सोमबार, असोज १०, २०७९

यी हुन् ईभी एक्सपोका आकर्षण, कुन गाडीमा के छ विशेषता?

भीमा पन्थी  |  काठमाडौं, बिहीबार, असोज ६, २०७९

भीमा पन्थी

भीमा पन्थी

बिहीबार, असोज ६, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं- विद्युतीय सवारी साधनको मेला 'नाडा ईभी एक्स्पो-२०२२' बिहीबारदेखि सुरु हुँदैछ। चार दिनसम्म चल्ने एक्स्पो नेपालमा बिजुली गाडीको पहिलो मेला हो। 

सरकारले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको आयातमा प्रतिबन्ध गरेपछि नाडा विद्युतीय सवारीको मात्र प्रदर्शनी गर्ने अवस्थामा पुगेको हो। गत पुसदेखि नै विदेशी मुद्रा सञ्चितिमा दबाब परेको भन्दै सरकारले गाडीलगायतका विभिन्न वस्तुको आयातमा कडाइ गरेपछि नाडाले सबै खाले गाडीको मेला स्थगित गरी विद्युतीय सवारीको मात्र मेला आयोजना गरेको हो। 

सरकारले विद्युतीय सवारीलाई प्रवर्द्धन गर्ने नीति लिएको छ। विगतका वर्षमा करमा छुट दिएपनि यसपालि बजेटमार्फत अर्थमन्त्री जनार्दन शर्माले कर छुटको व्यवस्था परिमार्जन गरेका छन्। सरकारी कार्यालयले गाडी किन्नुपरे बिजुली गाडी किन्न प्रोत्साहन गर्नेदेखि चार्जिङ स्टेसनको संख्या बढाउनेसम्मका सरकारका योजना छन्।

यसपालि ईभी एक्स्पोमा देख्न पाइने बिजुली गाडीका केही मोडलहरु:

नेटा भी
बिजुली गाडी ‘नेटा भी’ चौधरी ग्रुप अन्तर्गत सीजी मोटर्स कम्पनीले नेपाली बजारमा ल्याएको छ। चौधरी ग्रुपले चिनियाँ ब्रान्डको यो गाडी भित्र्याएको हो।

नेपाली बजारमा सुरुवाती मूल्य ३७ लाख ९९ हजार रुपैयाँ तोकिएको यो गाडी ६० किलोवाटको फास्ट चार्जरबाट २० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुन्छ। 

नेपाल समय

एक पटक पूरा चार्ज गरेपछि ३८० किलोमिटर दगुर्ने दाबी गरिएको यो गाडीमा ३८.५४ किलोवाट प्रतिघण्टा क्षमताको ब्याट्री छ। यसले १६० एनएम टर्क ऊर्जा उत्पादन गर्दछ। यसको अधिकतम गति १०१ किलोमिटर प्रतिघण्टा हुने बताइएको छ। 

टाटाको तीन मोडेल 
टाटा कम्पनीका सवारी बेच्दै आएको सिप्रदी ट्रेडिङले तीन मोडलका विद्युतीय गाडी प्रदर्शनीमा लैजाने जनाएको छ। कम्पनीले टिगोर ईभी (इलेक्ट्रोनिक भेइकल), नेक्सन इभी डार्क र टाटा नेक्सनको नयाँ अपडेटेड भर्जनको गाडी ल्याउँदै छ। 

नेपाल समय

मेलामा राखिने गाडी, त्यसमा दिइने अफर र मूल्यलगायतका विषयमा मेलामा नै जानकारी दिने सिप्रदीले जानकारी दिएको छ। 

टेस्लाका दुई मोडेल 
विश्वकै धनी व्यक्ति भनेर चिनिने एलन मस्क सञ्चालक रहेको टेस्लाका गाडी पनि ईभी एक्सपोमा प्रदर्शनीमा राखिने भएको छ। टेस्लाको हाल दुई मोडेलका तीन वटा भर्सनमा इभी रहेका छन्। 

नेपाल समय

अहिले नेपालमा टेस्लाको मोडेल वाई र टेल्सा ३ उपलब्ध रहेको कम्पनीले जनाएको छ। जसको मूल्य क्रमश: १ करोड ५५ लाख, २ करोड २२ लाख र २ करोड ४० लाख रहेको छ। टेस्लाका सवारी आयात गर्दै आएको अरिट इन्टरनेसनलका अनुसार मोडेल वाईबाट कुनै एउटा भेरियन्ट र टेस्ला मोडल थ्री लैजाने तयारी छ। 

बीवाईडीको ई–६
नेपाली बजार विद्युतीयमध्ये अधिकतम गुड्ने गाडी हो बीवाईडी। बीवाईडीको बिजुली गाडी ई–६ (सिक्स) मेलामा लैजाने जानकारी नेपालका लागि आधिकारिक बिक्रेताले साइमेन्स इन्कले दिएको छ। बीवाईडीको नवीन टेक्नोलोजी युक्त ब्लेड ब्याट्री प्रयोग गरिएको कम्पनीले जनाएको छ।

नेपाल समय

एक पटकको फुलचार्जमा ५२२ किलोमिटर (औषतमा नेपाली रोडमा ४१५ किलो मिटर) रेन्ज दिने छ। सेकेन्ड जेनेरेसन बीवाइडी ई-६ को लम्बाई ४६९५ एमएम, चौडाई १८१० एमएम र उचाई १६७० एमएम रहेको छ।

बीवाइडीले यसमा २८०० एमएमको ह्वीलबेस, १७५ एमएमको ग्राउन्ड क्लियरेन्स र ५८० लिटरको बुट स्पेस दिएको छ। 

रेन्ज बढाउन कम्पनीले यसमा ७० किलोवाट क्षमताको मोटर दिएको छ। अधिकतम १८० एनएम टर्क प्रदान गर्ने यो गाडी फ्रन्ट ह्वील ड्राइभ सिस्टममा रहेको छ। नेपाली बजारमा यसको मूल्य साढे ५७ लाख तोकिएको छ। यसको बजार मुल्य ६० लाख रहेको छ। 

हुन्डाई कोना
नेपालमा हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरनेसनल प्राइभेट लिमिटेड नेपालले हुन्डाई कोना अटो शोमा राख्ने भएको छ। 

यो कारको अधिकतम पावर १०० किलोवाट रहेको छ। यसले अधिकतम ३९५ एनएम टर्क उत्पादन गर्दछ। १५५ किलोमिटर प्रतिघण्टासम्मको गतिमा गुडाउन सकिने यो गाडीले एक पटकको फुल चार्जमा ३०५ किलोमिटरसम्म गुडाउन सकिने कम्पनीले जनाएको छ।

नेपाल समय

३९.२ किलोवाट प्रतिघण्टा ब्याट्री क्षमता रहेको हुन्डाई कोना नेपालमा सेतो, निलो, रातो र कालो रङमा पाउन सकिन्छ। यो गाडी तत्काल खरिद गर्न चाहनेलाई माग गरेको तीन महिनाभित्र उपलब्ध गराउन सकिने कम्पनीले जनाएको छ। नेपालमा दुई मोडलमा उपलब्ध कोनाको न्यूनतम मूल्य ६० लाख राखिएको छ। 

कम्पनीले दशैंसम्म सवारी खरिद गर्नेलाई २० हजारदेखि डेढलाखसम्मको छुट दिने जनाएको छ। 

ज्याक
एनईभी नेपालले ज्याक ईटी-८ यस पटक ईभी एक्स्पो २०२२ मा राखिनेछ। नेपाल इलेक्ट्रिक भेहिकल प्राइभेट लिमिटेडले एक्स्पोमा यो गाडी प्रदर्शन गर्न लागेको हो। ६७.२ किलोवाट प्रतिघण्टा ब्याट्री क्षमता रहेको यो गाडीलाई एक पटकको फुल चार्जमा ३०० किलोमिटर गुडाउन सकिनेछ। उच्चतम गति ९० किलोमिटर प्रतिघण्टा रहेको यस गाडीको मूल्य नेपाली बजारमा ७२ लाख रुपैयाँ रहेको छ।

नेपाल समय

प्रकाशित: September 22, 2022 | 09:59:40 काठमाडौं, बिहीबार, असोज ६, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चीनमा सैन्य 'कू' को हल्ला, राष्ट्रपति सी नजरबन्दमा छन् त?

सोसल मिडियामा भने सीबारे अनेकन 'हल्ला' भइरहेका छन्। चीनियाँ राष्ट्रपति सीलाई वास्तवमा के भएको भन्‍ने कुरालाई सहजै भन्‍न सकिँदैन।

समान अवसरको मागसहित शेखर समूहले खवरदारी सभा गर्ने

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गर्ने भएको छ।

लेखक केशव दाहालको 'माधवी ओ माधवी' सार्वजनिक

'मोक्षभूमि' उपन्यासका लेखक केशव दाहालको गैरआख्यान निर्बन्ध लेखन संगालो 'माधवी ओ माधवी' शुक्रबार विमोचन गरिएको छ।

काठमाडौंका १० निर्वाचन क्षेत्र : पुराना दललाई स्वतन्त्र र नयाँ दल चुनौती

स्वतन्त्रदेखि झिनामसिनाका पार्टीबाट उम्मेदवारी घोषणा गरिएपछि संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्रमा ठूला दलहरूलाई चुनाव जित्न गठबन्धनको भर। गठबन्धन गर्दा कांग्रेसको सुरक्षित किल्ला अन्य दललाई सुम्पिनुपर्ने बाध्यता।

वित्तीय संघीयता मजबुत बनाउन राजनीतिक र प्रशासनिक इच्छाशक्ति आवश्यक

राजस्व बाँडफाँटका कतिपय मुद्दामा केन्द्र, प्रदेश र स्थानीयबीच समन्वय अभाव देखिन्छ। यसका लागि वित्तीय हस्तान्तरण ऐनमा केही संशोधन गरेर अगाडि बढ्न आवश्यक छ।

कार्यकालपछि राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व गरे अति राम्रो : गोकुल बाँस्कोटा

बिहीबार ट्विट गर्दै बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कानुनी व्यवस्था नरहेको उल्लेख गर्दै राष्ट्रपतिलाई राजनीतिक नेतृत्व लिन सुझाव दिएका हुन्।

ब्याजदर बढेपछि व्यापारी र बैंकर्सबीच द्वन्द्व, हस्तक्षेप नगर्ने पक्षमा राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको विषयमा निजी क्षेत्रका उद्योगी र व्यापारी असन्तुष्ट छन्। निक्षेपको ब्याज बढाउँदा कर्जाको पनि ब्याज बढ्ने भएकाले त्यसले उद्योग र व्यापार सञ्चालनमा नकारात्मक असर पार्ने भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्।

निधिले छोडे पनि धनुषा-३ मा गठबन्धनको हानाथाप, को बन्ला जुलीको प्रतिस्पर्धी?

उता २०७४ सालमा धनुषा ३ बाट निर्वाचित सांसद एंव लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले यही क्षेत्रबाट चुनावी मैदानमा उत्रने तयारीमा छन् भने लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुरको नाम सिफारिस गरेको छ।

प्रेमगीत–३ लाई लिएर किन आयो चलचित्र क्षेत्रमा हलचल?

‘प्रेमगीत–३’लाई लिएर नेपाली फिल्मकर्मीहरू विभाजित भएका छन्। कोही हिन्दी भर्सनलाई नेपाली फिल्मसरह कर छुट दिनुपर्ने र कोही दिन नहुने पक्षमा उभिएका छन्।

सरकारको आग्रह लत्याउँदै सीपीसीको सुरक्षा रणनीति बैठकमा राष्ट्रपति भण्डारी सहभागी

चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार आयोजना गरेको भर्चुअल सम्मेलनमा राष्ट्रपति भण्डारीले रेकर्डेड भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ।

थप समाचार

नेपाल समय
बजार

नेपाली बजारमा कति छ आज सुनचाँदीको मूल्य?

नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ। अघिल्लो दिन तोलामा एक हजार रुपैयाँले घटेर ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्य कायम भएको हो।
नेपाल समय
अर्थ

बैंकहरूले आफूखुसी ब्याज बढाएपछि नियन्त्रण गर्न अर्थमन्त्रीले बनाए समिति

अर्थमन्त्री शर्माले मन्त्रालयका सहसचिव बाबुराम सुवेदीको संयोजकत्वमा ७ सदस्यीय ब्याजदर अध्ययन समिति गठन गरेका हुन्।
नेपाल समय
अर्थ

संघीय मामला मन्त्रालयको बेरुजु फस्र्योट कार्ययोजना सार्वजनिक

मन्त्रालयको आर्थिक प्रशासन शाखाले मन्त्रालय, सबै कार्यक्रम, आयोजना र जिल्ला समन्वय समितिलाई परिपत्र गर्दै कार्ययोजनाबारे जानकारी गराएको हो।
नेपाल समय
बजार

साइपालका च्याङ्ग्रा पोखरामा, व्यापारी भन्छन्- दुःख भनेर सम्भव छैन

आइतबार राति बझाङको साइपालबाट भेडा/च्याङ्ग्रा लिएर पोखरा जाँदै गरेका २८ वर्षीय देवेन्द्र बोहरा कैलालीको खानीडाँडामा भेटिए।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना