बिहीबार, जेठ १२, २०७९

नबिल बैंक कर्मचारीका सन्ततिलाई छात्रवृत्ति

नेपाल समय  |  काठमाडौं, सोमबार, वैशाख २६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २६, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं- नबिल बैंकका पूर्वअध्यक्ष स्व. शम्भुप्रसाद पौड्यालको सम्झनामा कर्मचारीका सन्ततिका लागि छात्रवृत्ति कार्यक्रम सुरु भएको छ। ‘श्री शम्भुप्रसाद पौड्याल स्मृति छात्रवृत्ति’ सुरु गरिएको बैंकले सोमबार जानकारी दिएको हो। 

नबिल बैंकका कर्मचारीका सन्ततिमध्ये १२ कक्षामा उत्कृष्ट नतिजा ल्याउने ४ जनालाई उक्त छात्रवृत्ति दिइनेछ। उत्कृष्ट नतिजा ल्याउने २ जना छात्र र २ जना छात्रालाई प्रत्येक वर्ष यो छात्रवृत्ति दिइने छ। छात्रवृत्तिको राशि ५० हजार रुपैयाँ छ। 

स्व. पौड्यालले बैंकमा लामो समयदेखि सञ्चालक समितिमा योगदान गर्दै आएका थिए।

बैंकले आर्थिक वर्ष २०७७/७८ का लागि निम्न कर्मचारीहरुको सन्तानहरुलाई माथि उल्लेखित आधारमा छात्रवृत्ति प्रदान गरेको छ।

उनिका खनाल (कर्मचारी उदय राज खनालकी छोरी), दिपसन भट्टराई (कर्मचारी सन्देश राज भट्टराईका छोरा), मुकुल अर्याल (कर्मचारी मुरारी प्रसाद अर्यालका छोरा) पुरस्कृत भएका छन्। 

बैंकको प्रधान कार्यालयमा आयोजित एक औपचारिक कार्यक्रममा नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले बैंकका सञ्चालक समितिका सदस्यहरु, वरिष्ठ व्यवस्थापन तहका कर्मचारीहरु, पूर्व अध्यक्षका परिवार र छात्रवृत्ति विजेताहरूको अभिभावकको उपस्थितिमा तीनै विजेताहरुलाई छात्रवृत्तिको रकम सहित प्रशंसा पत्र हस्तान्तरण गरेका थिए। 

छात्रवृत्ति कार्यक्रमको बारेमा बोल्दै बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले स्व शम्भु प्रसाद पौड्यालले बैंकलाई पुर्याएको लामो योगदानको उच्च प्रशंशा गर्दै उक्त योगदान अत्यन्त महत्वपूर्ण र अविस्मरणीय रहेको जनाए। बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले दशकौंदेखि नबिल बैंक र नबिलियनको वृद्धि र विकासका लागि स्व. पूर्वअध्यक्षले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरेका थिए।


प्रकाशित: May 9, 2022 | 23:20:52 काठमाडौं, सोमबार, वैशाख २६, २०७९

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

धनगढीको गेटालाई अलपत्र पारेर देउवाको गृहजिल्लामा नयाँ मेडिकल कलेज किन?

आर्थिक वर्ष २०७३/०७४ बाट गेटामा कलेज निर्माण थालिएको थियो। मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराका अनुसार मेडिकल कलेजमा पूर्वाधार निर्माणको काम ९० प्रतिशत सकिएको छ।

स्थानीय सरकार हाँक्ने नारीशक्ति

अहिले चुनिएका महिला प्रमुख मध्ये कोही यसअघि पनि पालिका हाँकिसकेका छन्, कसैले उपप्रमुखको जिम्मेवारी सम्हालेका छन् भने कोहीले अघिल्लो निर्वाचनमा पराजय भोगेका थिए।

कोअर्डिनेटरले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित

कलेजकै कोअर्डिनेटर जनार्दन अधिकारीले कक्षा ११ को छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले प्रदर्शन गरेका हुन्।

दमकको धक्काले झापामा हल्लिएन एमाले, माओवादी 'निल'

देशभर एमालेलाई बढार्न माओवादीलगायतका पाँच दलहरुलाई वैशाखी बनाएको कांग्रेसले कचनकवलमा भने राप्रपालाई पारस्त गर्न एमालेलाई वैशाखी बनायो। झापामा एमालेलाई परास्त गर्न राप्रपासँग पनि तालमेल भएको छ। यी तथ्यहरुलाई केलाएर हेर्दा दलका सिद्धान्त र विचारको सबैभन्दा ठूलो मजाक झापामा बन्‍यो।

काठमाडौंको १ लाख ३७ हजार मत गनियो, बालेनको फराकिलो अग्रता कायमै

स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत काठमाडौं महानगरपालिकामा करिब १ लाख ९० हजार मत खसेकोमा आज साँझसम्ममा १ लाख ३७ हजार ४५२ मत गनेर सकिएको छ।

भरतपुरको मतगणना स्थगित

एमालेका ती प्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएको र एमालेले उनको रिहाइ नभएसम्म मतगणना स्थगित भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

भरतपुरमा अब १४ हजार मत गन्न बाँकी, कसको मत कति?

रेनुले ४५ हजार ८८७ मत प्राप्त गर्दा नेकपा (एमाले)का विजय सुवेदीले ३४ हजार ९९३ मत प्राप्त गरेका हुन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ९३७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

राप्रपा बन्ला राष्ट्रिय दल?

स्थानीय निर्वाचनको लोकप्रिय मतमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपासँगै राप्रपा छ। राप्रपाले पाइरहेको मत हेर्दा अबको संघीय निर्वाचनबाट राष्ट्रिय पार्टी बन्ने सम्भावना देखिन्छ।

भलिबलमा भविष्य खोजिरहेका धीरज, जसलाई खेलबाटै देशको शीर उँचो पार्नु छ

१६ वर्षकै उमेरदेखि भलिबल खेल्न सुरु गरेका धीरजले राष्ट्रिय टिमको जर्सीमा खेल्ने सपना भने साकार पार्न सकेका छैनन्। तर, जीवनको एक कालखण्डमा राष्ट्रिय टिमको जर्सी लगाएर खेल्ने उनको सपना मजबुत बन्दै गइरहेको छ।

काठमाडौं महानगरमा १ लाख २८ हजार मतगणना हुँदा कसले कति पाए?

पछिल्लो गणनाअनुसार प्रमुख पदमा स्वतन्त्र उमेदवार बालेन्द्र साह (बालेन)को अग्रता थप फराकिलो बनेको छ। उनले ४३ हजार ८५० मत पाएका छन्।

थप समाचार

नेपाल समय
शिक्षा

१ महिनाभित्र विद्यार्थीको हातमा पुस्तक पुर्‍याउन शिक्षा समितिको निर्देशन

छापिएको पुस्तक तत्काल विद्यार्थीहरुलाई वितरण गर्न र छपाई हुन बाँकी पुस्तक पनि एक महिनामा छापिसकेर विद्यार्थीको हातमा पुर्‍याउन निर्देशन दिएको समिति सभापति जयपुरी घर्तीले जानकारी दिइन्।
नेपाल समय
शिक्षा

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा बिहीबारदेखि

नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा बिहीबारदेखि सञ्चालन हुने भएको छ।
नेपाल समय
शिक्षा

दिवा खाजा कार्यक्रम कक्षा ८ सम्म विस्तार गर्ने लक्ष्य

'राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई परिमार्जन गरी शैक्षिक गुणस्तर वृद्धि, भौतिक पूर्वाधार विकास र अतिरिक्त क्रियाकलाप सञ्चालन गरिनेछ,' नीति तथा कार्यक्रममा उल्लेख छ।
नेपाल समय
शिक्षा

डडेल्धुरामा मेडिकल कलेज सञ्चालन गर्ने सरकारको नीति

सरकारले डडेल्धुरामा मेडिकल कलेज सञ्चालनमा ल्याउने नीति लिएको छ।
नेपाल समय
शिक्षा

शिक्षालयमा हप्तामा दुई दिन बिदा नदिन आग्रह

विगत दुई वर्ष अगाडिदेखि कोभिड–१९ का कारण विद्यालय नियमित नखुल्दा पठनपाठनले गति लिन नसकेको र विद्यार्थीमा पढ्ने लेख्ने अभ्यास हराउँदै जान थालेकाले नियमित पढाइ सञ्चालन गर्न महासङ्घले माग गरेको हो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना