी व्यवस्था नरहेको उल्लेख गर्दै राष्ट्रपतिलाई राजनीतिक नेतृत्व लिन सुझाव दिएका हुन्।

ब्याजदर बढेपछि व्यापारी र बैंकर्सबीच द्वन्द्व, हस्तक्षेप नगर्ने पक्षमा राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको विषयमा निजी क्षेत्रका उद्योगी र व्यापारी असन्तुष्ट छन्। निक्षेपको ब्याज बढाउँदा कर्जाको पनि ब्याज बढ्ने भएकाले त्यसले उद्योग र व्यापार सञ्चालनमा नकारात्मक असर पार्ने भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्।

निधिले छोडे पनि धनुषा-३ मा गठबन्धनको हानाथाप, को बन्ला जुलीको प्रतिस्पर्धी?

उता २०७४ सालमा धनुषा ३ बाट निर्वाचित सांसद एंव लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले यही क्षेत्रबाट चुनावी मैदानमा उत्रने तयारीमा छन् भने लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुरको नाम सिफारिस गरेको छ।

प्रेमगीत–३ लाई लिएर किन आयो चलचित्र क्षेत्रमा हलचल?

‘प्रेमगीत–३’लाई लिएर नेपाली फिल्मकर्मीहरू विभाजित भएका छन्। कोही हिन्दी भर्सनलाई नेपाली फिल्मसरह कर छुट दिनुपर्ने र कोही दिन नहुने पक्षमा उभिएका छन्।

सरकारको आग्रह लत्याउँदै सीपीसीको सुरक्षा रणनीति बैठकमा राष्ट्रपति भण्डारी सहभागी

चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार आयोजना गरेको भर्चुअल सम्मेलनमा राष्ट्रपति भण्डारीले रेकर्डेड भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ।

थप समाचार

नेपाल समय
शिक्षा

एउटै मुद्दामा कर्मचारीलाई दण्ड, पदाधिकारीलाई सफाइ

लेखा सहायक र पुस्तकालय सहायकको लिखित परीक्षामा परीक्षकहरूले गलत मनसायका साथ केरमेट गरी प्राप्तांकमा हेरफेर गरी मेरिट सूची फेरबदल गरेको र सम्परीक्षकले त्यसलाई सदर गरेको भनिएको उक्त मुद्दामा सामान्य कर्मचारी र प्राध्यापकलाई सजाय तोकिँदा पदाधिकारीले सफाइ पाउनु आश्यर्चजनक भएको त्रिविकै एक उच्च अधिकारीले बताए।
नेपाल समय
शिक्षा

कृषिमा विद्यार्थीको आकर्षण बढ्दो

पर्वतको फलेवास नगरपालिका-४ स्थित मुडिकुवाको एक विद्यालयमा प्राविधिक धारअन्तर्गत बालीविज्ञान विषय अध्ययन गर्ने विद्यार्थीको आकर्षण बढेको छ।
नेपाल समय
शिक्षा

नक्कली प्रमाणपत्र बनाएर राहत शिक्षकको जागिर, अख्तियारले हाल्यो मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिव माध्यमिक विद्यालय देवहरियामा कार्यरत प्राथमिक तह राहत शिक्षक गीता सोडारीविरुद्ध मुद्दा दायर गरेको हो।
नेपाल समय
शिक्षा

एन-प्याब्सनको प्रश्नपत्रमा छिमेकी देशसँग प्रधानमन्त्री निरीह बनेको आरोप, गल्ती भएको भन्दै क्षमायाचना

'छिमेकी देशहरूको थिचोमिचो सहेर निरीह भएर रहेका हाम्रो देशका प्रधानमन्त्रीलाई तपाईं के सुझाव दिनुहुन्छ?' ९ कक्षाका विद्यार्थीलाई एन प्याब्सनको प्रश्न थियो।
नेपाल समय
शिक्षा

शुभश्री कलेजमा दसैं फेष्टिभल

नयाँ बानेश्वरस्थित शुभश्री कलेज अफ म्यानेजमेन्टले शुक्रबार दसैं उत्सव मनाएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना