मंगलबार, मंसिर १३, २०७९

वर्षाले धानबाली भित्र्याउन पाएनन् किसानले, बोटमै उम्रिँदै

नेपाल समय  |  काठमाडौं, शुक्रबार, असोज २१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २१, २०७९, काठमाडौं

नेपाल समय

धनगढी- कैलालीसहितका जिल्लामा यतिबेला किसानका खेतमा पाकेर पहेँलपुर भएको धानबाली निरन्तरको वर्षाका कारण भित्र्याउन नपाउँदा बोटमै टुसाउन थालेको छ।

छिटो पाक्ने धानबाली दुई हप्ताअघि नै पाकेर तयार भएको भए पनि वर्षाका कारण भित्र्याउन नपाइएको कैलारी गाउँपालिका, बिसनपुर गाउँका किसान मानबहादुर चौधरीले बताए।  'खेतमा धानबाली पाकेर तयार भइसके पनि छिनछिनमा भइरहेको वर्षाका कारण काटेर भित्र्याउने अवस्था छैनु,' चौधरीले भने, 'दुई हप्ताअघि नै पाकेर झुलेको झुम्का जातको धान बोटमै उम्रिन थालेको छ।'

पाकेर तयार भइसकेको धानबाली दुई हप्ताअघि नै भित्र्याउने तयारी किसानले गरेका थिए। केही दिनदेखि भइरहेको हावाहुरीसहितको वर्षाले भित्र्याउने अवस्था नहुँदा झुलेका बाला खेतैमा ढलेर क्षति पुगेको किसानले बताएका छन्।

मुख्य खाद्यान्न बाली धान पाकेर झुलेपछि धेरै किसानलाई दसैँमा रमाउनेभन्दा पनि धान कतिबेला र कसरी भित्र्याउने भन्ने चिन्ता बढेको छ। बुधबार खेतमा काटेको बाली उठाउँदै गरेको भेटिएका धनगढी उपमहानगरपालिका–१३ का नारायण चौधरीले चाहिने बेला पानी नपर्ने नचाहिने बेला झरी पर्ने समस्याले हैरान पारेको गुनासो सुनाए।

'छिनछिनमा भइरहेको झरीले निकै समस्यामा पार्यो', रानाले भने, 'गत वर्षको दसैँमा पनि बाली काट्ने समयमै भएको वर्षाले पूरै धनबाली भिजेर खेतमै उम्रिएको थियो।' बर्सेनि मौसममा भइरहेको परिवर्तनका कारण चाहिएको समयमा वर्षा नहुने, वर्षा भएमा पनि बाढी र डुबानको ठूलो समस्या सिर्जना हुने, बेमौसमा चक्रवात र आँधीबेहरीको समस्या देखिने, बालीमा विभिन्न रोगको सङ्क्रमणको समस्याका साथै मित्रजीवभन्दा शत्रुजीवको समस्या बढ्न थालेको किसानको अनुभव छ। मौसममा छिनछिनमै देखिने अस्वाभाविक परिवर्तनको समस्या पछिल्ला वर्षमा बढ्दै गएको स्थानीयवासीको भनाइ छ।

हावाहुरी चलेर आकासमा छिनमै बादल मडारिएर वर्षा हुने र छिनमै बादल हराएर टन्टलापुर घाम लाग्ने सुक्खा मौसम हुने समस्या बढेको अनुभव किसान मानबहादुरले सुनाए। 'धानबाली भित्र्याउने असोज महिनामा यस्तो झरी र वर्षा भइरहने मौसमको अनुभव यसअघि कहिल्यै भएनु, उनले थपे, 'जलवायु परिवर्तनको असरले यस्तो भएको भनिन्छ, नेट इन्टरनेट र फोनको पहुँच बढ्दा भने किसान पहिलेको भन्दा सचेत भएका छन्।'

रोपाइँ गर्ने समय असार महिनामा सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरसहितका जिल्लामा मनसुन पूर्णरूपमा सक्रिय हुन नसक्दा भएको पर्याप्त पानीको अभावले कतिपय किसानले बोरिङ पम्पिङ सेटबाट पानी तानेर रोपाइँ गरेका थिए।

यसैबीच दुई दिनदेखि भइरहेको वर्षाका कारण धनगढी उपमहानगरपालिकाका अधिकांश बस्ती र सडक जलमग्न हुँदा आवागमन असहज बनेको छ। धनगढीस्थित विभिन्न सरकारी कार्यालय परिसरमा दुई÷तीन फिटसम्म पानी जमेको छ। 

विभिन्न नदीमा आउने बाढीका कारण जिल्लाको टीकापुर, भजनी, जानकीनगर, धनसिंहपुर, नारायणपुर, लालबोझी, जोशीपुर, पथरैयालगायतका होचो भूभागका बस्ती डुबानमा परी प्रभावित हुने गरेका छन्। दुई हप्ताअघिको वर्षासँगै भएको डुबानको समस्याले भजनी, जानकी, टीकापुर र जोशीपुर क्षेत्रमा बस्ती डुबानमा पर्दा धनमाल भिजेर क्षेति पुगेको थियो।


प्रकाशित: October 7, 2022 | 08:30:00 काठमाडौं, शुक्रबार, असोज २१, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चितवनका तीन क्षेत्रमा कसको अवस्था कस्तो?

प्रतिनिधिसभामा तीनवटा निर्वाचन क्षेत्र रहेको चितवनमा तीनवटै क्षेत्रको मतगणना भइरहेको छ।

काठमाडौं-९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

यो एमालेको दोस्रो जित हो। यसअघि एमालेले ललितपुर २ मा जित निकालेको थियो।

गुल्मी-२ मा ठूलो मतान्तरले पछि परिन् झाँक्री

गुल्मी क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीलाई भारी मतले पछि पार्दै नेकपा एमालेका गोकर्ण विष्टले अग्रता कायम राखेका छन्।

समानुपातिक मतमा स्वतन्त्र पार्टी तेस्रो, एमालेलाई पछ्याउँदै कांग्रेस

प्रत्यक्षतर्फ चार वटा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ भने समानुपातिकतर्फ पनि मतगणना भइरहेको छ।

गुल्मी-२ मा झाँक्रीलाई पछि पार्दै विष्टको अग्रता

आइतबार भएको निर्वाचन जारी मतगणनामा विष्ट ६७२ मतसहित अगाडि छन्।

युथ युनेस्को क्लब युएसएको इन्टरनेशनल मिडिया एडभाइजरमा बस्नेत

अमेरिकाको क्यालिफोर्नियामा युवा केन्द्रित रचनात्मक कार्यहरू सञ्चालन गर्दै आएको युथ युनेस्को क्लब युएसएले सञ्चारकर्मी मनोज बस्नेतलाई अन्तर्राष्ट्रिय सञ्चार सल्लाहकारमा मनोनयन गरेको छ।

दुई क्षेत्रमा स्वतन्त्र पार्टी अगाडि, दुई-दुईमा कांग्रेस र एमाले

काठमाडौं हिजो आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अन्तर्गत आज बिहानदेखि केही क्षेत्रमा मतगणना सुरु भएको छ।

बाजुरामा गोली लागेका एक जनाको मृत्यु

कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएपछि मतदान सकिनै लाग्दा झडप भएको हो।

जेलबाट मतदान गरेपछि रेशम चौधरीले भने– बडा मज्जा आयो

कैदीबन्दीले पनि निर्वाचनमा सहभागी हुन पाउने भएपछि उनीहरु उत्साहित भएका थिए। काठमाडौं उपत्यकामा १८२ जना कैदीबन्दी मतदान गर्न योग्य भएको निर्वाचन अयोगको तथ्यांक छ।

थप समाचार

नेपाल समय
अर्थ

मुस्ताबाट यस वर्ष ५० करोडको स्याउ निकासी

मुस्ताङमा उत्पादन भएको छ हजार ६०० मेट्रिक मध्ये ७० प्रतिशत अथवा चार हजार ६२० मेट्रिक स्याउ निकासी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।
नेपाल समय
बजार

वर्ल्डलिंकको सेवा लिने ७ ग्राहकलाई ४३ इन्चको स्मार्ट टीभी

वर्ल्डलिंक कम्युनिकेसन्सले देशभरबाट छनोटमा परेका ७ जना ग्राहकलाई ४३ इन्चको स्मार्ट टीभी कोसेली प्रदान गरेको छ।
नेपाल समय
बजार

बिर्तामोडदेखि कन्यामसम्म टीभीएसको एओजी राइड

नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले शनिबार बिर्तामोडदेखि कन्यामसम्म अपाचे ओनर्स ग्रुप (एओजी) राइडको आयोजना गरेको छ।
नेपाल समय
बैंक/बिमा

सानिमा बैंकको मुद्दती निक्षेप कर्जा आवेदन अनलाइनबाटै

सानिमा बैंकले आफ्ना ग्राहकहरूका लागि मुद्दती निक्षेप कर्जाको आवेदन अनलाइन मार्फत दिन सकिने व्यवस्था गरेको छ।
नेपाल समय
बजार

अमेरिकन चेम्बर अफ कमर्स नेपालको पहिलो वार्षिक साधारणसभा सम्पन्न

अमेरिकन चेम्बर अफ कमर्स नेपालले गतहप्ता काठमाडौंमा आफ्नो पहिलो वार्षिक साधारण सभाआयोजना गरेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना