सोमबार, असोज १०, २०७९
कसीमा त्रिवि-१

त्यसैले विश्वविद्यालयजस्तो छैन त्रिवि

कौशल काफ्ले  |  काठमाडौं, आइतबार, साउन २२, २०७९

कौशल काफ्ले

कौशल काफ्ले

आइतबार, साउन २२, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं– त्रिभुवन विश्वविद्यालय बेथितिको चाङले भरिएको छ। विश्वविद्यालय परिसरभित्रको सुरक्षा चुनौतीदेखि कक्षाकोठासम्मै बेथिति र अनियमितताको शृंखला बढ्दो छ। त्रिवि परिसरभित्र खुलेआम प्राध्यापक कुटिने घटना हुँदा पनि सुरक्षाको प्रबन्ध गरिएको छैन। प्राध्यापकदेखि विद्यार्थी स्वयं त्रिवि परिसरभित्र असुरक्षा महसुस गरिरहेका छन्।

प्राध्यापक प्रेम चलाउने कुटिएको पछिल्लो दृष्टान्तले पनि त्रिविमा प्राध्यापकहरू अझै सुरक्षित नरहेको पुष्टि गर्छ। यसका अलावा शैक्षिक गुणस्तरको सवालमा त्रिविमाथि प्रश्न उठिरहेको छ। प्राध्यापकको त्रिवि प्रवेशदेखि विद्यार्थीको शिक्षण सिकाइसम्मको विषयमा त्रिवि चुक्दै गएको पाइन्छ।

राजनीतिक दलहरूको निरन्तरको दोहनले त्रिविलाई खोक्रो बनाइरहेको छ। विद्यार्थी संघसंगठनहरूले आन्दोलनको नाममा गर्ने ‘बार्गेनिङ’ले पनि यसलाई थप विकृत बनाउँदै लगेको छ। त्यसैले त्रिविबारे चिन्ता गर्नेहरू पनि विश्वविद्यालय बिग्रनुमा मुख्य दोष राजनीतिक नेतृत्वलाई नै दिने गर्छन्। शिक्षाविद् बालचन्द्र लुइँटेल भन्छन्, ‘राजनीतिक दलहरूले अनावश्यक हस्तक्षेप नगरिदिए केही हदसम्म ठीक हुन्थ्यो। त्यसैले अब उहाँहरूलाई सबैले भनौं– तपाईंले छान्नुभएका मान्छेले काम गर्न सकेनन्, अब त्रिविबाट बाहिर गइदिनुस्।’

देशकै जेठो विश्वविद्यालयको साख खस्कनु दुर्भाग्यपूर्ण रहेको र यसको रोग अन्यत्र पनि सर्न सक्नेमा चिन्तित देखिन्छन्, लुइँटेल। त्यस्तै, त्रिविभित्रै विभिन्न विभागमा कार्यरत कतिपय प्राध्यापकमा पनि यस्तो छटपटी देखिन्छ। प्राध्यापकहरू छिराउने त्रिवि सेवा अयोगदेखि पाठ्यक्रम निर्माण गर्ने विषय समितिसमेत सुस्त देखिन्छ। अधिकांश विभागहरू मृतावस्थामा पुगिसकेझैं देखिन्छन्।

त्रिवि केमेस्ट्री विभागका प्राध्यापक निरन्जन पराजुली भन्छन्, ‘८० प्रतिशत विभागहरूमा रिसर्च नै हुँदैनन्। डिपार्टमेन्ट पनि आफूले नगर्नुपर्ने काम सबै गर्ने, गर्नुपर्ने काममा चासो नदिने भएका छन्।’

सधैंको रोग : तालाबन्दी र तोडफोड   

तालाबन्दी र आन्दोलन त्रिविको पुरानै रोग हो। त्रिविको कुनै न कुनै विभाग वा पदाधिकारी कक्षमा तालाबन्दी भइरहेको हुन्छ। हिजोआज पनि त्रिवि सेवा आयोगमा तालाबन्दी भइरहेको छ। सोही कारण सेवा आयोगले गर्नुपर्ने नियमित काम प्रभावित बनेका छन्।

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ त्रिविले अहिले तालाबन्दी गरिरहेको हो। केही समयअघिसम्म उपकुलपति कार्यालयअघि माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीको भ्रातृ संगठन अनेरास्ववियुका कार्यकर्ता अनशनै बसेका थिए। त्यसबेला उनीहरूले उपकुलपति कार्यालयमा तोडफोडसमेत गरे। साथै, उपकुलपति धर्मकान्त बास्कोटाको कोठाबाहिर राखिएको नेमप्लेटसमेत विद्यार्थीहरूले झिकेर फालिदिए। उपकुलपतिसँग पटक–पटक भेट गर्न खोज्दा पनि समय उपलब्ध नगराएपछि आक्रोशित विद्यार्थी नेताहरूले कार्यालय तोडफोड गरेका थिए।

केही समयअघि त्रिविमा तालाबन्दी नभएका कुनै विभाग थिएनन्। भारतबाट सीए इन्टर र डिग्री लिएर आएका विद्यार्थीले समकक्षता नपाएपछि तालाबन्दी गर्न खोज्दा उनीहरूले कुनै ठाउँ पाएका थिएनन्। ‘कतै खाली नभएपछि, त्यहीं रहेको पाठ्यक्रम विकासको एउटा ढोकामा तालाबन्दी गर्नुपरेको थियो। त्रिविको यो अवस्था देखेर हामी दंग पर्‍यौं,’ विद्यार्थी सुधन महत सम्झन्छन्।

विद्यार्थी संगठनबाहेक त्रिविमा आन्दोलन गरिरहने अर्को समूह छ– आंशिक प्राध्यापक संघर्ष समिति। उनीहरूले पनि आफूले अन्यसरह तलब–सुविधा पाउनुपर्ने माग गर्दै तारन्तार आन्दोलन गरिरहे। यसरी तालाबन्दी हुँदा पदाधिकारीले गर्ने काम प्रभावित हुने नै भए। त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा भन्छन्, ‘यसरी तालाबन्दी हुँदा मैले पनि महिना दिन बढी समय बाहिरबाट काम गर्नुपरेको थियो।’ माथेमा उपकुलपति रहँदाको रोग अझै सल्टिन सकेको छैन। बरु झन् अराजक बन्दै गएको देखिन्छ। 

अव्यवस्थित परीक्षा प्रणाली 

त्रिविमा परीक्षा सञ्चालनको काम राम्रोसँग हुन सकेको छैन। पछिल्लो समय डीनको हातमा गएपछि प्रश्नपत्र निर्माणदेखि परीक्षा सञ्चालनको काम झनै लथालिंग बनेको छ। जस्तो, गत महिनामा मात्र एउटा विषयको परीक्षामा अर्कै विषयको प्रश्न सोधेको भन्दै त्रिविको आलोचना भएको थियो। त्रिभुवन विश्वविद्यालयको बीबीए छैटौं सेमेस्टरको प्रश्नपत्र मोर्डन नेपाल कलेजको ‘प्रि–बोर्ड’ परीक्षाको प्रश्नसँग हुबहु मिल्न गएको पाइएको थियो। त्यस्तै, त्रिविले अघिल्लो सेमेस्टरमा सोसियोलोजीमा सोधिएको प्रश्न छैटौं सेमेस्टरमा दोहोर्याएको थियो। यद्यपि, त्रिविले यी दुवै विषयको पुनः परीक्षा लिइसकेको छ।

परीक्षाको नतिजा निकाल्न पनि त्रिवि सुस्त देखिन्छ। सामान्यतया परीक्षा दिएको तीन महिनाभित्र नतिजा निस्कनुपर्ने हो। तर त्रिविले भने अहिले दोस्रो वर्षको परीक्षा दिइरहेका विद्यार्थीको प्रथम वर्षको नतिजै  सार्वजनिक गरेको छैन। वर्षौंदेखिका शृंखला हेर्दा त्रिविले परीक्षाको नतिजा निकाल्न सधैं ढिलासुस्ती गरेको देखिन्छ। यसले विद्यार्थी अन्योलमा छन्।

गत वर्ष पनि त्रिविले बीबीएस तेस्रो वर्षको नतिजा नआउँदै चौथो वर्षको परीक्षा सञ्चालन गरेको थियो। चौथो वर्षको परीक्षा सुरु गरिसक्दा परीक्षा भएको एक वर्ष बितिसक्दा पनि तेस्रो वर्षको नतिजा निकालेको थिएन। अहिले दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीको हकमा उही समस्या दोहोरिएको हो।

सेवा आयोगको औचित्य

लामो समयदेखि ठप्प सेवा आयोगको औचित्यमाथि नै प्रश्न उठ्न थालेको छ। त्रिविमा प्राध्यापक–उपप्राध्यापकको पद रिक्त रहँदा पनि सेवा आयोगले परीक्षा सञ्चालन गरेर प्राध्यापक भर्ती गर्न सकेको छैन। यसले प्राध्यापक छिराउने कुरामा सेवा आयोगको विकल्प खोजिनुपर्ने प्रश्न उठ्न थालेका छन्।

राजनीतिक दलको हस्तक्षेप र आंशिक प्राध्यापकहरूको निरन्तरको किचलोले सेवा आयोगका काम ठप्प छन्। ९ फागुन २०७७ मै खुला प्रतियोगिताको माध्यमबाट प्राध्यापक, सह–प्राध्यापक तथा उप–प्राध्यापक पदपूर्तिका लागि विज्ञापन खुलाएको थियो। तर सेवा आयोगले अहिलेसम्म पनि परीक्षा सञ्चालन गर्न सकेको छैन। 

९ फागुनमा गरेको खुला प्रतियोगितासम्बन्धी विज्ञापनलाई आयोगले गत १८ साउनमा सूचना जारी गरेर १५ भदौबाट लिखित परीक्षा लिने भनेको थियो। तर १५ भदौ २०७८ पनि सेवा आयोगले परीक्षा सञ्चालन गर्न सकेन। यसरी पटक–पटक सर्दै आएको परीक्षा सञ्चालन गर्न सर्वोच्च अदालतले नै आदेश दिनुपरेको थियो। यद्यपि यसको परीक्षा अझै सञ्चालन हुन सकेको छैन। बरु चोर बाटोबाट आंशिक प्राध्यापकलाई करार बनाउने खेल भित्रभित्रै चलिरहेको छ।

दलीयकरणको प्रभाव

२०४६ पछिको परिवर्तनपछि त्रिविको साख निरन्तर खस्केको टिप्पणी बाहिर सुनिन्छन्। शिक्षाविद् बालचन्द्र लुइँटेल राजनीतिक नेतृत्वले अनावश्यक हस्तक्षप गर्दा त्रिवि यो स्थितिमा पुगेको दाबी गर्छन्। त्यस्तै, पूर्वउपकुलपति केदारभक्त माथेमा पनि राजनीतिक दलहरूले चाहिनेभन्दा धेरै हस्तक्षेप गर्दा त्रिविमा काम गर्न गाह्रो हुने बताउँछन्। विद्यार्थी संगठनहरूले पनि आफ्नो नाजायज लाभका लागि अनेक हतकण्डा अपनाउने गरेको प्राध्यापकहरू आरोप लगाउँछन्। कक्षाकोठामा नम्बर दिनेदेखि प्राध्यापक–कर्मचारीको नियुक्तिसम्ममा राजनीतिक दलहरूले हस्तक्षप गर्ने गर्छन्।

‘नियम–कानुनमा पनि त्यति समस्या देखिन्न। तर त्यसको कार्यान्वयन कसरी भइरहेको छ भन्ने कुरा महत्त्वपूर्ण हो। विश्वविद्यालयको नेतृत्व कसरी छनोट भइरहेको छ, हेड अफ डिपार्टमेन्टदेखि डीन, कुलपतिलगायतका पदाधिकारी कसरी छानिएका छन्, यसलाई हेर्दा पनि त्रिवि किन खस्किरहेको छ भनेर स्पष्ट हुन्छ,’ लुइँटेल भन्छन्।

वर्तमान उपकुलपति धर्मकान्त बास्कोटासमेत त्रिविमा भइरहेको राजनीतिक हस्तक्षेपले आजित सुनिन्छन्। उनले केही समयअघि संसदीय समितिको बैठकमा योगेश भट्टराईलगायतका राजनीतिककर्मीलाई हस्तक्षेप नगरिदिन अनुरोध नै गरेका थिए। उनले भनेका थिए, ‘तपाईंहरूले राजनीतीकरण नगरे त्रिविलाई अझै सुधार्न सकिन्छ।’

सुस्त थिंक ट्यांक

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका थिंक ट्यांकहरू नामै मात्रका भएका छन्। पछिल्लो समय त्रिविभित्र अध्ययन–अनुसन्धानको काम ठप्प हुनुले पनि यसको संकेत गर्छ। आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (सेडा), व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट), एसियाली अध्ययन केन्द्र (सिनास) र शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड) को साख निरन्तर खस्कँदै गएको पाइन्छ।

पछिल्लो समय जुर्मुराउँदै गरेको सिनासको पनि जर्नल क्वालिटीलाई लिएर प्रश्न उठिरहेका छन्। प्रायशः जर्नलमा फोटो फिचर प्रयोग नुहु नपर्नेमा सिनासको जर्नल ‘स्ट्राटजिक स्टडिज अफ सिरिज’मा अत्यधिक फोटो प्रयोग भएको देखिन्छ। यसले सिनासले निकालेको जर्नल ‘क्वालिटी’मा पनि प्रश्न उठाएको छ।

यसबाहेक त्रिविभित्रका थिंक ट्यांकहरूले काम गर्न सकेको अवस्था छैन। त्रिविकै एक प्राध्यापकले राजनीतिक भर्ती गर्नबाहेक यी संस्थाको काम नभएको बताए। ‘सबै नेताका आफ्ना मान्छे छिराउने भर्ती केन्द्र बनेका छन्। न कुनै विभागमा अध्ययन–अनुसन्धानको काम भएका छन्, न त यस्ता थिंक ट्यांकमा। साँच्चै भन्दा त्रिविलाई विश्वविद्यालय भन्न पनि लाजमर्दो स्थिति छ,’ ती प्राध्यापकले नेपाल समयसँग भने।

भद्रगोल आंगिक क्याम्पस

त्रिविले सम्बन्धन दिएका आंगिक क्याम्पसहरू भद्रगोल अवस्थामा भेटिन्छन्। चाहे देशकै जेठो क्याम्पस त्रिचन्द्र बहुमुखी होस् या अन्य आंगिक क्याम्पस। सबैको अवस्था भद्रगोल छ। अधिकांश क्याम्पसमा अराजकताले थप प्रश्रय पाउँदै गएको छ। क्याम्पसभित्र मौलाइरहेका गुन्डागर्दी र खस्कँदो शैक्षिक गुणस्तरले नेपालको शिक्षा क्षेत्र थप कमजोर हुँदै जाने देखिन्छ।

क्याम्पस परिसरमा चौबीसै घन्टा रहने र विद्यार्थी सेवाको नाममा अनेक अराजक गतिविधि गर्ने विद्यार्थी नेताहरूको कारण पनि समस्या आएको कतिपयको बुझाइ छ। क्याम्पसमा कुनै प्रोजेक्ट वा केही आए विद्यार्थी संघठन भाग खोज्न आउने र सम्बोधन नगरिए तोडफोडमा उत्रने गर्दा समस्या उत्पन्न भएको क्याम्पसकै पदाधिकारीहरू बताउँछन्।

अर्को समस्या भनेको क्याम्पसको कक्षा–कोठादेखि भौतिक संरचनाको पनि हो। देशकै जेठो क्याम्पसमा धरापमै बसेर विद्यार्थीहरू अध्ययन गर्न विवश छन्। अन्य क्याम्पसका कक्षा–कोठा चहार्दा पनि भित्ताहरूमा फोहोर र असभ्य शब्दको भण्डार भरिएको पाइन्छ। शौचालय उस्तै दुर्गन्धित छन्। पुस्तकबिनाका (अपडेटेड कोर्सका किताब नपाइने) पुस्तकालयले क्याम्सका कोठा ओगटेर बसेका छन्। 

तर विद्यार्थी संगठनहरू यस्ता विषयलाई मुद्दा बनाउन छाडेर चन्दा संकलनदेखि अन्य अराजक गतिविधि गरिरहेको पाइन्छ। आन्दोलनको नाममा तालाबन्दी गर्ने, प्राध्यापकहरूलाई कालोमोसो दल्ने विद्यार्थीको गतिविधिले आजित बनाउने गरेको प्राध्यापकहरू बताउँछन्। हुँदाहुँदा भर्ना गर्न वा प्रशासनिक काम लिएर जाँदा क्याम्पस प्रशासनको कर्मचारीको ठाउँमा विद्यार्थी नेता दाबी गर्नेहरूले नै हस्तक्षेप गरिरहेको पाइन्छ। आफू  नै प्रशासनको मान्छे भएझैं विद्यार्थी नेताहरूले काम गरिरहेका हुन्छन्। यो आंगिक क्याम्पसमा देखिएको अहिलेको ठूलो समस्या हो।

०००

यो शृंखलामा देशको जेठो त्रिभुवन विश्वविद्यालयमा रहेका समस्या र विसंगतिबारे रिपोर्टिङ प्रस्तुत गरिनेछ। विश्वविद्यालयको सुधार होस् भन्ने उद्देश्यले समस्याका समाधान पनि सुझाइनेछ।– प्रधान सम्पादक


प्रकाशित: August 7, 2022 | 09:11:29 काठमाडौं, आइतबार, साउन २२, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चीनमा सैन्य 'कू' को हल्ला, राष्ट्रपति सी नजरबन्दमा छन् त?

सोसल मिडियामा भने सीबारे अनेकन 'हल्ला' भइरहेका छन्। चीनियाँ राष्ट्रपति सीलाई वास्तवमा के भएको भन्‍ने कुरालाई सहजै भन्‍न सकिँदैन।

समान अवसरको मागसहित शेखर समूहले खवरदारी सभा गर्ने

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गर्ने भएको छ।

लेखक केशव दाहालको 'माधवी ओ माधवी' सार्वजनिक

'मोक्षभूमि' उपन्यासका लेखक केशव दाहालको गैरआख्यान निर्बन्ध लेखन संगालो 'माधवी ओ माधवी' शुक्रबार विमोचन गरिएको छ।

काठमाडौंका १० निर्वाचन क्षेत्र : पुराना दललाई स्वतन्त्र र नयाँ दल चुनौती

स्वतन्त्रदेखि झिनामसिनाका पार्टीबाट उम्मेदवारी घोषणा गरिएपछि संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्रमा ठूला दलहरूलाई चुनाव जित्न गठबन्धनको भर। गठबन्धन गर्दा कांग्रेसको सुरक्षित किल्ला अन्य दललाई सुम्पिनुपर्ने बाध्यता।

वित्तीय संघीयता मजबुत बनाउन राजनीतिक र प्रशासनिक इच्छाशक्ति आवश्यक

राजस्व बाँडफाँटका कतिपय मुद्दामा केन्द्र, प्रदेश र स्थानीयबीच समन्वय अभाव देखिन्छ। यसका लागि वित्तीय हस्तान्तरण ऐनमा केही संशोधन गरेर अगाडि बढ्न आवश्यक छ।

कार्यकालपछि राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व गरे अति राम्रो : गोकुल बाँस्कोटा

बिहीबार ट्विट गर्दै बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कानुनी व्यवस्था नरहेको उल्लेख गर्दै राष्ट्रपतिलाई राजनीतिक नेतृत्व लिन सुझाव दिएका हुन्।

ब्याजदर बढेपछि व्यापारी र बैंकर्सबीच द्वन्द्व, हस्तक्षेप नगर्ने पक्षमा राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको विषयमा निजी क्षेत्रका उद्योगी र व्यापारी असन्तुष्ट छन्। निक्षेपको ब्याज बढाउँदा कर्जाको पनि ब्याज बढ्ने भएकाले त्यसले उद्योग र व्यापार सञ्चालनमा नकारात्मक असर पार्ने भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्।

निधिले छोडे पनि धनुषा-३ मा गठबन्धनको हानाथाप, को बन्ला जुलीको प्रतिस्पर्धी?

उता २०७४ सालमा धनुषा ३ बाट निर्वाचित सांसद एंव लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले यही क्षेत्रबाट चुनावी मैदानमा उत्रने तयारीमा छन् भने लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुरको नाम सिफारिस गरेको छ।

प्रेमगीत–३ लाई लिएर किन आयो चलचित्र क्षेत्रमा हलचल?

‘प्रेमगीत–३’लाई लिएर नेपाली फिल्मकर्मीहरू विभाजित भएका छन्। कोही हिन्दी भर्सनलाई नेपाली फिल्मसरह कर छुट दिनुपर्ने र कोही दिन नहुने पक्षमा उभिएका छन्।

सरकारको आग्रह लत्याउँदै सीपीसीको सुरक्षा रणनीति बैठकमा राष्ट्रपति भण्डारी सहभागी

चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार आयोजना गरेको भर्चुअल सम्मेलनमा राष्ट्रपति भण्डारीले रेकर्डेड भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ।

थप समाचार

नेपाल समय
शिक्षा

एउटै मुद्दामा कर्मचारीलाई दण्ड, पदाधिकारीलाई सफाइ

लेखा सहायक र पुस्तकालय सहायकको लिखित परीक्षामा परीक्षकहरूले गलत मनसायका साथ केरमेट गरी प्राप्तांकमा हेरफेर गरी मेरिट सूची फेरबदल गरेको र सम्परीक्षकले त्यसलाई सदर गरेको भनिएको उक्त मुद्दामा सामान्य कर्मचारी र प्राध्यापकलाई सजाय तोकिँदा पदाधिकारीले सफाइ पाउनु आश्यर्चजनक भएको त्रिविकै एक उच्च अधिकारीले बताए।
नेपाल समय
शिक्षा

कृषिमा विद्यार्थीको आकर्षण बढ्दो

पर्वतको फलेवास नगरपालिका-४ स्थित मुडिकुवाको एक विद्यालयमा प्राविधिक धारअन्तर्गत बालीविज्ञान विषय अध्ययन गर्ने विद्यार्थीको आकर्षण बढेको छ।
नेपाल समय
शिक्षा

नक्कली प्रमाणपत्र बनाएर राहत शिक्षकको जागिर, अख्तियारले हाल्यो मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिव माध्यमिक विद्यालय देवहरियामा कार्यरत प्राथमिक तह राहत शिक्षक गीता सोडारीविरुद्ध मुद्दा दायर गरेको हो।
नेपाल समय
शिक्षा

एन-प्याब्सनको प्रश्नपत्रमा छिमेकी देशसँग प्रधानमन्त्री निरीह बनेको आरोप, गल्ती भएको भन्दै क्षमायाचना

'छिमेकी देशहरूको थिचोमिचो सहेर निरीह भएर रहेका हाम्रो देशका प्रधानमन्त्रीलाई तपाईं के सुझाव दिनुहुन्छ?' ९ कक्षाका विद्यार्थीलाई एन प्याब्सनको प्रश्न थियो।
नेपाल समय
शिक्षा

शुभश्री कलेजमा दसैं फेष्टिभल

नयाँ बानेश्वरस्थित शुभश्री कलेज अफ म्यानेजमेन्टले शुक्रबार दसैं उत्सव मनाएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना