बिहीबार, भदौ २, २०७९

कर्णालीको शिक्षालाई गिज्याउने एसईई नतिजा, सुदूरपश्चिम किन सधैं दूर?

राज्यको आँखाबाट दूर रहेको विकट कर्णालीमा गरिबी, असमानताका साथै शिक्षा क्षेत्रको विकास हुन नसक्दा बर्षेनि खस्किँदै एसईई नतिजा
कौशल काफ्ले  |  काठमाडौं, बिहीबार, साउन १२, २०७९

कौशल काफ्ले

कौशल काफ्ले

बिहीबार, साउन १२, २०७९, काठमाडौं

नेपाल समय
तस्बिर : युनिसेफ नेपाल

काठमाडौं– बुधबार राष्ट्रिय परीक्षा बोर्डले एसईई नतिजा सार्वजनिक गर्‍यो। बोर्डले पहिलो पटक प्रदेशगत रूपमा नतिजा सार्वजनिक गरेको हो। संघीयता लागू भएदेखि हालसम्म प्रदेशको आधारमा नतिजा सार्वजनिक भएको थिएन। 

प्रदेशअनुसार सार्वजनिक गरिएको नतिजा केलाउँदा नेपालमा शिक्षा क्षेत्रमा देखिएको असमानता स्पष्ट झल्किन्छ। सरकारले तोकेको मापदण्डअनुसार ४ जीपीए ल्याउने विद्यार्थीलाई सबैभन्दा ‘अब्बल’ मानिन्छ। त्यसपछि ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीलाई उच्च अंक (ए–प्लस) ल्याएको मानिन्छ।

प्रदेशगत तथ्यांक हेर्दा ३.६ देखि ४ जीपीए ल्याउनेमा सबैभन्दा धेरै बागमती प्रदेशका विद्यार्थी छन् भने सबैभन्दा कम ल्याउनेमा कर्णाली प्रदेशका विद्यार्थी छन्। बागमती प्रदेशको तुलानामा कर्णालीमा ए–प्लस ल्याउने ४०.३६ गुणा थोरै विद्यार्थी छन्।

बागमतीमा ४६०२ विद्यार्थीले ए–प्लस ल्याउँदा कर्णालीमा ११४ विद्यार्थीले मात्र सो ग्रेड प्राप्त गरेका छन्। सुदूरपश्चिम प्रदेशमा १९५ विद्यार्थीले मात्र ए–प्लस ल्याएको देखिएको छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा सहभागी परीक्षार्थी नै कम भएकाले यस्तो परिणाम देखिएको भनिन सक्छ। त्यसैले एक पटक कुल सहभागी विद्यार्थीमै पनि कुन प्रदेशमा कति प्रतिशतले उच्च ग्रेड हासिल गरे भनेर हेरौं। 

बागमतीमा सहभागी परीक्षार्थीमध्ये ४.२८ प्रतिशतले ए प्लस हासिल गरेका छन्। जबकि कर्णालीमा कुल सहभागीमध्ये ०.३ प्रतिशतले मात्र ए–प्लस ल्याएका छन्। त्यस्तै, सुदूरपश्चिम प्रदेशमा ०.३४ प्रतिशतले ए–प्लस ल्याएका छन्। यस पटकको एसईईमा बागमतीमा १,०७,४२५ परीक्षार्थी थिए भने कर्णाली र सुदूरपश्चिममा क्रमशः ३७,३६२ र ५७,०१० परीक्षार्थी सहभागी थिए।

यसरी अन्य प्रदेशको नतिजा केलाउँदा जति विकट भेग गयो, उति औपचारिक शिक्षाको अवस्था खस्किँदो देखिन्छ। मधेस प्रदेशमा १५३१ जनाले ए–प्लस ल्याएका छन्। लुम्बिनी प्रदेशमा १२२०, प्रदेश  १ मा ११८७ र गण्डकीमा ७८४ परीक्षार्थीले ए–प्लस ल्याएका छन्।

त्यस्तै, ३.२ देखि ३.६ जीपीए ल्याउनेमा पनि कर्णालीको तुलनामा बागमती प्रदेशका धेरै विद्यार्थी छन्। बागमती प्रदेशमा १६,२९६ विद्यार्थीले ‘ए’ ग्रेड ल्याउँदा कर्णाली प्रदेशमा ९५१ विद्यार्थीले मात्र ‘ए’ ल्याएका छन्। त्यसपछि सुदूरपश्चिममा १,३०७, गण्डकीमा ३,५०१, लुम्बिनीमा ५,२४३ र प्रदेश १ मा ६,९५५ परीक्षार्थीले ‘ए’ ल्याएका छन्। 

२.८ देखि ३.२ जीपीए ल्याउनेमा पनि बागमती अगाडि छ भने सुदूरपश्चिम र कर्णाली पछाडि छन्। बागमतीमा २१,५८८, प्रदेश १ मा १२,३७५, मधेसमा ११,०९५, गण्डकीमा ७,०८७, लुम्बिनीमा ९,८८२, कर्णालीमा ४,०३५ र सुदूरपश्चिममा ३,८३८ विद्यार्थीले सो ग्रेड ल्याएका छन्।  कुल ६९,९०० विद्यार्थीले यो ग्रेड ल्याएका छन्।

२.४ देखि २.८ जीपीए ल्याउनेमा पनि बागमती अगाडि रहँदा कर्णाली पछाडि देखिन्छ। बागमतीमा २०,४९३, प्रदेश १ मा १६,४३६, मधेसमा १२,९४९, गण्डकीमा १०,१०८, लुम्बिनीमा १३,९५८, कर्णालीमा ८,३८३ र सुदूरपश्चिममा ८,४३१ विद्यार्थीले २.४ देखि २.८ जीपीए ल्याएका छन्। 

२.० देखि २.४ जीपीए ल्याउनेमा पनि बागमतीलगायत सुगम प्रदेश अगाडि छन्। बागमतीमा २०,३९२, प्रदेश १ मा २०,२५६, मधेसमा १५,२०८, गण्डकीमा १२,१२६, लुम्बिनीमा २०,११९, कर्णालीमा १०,०७३ र सुदूरपश्चिममा १४,५५९ विद्यार्थीले यो ग्रेड ल्याएका छन्। 

जब ग्रेड खस्कने विद्यार्थीको संख्या आउँछ, सुदूरपश्चिमले तथ्यांकमा सबैलाई जित्न थाल्छ। जस्तो, १.६ देखि २.० जीपीए ल्याउनेमा पनि सुदूरपश्चिम १५,६८६, प्रदेश १ मा १६,९७४, मधेसमा १५,२९३, बागमतीमा १४,९३५, गण्डकीमा ८,७७८, लुम्बिनीमा २१,१५२ र कर्णालीमा ७,७७६ विद्यार्थी रहेका छन्। 

१.२ देखि १.६ जीपीए ल्याउनेमा पनि सुदूरपश्चिम र मधेस प्रदेश अगाडि छन्। सुदूरपश्चिममा ८,५६५ विद्यार्थीले यो ग्रेड ल्याउँदा मधेसमा ८,०२१, प्रदेश १ मा ६,४६०, बागमतीमा ५,३०२, गण्डकीमा २,३२५, लुम्बिनीमा १०,९१९, कर्णालीमा २,९९४ र विद्यार्थी रहेका छन्।

०.८ देखि १.२ जीपीए ल्याउनेमा सबैभन्दा बढी सुदूरपश्चिममा छन्। सुदूरपश्चिममा ९५२ विद्यार्थीले ०.८ देखि १.२ भित्र जीपीए ल्याएका छन् भने प्रदेश १ मा ३९०, मधेसमा ४०५, बागमतीमा ३१६, गण्डकीमा १३३, लुम्बिनीमा ९०९ र कर्णालीमा १७५ विद्यार्थीले सो ग्रेड ल्याएका हुन्।

यसले जतिजति नेपालको सुदूर भाग गयो, त्यति नै शिक्षा क्षेत्रको अवस्था खस्कँदो रहेको देखाउँछ। सहरी वा सुगम भेग छुने प्रदेशमा भने अन्यको तुलानामा राम्रै नतिजा आएको छ।

राज्यले स्रोत–साधन नदिँदा सुदूरपश्चिम सधैं पछाडि

बालचन्द्र लुइँटेल, शिक्षाविद्

सुदूरपश्चिम र बागमतीबीच त्यसै शिक्षाको यत्रो खाडल बनेको हैन। सुदूरपश्चिममा ‘रिसोर्स’ नै पुगेको छैन। काम गर्न चाहने स्कुललाई पनि रिसोर्स दिइएको छैन। शिक्षक दरबन्दी पनि पूरा छैन। जति दूरदराज भयो, विद्यार्थीमा त्यति धेरै स्रोत–साधन अभाव भयो। अहिले दुुर्गम भनेकै स्रोत–साधन अभाव भन्ने भएको छ।

सुदूर भेगमा पाठ्यपुस्तक समयमा पुग्दैन। सुगमको तुलानामा ढिलो पाठ्यपुस्तक पुगिरहेको हुन्छ। विद्यालयलाई राज्यले पर्याप्त पैसा दिएको छैन। दूरदराजमा व्यापक गरिबी छ। अनि यी कुरा सम्बोधन नगरी विद्यालय शिक्षा कसरी सुध्रिन्छ? 

विद्यालय राम्रो हुन पहिला रिसोर्स हुनुपर्‍यो। शिक्षण सिकाइ राम्रो हुनुपर्‍यो। शिक्षण सिकाइ राम्रो हुन पर्याप्त शिक्षक चाहियो। भएका शिक्षकले पनि समय दिएर पढाउनुपर्‍यो। अर्को समस्या भनेको विद्यालय सुशासनमा पनि छ। विद्यालय समयमा खुल्छ कि खुल्दैन? शिक्षकले कति तयारी गरेर पढाउँछन् भनेर अनुगमन हुनुपर्‍यो। सुगम भेगमै नगरिएको अवस्थामा कर्णाली र सुदूरपश्चिम गएर कसले अनुगमन गर्ने? 

सुदूरपश्चिमको नतिजा सुधार्न रिसोर्स पहिलो र अनिवार्य सर्त हो। रिसोर्स भनेको पैसा मात्र होइन। यो भनेको शिक्षण सामग्री हो, बस्ने ठाउँ हो। राम्रा कक्षाकोठा, इन्टरनेट, कम्प्युटर राखिदिनुपर्ने होला। तर यी कुराको अभाव सुुदूरपश्चिममा देखिन्छ। काठमाडौं र कर्णाली भेगका विद्यार्थीको पहुँचमै असमानता छ। नतिजा कसरी उस्तै हुन्छ? 


प्रकाशित: July 28, 2022 | 17:10:00 काठमाडौं, बिहीबार, साउन १२, २०७९

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

कांग्रेस केन्द्रीय समितिमा थपिँदै आठ महिला

संविधानअनुसार अहिले कांग्रेसको केन्द्रीय समितिमा महिलाको संख्या ३३ प्रतिशत नपुगेका कारण ३३ प्रतिशत पु¥याउन आठ जनालाई केन्द्रीय समितिमा मनोनयन गर्न लागिएको हो।

पञ्चायती व्यवस्थाका हार्डलाइनर मरीचमानको अविचलित राष्ट्रवाद

तीन दशक लामो पञ्चायती व्यवस्थाका अन्तिम प्रधानमन्त्री मरीचमान सिंह २०४६ को बहुदलीय व्यवस्थाका कारण राजा वीरेन्द्रबाट बर्खास्तीमा परे। त्यो समय कसैसँग नझुक्ने अडान लिएर बसेका मरीचमान भारतको नाकाबन्दी, जनआन्दोलनको उभारलगायत यिनै र यस्तै घटनाक्रमले कतै नायक बने, कतै खलनायक।

आरजुबारे देउवाको त्यो वचन तर यो प्रयास!

पार्टी सञ्चालनका सन्दर्भमा होस् वा सरकार सञ्चालनमै पनि किन नहोस्, आरजु हावी भइरहेकी छन्। यसलाई राजनीतिक जानकारहरुले देउवाको उत्तराधिकारी हुने प्रयासका रुपमा बुझेको देखिन्छ।

प्रचण्डसामु बाबुरामको 'बाध्यात्मक शरण'

सात वर्षअघि माओवादी विचारधाराको औचित्य समाप्त भएको घोषणा गरेर कम्युनिस्ट विचारधारा पूर्ण रूपमा त्यागेको बताएका बाबुराम नयाँ पार्टी खोलेर पनि राजनीति उँभो लाग्ने छनक नदेखिएपछि प्रचण्डतिरै लहसिनुपर्ने बाध्यतामा पुगेका छन्।

२०७४ मा जसले जिताए, तिनै बन्नेछन् विष्णु पौडेलको तगारो

रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ बाट लगातार पछिल्ला ३ निर्वाचन जितेका विष्णु पौडेल नै एमालेबाट निर्विकल्प उम्मेदवार हुन्। पौडेलले २०६४, २०७० र २०७४ को निर्वाचनमा क्रमशः भक्ति पाण्डे, डा. बाबुराम भट्टराई र युवराज गिरीलाई हराएका थिए।

राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता : अब के हुन्छ?

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको नागरिकता अध्यादेश भने जारी गरेकी थिइन्। असंवैधानिक रुपमा संसद् विघटन गर्दै ल्याएको नागरिकता अध्यादेश जारी गरेकी राष्ट्रपति भण्डारीले संसद्‌बाट पारित गरेको विधेयक भने फिर्ता गरेकी हुन्।

तालाबन्दी र तोडफोडले बिगारेको त्रिवि : माग एउटा, नियत अर्कै!

पछिल्लो समय भने तालाबन्दी राजनीतिक पाटोसँग भन्दा पनि लेनदेनको पाटोसँग जोडिएको उपप्राध्यापक रेशम थापा बताउँछन्। ‘पहिला राजनीतिक कारण हुन सक्थ्यो। तर, हिजोआज यो बिल्कुल आर्थिक पाटोसँग जोडिएको छ। लनेदेनको कुरा मिले ताला खुल्छ। नत्र लागिबस्छ,’ थापाले भने।

नयाँ तलबमान र ग्रेड लागू गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले सबै राष्ट्र सेवक कर्मचारीहरूको नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको छ।

यी ३२ निर्वाचन क्षेत्र, जहाँ गठबन्धनलाई पर्न सक्छ सिट बाँडफाँटमा सकस

२०७४ मा बाम गठबन्धन बनाएर संघीय सांसद भएकाहरू दल बदल र पाँच दलीय गठबन्धनभित्र समेटिएपछि आउँदो चुनावमा कांग्रेसका आकांक्षी उम्मेदवार र सत्ता साझेदार दलका नेताहरू आ–आफ्नो दाबीसहित टिकटका लागि दौडधुप गर्दै छन्।

यी कांग्रेस नेता जो अहिले गुमनाम छन्

गुमनाम नेताको अग्रपंक्तिमा छन्- पूर्वमहामन्त्री तारानाथ रानाभाट, केबी गुरुङ, पूर्वमन्त्री बलदेब शर्मा मजगैया, विनयध्वज चन्द।

थप समाचार

नेपाल समय
शिक्षा

योगमाया आयुर्वेद विश्वविद्यालयका लागि ४८ रोपनी जग्गा प्राप्त

खाँदबारी–९ ढुङ्गे बिसौनाका स्थानीयवासी मानबहादुर तामाङले १९ दशमलव ९२ रोपनी, तिलकबहादु तामाङले चार दशमलव ४८ रोपनी, ग्यामबहादुर सुब्बाले चार रोपनी, धनमाया श्रेष्ठले दुई दशमलव ०२ रोपनी, केशरबहादुर श्रेष्ठले एक दशमलव ५४ रोपनी र सफलमाया श्रेष्ठको १६ दशमलव ७१ रोपनी जग्गा योगमाया विश्वविद्यालय पूर्वाधार समितिको नाममा रजिष्ट्रेशन पास गरिदिएको राईले बताए।
नेपाल समय
शिक्षा

तालाबन्दी र तोडफोडले बिगारेको त्रिवि : माग एउटा, नियत अर्कै!

पछिल्लो समय भने तालाबन्दी राजनीतिक पाटोसँग भन्दा पनि लेनदेनको पाटोसँग जोडिएको उपप्राध्यापक रेशम थापा बताउँछन्। ‘पहिला राजनीतिक कारण हुन सक्थ्यो। तर, हिजोआज यो बिल्कुल आर्थिक पाटोसँग जोडिएको छ। लनेदेनको कुरा मिले ताला खुल्छ। नत्र लागिबस्छ,’ थापाले भने।
नेपाल समय
शिक्षा

बाँकेको राप्तीसोनारीमा स्थानीय पाठ्यक्रम लागू

पाठ्यक्रम निर्माण तथा लेखन समितिले तयार पारेको ‘हाम्रो राप्तीसोनारी’ नयाँ शैक्षिक सत्रदेखि लागू भएको गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले जानकारी दिए।
नेपाल समय
शिक्षा

प्राविधिक विषयमा विद्यार्थी पाउनै मुस्किल

जुम्लाका आठवटै स्थानीय तहका धैरैजसो विद्यालयमा विभिन्न प्राविधिक विषय गाउँमै पढाइ हुने गरे पनि विद्यार्थीको आकर्षण भने छैन।
नेपाल समय
शिक्षा

एन प्याब्सनको कार्यक्रममा ट्रिटनको सहकार्य

एन प्याब्सन काठमाडौंले आयोजना गर्ने उपत्यकाव्यापी विद्यालय स्तरीय लोक नृत्य प्रतियोगितामा ट्रफी, मेडल र प्रमाणपत्र ट्रिटन इन्टरनेसनल सेकेन्डरी स्कुल तथा कलेज, सुविधानगरले सौजन्य गर्नेछ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना