शनिबार, मंसिर १८, २०७८

राजनीतिमा संलग्न सरकारी शिक्षकमाथि कारबाही गर्न अभियान

नेपाल समय  |  काठमाडौं, बुधबार, मंसिर ८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ८, २०७८, काठमाडौं

नेपाल समय
पेसागत माग राखेर धर्नामा बसेका शिक्षक। फाइल तस्बिर

काठमाडौं– राजनीतिक दलका कार्यसमिति, क्षत्रीय प्रतिनिधि, महाधिवेशन प्रतिनिधि लगायतका पदमा रहेका शिक्षकहरूमाथि कारबाही गर्न वैकल्पिक युवा संगठनले अभियान चलाएको छ। पहिलो चरणमा दलमा सक्रिय शिक्षकको नामावली संकलन गरी निर्वाचन आयोगमा बुझाउने योजना रहेको अभियानका संयोजक शिशिर बन्जाराले जानकारी दिए।

उनले भने, ‘कक्षाकोठामा गएर विद्यार्थीलाई पढाउनुपर्ने शिक्षक राजनीतिमा सक्रिय हुँदा त्यसले पढाइमा नकारात्मक असर गर्ने र शिक्षकको पेसा अमर्यादित बन्न सक्ने भएकाले त्यसलाई रोक्न अभियान सञ्चालन गरिएको हो।’ संगठनले राजनीतिक दलमा आबद्ध शिक्षकको नाम प्रमाणसहित निर्वाचन आयोगमा बुझाउनेछ। बन्जाराले भने, ‘त्यसरी बुझाइएको नामावलीका आधारमा राजनीतिमा संलग्न शिक्षकमाथि कारबाही गर्न सम्बन्धित राजनीतिक दललाई दबाब दिनेछौं।’ 

सरकारी विद्यालयमा कार्यरत शिक्षकमाथि कक्षा छाडेर पाटी गतिविधिमा सक्रिय रहेको भन्दै विगत लामो समयदेखि आलोचना हुँदै आएको छ। यस्तै दुर्गम भेगका विद्यालयका शिक्षक त राजनीतिक दलका प्रमुख कार्यकर्ता बन्ने गरेका छन्। उता सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शिक्षकहरुलाई राजनीति गर्न नदिए नेपालको प्रणाली नै कमजोर बन्छ भनेपछि सर्वत्र विरोध भइरहेको छ।

राजनीतिक सम्बन्धी ऐन २०७३ को दफा १४ (२) र ५७(१) बमोजिम कुनै पनि यस्ता शिक्षक वा कर्मचारी  दलको सदस्य बन्न मिल्दैन। दलले सदस्य बनाउन मिल्दैन।

बन्जाराले भने, ‘शिक्षकले कक्षा कोठामा गएर पढाएनन्, राजनीतिमा लाग्दा बालबालिकाको भविष्य राम्रो नहुने भयो भन्ने चिन्ता बढिरहेका बेला सत्तामा बसेका शीर्ष नेताबाटै यस्ता अभिव्यक्ति आउनु राम्रो होइन।’

उनले दलहरूले आफ्ना गतिविधिमा शिक्षकलाई प्रयोग गर्नै नहुने बताए। उनले अहिलेसम्म ६०/७० जनाको नामावली संकलन भइसकेको जानकारी दिए। बन्जाराले भने, ‘हामीले राजनीतिक कार्यक्रममा सहभागी भएको तस्बिरसहित आयोगमा बुझाउनेछौं।’ 

व्यवस्था परिवर्तनका लागि भएका २०४६ सालअघिका आन्दोलन राजनीतिक र शैक्षिक दुवै मुद्दाका हिसाबले सम्झनलायक मानिन्छन्। यस्तै २०२८ को राष्ट्रिय शिक्षा योजनाको आन्दोलन, जनमतसंग्रहका लागि भएको २०३६ सालको आन्दोलन र २०४६ को जनआन्दोलनमा विद्यार्थी संगठन अग्रपंक्तिमा थिए।

बन्जारा भन्छन्, ‘अब व्यवस्था परिवर्तनका लागि शिक्षक आन्दोलनमा उत्रिनु आवश्यक छैन। शिक्षकको काम पढाउने हो। सरकारी जागिर खाएपछि पढाउनुपर्छ। दलीय राजनीति गर्ने हो भने पढाउन छाड्नुपर्छ।’  


यस्तो छ संगठनको अभियान



प्रकाशित: November 24, 2021 | 11:13:02 काठमाडौं, बुधबार, मंसिर ८, २०७८
नेपाल समय

नेपाल समय

नेपाल समय
काठमाडौं, बुधबार, मंसिर ८, २०७८

थप समाचार

विश्वविद्यालयले प्राविधिक तथा व्यवसायीक शिक्षामा जोड दिनुपर्छ : शिक्षा मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयले प्राविधिक तथा व्यवसायीक शिक्षालाई विशेष जोड दिनुपर्ने बताएका छन्।

कक्षा १२ को नतिजा प्रकाशित, सात हजार ३६ जनाले ल्याए 'ए प्लस'

कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक भएको छ।

कक्षा १२ को नतिजा आज प्रकाशन हुँदै

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा शुक्रबार प्रकाशित गर्ने भएको छ।

लुम्बिनीलाई बौद्ध शिक्षा तथा अनुसन्धानको अन्तर्राष्ट्रिय प्राज्ञिक केन्द्र बनाउनुपर्छ : शिक्षामन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बुद्धको जन्मस्थल लुम्बिनीलाई बौद्ध शिक्षा, साहित्य, कला र इतिहासको अध्ययन अध्यापन तथा अनुसन्धान गर्ने अन्तर्राष्ट्रिय प्राज्ञिक केन्द्र बनाउनुपर्ने बताएका छन्।

आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय तत्काल खारेज गर्न विद्यार्थी संगठनको माग

त्रिभुवन विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्रीसमेतको त्रिवि सभा बैठकले गत मंगलबार १० वर्षदेखि करारमा कार्यरत प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय गरेको थियो।

चिकित्सा शिक्षामा सिट सीमित हुँदा पालो पर्खंदै विदेशी विद्यार्थी

चिकित्सा शिक्षातर्फका विभिन्न विषय अध्ययन गर्न बर्सेनि सयौं विदेशी विद्यार्थीले नेपाली विश्वविद्यालयमा आवेदन दिने गरेका छन्।

ट्रेंडिंग

नेपाल समय
प्रदेश न. २

प्रदेश २ : पौडेल पक्ष चुनावी दौडबाटै 'आउट', निधि र देउवा गुट प्रतिस्पर्धामा

देउवा गुटबाट उम्मेदवार खुलेपछि प्रदेश २ मा सभापति देउवा र उपसभापति निधिको बाटो फरक भएको थप स्पष्ट भएको छ। २ आकांक्षीले देउवा निकटका उम्मेदवारलाई समर्थन जनाएपछि उपसभापति निधिका उम्मेदवार रामसरोज एक्लिएका हुन्।
नेपाल समय
राजनीति

देउवा-सिटौला सहकार्य महाधिवेशनमा कति सम्भव?

सिटौला पक्षीय नेता भीमसेनदास प्रधानले यसअघि दिँदै आएका अभिव्यक्ति र तल्लो तहमा बनेका समीकरण आधार हुन्। प्रधानले आगामी महाधिवेशनपछि सिटौला कांग्रेसको कार्यवाहक सभापति हुने बताउँदै आएका छन्।
नेपाल समय
स्वास्थ्य/जीवनशैली

ओमिक्रोनको जोखिम : ९ देशबाट नेपाल आउन रोक

पछिल्लो समय कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट देखिएपछि सरकारले सजगताका लागि ती देशबाट आउने यात्रुमाथि प्रतिबन्ध लगाएको हो।
नेपाल समय
राजनीति

लिङ्देनसँग लड्न यसकारण सजिलो छैन कमल थापालाई

कठिन परिस्थितिहरुमा सतिसाल जसरी थापाको पक्षमा उभिएका यिनै लिङ्देन अहिले थापासँग लड्दैछन्।
नेपाल समय
शिक्षा

आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय तत्काल खारेज गर्न विद्यार्थी संगठनको माग

त्रिभुवन विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्रीसमेतको त्रिवि सभा बैठकले गत मंगलबार १० वर्षदेखि करारमा कार्यरत प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय गरेको थियो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C