मंगलबार, मंसिर १३, २०७९

म्याग्दीमा दसैंमा भित्रियो ४० करोड रेमिट्यान्स

नेपाल समय  |  काठमाडौं, बिहीबार, असोज २०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २०, २०७९, काठमाडौं

नेपाल समय

म्याग्दी- म्याग्दीबाट वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा गएका म्याग्देलीले  दसैंमा मात्रै रु चालीस करोड भन्दा बढी रेमिट्यान्स पठाएका छन्। पितृपक्ष (सोह्र श्राद्ध) को अष्टमी तिथिदेखि दसैंको फुलपातीको अघिल्लो दिन (षष्ठी)सम्म रु चालीस करोड १३ लाख रेमिट्यान्स भित्रिएको यहाँका बैंक तथा वित्तीय संस्थाले जनाएका छन्।

विदेशमा रहेका व्यक्तिले चाडपर्वमा लक्षित गर्दै घरायसी प्रयोजन र चाडपर्वमा खर्च गर्नका लागि उक्त रकम पठाएका सेवा प्रदायक संस्थाले जनाएका छन्। जिल्ला सदरमुकाम बेनीबजार तथा ग्रामीण क्षेत्रमा शाखा सञ्चालन गरेका वित्तीय संस्थाले दिएको जानकारी अनुसार विगत वर्षको तुलनामा यसवर्ष रेमिट्यान्स कम भित्रिए पनि चाडपर्वमा आउने क्रम भने रोकिएको छैन। जिल्लामा भित्रिएको रेमिट्यान्सको ठूलो हिस्सा चाडपर्वमा घरखर्च, लत्ता कपडालगायतका अनुत्पादक क्षेत्रमा खर्च हुने गरेको छ। 

यहाँका बैंक तथा वित्तीय संस्थाले सदरमुकाम बेनी बजारसहित जिल्लाका सबै छवटै  स्थानीय तहमा शाखा सञ्चालन गरेर सेवा प्रदान गरिरहेका छन्। पछिल्लो समय डिजिटल प्रविधिको प्रयोगले विदेशबाट सिधै खातामा जम्मा हुने भएकाले पनि रेमिटको प्रवाहमा भएको वित्तीय संस्थाका प्रतिनिधिको भनाइ रहेको छ।

म्याग्दीका छवटै स्थानीय तहमा शाखा रहेको प्रभु बैंक, चारवटा शाखा रहेको गरिमा विकास बैंक, पश्चिम नेपाल सहकारी, धवलागिरि सहकारी, बेनी बचत तथा तथा ऋण सहकारी, लोकदीप सहकारी संस्थालगायत एक दर्जन सहकारीले चार करोड वढी रेमिट भुक्तानी गरेको जनाएका छन्।

ग्लोबल आईएमई बैंक, माछापुच्छ्रे, प्रभु, कैलाश विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक लगायतका बैंकले पनि रेमिट भुक्तानी गरेका छन्। जिल्लाका बैंक तथा वित्तीय संस्थाबाहेक अघोषित रुपमा हुण्डीबाटसमेत दसँैखर्च भित्रिने भएकाले चाडपर्वमा यो रकमभन्दा निकै धेरै रकम भित्रिएको अनुमान गरिएको छ।

म्याग्दीमा करिब ६० प्रतिशत भन्दा बढी रकम खाडी मुलुकबाट मात्रै भित्रिने गरेको छ। कतार, साउदी अरब, युएई, दक्षिण कोरिया, जापान, भारत, मलेशियालगायत विभिन्न देशबाट रकम भित्रिने गरेको छ। रेमिट्यान्सबाट आएको रकम अपभोग्य विलासिताका सामान खरिद र बालबालिकाको शिक्षादीक्षामा खर्च हुने गरेकाले पनि उत्पादनमूलक क्षेत्रमा निकै न्यून लगानी हुने गरेको बैंक तथा वित्तीय क्षेत्रका जानकार बताउँछन्।

जिल्लामा निर्यातभन्दा आयात बढी भएकाले पनि यहाँ वार्षिक करिब रु चार अर्बको हाराहारीमा रेमिट्यान्स भित्रिने गरेको भए पनि विभिन्न माध्यमबाट सो रकम बाहिरिने गरेको छ। म्याग्दीको प्रमुख आयस्रोत नै रेमिट्यान्स रहेको छ। पछिल्लो समय रेमिट्यान्सबाट आएको रकम जिल्लाको विकासमा समेत लागानी गर्न थालिएको छ। म्याग्दीबाट करिब  ३० हजार भन्दा धेरै युवा र प्रौढ वैदेशिक रोजगारीमा रहेका छन्।

-


प्रकाशित: October 6, 2022 | 22:30:00 काठमाडौं, बिहीबार, असोज २०, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चितवनका तीन क्षेत्रमा कसको अवस्था कस्तो?

प्रतिनिधिसभामा तीनवटा निर्वाचन क्षेत्र रहेको चितवनमा तीनवटै क्षेत्रको मतगणना भइरहेको छ।

काठमाडौं-९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

यो एमालेको दोस्रो जित हो। यसअघि एमालेले ललितपुर २ मा जित निकालेको थियो।

गुल्मी-२ मा ठूलो मतान्तरले पछि परिन् झाँक्री

गुल्मी क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीलाई भारी मतले पछि पार्दै नेकपा एमालेका गोकर्ण विष्टले अग्रता कायम राखेका छन्।

समानुपातिक मतमा स्वतन्त्र पार्टी तेस्रो, एमालेलाई पछ्याउँदै कांग्रेस

प्रत्यक्षतर्फ चार वटा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ भने समानुपातिकतर्फ पनि मतगणना भइरहेको छ।

गुल्मी-२ मा झाँक्रीलाई पछि पार्दै विष्टको अग्रता

आइतबार भएको निर्वाचन जारी मतगणनामा विष्ट ६७२ मतसहित अगाडि छन्।

युथ युनेस्को क्लब युएसएको इन्टरनेशनल मिडिया एडभाइजरमा बस्नेत

अमेरिकाको क्यालिफोर्नियामा युवा केन्द्रित रचनात्मक कार्यहरू सञ्चालन गर्दै आएको युथ युनेस्को क्लब युएसएले सञ्चारकर्मी मनोज बस्नेतलाई अन्तर्राष्ट्रिय सञ्चार सल्लाहकारमा मनोनयन गरेको छ।

दुई क्षेत्रमा स्वतन्त्र पार्टी अगाडि, दुई-दुईमा कांग्रेस र एमाले

काठमाडौं हिजो आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अन्तर्गत आज बिहानदेखि केही क्षेत्रमा मतगणना सुरु भएको छ।

बाजुरामा गोली लागेका एक जनाको मृत्यु

कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएपछि मतदान सकिनै लाग्दा झडप भएको हो।

जेलबाट मतदान गरेपछि रेशम चौधरीले भने– बडा मज्जा आयो

कैदीबन्दीले पनि निर्वाचनमा सहभागी हुन पाउने भएपछि उनीहरु उत्साहित भएका थिए। काठमाडौं उपत्यकामा १८२ जना कैदीबन्दी मतदान गर्न योग्य भएको निर्वाचन अयोगको तथ्यांक छ।

थप समाचार

नेपाल समय
अर्थ

मुस्ताबाट यस वर्ष ५० करोडको स्याउ निकासी

मुस्ताङमा उत्पादन भएको छ हजार ६०० मेट्रिक मध्ये ७० प्रतिशत अथवा चार हजार ६२० मेट्रिक स्याउ निकासी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।
नेपाल समय
बजार

वर्ल्डलिंकको सेवा लिने ७ ग्राहकलाई ४३ इन्चको स्मार्ट टीभी

वर्ल्डलिंक कम्युनिकेसन्सले देशभरबाट छनोटमा परेका ७ जना ग्राहकलाई ४३ इन्चको स्मार्ट टीभी कोसेली प्रदान गरेको छ।
नेपाल समय
बजार

बिर्तामोडदेखि कन्यामसम्म टीभीएसको एओजी राइड

नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले शनिबार बिर्तामोडदेखि कन्यामसम्म अपाचे ओनर्स ग्रुप (एओजी) राइडको आयोजना गरेको छ।
नेपाल समय
बैंक/बिमा

सानिमा बैंकको मुद्दती निक्षेप कर्जा आवेदन अनलाइनबाटै

सानिमा बैंकले आफ्ना ग्राहकहरूका लागि मुद्दती निक्षेप कर्जाको आवेदन अनलाइन मार्फत दिन सकिने व्यवस्था गरेको छ।
नेपाल समय
बजार

अमेरिकन चेम्बर अफ कमर्स नेपालको पहिलो वार्षिक साधारणसभा सम्पन्न

अमेरिकन चेम्बर अफ कमर्स नेपालले गतहप्ता काठमाडौंमा आफ्नो पहिलो वार्षिक साधारण सभाआयोजना गरेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना