बिहीबार, जेठ १२, २०७९

शिक्षा प्रणालीमा सुधारको खाँचो

नेपाल समय  |  काठमाडौं, बुधबार, वैशाख २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २१, २०७९, काठमाडौं

नेपाल समय
प्रतिनिधि तस्बिर।

काठमाडौं- नेपालको शिक्षा प्रणालीमा सुधारको खाँचो रहेको यस क्षेत्रका जानकारहरूले औँल्याएका छन्। उनीहरूले शैक्षिक उन्नयनका लागि पाठ्यक्रममा नै सुधार गर्नुपर्ने र शिक्षकलाई उत्प्रेरणा जगाउनुपर्नेमा जोड दिएका हुन्।

सल्लाघारी अल्मुनाइ एसोसिएशनको आयोजनामा आज काठमाडौँमा भएको एक विचार गोष्ठीमा शिक्षा क्षेत्रका जानकारहरूले शिक्षा प्रणालीलाई समयसापेक्ष बनाउँदै लैजानुपर्ने आवश्यकता रहेको पनि औँल्याएका छन्। 

उक्त एसोसिएशन नेपाली सेनाको सैनिक कल्याणकारी निर्देशनालयद्वारा सञ्चालित विद्यालय, माहविद्यालय, तथा स्वास्थ्य विज्ञान अध्ययन संस्थानबाट अध्ययन पूरा गरेका विद्यार्थीको छाता सङ्गठन हो।

बुधबार सैनिक मुख्यालय जङ्गी अड्डामा भएको गोष्ठीमा नेपालको शिक्षा, सैनिक आवासीय माध्यामिक विद्यालयका शिक्षा र विश्वमा अभ्यास भइरहेका शिक्षा प्रणालीका विषयमा समेत विमर्श भएको थियो। 

विचार गोष्ठीमा प्रा. डा. मनप्रसाद वाग्ले, डा. कर्ण राना, शिक्षा मन्त्रालयका हरि लम्साल, कमलसिंह राठौर, प्रा. जयराज अवस्ती, प्रा. हेमन्त शमशेर राणालगायत विभिन्न क्षेत्रका सैनिक आवासीय माध्यामिक विद्यालयका प्रधानाध्यापककोसमेत सहभागिता थियो। 

गोष्ठीमा ‘राष्ट्रिय राष्ट्रियता र पहिचान शीर्षकमा छुट्टै सत्र सञ्चालन भएको एसोसिएशनका सचिव बालगोपाल कार्कीले जानकारी दिए। वक्ताहरूले नेपालको परम्परागत शिक्षा प्रणालीलाई आत्मसात् गर्दै त्यसैको जगमा टेकेर आधुनिक शिक्षा प्रणालीको विकास गर्नुपर्नेमा जोड दिएका थिए। 

गोष्ठीको समापन समारोहलाई सम्बोधन गर्दै प्रधानसेनापति प्रभुराम शर्माले शैक्षिक विकासका लागि गोष्ठी फलदायी हुने विश्वास व्यक्त गर्दै आधुनिक शिक्षा प्रणालीको विकासका लागि यस्ता कार्यक्रमको आवश्यकतामा जोड दिए। 

उनले आजका कार्यक्रमको विषयमा प्रतिवेदन प्रकाशित गरी सम्बन्धित निकायमा पठाउने पनि प्रतिबद्धता जनाए। एसोसिएशनले यसअघि खेलकूद, शिक्षा, विभिन्न क्षेत्रमा राहत वितरण, रक्तदानगायत विभिन्न सामाजिक क्षेत्रमा योगदान गर्दै आएको छ। एसोसिएशनले प्रतिवेदन तयार भएपछि शिक्षा मन्त्रालयसहित सैनिक आवासीय महाविद्यालय तथा सरोकारवाला निकायमा पेश गर्ने जनाएको छ।


प्रकाशित: May 4, 2022 | 22:00:00 काठमाडौं, बुधबार, वैशाख २१, २०७९

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

धनगढीको गेटालाई अलपत्र पारेर देउवाको गृहजिल्लामा नयाँ मेडिकल कलेज किन?

आर्थिक वर्ष २०७३/०७४ बाट गेटामा कलेज निर्माण थालिएको थियो। मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराका अनुसार मेडिकल कलेजमा पूर्वाधार निर्माणको काम ९० प्रतिशत सकिएको छ।

स्थानीय सरकार हाँक्ने नारीशक्ति

अहिले चुनिएका महिला प्रमुख मध्ये कोही यसअघि पनि पालिका हाँकिसकेका छन्, कसैले उपप्रमुखको जिम्मेवारी सम्हालेका छन् भने कोहीले अघिल्लो निर्वाचनमा पराजय भोगेका थिए।

कोअर्डिनेटरले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित

कलेजकै कोअर्डिनेटर जनार्दन अधिकारीले कक्षा ११ को छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले प्रदर्शन गरेका हुन्।

दमकको धक्काले झापामा हल्लिएन एमाले, माओवादी 'निल'

देशभर एमालेलाई बढार्न माओवादीलगायतका पाँच दलहरुलाई वैशाखी बनाएको कांग्रेसले कचनकवलमा भने राप्रपालाई पारस्त गर्न एमालेलाई वैशाखी बनायो। झापामा एमालेलाई परास्त गर्न राप्रपासँग पनि तालमेल भएको छ। यी तथ्यहरुलाई केलाएर हेर्दा दलका सिद्धान्त र विचारको सबैभन्दा ठूलो मजाक झापामा बन्‍यो।

काठमाडौंको १ लाख ३७ हजार मत गनियो, बालेनको फराकिलो अग्रता कायमै

स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत काठमाडौं महानगरपालिकामा करिब १ लाख ९० हजार मत खसेकोमा आज साँझसम्ममा १ लाख ३७ हजार ४५२ मत गनेर सकिएको छ।

भरतपुरको मतगणना स्थगित

एमालेका ती प्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएको र एमालेले उनको रिहाइ नभएसम्म मतगणना स्थगित भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

भरतपुरमा अब १४ हजार मत गन्न बाँकी, कसको मत कति?

रेनुले ४५ हजार ८८७ मत प्राप्त गर्दा नेकपा (एमाले)का विजय सुवेदीले ३४ हजार ९९३ मत प्राप्त गरेका हुन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ९३७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

राप्रपा बन्ला राष्ट्रिय दल?

स्थानीय निर्वाचनको लोकप्रिय मतमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपासँगै राप्रपा छ। राप्रपाले पाइरहेको मत हेर्दा अबको संघीय निर्वाचनबाट राष्ट्रिय पार्टी बन्ने सम्भावना देखिन्छ।

भलिबलमा भविष्य खोजिरहेका धीरज, जसलाई खेलबाटै देशको शीर उँचो पार्नु छ

१६ वर्षकै उमेरदेखि भलिबल खेल्न सुरु गरेका धीरजले राष्ट्रिय टिमको जर्सीमा खेल्ने सपना भने साकार पार्न सकेका छैनन्। तर, जीवनको एक कालखण्डमा राष्ट्रिय टिमको जर्सी लगाएर खेल्ने उनको सपना मजबुत बन्दै गइरहेको छ।

काठमाडौं महानगरमा १ लाख २८ हजार मतगणना हुँदा कसले कति पाए?

पछिल्लो गणनाअनुसार प्रमुख पदमा स्वतन्त्र उमेदवार बालेन्द्र साह (बालेन)को अग्रता थप फराकिलो बनेको छ। उनले ४३ हजार ८५० मत पाएका छन्।

थप समाचार

नेपाल समय
शिक्षा

१ महिनाभित्र विद्यार्थीको हातमा पुस्तक पुर्‍याउन शिक्षा समितिको निर्देशन

छापिएको पुस्तक तत्काल विद्यार्थीहरुलाई वितरण गर्न र छपाई हुन बाँकी पुस्तक पनि एक महिनामा छापिसकेर विद्यार्थीको हातमा पुर्‍याउन निर्देशन दिएको समिति सभापति जयपुरी घर्तीले जानकारी दिइन्।
नेपाल समय
शिक्षा

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा बिहीबारदेखि

नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा बिहीबारदेखि सञ्चालन हुने भएको छ।
नेपाल समय
शिक्षा

दिवा खाजा कार्यक्रम कक्षा ८ सम्म विस्तार गर्ने लक्ष्य

'राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई परिमार्जन गरी शैक्षिक गुणस्तर वृद्धि, भौतिक पूर्वाधार विकास र अतिरिक्त क्रियाकलाप सञ्चालन गरिनेछ,' नीति तथा कार्यक्रममा उल्लेख छ।
नेपाल समय
शिक्षा

डडेल्धुरामा मेडिकल कलेज सञ्चालन गर्ने सरकारको नीति

सरकारले डडेल्धुरामा मेडिकल कलेज सञ्चालनमा ल्याउने नीति लिएको छ।
नेपाल समय
शिक्षा

शिक्षालयमा हप्तामा दुई दिन बिदा नदिन आग्रह

विगत दुई वर्ष अगाडिदेखि कोभिड–१९ का कारण विद्यालय नियमित नखुल्दा पठनपाठनले गति लिन नसकेको र विद्यार्थीमा पढ्ने लेख्ने अभ्यास हराउँदै जान थालेकाले नियमित पढाइ सञ्चालन गर्न महासङ्घले माग गरेको हो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना