शनिबार, मंसिर १८, २०७८
  • गृहपृष्ठ
  • शिक्षा
  • अन्योलमा २० हजार ६१३ शिक्षकको विज्ञापन, आयोग नियमावली मन्त्रिपरिषद्‍मै अड्कियो

अन्योलमा २० हजार ६१३ शिक्षकको विज्ञापन, आयोग नियमावली मन्त्रिपरिषद्‍मै अड्कियो

विपिन पोखरेल  |  काठमाडौं, आइतबार, कार्तिक ७, २०७८

विपिन पोखरेल

विपिन पोखरेल

आइतबार, कार्तिक ७, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं– शिक्षक सेवा आयोग नियमावली संशोधन हुन नसक्दा  शिक्षकको विज्ञापन र बढुवालगायतका प्रक्रिया अन्योलमा परेको छ।नियमावलीको एघारौं संशोधन मस्यौदा मन्त्रिपरिषद्मा पेस भए पनि निर्णय हुन सकेको छैन। मस्यौदामा केही अस्पष्टता रहेको भन्दै मन्त्रिपरिषद्ले विधेयक उपसमितिमा पठाएपछि तत्काल संशोधन नहुने संकेत देखिएको छ।

‘मन्त्रिपरिषद्ले छलफल गरेर टुंग्याउनुपर्ने विषय भए पनि थप छलफल आवश्यक भएको भन्दै समितिमा पठाइएको छ’, मन्त्रालय स्रोतले भन्यो।’ नियमावली संशोधन भएसँगै स्थायी शिक्षकको विज्ञापन खुलाउने तयारी गरेको आयोग यतिबेला अन्योलमा छ। नियुक्ति प्रक्रिया, ऐनकानुन तथा शिक्षक महासंघको सहमतिबमोजिम योग्यता, अध्यापन अनुमतिपत्रलगायत विषयमा सहजीकरणका लागि नियमावली संशोधन गर्न लागिएको हो।

आयोग नियमावली २०५७ को दफा (१८) र (३८) नम्बरको बुँदा संशोधन र दफा १८ को परीक्षाको पूर्णांक र उत्तीर्णांक सम्बन्धी व्यवस्थामा आयोगबाट लिइने प्रतियोगितात्मक परीक्षाको पूर्णांकको विषय र दफा ३८ को परीक्षाको पाठ्यक्रम तथा बढुवा सिफारिससम्बन्धी अन्य व्यवस्थाको दुई नम्बर बुँदा संशोधन गर्न लागिएको छ। ती बुँदा संशोधन गरेपछि मात्र आयोगलाई विज्ञापन गर्ने बाटो खुल्नेछ। 

यता आयोगले भने स्थायी शिक्षकको विज्ञापन गरेपछि मात्र शिक्षक अध्यापन अनुमतिपत्र (लाइसेन्स परीक्षा) सञ्चालन गर्ने तयारीमा छ।प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहमा गरी १७ हजार २ सय २३ जना शिक्षक दरबन्दी रिक्त छ। यस्तै बढुवाबाट पदपूर्तिका लागि ३ हजार ३ सय ९० जना गरी कुल २० हजार ६ सय १३ शिक्षकको रिक्त दरबन्दी रहेको आयोगको तथ्यांक छ। 

प्राथमिक तहमा १३ हजार ८५, निमावि तहमा २ हजार ५ सय ९४ र मावि तहमा १ हजार ५ सय ४४ शिक्षक दरबन्दी रिक्त छ।

आयोगले लामो समयदेखि स्थायी शिक्षक पदपूर्तिका लागि विज्ञापन गर्न सकेको छैन। आन्तरिक प्रतिस्पर्धा तथा बढुवा हुन नसक्दा एकैपटक ठूलो संख्यामा शिक्षकको दरबन्दी रिक्त भएपछि आयोगले पदाधिकारी पाएसँगै विज्ञापन गर्ने तयारी गरेको थियो। तर, विद्यालय शिक्षाको संरचना फेरिएको र शिक्षकको तहगत संरचनामा पनि परिवर्तन ल्याउनुपर्ने भएकाले नियमावली संशोधन नगरी विज्ञापन गर्न मिल्दैन। 

शिक्षा तथा मानवस्रोत विकास केन्द्रले आयोगलाई रिक्त हुने जिल्ला र विषयगत दरबन्दी विवरण यसअघि नै पठाइसकेको छ।  जसअनुसार प्राथमिक तहमा १३ हजार ८५, निमावि तहमा २ हजार ५ सय ९४ र मावि तहमा १ हजार ५ सय ४४ शिक्षक दरबन्दी रिक्त छ। निमाविको दरबन्दीमध्ये विषयगत रुपमा नेपालीमा ४ सय ३६, अंग्रेजीमा ६ सय २२, सामाजिक ३ सय ५३, गणित ३ सय ७०, विज्ञान ४ सय ४०, संस्कृत व्याकरण २, शुक्ल यजुर्वेद १, संस्कृत भाषा ३, संस्कृत कर्मकाण्ड १, संस्कृत साहित्यमा २ जना दरबन्दी रिक्त छ।

यस्तै माध्यमिक तहमा १ हजार ५ सय ४४ रिक्त दरबन्दीमध्ये नेपालीमा २ सय ३१, अंग्रेजीमा ३ सय १२, सामाजिकमा २ सय १, गणितमा २ सय ८९, विज्ञानमा ४ सय ३४ दरबन्दी रिक्त छ। कार्यालय सञ्चालन तथा लेखामा ४९, अर्थशास्त्रमा १०, संस्कृत व्याकरणमा ३, शुक्ल यजुर्वेदमा १, संस्कृत भाषामा ३, स्वास्थ्यमा २, शिक्षामा १, कम्प्युटरमा ६, वेदमा १ र न्यायमा १ जनाको दरबन्दी रिक्त छ। 

आन्तरिक तथा बढुवातर्फ पनि प्राथमिक तहमै प्रथम र द्वितीय श्रेणीको बढुवा हुनेको संख्या धेरै छ। बढुवातर्फ प्राथमिक तहको प्रथम श्रेणीमा ४ सय ६४ र द्वितीय श्रेणीमा १ हजार ६ सय ९३ गरी २ हजार १ सय ५७ शिक्षक दरबन्दी रिक्त हुँदैछ। 

नियमावली संशोधन प्रक्रियामा रहेको र केही विषयको पाठ्यक्रम पनि तयारी अवस्थामै रहेकाले पनि तत्काल विज्ञापन खुलाउन नसकिएको आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले बताए।

निमावि तहको प्रथम श्रेणीमा ८९ र द्वितीय श्रेणीमा ४ सय ७४ गरी  ५ सय ६३ पद रिक्त हुँदैछ। माध्यमिक तह प्रथम श्रेणीमा १ सय २६ र द्वितीय श्रेणीमा गरी ५ सय ४४ गरी ६ सय ७० पद रिक्त हुँदैछ।

नियमावली संशोधन प्रक्रियामा रहेको र केही विषयको पाठ्यक्रम पनि तयारी अवस्थामै रहेकाले पनि तत्काल विज्ञापन खुलाउन नसकिएको आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले बताए। उनले भने, ‘हामीले हाम्रो तर्फबाट गर्ने काम गरिसकेका छौं अब नियमावली मन्त्रिपरिषद्बाट संशोधन भएर आएसँगै काम अघि बढाउँछौं। आन्तरिक बढुवातर्फका श्रेणीगत तहमा विज्ञापन गर्न समस्या छ। यसलाई हल गरेर विज्ञापन गर्नुपर्छ। अन्योलमा राख्नु हुँदैन।’ 

शिक्षक सेवा आयोगको विज्ञापन खुल्ने आसमा बसेका परीक्षार्थी भने थप अन्योलमा परेका छन्। आयोगले नियमावली संशोधन भएपछि विज्ञापन खुलाउने तयारी गरे पनि अनलाइन वा भौतिक रूपमा आवेदन फारम भराउने भन्ने अझै टुंगो लगाएको छैन। आयोगको तथ्यांकअनुसार परीक्षामा सहभागीमध्ये तहगत रुपमा हालसम्म ७ लाख १७ हजार १ सय ५ जनाले अध्यापन अनुमतिपत्र लिइसकेका छन्। 

जसमा एक लाख ४४ हजार तीन सय ८१ माध्यमिक, तीन लाख ७० हजार १२ निम्नमध्यमिक र २ लाख २ हजार ७ सय १२ जनाले प्राथमिक तहको अध्यापन अनुमतिपत्र लिइसकेका छन्। देशभरका सामुदायिक तथा सरकारी विद्यालयमा  १ लाख १७ हजार ४ सय ७६ जना शिक्षक कार्यरत छन्।

आयोगले २०७५ असारयता स्थायी शिक्षकको विज्ञापन गर्न सकेको छैन। पछिल्लोपटक २०७६ असार २ गते यता अध्यापन अनुमतिपत्रको परीक्षा सञ्चालन भएको छैन। पछिल्लोपटक लाइसेन्स परीक्षा उत्तीर्ण गरेर विभिन्न विषयमा अध्यापन गर्न पाउने अनुमतिपत्र लिएर आयोगको स्थायी शिक्षकको विज्ञापन कुरेर बसेका छन्।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र शिक्षक सेवा आयोगका पदाधिकारीबीच भएको छलफलमा आयोगले सबैभन्दा पहिला बढुवाको विज्ञापन गर्ने त्यसपछि अन्य विज्ञापन र लाइसेन्स परीक्षा क्रमिक रूपमा गर्दै जाने विषयमा छलफल भएको थियो। मुलुकभर करिब ५४ हजार शिक्षक दरबन्दी अभाव भए पनि आयोगले २० हजार ६ सय १३ शिक्षकका लागि विज्ञापन गर्ने तयारी गरेको छ।


प्रकाशित: October 24, 2021 | 17:25:34 काठमाडौं, आइतबार, कार्तिक ७, २०७८
विपिन पोखरेल

विपिन पोखरेल

काठमाडौं, आइतबार, कार्तिक ७, २०७८

थप समाचार

कक्षा १२ को नतिजा प्रकाशित, सात हजार ३६ जनाले ल्याए 'ए प्लस'

कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक भएको छ।

कक्षा १२ को नतिजा आज प्रकाशन हुँदै

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा शुक्रबार प्रकाशित गर्ने भएको छ।

लुम्बिनीलाई बौद्ध शिक्षा तथा अनुसन्धानको अन्तर्राष्ट्रिय प्राज्ञिक केन्द्र बनाउनुपर्छ : शिक्षामन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बुद्धको जन्मस्थल लुम्बिनीलाई बौद्ध शिक्षा, साहित्य, कला र इतिहासको अध्ययन अध्यापन तथा अनुसन्धान गर्ने अन्तर्राष्ट्रिय प्राज्ञिक केन्द्र बनाउनुपर्ने बताएका छन्।

आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय तत्काल खारेज गर्न विद्यार्थी संगठनको माग

त्रिभुवन विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्रीसमेतको त्रिवि सभा बैठकले गत मंगलबार १० वर्षदेखि करारमा कार्यरत प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय गरेको थियो।

चिकित्सा शिक्षामा सिट सीमित हुँदा पालो पर्खंदै विदेशी विद्यार्थी

चिकित्सा शिक्षातर्फका विभिन्न विषय अध्ययन गर्न बर्सेनि सयौं विदेशी विद्यार्थीले नेपाली विश्वविद्यालयमा आवेदन दिने गरेका छन्।

सीटीईभीटीको मनोमानीमा आयोगको अंकुश, १६ वटा नर्सिङ कलेज सञ्चालनमा रोक

चिकित्सा शिक्षा आयोगले विश्वविद्यालय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) मातहतका शिक्षण संस्थालाई प्रमाणपत्र तह नर्सिङ कार्यक्रममा पूर्ण शुल्कतर्फको कक्षा सञ्चालनमा रोक लगाएको छ।

ट्रेंडिंग

नेपाल समय
प्रदेश न. २

प्रदेश २ : पौडेल पक्ष चुनावी दौडबाटै 'आउट', निधि र देउवा गुट प्रतिस्पर्धामा

देउवा गुटबाट उम्मेदवार खुलेपछि प्रदेश २ मा सभापति देउवा र उपसभापति निधिको बाटो फरक भएको थप स्पष्ट भएको छ। २ आकांक्षीले देउवा निकटका उम्मेदवारलाई समर्थन जनाएपछि उपसभापति निधिका उम्मेदवार रामसरोज एक्लिएका हुन्।
नेपाल समय
राजनीति

देउवा-सिटौला सहकार्य महाधिवेशनमा कति सम्भव?

सिटौला पक्षीय नेता भीमसेनदास प्रधानले यसअघि दिँदै आएका अभिव्यक्ति र तल्लो तहमा बनेका समीकरण आधार हुन्। प्रधानले आगामी महाधिवेशनपछि सिटौला कांग्रेसको कार्यवाहक सभापति हुने बताउँदै आएका छन्।
नेपाल समय
स्वास्थ्य/जीवनशैली

ओमिक्रोनको जोखिम : ९ देशबाट नेपाल आउन रोक

पछिल्लो समय कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट देखिएपछि सरकारले सजगताका लागि ती देशबाट आउने यात्रुमाथि प्रतिबन्ध लगाएको हो।
नेपाल समय
राजनीति

लिङ्देनसँग लड्न यसकारण सजिलो छैन कमल थापालाई

कठिन परिस्थितिहरुमा सतिसाल जसरी थापाको पक्षमा उभिएका यिनै लिङ्देन अहिले थापासँग लड्दैछन्।
नेपाल समय
शिक्षा

आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय तत्काल खारेज गर्न विद्यार्थी संगठनको माग

त्रिभुवन विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्रीसमेतको त्रिवि सभा बैठकले गत मंगलबार १० वर्षदेखि करारमा कार्यरत प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय गरेको थियो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C