सोमबार, असोज १०, २०७९
नेपाल समय
कसीमा त्रिवि–२

तालाबन्दी र तोडफोडले बिगारेको त्रिवि : माग एउटा, नियत अर्कै!

कौशल काफ्ले  |  काठमाडौं, आइतबार, साउन २९, २०७९
कौशल काफ्ले

कौशल काफ्ले

काठमाडौं, आइतबार, साउन २९, २०७९

काठमाडौं- ‘माथिबाट एकखाले दबाब आउँछन्, तल चौरमा माइकिङ र आन्दोलन चलिरहन्छ। तपाईं बुझ्नुस्, माथि र तलबाट आएका दबाब एउटै ‘इन्टेनसन’का हुन्छन्। हामीलाई काम गर्नै अप्ठ्यारो पर्छ,’ त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयमा कार्यरत एक कर्मचारी दुखेसो पोख्छन्।

उनले दुखेसो गर्दाको क्षण त्रिविमा कुनै आन्दोलन त थिएन। तर, नियमितजसो भइरहने विद्यार्थी संघठन र प्राध्यापकका आन्दोलनप्रति उनको आक्रोश अझै छ। त्यस्ता आन्दोलनले काम गर्न चाहनेलाई पनि निरुत्साहित बनाइरहेको उनको गुनासो छ। सबै कुरा थाहा हुँदाहुँदै पनि व्यक्तिगत सुरक्षाको चिन्ताले खुलेर बोल्न नसकिने डर उनले व्यक्त गरे। 

त्रिविभित्रैका अधिकांश प्राध्यापक-कर्मचारी यस्ता विषयमा खुलेर बोल्न सकिरहेका हुँदैनन्। विश्वविद्यालय परिसरमै प्राध्यापकहरु कुटिनेजस्ता आपराधिक घटना हुने गरेका कारण पनि असुरक्षाको चिन्ता बढेको छ। त्यसैले तालाबन्दीले विश्वविद्यालय ठप्प पार्दा पनि सरोकारवालाहरु बोल्न डाराउने गरेको ती कर्मचारीको अनुभव छ। ‘तालाबन्दी गर्नु हुँदैन भन्दा प्रेम चलाउने सर कुटिनुभएको सबैलाई थाहै छ। अनि जीनव नै धरापमा पारेर ताला नलगाउ भन्‍न कसले सक्छ?’ नाम नखुलाउने शर्तमा नेपाल समयसँग उनले भने। 

त्रिवि प्रशासन महाशाखा प्रमुख राजकुमार श्रेष्ठका अनुसार लकडाउनपछि मात्र त्रिविमा करिब १९० दिनभन्दा धेरै तालाबन्दी भइसकेको छ। कोरोना महामारीले बन्द विश्वविद्यालय खुलेको केही समयमै त्रिविमा नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन (नेविसंघ)ले तालाबन्दी गरेको थियो। उनका अनुसार गत माघ ७ गतेबाट उनीहरुले तालाबन्दी गरेका हुन्।

माघ ७ गते लगाइएको त्रिविको ताला नेविसंघले जेठ २९ गते मात्र खोलेको थियो। त्यसबीचमा अन्य विद्यार्थी संगठन पनि यो ‘केस’मा मुछिए। नेविसंघले १३२ दिनदेखि त्रिविका उपकुलपति, रजिस्ट्रार र शिक्षाध्यक्षको कार्यालयमा लगाएको ताला नेकपा (क्रान्तिकारी)ले जेठ १८ गते आएर तोडेको थियो। तर, नेविसंघले जेठ १९ गते पुनः ताला लगाइहाल्यो। यसबीचमा ती विद्यार्थी संघबीच नै एकअर्कालाई ‘चेतावनी’ दिने जुहारी चल्यो।

यद्यपि, जेठ २७ गते नेविसंघले उक्त ताला खोल्यो। नेविसंघले त्रिविभित्रका भ्रष्टाचार, बेथिति र आस्थाका आधारमा प्राध्यापक, विद्यार्थी र कर्मचारीमाथि भएको श्रृंखलावद्ध प्रणालीगत प्रहारका बारेमा १५ दिनभित्र उच्चस्तरीय निष्पक्ष छानबिन समिति गठन गर्न सरकारसँग माग गर्दै ताला खोलेको हो। 

तत्कालीन समयमा नेविसंघले ताला खोले पनि नेविसंघसँगै झुन्डिएको अर्को ताला भने यथावत् थियो। आशिंक प्राध्यापक संघर्ष समितिले माघ २० मा लगाएको ताला भने खुलेको थिएन। यद्यपि दुई दिनपछि अर्थात जेठ २९ गते आंशिक प्राध्यापकले पनि ताला खोले। यसबीचमा माघ ७ यता त्रिविमा १४० दिन तालाबन्दी भइसकेको थियो।

त्यसपछि पनि त्रिविमा तालाबन्दीको रोग सल्टिएन। आन्दोलनका नाममा अन्य विकल्प नदेख्‍ने विद्यार्थी संघले त्रिविमा पुनः तालाबन्दी गर्‍यो। असार २७ गते नेविसंघले विश्वविद्यालयको रजिष्ट्रार कार्यालयको मूल गेटदेखि व्यवस्थापन संकायको डीन कार्यालय र सहायक डीन कार्यालयमा ताला लगायो। जुन अझैसम्म कायम रहेको प्रशासन प्रमुख श्रेष्ठ बताउँछन्। 

 ‘तालाबन्दी गर्नु हुँदैन भन्दा प्रेम चलाउने सर कुटिनुभएको सबैलाई थाहै छ। अनि जीनव नै धरापमा पारेर ताला नलगाउ भन्‍न कसले सक्छ?

‘अहिले रेक्टरको कार्यालयमा तालाबन्दी भइरहेको छ। रजिस्ट्रार कार्यालयदेखि यहाँको म्यानेजमेन्ट, तलब खानेजस्ता हाम्रो सबै शाखा बन्द छन्। दैनिक प्रशासनिक काममा समेत बाधा पुगिरहेको छ,’ श्रेष्ठले भने। यहीबीचमा नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संघठनको ‘तमासा’ पनि उपकुलपति कार्यालयमा छताछुल्ल भयो। गत असार २७ गते नै अनेरास्ववियूका विद्यार्थीहरुले उपकुलपति कार्यालयमा तोडफोड गरे। उपकुलपति धर्माकान्त बास्कोटाको ‘नेम प्लेट’ निकालेर उनीहरुले फालिदिए। र, उपकुलपति कार्यालयअगाडि केही दिन अनसनसमेत बसे।

केही समय हराएजस्तो गरेको नेविसंघ त्रिवि समिति (हरि आचार्य र योगेन्द्र रावल समूह) फेरि सक्रिय हुन थाल्‍यो। साउन १५ गतेबाट त्रिभुवन विश्वविद्यालय सेवा आयोगलाई प्राध्यापक तथा सहप्राध्यापकको अन्तर्वार्ता नलिन माग गर्दै उनीहरुले ताला लगाए। जसको कारण प्राध्यापक र सहप्राध्यापकको अन्तर्वार्ता प्रभावित बनेको सेवा आयोग प्रमुख केदारनाथ ढकाल बताउँछन्।

साउन २३ गते नेविसंघ त्रिवि समितिले सेवा आयोगको ताला खोल्यो। तर, यो तालाबन्दी सधैँको लागि खोलेको भने होइन। खोल्दा नै नेविसंघले फेरि पुनः ताला लगाउने संकेत गरिसकेको छ। परीक्षा स्थगन भई सेवा आयोग अध्यक्षको पद नै रिक्त भएकाले पदपूर्ति नहुन्जेलसम्मको लागि सम्पूर्ण आन्दोलन फिर्ता गरी सेवा आयोगको कार्यालयमा गरिएको तालाबन्दी तत्काललाई खोलिएको नेविसंघ त्रिभुवन विश्वविद्यालय समितिले जनाएको छ। यो भनेको पुनः तालाबन्दी गर्ने ठाउँ नेविसंघ त्रिवि समितिले राखेको हो। 

प्रशासन प्रमुख श्रेष्ठका अनुसार विभिन्‍न विद्यार्थी संगठनहरुले पुनः तालाबन्दीको संकेत पनि गरिसकेका छन्। उनले भने, ‘सेवा आयोगमा त खुलाए। तर फेरि ताला लगाउने भनेर हिजोअस्ति मात्र घुर्क्याएर गएका छन्। अब के गर्छन्, कतिबेला ताला बोकेर आउँछन् भन्‍न सकिन्‍न।’

पर्दा बाहिर एउटा माग, भित्र अर्कै !

पछिल्लो समय त्रिभुवन विश्वविद्यालयमा सबैभन्दा धेरै ताला नेविसंघ (हरि आचार्य र योगेन्द्र रावल समूह)ले लगाएको देखिन्छ। उनीहरुको पछिपछि छन्– आंशिक प्राध्यापक संघर्ष समिति। फाट्टफुट्ट अन्य विद्यार्थी संगठनले पनि ताला लगाइरहेकै पाइन्छ। लामो समयदेखिको ‘रिपोर्ट’ हेर्दा त्रिवि पदाधिकारी प्रमुखमा जुन दलको मान्छे छन्, त्यसको विपक्षी दलको विद्यार्थी संघले तालाबन्दी गरिरहेको देखिन्छ।

तर, पछिल्लो समय भने तालाबन्दी राजनीतिक पाटोसँग भन्दा पनि लेनदेनको पाटोसँग जोडिएको उपप्राध्यापक रेशम थापा बताउँछन्। ‘पहिला राजनीतिक कारण हुन सक्थ्यो। तर, हिजोआज यो बिल्कुल आर्थिक पाटोसँग जोडिएको छ। लनेदेनको कुरा मिले ताला खुल्छ। नत्र लागिबस्छ,’ थापाले भने।

पछिल्लो समय नेविसंघ (रावल–आचार्य समूह)ले त्रिवि सेवा आयोगमा ताला लगाएका थिए। त्यसबेला उनीहरुले सेवा आयोगलाई प्राध्यापक तथा सहप्राध्यापकको अन्तर्वार्ता नलिन माग गरेका थिए। नेविसंघ त्रिवि समितिका सचिव योगेन्द्र रावलले सेवा आयोगको निष्पक्षतामा प्रश्‍न उठेकोले अन्तर्वार्ता नलिन आग्रह गरिएको बताएका थिए।

यसरी सेवा आयोगको निश्पक्षतामा प्रश्न उठेको भनेको नेविसंघले आन्दोलनको अन्य विकल्प देखेन। कुनै कानुनी प्रक्रियामा गएर समाधान गर्ने कुरा समेत सोचेन। तर, तालाबन्दी गरी सेवा आयोगलाई अलपत्र पारेर अन्तर्वार्ता रोक्न उनीहरु सफल भए। र, यो समाचार तयार पार्दै गर्दाको समयमा भने तालाबन्दी पनि खोलिएको छ।

तर, पछिल्लो समय भने तालाबन्दी राजनीतिक पाटोसँग भन्दा पनि लेनदेनको पाटोसँग जोडिएको उपप्राध्यापक रेशम थापा बताउँछन्। ‘पहिला राजनीतिक कारण हुन सक्थ्यो। तर, हिजोआज यो बिल्कुल आर्थिक पाटोसँग जोडिएको छ। लनेदेनको कुरा मिले ताला खुल्छ। नत्र लागिबस्छ,’ थापाले भने।

‘अन्तर्वार्ता रोकिएसँगै अहिले तालाबन्दी खुलाइएको छ। यदि ती विद्यार्थी संघले सेवा आयोगको ‘रिफर्म’ चाहेका भए यतिमै आन्दोलन सकिने स्थिति आएको हो त? यदि सेवा आयोग प्रमुखको काममा शंका हो भने अन्य कानुनी प्रक्रियामा उहाँहरु किन जानुहुन्‍न? भ्रष्टाचार भयो, के भयो...भन्यो, अमूर्त कुराहरु राख्यो, अनि तालाबन्दी गर्‍यो। मूर्त कुराहरुलाई मुद्दा बनाउने त त्रिविमा भएका विद्यार्थी नेतृत्वको ल्याकत पुग्‍नुपर्‍यो नि,’ त्रिवि स्रोतले नेपाल समयसँग भन्यो।

ती प्राध्यापकका अनुसार पछिल्लो समय भिसि कार्यालयमा लगाइएको तालाचाहिँ लाजको कारण खोलिए पनि अन्य अवस्थामा भने विद्यार्थी संघले बार्गेनिङ गर्ने गरेका छन्। ‘जब तालाबन्दी लगाउँछन्, त्यो सबै शैक्षिक मुद्दा भन्दा पनि लेनदेनको लागि हो। बीचमा भिसि कार्यालयमा लगाइएको तालाचाहिँ संसदमै कुरा उठ्न थालेपछि लाजले खोलेको हो,’ उनले भने।

कतिपय छलफलमा पनि ती प्राध्यापक सहभागी भएका छन्। आन्दोलनको पर्दामा विद्यार्थी संगठनहरुले एउटा माग देखाए पनि वार्तामा बस्दा अरु नै माग सुनिने समेत उनले बताए। अनौपचारिक रुपमा भित्रभित्रै गलत मागहरु विद्यार्थी संघले तेर्स्याउने गरेको उनको भनाइ छ।

रावल–आचार्य समूहप्रति संकेत गर्दै उनले आंशिक प्राध्यापकहरुमा कसलाई छिराउने भनेर पनि आन्दोलन हुने गरेको बताए। सेवा आयोग एमालेको भर्ती केन्द्र बनाइयो भन्दै तालाबन्दी गरेका उनीहरुले यो बेला कांग्रेसका मान्छेहरुलाई छिराउनका लागि तालाबन्दी गरेको ती प्राध्यापकको दाबी छ। नामै किटान गरेर टीका गौतम लगायतलाई विभागमा छिराउनेदेखि प्राध्यापक बनाउने ‘भित्रि माग’ राख्दै नेविसंघले तालाबन्दी गरेको आरोप उनले लगाए। यद्यपि, यस विषयमा बुझ्‍न खोज्दा गौतमसँग सम्पर्क हुन सकेन।

केही समयअघि यिनै रावल–आचार्य समूहले त्रिविमा तालाबन्दी गरेका थिए। विज्ञान संकायको परीक्षा चलिरहेको समयमा उनीहरुले तालाबन्दी गरे। त्यसबेला पर्दापछाडि ६ वटा माग उनीहरुले राखेको त्रिवि स्रोतको दाबी छ। स्रोतका अनुसार ती ६ मागहरु यस्ता छन्-

१. सातवटा बीएससी सीएसआईटी कलेजहरुको कोटा थपिदिनुपर्ने।

२. जनकपुरको युथ कलेजको सम्बन्धन खारेजी हुने कुरा सल्टाउनुपर्ने।

३. काभ्रेमा रहेको एउटा निजी कलेजलाई काठमाडौंमा स्थानान्तरण गरिदिनुपर्ने।

४. परीक्षा नियन्त्रण कार्यालयमा आफ्ना दुई जना मान्छेलाई सहनियन्त्रक बनाइदिनुपर्ने।

५. आफूहरूले भनेका दुई जनालाई सहायक डिन बनाइदिनुपर्ने।

६. परीक्षा नियन्त्रण कार्यालयमा करारमा आफ्ना मान्छे भर्ना गरिदिनुपर्ने।

स्रोतले बताए अनुसार त्रिवि पदाधिकारीकै केही सदस्यले पहिला त्रिवि पनिकामा विद्यार्थी संगठनका १३ जना मान्छेलाई जागिर खुवाइदिने भनेर सहमति गरेका थिए। सहमतिअनुसार पछि भागबन्डा गर्दा नेविसिंघको भागमा ४ जना मान्छे मात्र परे। अन्य संगठनलाई ९ वटा कोटा भाग लगाइयो। तर, नेविसंघ (रावल–आचार्य समूह) ले यसमा चित्त नबुझाएको र तालाबन्दी गरेको उनको भनाइ छ। रावल र आचार्य दुवै जना त्रिवि समाजशास्त्र विषयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमणका अभियुक्त हुन्। 

त्यस्तै टेक्सस इन्टरनेसनल कलेज, अर्किड कलेज, काठमाडौं बर्नहार्ट कलेज, सगरमाथा कलेज अफ साइन्स एण्ड टेक्नोलोजी, न्यू समिट कलेज, लुम्बिनी आइसिटी कलेज, हिमालयन कलेज अफ इन्जिनियरिङमा सीएसआईटीको कोटा थप्‍न उनीहरुले बार्गेनिङ गरेको स्रोतको दाबी छ। 

‘संसारका कुन विश्वविद्यालयमा यसरी तालाबन्दी हुन्छ? अनि राजनीतिक नेतृत्व यसैगरी हेरेर बस्छ? तालाबन्दी गरेर त्रिवि सुधार्छु भन्ने मुर्खहरुले गर्दा नै यसको साख खस्किँदै गएको हो।’

साथै जनकपुर युथ क्याम्पसलाई पुनः सम्बन्धन दिनुपर्ने माग उनीहरुले राखेका थिए। पछिल्लो समय तालाबन्दीको सुरुवात नै जनकपुर युथ क्याम्पससँग जोडिन्छ। पूर्वउपकुलपति तीर्थ खनियाँको पालामा सो क्याम्पसलाई सम्बन्धन दिनेसम्बन्धी निर्णय भएको थियो। तर, वर्तमान उपकुलपति धर्मकान्त बाँस्कोटाले भौतिक संरचना पूरा नभएको भन्दै जनकपुर क्याम्पसलाई दिने भनेको सम्बन्धनको निर्णय उल्ट्याएपछि नेविसंघ (आचार्य–रावल समूह)ले ताला लगाए। जनकपुरलाई सम्बन्धन दिन विज्ञान संकायले पत्र दिनुपर्थ्यो र सो पत्र प्राज्ञिक सभामा पठाएपछि निर्णय हुन्थ्यो। यिनै कुराहरु हुनुपर्ने भन्दै उनीहरुले विज्ञान संकायमा ताला लगाएको स्रोतको दाबी छ।

यद्यपि, यो सबै आरोप झुटो रहेको र आफूहरुलाई फसाउने नियतले लगाइएको तालाबन्दीकर्ता हरि आचार्य बताउँछन्। ‘यो सबै हामीलाई कसरी कमजोर बनाउन सकिन्छ र फसाउन सकिन्छ भनेर लगाइएका आरोप हुन्। झुटा कुरा हुन्,’ उनले भने, ‘बाहिर जे माग राखेका हुन्छौँ, त्यो नै हाम्रो माग हो। यसमा छलकपट, भित्रि षड्यन्त्र केही छैन। अनि कोटा मागिएको, कसलाई भर्ती गर्नुपर्छ भन्ने कुरा मलाई थाहै नभएको विषय हो। हामीले कसैसँग केही मागेका छैनौँ।’

त्रिविमा रहेका विद्यार्थी संगठनहरु गुण्डागर्दी गर्नसम्म पछि नपर्ने देखिन्छ। ‘अस्ति भर्खरै पनि व्यवस्थापन विभागको लागि एउटा भवन बनाउने कुरो रहेछ। केही विद्यार्थी नेताहरुले फोन नै गरेर ‘तैंले त्यसमा भ्रष्टाचार गरेको छस्। कि मलाई ल्याएर ३ लाख रुपैयाँ दिनु, हैन भने जे पनि हुनसक्छ’ भनेर धम्क्याएछन्। अखिल र नेविसंघको नाममा यसरी धम्की आएको थियो। त्यसपछि सम्बन्धित सर लामो समयसम्म त्रिविभित्रै छिर्नु भएन,’ विद्यार्थी राजनीतिको नाममा गुण्डागर्दी चलिरहेको विषयमाथि प्रश्न गर्दा त्रिविका एक प्राध्यापकले यो प्रसंग कोट्याए। 

गुण्डागर्दीकै अर्को नमुना हालै माधवकुमार नेपाल नेतृत्वको पार्टी निकट विद्यार्थी संघले पनि देखाए। उनीहरुले ‘एमालेलाई मात्र भिसिले प्राथमिकतामा राखेको र आफूहरुलाई नगनेको’ भन्दै उपकुलपति कार्यालय तोडफोड गरेका थिए। उपकुलपतिको ‘नेमप्लेट’ फाल्नेदेखि टेबुल–कुर्सी पछार्नेसम्मका काम उनीहरुले गरेका थिए।

त्रिविमा तालाबन्दी गर्ने आंशिक प्राध्यापकहरु पनि हुन्। उनीहरुले पनि आफूहरुलाई समान हैसियतको ज्याला पाउनुपर्ने भन्ने माग बाहिर देखाउँदै भित्रभित्रै स्वतः करार र स्थायी हुने खेल रचिरहेको पाइन्छ। ‘आशिंकहरुले पनि सेवा आयोग ठप्प पार्ने, परीक्षा हुन नदिने अनि अनेक बहानामा रत्नपार्कमा आन्दोलन गरेर स्वतः करार र स्थायी भएजस्तो अहिले पनि हुनुपर्छ भन्न खोजेका हुन्,’ उपप्राध्यापक थापाले नेपाल समयसँग भने।

विगतमा पनि यस्ता खाले घटना त्रिविमा चलिरहेको देखिन्छ। केदारभक्त माथेमा उपकुलपति रहँदा, प्राध्यापक अभि सुवेदीहरुले डिपार्टमेन्टको नेतृत्व गर्दा पनि यो क्रम चलिरहेकै थियो। जुन त्रिवि खस्कनुको मुख्य कारण मध्येको एक रहेको शिक्षाविद् बालाचन्द्र लुइँटेल बताउँछन्। भन्छन्, ‘संसारका कुन विश्वविद्यालयमा यसरी तालाबन्दी हुन्छ? अनि राजनीतिक नेतृत्व यसैगरी हेरेर बस्छ? तालाबन्दी गरेर त्रिवि सुधार्छु भन्ने मुर्खहरुले गर्दा नै यसको साख खस्किँदै गएको हो।’

यो शृंखलामा देशको जेठो त्रिभुवन विश्वविद्यालयमा रहेका समस्या र विसंगतिबारे रिपोर्टिङ प्रस्तुत गरिनेछ। विश्वविद्यालयको सुधार होस् भन्ने उद्देश्यले समस्याका समाधान पनि सुझाइनेछ। – प्रधान सम्पादक

यो पनि

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चीनमा सैन्य 'कू' को हल्ला, राष्ट्रपति सी नजरबन्दमा छन् त?

सोसल मिडियामा भने सीबारे अनेकन 'हल्ला' भइरहेका छन्। चीनियाँ राष्ट्रपति सीलाई वास्तवमा के भएको भन्‍ने कुरालाई सहजै भन्‍न सकिँदैन।

समान अवसरको मागसहित शेखर समूहले खवरदारी सभा गर्ने

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गर्ने भएको छ।

लेखक केशव दाहालको 'माधवी ओ माधवी' सार्वजनिक

'मोक्षभूमि' उपन्यासका लेखक केशव दाहालको गैरआख्यान निर्बन्ध लेखन संगालो 'माधवी ओ माधवी' शुक्रबार विमोचन गरिएको छ।

काठमाडौंका १० निर्वाचन क्षेत्र : पुराना दललाई स्वतन्त्र र नयाँ दल चुनौती

स्वतन्त्रदेखि झिनामसिनाका पार्टीबाट उम्मेदवारी घोषणा गरिएपछि संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्रमा ठूला दलहरूलाई चुनाव जित्न गठबन्धनको भर। गठबन्धन गर्दा कांग्रेसको सुरक्षित किल्ला अन्य दललाई सुम्पिनुपर्ने बाध्यता।

वित्तीय संघीयता मजबुत बनाउन राजनीतिक र प्रशासनिक इच्छाशक्ति आवश्यक

राजस्व बाँडफाँटका कतिपय मुद्दामा केन्द्र, प्रदेश र स्थानीयबीच समन्वय अभाव देखिन्छ। यसका लागि वित्तीय हस्तान्तरण ऐनमा केही संशोधन गरेर अगाडि बढ्न आवश्यक छ।

कार्यकालपछि राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व गरे अति राम्रो : गोकुल बाँस्कोटा

बिहीबार ट्विट गर्दै बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कानुनी व्यवस्था नरहेको उल्लेख गर्दै राष्ट्रपतिलाई राजनीतिक नेतृत्व लिन सुझाव दिएका हुन्।

ब्याजदर बढेपछि व्यापारी र बैंकर्सबीच द्वन्द्व, हस्तक्षेप नगर्ने पक्षमा राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको विषयमा निजी क्षेत्रका उद्योगी र व्यापारी असन्तुष्ट छन्। निक्षेपको ब्याज बढाउँदा कर्जाको पनि ब्याज बढ्ने भएकाले त्यसले उद्योग र व्यापार सञ्चालनमा नकारात्मक असर पार्ने भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्।

निधिले छोडे पनि धनुषा-३ मा गठबन्धनको हानाथाप, को बन्ला जुलीको प्रतिस्पर्धी?

उता २०७४ सालमा धनुषा ३ बाट निर्वाचित सांसद एंव लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले यही क्षेत्रबाट चुनावी मैदानमा उत्रने तयारीमा छन् भने लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुरको नाम सिफारिस गरेको छ।

प्रेमगीत–३ लाई लिएर किन आयो चलचित्र क्षेत्रमा हलचल?

‘प्रेमगीत–३’लाई लिएर नेपाली फिल्मकर्मीहरू विभाजित भएका छन्। कोही हिन्दी भर्सनलाई नेपाली फिल्मसरह कर छुट दिनुपर्ने र कोही दिन नहुने पक्षमा उभिएका छन्।

सरकारको आग्रह लत्याउँदै सीपीसीको सुरक्षा रणनीति बैठकमा राष्ट्रपति भण्डारी सहभागी

चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार आयोजना गरेको भर्चुअल सम्मेलनमा राष्ट्रपति भण्डारीले रेकर्डेड भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ।

थप समाचार

नेपाल समय
शिक्षा

एउटै मुद्दामा कर्मचारीलाई दण्ड, पदाधिकारीलाई सफाइ

लेखा सहायक र पुस्तकालय सहायकको लिखित परीक्षामा परीक्षकहरूले गलत मनसायका साथ केरमेट गरी प्राप्तांकमा हेरफेर गरी मेरिट सूची फेरबदल गरेको र सम्परीक्षकले त्यसलाई सदर गरेको भनिएको उक्त मुद्दामा सामान्य कर्मचारी र प्राध्यापकलाई सजाय तोकिँदा पदाधिकारीले सफाइ पाउनु आश्यर्चजनक भएको त्रिविकै एक उच्च अधिकारीले बताए।
नेपाल समय
शिक्षा

कृषिमा विद्यार्थीको आकर्षण बढ्दो

पर्वतको फलेवास नगरपालिका-४ स्थित मुडिकुवाको एक विद्यालयमा प्राविधिक धारअन्तर्गत बालीविज्ञान विषय अध्ययन गर्ने विद्यार्थीको आकर्षण बढेको छ।
नेपाल समय
शिक्षा

नक्कली प्रमाणपत्र बनाएर राहत शिक्षकको जागिर, अख्तियारले हाल्यो मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिव माध्यमिक विद्यालय देवहरियामा कार्यरत प्राथमिक तह राहत शिक्षक गीता सोडारीविरुद्ध मुद्दा दायर गरेको हो।
नेपाल समय
शिक्षा

एन-प्याब्सनको प्रश्नपत्रमा छिमेकी देशसँग प्रधानमन्त्री निरीह बनेको आरोप, गल्ती भएको भन्दै क्षमायाचना

'छिमेकी देशहरूको थिचोमिचो सहेर निरीह भएर रहेका हाम्रो देशका प्रधानमन्त्रीलाई तपाईं के सुझाव दिनुहुन्छ?' ९ कक्षाका विद्यार्थीलाई एन प्याब्सनको प्रश्न थियो।
नेपाल समय
शिक्षा

शुभश्री कलेजमा दसैं फेष्टिभल

नयाँ बानेश्वरस्थित शुभश्री कलेज अफ म्यानेजमेन्टले शुक्रबार दसैं उत्सव मनाएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना