मंगलबार, असोज ११, २०७९

बालबालिकादेखि प्रबुद्धसम्मको संस्कृत मोह

महेश्वर आचार्य  |  काठमाडौं, सोमबार, असार २९, २०७७

महेश्वर आचार्य

महेश्वर आचार्य

सोमबार, असार २९, २०७७, काठमाडौं

नेपाल समय

काठमाडौं– लकडाउनले धेरैको कार्यतालिका अस्तव्यस्त भए पनि सिक्ने सिकाउने शृंखलामा भने नयाँ आयाम थपिएको छ।

प्रविधिको सहयोगले जिज्ञासुका धेरै चाहना सम्बोधन हुन थालेका छन्। अनलाइनबाट नियमित कक्षामा मात्र होइन, बालबालिकाको सिकाइका अन्य क्षेत्रमा पनि संलग्नता बढेको छ। नियमित कक्षाबाहेक केही बालबालिकाले असारदेखि अनलाइनबाट संस्कृत शिक्षाको पनि अध्ययन गर्न थालेका छन्।

संस्कृतको आधारभूत ज्ञान लिनेमा कक्षा ४ देखि १० सम्मका २५ बालबालिका छन्। यस्तै संस्कृत अध्ययनमा सरकारी सेवाबाट अवकाश पाएका र मुलुकका प्रबुद्ध व्यक्ति पनि आकर्षित हुन थालेकाे पाइएकाे छ।

कक्षा १० मा अध्ययनरत कपनकी साम्भवी सुवेदीले अनलाइनमा संस्कृत कक्षा रुचिकर र सहज लागेको बताइन्।

‘सुरुमा त गाह्रो होला भन्ने लागेको थियो तर एकदुई दिनको कक्षापछि पाठ सजिलो लागेको छ,’ उनले भनिन्, ‘संस्कृत पढ्न सकिँदो रहेछ भन्ने आत्मविश्वास जागेको छ। नयाँ भाषा जान्न थालेकी छु।’

उनीजस्ता धेरै बालबालिकालाई संस्कृत भाषा सिक्ने अवसर जुटाइदिएको हो– समज्ञा संस्कृत अभियानले।

अभियानले असार पहिलो सातादेखि अनलाइन संस्कृत कक्षा सञ्चालन गरिरहेको छ। कक्षा सञ्चालन आइतबारदेखि बिहीबारसम्म साँझ ७ बजेदेखि ८ बजेसम्म हुन्छ।

जुममार्फत भइरहेको अनलाइन कक्षाको सकारात्मक प्रतिक्रिया आइरहेको समज्ञा संस्कृत अभियानका अभियन्ता रोहिणीराज तिमिल्सिनाले बताए।

‘हामीले २५ जना मात्र पढाउने भनेका थियौं तर दबाबका कारण २६ जना बालबालिकालाई पढाइरहेका छाैं। कतिपयलाई भने अर्काे सत्रमा पढाउने याेजना छ’ तिमिल्सिनाले भने, ‘आधारभूत रुपमा एक महिना पढाउने योजना हाे।’ उनले विद्यार्थी तथा अभिभावकबाट सकारात्मक प्रतिक्रिया आएको बताए। 

विद्यार्थीको पनि संस्कृत कक्षामा रुचि देखिएको तिमिल्सिनाको भनाइ छ।

कक्षा ५ मा अध्ययनरत भक्तपुर निकोसेराका हृदम न्यौपाने नयाँ भाषा सिक्न पाउँदा उत्साहित छन्। उनी भन्छन्, ‘नयाँनयाँ कुरा सिकिरहेका छौं। रमाइलो लागेको छ। कक्षा सधैं भइदिए हुन्थ्यो जस्तो लाग्छ।’ कक्षा ५ मा अध्ययनरत चाबहिलका सर्वेश घिमिरेचाहिँ स्कुल नलागेका बेला संस्कृतका गुरुसँग नयाँ कुरा सिक्न पाएकाे बताउँछन्।

‘बालबालिका संस्कृत सिकाइमा सक्रिय छन्’, अभिभावक शान्त खरेलले भने, ‘यो कक्षालाई तीन महिना निरन्तर गर्न सकियो भने उनीहरूमा एक तहको संस्कृत बुझाइ हुनेछ।’ सात कक्षामा अध्ययनरत उनकी छोरी माधवी खरेल संस्कृतको व्यावहारिक ज्ञान पाउँदा उत्साह थपिएको बताउँछिन्।

लकडाउनका कारण अनलाइनमा सीमित भए पनि अभियान देशव्यापी रुपमा संस्कृत भाषा शिक्षणमा सक्रिय छ।

अभियानले २०७० सालदेखि संस्कृत भाषामा प्रशिक्षण दिँदै आएको छ। समज्ञा संस्कृत अभियन्ता तिमिल्सिनाले भने, ‘नयाँ पुस्ता संस्कृत शिक्षाबाट विमुख हुन लागेकाले थोरै भए पनि संस्कृतसँग साक्षात्कार गराउने उद्देश्यले स्वंयसेवाको भावसहित अभियान थालिएको हो।’

‘धादिङ र मकवानपुरका केही निजी स्कुलमा संस्कृत कक्षा सुरु भएको छ,’ तिमिल्सिनाले भने, ‘अन्य ठाउँबाट संस्कृत कक्षाका लागि माग आएको छ।’

समज्ञाले विभिन्न संघसंस्थासँग मिलेर निःशुल्क रुपमा आधारभूत संस्कृत कक्षा सञ्चालन गर्दै आएको छ। ‘हामीले नेपाल आर्य समाजसँगको सहकार्यमा तीन महिने संस्कृत कक्षा सञ्चालन गरिरहेका थियौं। लकडाउनले गरेर आधा अवस्थामा पुगेर रोकिएको छ,’ तिमिल्सिनाले भने, ‘त्यो सहकार्य निरन्तर हुनेछ ।’

प्रबुद्ध व्यक्ति पनि आकर्षित

बालकक्षाजस्तै समज्ञाले प्रौढहरुका लागि पनि अनलाइनमा संस्कृत भाषाको कक्षा सञ्चालन गरेको छ। कक्षामा संस्कृत सिक्नेको उत्साहप्रद उपस्थिति छ। ‘पूर्वराजदूत, पूर्वप्रशासकलगायतका प्रबुद्ध व्यक्तिहरु संस्कृत पढ्न उत्साहित देखिनुभएको छ,’ अभियानका संयोजक जयप्रकाश गुरागाइँले भने। प्रबुद्ध कक्षा तीन महिनाका लागि चल्ने उनले बताए।

‘संस्कृत संरक्षणमा इँटा थप्ने प्रयास’

‘संस्कत भाषा बोलीचालीबाट हराएको हजार/पन्ध्र सय वर्ष भयो भन्ने गरिन्छ। यद्यपि यो भाषा यति जीवन्त छ कि कहिल्यै मर्दैैन,’ शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहाल भन्छन्, ‘साना कक्षाका विद्यार्थीलाई संस्कृतको आधारभूत ज्ञान दिन सकियो भने उनीहरूले संस्कृतबाट विकसित भएका नेपाली, मैथिली, बंगाली, भोजपुरी, हिन्दीलगायतका अनेकौं भाषामा दृढताका साथ प्रस्तुत हुन सक्ने क्षमता राख्छन्।’

विश्वव्यापीकरणले नेपाली बालबालिका अंग्रेजीमा दख्खल राख्न सक्ने देखिए पनि नेपालीमा औसतभन्दा पनि कमजोर भएको अवस्थामा संस्कृत भाषा ज्ञानले नेपालीलगायतका स्थानीय भाषामा विद्यार्थीले राम्रो गर्नसक्ने तर्क दाहालको छ।

‘संस्कृत भाषा राज्यको संरक्षणमा अघि बढेको होइन। यसलाई मन पराउने, ज्ञानप्रेमी, अनुरागी साहुमहाजन र सम्भ्रान्त व्यक्तिले संस्कृत शिक्षाका लागि संस्थापना गरिदिएको गुठी, ट्रस्टले यो भाषा जोगिएको हो,’ दाहालले भने, ‘समज्ञाले गरेको प्रयास विगतदेखि समुदाय स्तरबाट भएको संस्कृत उत्थानको निरन्तरताको अर्को खुड्किलो हो। संस्कृतको संरक्षण र प्रसारमा इँटा थप्ने यो प्रयास प्रशंसनीय छ।’


प्रकाशित: July 13, 2020 | 06:30:00 काठमाडौं, सोमबार, असार २९, २०७७

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चीनमा सैन्य 'कू' को हल्ला, राष्ट्रपति सी नजरबन्दमा छन् त?

सोसल मिडियामा भने सीबारे अनेकन 'हल्ला' भइरहेका छन्। चीनियाँ राष्ट्रपति सीलाई वास्तवमा के भएको भन्‍ने कुरालाई सहजै भन्‍न सकिँदैन।

समान अवसरको मागसहित शेखर समूहले खवरदारी सभा गर्ने

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गर्ने भएको छ।

लेखक केशव दाहालको 'माधवी ओ माधवी' सार्वजनिक

'मोक्षभूमि' उपन्यासका लेखक केशव दाहालको गैरआख्यान निर्बन्ध लेखन संगालो 'माधवी ओ माधवी' शुक्रबार विमोचन गरिएको छ।

काठमाडौंका १० निर्वाचन क्षेत्र : पुराना दललाई स्वतन्त्र र नयाँ दल चुनौती

स्वतन्त्रदेखि झिनामसिनाका पार्टीबाट उम्मेदवारी घोषणा गरिएपछि संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्रमा ठूला दलहरूलाई चुनाव जित्न गठबन्धनको भर। गठबन्धन गर्दा कांग्रेसको सुरक्षित किल्ला अन्य दललाई सुम्पिनुपर्ने बाध्यता।

वित्तीय संघीयता मजबुत बनाउन राजनीतिक र प्रशासनिक इच्छाशक्ति आवश्यक

राजस्व बाँडफाँटका कतिपय मुद्दामा केन्द्र, प्रदेश र स्थानीयबीच समन्वय अभाव देखिन्छ। यसका लागि वित्तीय हस्तान्तरण ऐनमा केही संशोधन गरेर अगाडि बढ्न आवश्यक छ।

कार्यकालपछि राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व गरे अति राम्रो : गोकुल बाँस्कोटा

बिहीबार ट्विट गर्दै बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कानुनी व्यवस्था नरहेको उल्लेख गर्दै राष्ट्रपतिलाई राजनीतिक नेतृत्व लिन सुझाव दिएका हुन्।

ब्याजदर बढेपछि व्यापारी र बैंकर्सबीच द्वन्द्व, हस्तक्षेप नगर्ने पक्षमा राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको विषयमा निजी क्षेत्रका उद्योगी र व्यापारी असन्तुष्ट छन्। निक्षेपको ब्याज बढाउँदा कर्जाको पनि ब्याज बढ्ने भएकाले त्यसले उद्योग र व्यापार सञ्चालनमा नकारात्मक असर पार्ने भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्।

निधिले छोडे पनि धनुषा-३ मा गठबन्धनको हानाथाप, को बन्ला जुलीको प्रतिस्पर्धी?

उता २०७४ सालमा धनुषा ३ बाट निर्वाचित सांसद एंव लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले यही क्षेत्रबाट चुनावी मैदानमा उत्रने तयारीमा छन् भने लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुरको नाम सिफारिस गरेको छ।

प्रेमगीत–३ लाई लिएर किन आयो चलचित्र क्षेत्रमा हलचल?

‘प्रेमगीत–३’लाई लिएर नेपाली फिल्मकर्मीहरू विभाजित भएका छन्। कोही हिन्दी भर्सनलाई नेपाली फिल्मसरह कर छुट दिनुपर्ने र कोही दिन नहुने पक्षमा उभिएका छन्।

सरकारको आग्रह लत्याउँदै सीपीसीको सुरक्षा रणनीति बैठकमा राष्ट्रपति भण्डारी सहभागी

चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार आयोजना गरेको भर्चुअल सम्मेलनमा राष्ट्रपति भण्डारीले रेकर्डेड भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ।

थप समाचार

नेपाल समय
शिक्षा

शैक्षिक गन्तव्यका रुपमा विकास हुँदै ‘रामतुलसी’

विद्यालय हाताभित्र प्रवेश गरेपछि हरियाली रुख बिरुवा, शान्त पारिवारिक वातावरण देख्दै लोभलाग्दो बनेको छ, रामतुलसी नमूना मावि। दुई हजार तीन सय ८० विद्यार्थी पढ्ने शान्त र सुन्दर विद्यालयको वातवरण देख्ने जो कोही पनि दङ्ग पर्छन्।
नेपाल समय
शिक्षा

एउटै मुद्दामा कर्मचारीलाई दण्ड, पदाधिकारीलाई सफाइ

लेखा सहायक र पुस्तकालय सहायकको लिखित परीक्षामा परीक्षकहरूले गलत मनसायका साथ केरमेट गरी प्राप्तांकमा हेरफेर गरी मेरिट सूची फेरबदल गरेको र सम्परीक्षकले त्यसलाई सदर गरेको भनिएको उक्त मुद्दामा सामान्य कर्मचारी र प्राध्यापकलाई सजाय तोकिँदा पदाधिकारीले सफाइ पाउनु आश्यर्चजनक भएको त्रिविकै एक उच्च अधिकारीले बताए।
नेपाल समय
शिक्षा

कृषिमा विद्यार्थीको आकर्षण बढ्दो

पर्वतको फलेवास नगरपालिका-४ स्थित मुडिकुवाको एक विद्यालयमा प्राविधिक धारअन्तर्गत बालीविज्ञान विषय अध्ययन गर्ने विद्यार्थीको आकर्षण बढेको छ।
नेपाल समय
शिक्षा

नक्कली प्रमाणपत्र बनाएर राहत शिक्षकको जागिर, अख्तियारले हाल्यो मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिव माध्यमिक विद्यालय देवहरियामा कार्यरत प्राथमिक तह राहत शिक्षक गीता सोडारीविरुद्ध मुद्दा दायर गरेको हो।
नेपाल समय
शिक्षा

एन-प्याब्सनको प्रश्नपत्रमा छिमेकी देशसँग प्रधानमन्त्री निरीह बनेको आरोप, गल्ती भएको भन्दै क्षमायाचना

'छिमेकी देशहरूको थिचोमिचो सहेर निरीह भएर रहेका हाम्रो देशका प्रधानमन्त्रीलाई तपाईं के सुझाव दिनुहुन्छ?' ९ कक्षाका विद्यार्थीलाई एन प्याब्सनको प्रश्न थियो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना