शुक्रबार, भदौ ३, २०७९

विद्यालय शिक्षामा सार्वजिनक-निजी साझेदारी बढाउन सुझाव

नेपाल समय  |  काठमाडौं, आइतबार, असार १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार १२, २०७९, काठमाडौं

नेपाल समय
काठमाडौं- विद्यालय शिक्षामा सिकाइ रुपान्तरणको प्रवद्र्धनमा सार्वजनिक निजी साझेदारी विस्तार गर्न स्थानीय सरकारको भूमिका अत्यावश्यक भएको विज्ञ एवं सरोकारवालाले औँल्याएका छन्।
काठमाडौं विश्वविद्यालयको स्कुल अफ एजुकेशन र हात्तीगौँडास्थित इपेरियल वल्र्ड स्कुलको सहकार्यमा आज आयोजित ‘सार्वजनिक निजी साझेदारीमार्फत विद्यालय शिक्षामा सिकाइ रुपान्तरणको प्रवद्र्धनमा स्थानीय सरकारको भूमिका’ विषयक गोष्ठीमा सार्वजनिक र निजी क्षेत्रका विद्यालयका शिक्षण पद्धतिका असल अभ्यास, पूर्वाधार लगानी र अनुभव आदानप्रदानलाई एकापसमा बाँड्न सुझाइएको हो। 
नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जुले शिक्षालगायत विभिन्त्र क्षेत्रका कानुनमा देखिएका अन्तरविरोधहरूका कारण स्थानीय तहले पर्याप्त काम गर्न नसकेको जनाउँदै शिक्षा क्षेत्रमा निजी क्षेत्रले दिएको योगदानलाई कदर गर्दै त्यहाँका सकारात्मक सन्देशहरु सामुदायिक विद्यालयले ग्रहण गर्नुपर्ने बताए। उनले सामुदायिक विद्यालयका शिक्षकले स्थानीय सरकारसँग सहजरुपमा काम नगरेको सन्दर्भमा शैक्षिक गुणस्तर कायम गर्नु चुनौतीपूर्ण भएको बताए।
बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले सामुदाायिक र निजी विद्यालयका शिक्षाबीच अन्तर भएको र निजी विद्यालयमा पढ्नेको मनोबल उच्च हुने प्रवृत्ति देखिएको जनाउँदै सामुदायिक विद्यालयका शिक्षकलाई स्थानीय तहले परिचालन गर्दा भनसुनसमेत लाग्ने र शिक्षक कस्ता छन् भन्ने आधारमा शैक्षिक गुणस्तरमा प्रभाव पार्ने बताए।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डा हरिप्रसाद लम्सालले आगामी दिनको मानसिकरुपमा सहज र संवेगका रुपमा स्थिर प्रकारका शिक्षक आवश्यक पर्ने जनाउँदै सरकारले कोभिड–१९ पछिको अवधिमा सिकाइ पुनस्थापनाका कार्यक्रमहरू लागू चरणमा काम भइरहेको जानकारी दिए। डा. लम्सालले क्षेत्रगतरुपमा फरक फरक शिक्षण पद्धति र सार्वजनिक निजी साझेदारीका कार्यक्रम सञ्चालन गर्न आवश्यक भएको बताए।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले गुणस्तरीय शिक्षाको प्राप्तिका लागि सम्बद्ध पक्ष र स्थानीय सरकारका प्रतिनिधिले आफ्नो सोंचमा परिवर्तन गरेर सहकार्य बढाएर काम गर्न सकेमा रुपान्तरण सम्भव भएको बताउँदै भौगोलिक अवस्थाका आधारमा फरक-फरकरुपमा सरकार, नागरिक समाज र निजी क्षेत्रको सहकार्यमा सुशासनको लक्ष्यसहित सार्वजनिक निजी साझेदारी गर्न सकिने बताए।
विभिन्‍न सामुदायिक र निजी विद्यालयका प्रधानाध्यापक र शिक्षकहरु सहभागी कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्द पोखरेलल शिक्षाको सुधारबाटै मुलुकको विकास गर्न सकिने भएकाले सामुदायिक र निजी विद्यालयका राम्रा राम्रा अभ्यास र सोचलाई स्थानीय सरकारले अन्य विद्यालयमा विस्तार गर्नुपर्ने बताए।
एन प्याब्सनका सहअध्यक्ष सुवास न्यौपानेले सिकाइमा विविध क्षमता भएका हरेक विद्यार्थीलाई उनीहरुको रुचिअनुसार शिक्षा दिएर विश्व जगत्मा प्रतिस्पर्धी हुन सक्ने जनशक्ति तयार गर्न सहकार्य आवश्यक भएको बताउनुभयो भने नेपाल अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले बालबालिकालाई घोकाएर मात्रै प्रतिभावन् बनाउन सकिन्छ भन्ने सोच गलत भएकाले राज्यबाट शिक्षालाई उच्च प्राथमिकता नदिइँदा सुधार हुन नसकेको औँल्याए। 
भण्डारीले सामुदायिक विद्यालयमा शिक्षबहरुलाई तलब खुवाउन अपुग रकम विद्यार्थीसँग शुल्क लिइनुलाई पनि सार्वजनिक निजी साझेदारीकै एक रुप भएको जनाउनुभयो। नेपाल शिक्षक महासङ्घ अध्यक्ष कमला तुलाधरले मुलुकका एकै खालको शिक्षा आवश्यक छ भन्ने सन्देश दिन सहकार्यमा जोड दिए।
काठमाडौँ विश्वविद्यालयको स्कुल अफ एजुकेशनका सहायक डिन सहप्राध्यापक डा. धनपति सुवेदीले विश्वविद्यालयले बालबालिकाहरु विद्यालयमा पुगेपछि स्वतन्त्रतापूर्वक सिक्न सक्ने वातावरण सुनिश्चित हुनुपर्ने भन्दै विश्वविद्यालयले शैक्षिक रुपान्तरणका लागि मौलिक प्रकारका बहस कार्यक्रमलाई निरन्तरता दिएर शैक्षिक रुपान्तरणमा सहयोग गर्ने जानकारी दिए।
सामुदायिक विद्यालयसँग साझेदारी गर्दै आएको रातो बङ्गला स्कुलका संस्थापक डा. शान्ता दीक्षितले सिकाइमा रुपान्तरणका लागि स्थानीय तहले योजनाबद्धरुपमा काम गर्न सुझाइन्। इम्पेरियल वल्र्ड स्कुलकी प्रिन्सिपल जुनिता शाहीले गुणस्तरीय शिक्षाका लागि यस प्रकारको बहसको निरन्तरतामा जोड दिए।
कार्यक्रममा काठमाडौँ विश्वविद्यालयको स्कुल अफ एजुकेशनअन्तर्गत नेतृत्व विषयमा दर्शनाचार्य अध्ययनरत शिव अर्याल, ज्योति सिंह, नीलकेश्वरी महर्जन र निलमकुमार श्रेष्ठले घोषित विषयमा प्रस्तुतीकरण गर्दै सार्वजनिक निजी साझेदारीमार्फत विद्यालय शिक्षामा सिकाइ रुपान्तरणमा स्थानीय सरकार, प्रधानाध्यापक र शिक्षकको सक्रियता र सहकार्यमा विश्वका सफल अभ्यासलाई आत्मसात् गरेर अघि बढ्न सकिने बताउनुभयो। उहाँहरूले गुणस्तरीय शिक्षाका लागि सरकारले अनुदान दिन, सिकाइ वातावरणमा सुधार्न, निजी क्षेत्रले पूर्वाधार निर्माणमा सहयोग गर्न, वैज्ञानिक शुल्क व्यवस्थापनलगायत ढाँचामा जान सकिने सुझाए।

प्रकाशित: June 26, 2022 | 23:00:00 काठमाडौं, आइतबार, असार १२, २०७९

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

रक्षात्मक अर्थमन्त्री, 'कम्फर्टेबल' सचिव!

दोस्रो इनिङ सम्हालेयता अर्थमन्त्री जनार्दन शर्मा पहिलो कार्यकालमा जस्तो क्रान्तिकारी र उत्तेजक रूपमा प्रस्तुत भएका छैनन्। बजेट पारित भइसकेको र चुनाव सँघारमा रहेकाले महत्त्वपूर्ण निर्णय गर्नुपर्ने झमेला नहुँदा पहिलो कार्यकालमा जस्तो सक्रिय छैनन् उनी।

बञ्चरेमा फोहोर फाल्न तीन बुँदे सहमति

काठमाडौंको फोहोर बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फाल्न तीन बुँदे सहमति भएको छ।

कांग्रेस नेता लेखकले भने - अब ५ वर्षभित्र दोधारामा सुक्खा बन्दरगाह बन्छ, तटबन्धनको काम सुरु भइसक्यो

नेता लेखकले दोधारा चाँदनी नगरपालिकामा भएको एक कार्यक्रममा नेता लेखकले भने, 'नेपाली कांग्रेसको सरकारले सुक्खा बन्दरगाह निर्माणको प्रक्रिया अगाडि बढाएकोमा ०७४ सालको निर्वाचनमा कञ्‍चनपुर -३ मा कांग्रेस पराजित भएपछि प्रक्रिया अगाडि नबढेको हुँदा आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराएमा आगामी ५ वर्षभित्र सुक्खा बन्दरगाह निर्माण सम्पन्‍न हुनेछ।'

रेशम रिहाइको 'बार्गेनिङ' : आरजु जहाँ लड्छिन् त्यहीँ रञ्‍जिताको उम्मेदवारी

‘टीकापुरमा हामी ढुंगा उठाए पनि जित्छौँ। प्रधानमन्त्रीपत्‍नी आरजु लड्ने चुनाव क्षेत्र पर्खिएर बसेको छौं। आरजु जहाँबाट उठ्नुहुन्छ त्यहीँ रञ्‍जितालाई उठाउने तयारी हो, अन्यायमा पारेर निर्दोषलाई जेलमा थुन्दा पनि बेवास्ता गरेर विभेद गर्नेलाई हराउने हो।'

कांग्रेसका स्थानीय जनप्रतिनिधि भन्छन् – गठबन्धनले कतै आश, कतै निराश

कांग्रेसका मतदातालाई अहिले पनि रुख चुनाव चिह्न प्यारो छ। गठबन्धन गर्दा पनि रुख चुनाव चिह्न भयो भने अन्य पार्टीका उम्मेदवारलाई भोट हालेजस्तो अनुभूति हुँदैन। अर्को पार्टीको चुनाव चिह्नमा कसरी भोट हाल्ने भन्ने पार्टी समर्थक मतदातामा अन्योल छ।

कांग्रेसले लत्यायो आफ्नै निर्णय

केन्द्रीय समितिले गरेको निर्णय नम्बर ४ मा भनिएको छ, 'अवधि समाप्त भएर गठन हुन बाँकी रहेका र पूर्णता प्राप्त नगरेका पार्टी आवद्ध भ्रातृ संघलाई यही २०७९ श्रावण मसान्तभित्र गठन र पूर्णता दिने।'

सिन्धुलीबाट लड्दा प्रचण्डलाई कति सहज?

२०६४ सालयता भएका तीनवटा निर्वाचनमा प्रचण्डले चार क्षेत्रबाट निर्वाचन लडिसकेका छन्। ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा रोल्पा–२ र काठमाडौं–१० गरी दुई ठाउँबाट निर्वाचित प्रचण्डले २०७० सालको निर्वाचनमा भने काठमाडौं–१० र सिरहा–५ बाट लडेका थिए।

एकीकृत समाजवादीसँग पनि एकताको तयारी छ, नाम नेकपा रहन्छ : प्रचण्ड

पार्टी एकता पछि हुने पार्टीको नाम नेकपा हुनेमा आफूहरूबीच सहमति भइसकेको र त्यसमा समाजवादी वा यस्तै केही थपिन सक्ने उनको भनाइ छ। तर एकता भने चुनाव पछि हुने उनको भनाइ छ।

एमालेभित्र '१० भाइ'का दुःख- कसै-कसैले त टिकट पाउनै मुस्किल!

एमाले नचोइटिँदासम्म नेता माधव नेपालको पक्षमा रहेका १० भाइ पार्टी विभाजनपछि एमालेमै अडिए। १० भाइ एमालेमै बसे पनि अध्यक्ष ओली अझै दाहिना भएका छैनन्।

तेस्रो पार्टी संलग्न रहेको भन्दै भारतमाथि फिफाको प्रतिबन्ध

फिफो अल इन्डियन फुटबल फेडेरेसन(एआईएफएफ) मा तेस्रो पार्टी संलग्न रहेको भन्दै अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको हो।

थप समाचार

नेपाल समय
शिक्षा

त्रिविमा फेरि लगाइयो ताला

परीक्षामा लापर्वाही गर्नेलाई कारबाही माग गर्दै नेविसंघका विद्यार्थीले पुनः लगाए त्रिभुवन विश्वविद्यालयमा ताला।
नेपाल समय
शिक्षा

योगमाया आयुर्वेद विश्वविद्यालयका लागि ४८ रोपनी जग्गा प्राप्त

खाँदबारी–९ ढुङ्गे बिसौनाका स्थानीयवासी मानबहादुर तामाङले १९ दशमलव ९२ रोपनी, तिलकबहादु तामाङले चार दशमलव ४८ रोपनी, ग्यामबहादुर सुब्बाले चार रोपनी, धनमाया श्रेष्ठले दुई दशमलव ०२ रोपनी, केशरबहादुर श्रेष्ठले एक दशमलव ५४ रोपनी र सफलमाया श्रेष्ठको १६ दशमलव ७१ रोपनी जग्गा योगमाया विश्वविद्यालय पूर्वाधार समितिको नाममा रजिष्ट्रेशन पास गरिदिएको राईले बताए।
नेपाल समय
शिक्षा

तालाबन्दी र तोडफोडले बिगारेको त्रिवि : माग एउटा, नियत अर्कै!

पछिल्लो समय भने तालाबन्दी राजनीतिक पाटोसँग भन्दा पनि लेनदेनको पाटोसँग जोडिएको उपप्राध्यापक रेशम थापा बताउँछन्। ‘पहिला राजनीतिक कारण हुन सक्थ्यो। तर, हिजोआज यो बिल्कुल आर्थिक पाटोसँग जोडिएको छ। लनेदेनको कुरा मिले ताला खुल्छ। नत्र लागिबस्छ,’ थापाले भने।
नेपाल समय
शिक्षा

बाँकेको राप्तीसोनारीमा स्थानीय पाठ्यक्रम लागू

पाठ्यक्रम निर्माण तथा लेखन समितिले तयार पारेको ‘हाम्रो राप्तीसोनारी’ नयाँ शैक्षिक सत्रदेखि लागू भएको गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले जानकारी दिए।
नेपाल समय
शिक्षा

प्राविधिक विषयमा विद्यार्थी पाउनै मुस्किल

जुम्लाका आठवटै स्थानीय तहका धैरैजसो विद्यालयमा विभिन्न प्राविधिक विषय गाउँमै पढाइ हुने गरे पनि विद्यार्थीको आकर्षण भने छैन।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना