सोमबार, असोज १०, २०७९
नेपाल समय

नयाँ स्टक एक्सचेन्ज हत्याउने लबिङमा छन् यी व्यापारी

शर्मिला ठकुरी  |  काठमाडौं, आइतबार, असोज २, २०७९
शर्मिला ठकुरी

शर्मिला ठकुरी

काठमाडौं, आइतबार, असोज २, २०७९

काठमाडौं- पुँजीबजारमा प्रतिस्पर्धी नभएकोले लगानीकर्तालाई सेवासुविधा नदिएको भन्दै नयाँ स्टक एक्सचेन्ज खोल्नका लागि नेपाल धितोपत्र बोर्डले कानुनी आधार तयार पारेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रतिस्पर्धी ल्याउन धितोपत्र बजार सञ्चालन (दोस्रो संशोधन) नियमावली, २०७९ जारी गरिसकिएको छ। बोर्डले अब तत्कालै पत्रकार सम्मेलन आयोजना गरी नयाँ स्टक एक्सचेन्जका लागि आवेदन खुलाएको घोषणा गर्ने तयारी गरिरहेको छ। आवेदन माग गरिएको ४५ दिनभित्र ईच्छुकले आवेदन दिन सक्ने व्यवस्था छ। 

नेपाल धितोपत्र बोर्डले स्वीकृत गरेको तीन दिनभित्र मन्त्रिपरिषद्को बैठकले नियमावली संशोधन गर्ने निर्णय गरेको छ। नियमावली संशोधनका लागि साधारणतया कम्तीमा १ महिना लाग्ने भएनपि फास्ट ट्र्याकमा यसलाई टुंग्याइएकाले यसमा शक्तिकेन्द्रको पनि स्वार्थ रहेको भन्ने विषयलाई बल पुर्‍याएको छ। 

नियमावली संशोधनका लागि अध्ययन गरी परिमार्जन गर्नुपर्ने बुँदा अर्थ मन्त्रालयमा पठाउनुपर्छ। अर्थले कानुन मन्त्रालयको राय समावेश गरी मन्त्रिपरिषद्को बैठकमा पुग्नुपर्ने साधारण प्रक्रिया हो। तर यो नियमावलीको संशोधनको हकमा भने सञ्चालक समितिले पास गरेको तीन दिनभित्र नै मन्त्रिपरिषद्को बैठकले स्वीकृत गर्नु आश्चर्य भएको बोर्डकै कर्मचारी बताउँछन्।

नियमावली संशोधनका लागि साधारणतया कम्तीमा १ महिना लाग्ने भएनपि फास्ट ट्र्याकमा यसलाई टुंग्याइएकाले यसमा शक्तिकेन्द्रको पनि स्वार्थ रहेको भन्ने विषयलाई बल पुर्‍याएको छ। 

लगानीकर्तालाई दिइने सुविधा प्रतिस्पर्धी बनाउन र पुँजीबजारका अन्य उपकरणको पनि विविधीकरण र विस्तार गर्न नयाँ एक्सचेन्ज ल्याउने दाबी बोर्डले गर्दै आएपनि बोर्ड अध्यक्ष रमेश हमाल निकट व्यापारिक घरानाको स्वार्थअनुसार लाइसेन्स दिने तयारी गरिएको उच्च स्रोतको दाबी छ। 

स्रोतका अनुसार नयाँ स्टक एक्सचेन्जको लाइसेन्स लिनका लागि व्यापारी साहिल अग्रवाल अर्थमन्त्री जनार्दन शर्मा र प्रधानमन्त्री शेरबहादुर देउवासम्म लबिङ गरिरहेका छन्। उनी नेपालको ठूलो व्यापारिक घरानामध्ये शंकर ग्रुपका म्यानेजिङ डाइरेक्टर हुन्। उनले नै शंकर ग्रुपको नेतृत्व गरेका छन्। नयाँ स्टक एक्सचेन्जको लाइसेन्स हात पार्न प्रयासरत अर्का व्यक्ति हुन् गोल्छा अर्गनाइजेसनका शेखर गोल्छा र खेतान समूहका राजेन्द्र खेतान नयाँ स्टक एक्सचेन्जको लाइसेन्सका लिन लागिपरेका छन्। 

केही समयअघि भारतमा दुई वटा स्टक एक्सचेन्ज हुँदा कसरी काम गरिन्छ भनेर नेपाल धितोपत्र बोर्डका अध्यक्ष हमाल व्यवसायी दीपक भट्टलाई लिएर अध्ययनका लागि गएका थिए। त्यसबेला भारतमा भएको सम्पूर्ण खर्च शंकर ग्रुपका साहिल अग्रवालले व्यहोरेको जानकारी पाइएको छ। यसअघि हिमालयन रिइन्स्योरेन्सको लाइसेन्स लिन पनि शंकर ग्रुप र गोल्छा अर्गनाइजेसनका शेखर गोल्छाले संयुक्त रुपमा लबिङ गरेका थिए। पछिल्लो समयमा नेपाल स्टक एक्सचेन्जका लागि भने खेतान समूह पनि लाइसेन्स हात पार्न कस्सिएको छ। 

बोर्डले नयाँ स्टक एक्सचेन्जको लागि आवेदन खोल्ने पूर्वसन्ध्यामा व्यवसायी चन्द्र ढकाल अर्थमन्त्रीसँग निरन्तर संवादमा छन्। उनले कोरियाको रेमिट्यान्स भित्र्याउनका लागि ग्लोबल आइएमई बैंकको शाखा खोल्ने बहाना बनाएर अर्थमन्त्रीलाई कोरिया भ्रमण गराएका छन्। यही मौकामा अर्थमन्त्री शर्मालाई प्रभावित बनाएर खोल्न लागिएको नयाँ स्टक एक्सचेन्जको लाइसेन्स हत्याउने दाउमा उनी रहेको स्रोतको दाबी छ। 

नेपाल समय
चन्द्र ढकाल।

ढकाल उनै व्यवसायी हुन् जसले २०७४ सालमा तत्कालीन बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्कीलाई प्रभावित पारेर नयाँ स्टक एक्सचेन्ज खोल्नका लागि अनुमति दिने गरी सञ्चालक समितिबाट पारित गराएका थिए। तर अर्थ मन्त्रालयले नमानेपछि बोर्ड अगाडि बढ्न सकेको थिएन। 

डा. कार्की अध्यक्ष हुँदा अर्को स्टक एक्सचेन्ज खोल्नका लागि लबिङ गर्दै आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले आफ्नो समूहका देवीप्रकाश भट्टचन र अशोक अग्रवाल लिएर बार्गेनिङ गर्न बोर्डमा पुग्ने गरेका थिए। तत्कालीन समयमा आफूले पनि उनीहरुसँग पटकपटक बसेर छलफल गरेको बोर्डका एक कर्मचारी बताउँछन्। उनका अनुसार नेपालमा व्यापारी तीनवटा खेमा नयाँ स्टकको लाइसेन्स हात पार्ने प्रयासमा छन्।उनीहरुको समूहभित्रको खेलमा नयाँ स्टक एक्सचेन्जको आविष्कार भएको उनको दाबी हो। अर्बपति विनोद चौधरीले एउटा समूहको नेतृत्व गर्दछन् भने शंकर ग्रुपले अर्को समूहको नेतृत्व गर्छ। यस्तै अर्को समूहमा भने ढकाल र भट्टचनलगायत छन्। 

'कहिले ढकाल समूहको पल्ला भारी हुन्छ त कहिले शंकर ग्रुपको पल्ला भारी हुने रहेछ। डा. रेवत बहादुर कार्कीको समयमा ढकालको प्यानल प्रभावी समूह थियो,' ती कर्मचारी भन्छन्, 'तर अहिले शंकर ग्रुपको पल्ला भारी छ। तैपनि बीचमा ढकालले आफ्नो भाग पनि लिनका लागि अर्थमन्त्री शर्मालाई कोरिया घुमाइरहेका छन्।'

नेपाल समय
शंकर ग्रुपका साहिल अग्रवाल।

बोर्डले आफूले चाहेको कम्पनीलाई नै नयाँ स्टक एक्सचेन्ज खोल्ने अनुमति दिने उद्देश्यले नै नियमावली संशोधन गरेको जानकार बताउँछन्। संशोधित नियमावलीअनुसार कुनैपनि कम्पनीले नयाँ स्टक एक्सचेन्जमा लगानी गर्न पाउने व्यवस्था थपिएको छ। जबकी यसबाट नै बढीमा ४ जना व्यापारिक घराना मिले सो स्टक एक्सचेन्ज सहजै कब्जा हुनेछ। 

नयाँ व्यवस्था अनुसार निजी कम्पनीले १५ प्रतिशत लगानी गर्न पाउँछन्। सर्वसाधारणका लागि ३० प्रतिशत मात्र साधारण सेयर प्रदान गर्नुपर्ने भएकाले त्यसमा व्यापारीको मिलेमतो हुन सक्ने आशंका गरिएको छ। 

सोही व्यवस्थाका कारण देशको सेयरबजारजस्तो संवेदनशील क्षेत्रमा सीमित कम्पनी मिलेर कब्जा गर्न सक्ने र आफू अनुकुल कम्पनी सञ्चालन हुन सक्ने व्यवस्था गरिएकोले यो नीतिगत भ्रष्टाचार भएको अर्थशास्त्री बताउँछन्। 

त्यस्तै यही भदौ २३ गते नेप्से कर्मचारी संघले एक विज्ञप्ति जारी गरी नेप्से ध्वस्त बनाएर निजी कम्पनी पोस्नका लागि नयाँ स्टक एक्सचेन्जको खेल रचिएको भन्दै विरोध गरेका छन्। कर्मचारीले भने नेप्से कर्मचारी युनियनले विज्ञप्ति नै जारी गरेर धनाढ्य व्यापारीहरूको प्रभावमा परेर नेप्सेको अर्बौंको सरकारी सम्पत्तिलाई कौडीको भाउमा सिध्याउने बाटोमा नियामक हिँडेको आरोप लगाएको छ।

यसअघि बैंक, वित्तीय संस्था, धितोपत्र व्यवसायी तथा सूचीकृत संगठित संस्थाले मात्र धितोपत्र बजारमा लगानी गर्न पाउने व्यवस्था थियो। यसअनुसार प्राइभेट लिमिटेड कम्पनीले स्टक एक्सचेन्जमा लगानी गर्न पाउँदैनथे। कुनै निश्चित क्षेत्रका लागि मात्र लगानीको अवसर दिँदा राम्रो नहुने भएकाले क्षेत्र नतोकी खुला गरिएको बताइएको छ। 

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल भने निजी कम्पनीलाई पोस्न नभएर भइरहेको नेपाल स्टक एक्सचेन्जलाई नै प्रतिस्पर्धी बनाउन मात्र नयाँ स्टक एक्सचेन्ज खोल्न लागिएको दावी गर्छन्। उनी भन्छन्, ‘खुल्ला अर्थतन्त्रमा प्रतिस्पर्धा जरुरी छ। नेपालको बैकिङ क्षेत्र र नेपाल टेलिकमबाट नै हामीले सिक्न सक्ने बताउँदै जवसम्म प्रतिष्पर्धी कम्पनी खुल्दैनन् तबसम्म नेप्सेले विश्वस्तरीय प्रतिस्पर्धा गर्न सक्दैन।’ 

नेपाल समय
बोर्ड अध्यक्ष हमाल।

अर्थ मन्त्रालय स्रोतका अनुसार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्य सचिव, अर्थसचिव समेत नयाँ स्टक खोल्न नहुने र यसलाई रोक्नुपर्ने भन्दै नेप्सेको उच्च व्यवस्थापनसँग मिटिङमा बसेका थिए। स्रोतका अनुसार पहिले त राम्रै सोचका साथ आउन लागेको भनेर उनीहरुले पनि सरकारलाई सहयोग गरेका थिए, तर पछि बुझ्दै जाँदा व्यापारी व्यवसायीको स्वार्थ देखिएको र राज्यलाई भन्दा पनि व्यक्तिलाई फाइदा हुने देखिएकोले रोक्ने प्रयास गरेका थिए। बरु नेप्सेलाई नै निजीकरण गर्नुपर्ने उनीहरूको भनाइ थियो। तर व्यापारीले अर्थमन्त्री, प्रधानमन्त्री, गृहमन्त्रीलगायतलाई मनाउन सफल भएपछि नियमावली जारी भएको हो। 

नेप्सेलाई निजीकरण गर्न मान्दैनन् अर्थमन्त्री 
नेपाल धितोपत्र बोर्डले २०६६ सालमा गरेको एक अध्ययनले नेप्सेलाई निजीकरण गरी आधुनिकीकरण गर्न सकिने सुझाव दिएको थियो। तर कसैले पनि नेप्सेलाई निजीकरण गर्नतर्फ ध्यान दिएका छैनन्। मन्त्रीले 'आआफ्नै डम्फु बजाउने' गरेको नेप्सेका उच्च कर्मचारीको गुनासो छ। 

सरकारले अहिले भनिएकै व्यापारी व्यवसायीलाई सेयर बेचेर निजीकरण गर्न सक्छ। यसअघि नेपाल राष्ट्र बैंकले आफूसँग भएको सेयर बिक्री गरिसकेको छ। राष्ट्र बैंकले बिक्री गरेको सेयर लक्ष्मी बैंकले ५ प्रतिशत,  राष्ट्रिय वाणिज्य बैंकले ६.१२ प्रतिशत, कर्मचारी सञ्चयकोष १० प्रतिशत र प्रभु बैंकले ५ प्रतिशत हुने गरी  प्रतिसेयर ११ सय रुपैयाँमा किनेका थिए। 

हाल सरकारसँग नेप्सेको स्वामित्व ५८.६६ प्रतिशत रहेको छ। सोही हिस्सालाई कम गर्नका लागि निजी क्षेत्रलाई सेयर बिक्री गरी नेप्सेलाई सुदृढीकरण गर्न सक्छ। अहिले नै नेप्सेको सेयर बिक्री गर्ने हो भने प्रतिसेयर २ हजार रुपैयाँमा सबैले किन्ने दावी नेप्सेका कर्मचारीको छ। अहिले नै बेचेपनि झन्डै ५० अर्ब रुपैयाँ सरकारको राजस्वमा जम्मा हुन्छ।

अर्थमन्त्री मात्र हैन, प्रधानमन्त्री नै पनि यसप्रति ईच्छुक छैनन्। नेप्से स्रोतका अनुसार कमाउधन्दामा लागेपछि उनीहरूले निजी क्षेत्रका व्यापारीको स्वार्थअनुसार नयाँ स्टक एक्सचेन्ज स्थापना गर्ने व्यवस्थालाई मूर्त गरिएको ती कर्मचारीले नेपाल समयसँग भने। 

नेपाल सरकारको वित्तीय क्षेत्र रणनीति सुधार कार्यक्रममा पनि नेप्सेलाई विस्तारै निजीकरणतर्फ लैजाने भनिएको छ भने तत्कालीन अर्थमन्त्री डा.युवराज खतिवाडले पनि आफ्नो बजेटमा नेप्सेलाई समयअनुसार आधुनिकीकरण गर्दै लैजाने उल्लेख गरेका छन्। तर मन्त्रालय अन्तर्गतकै नेप्सेलाई हालको अर्थ नेतृत्वको साथ छैन। 

सेयर बजार संवेदनशील क्षेत्र भएकोले नयाँ एक्सचेन्जको लाइसेन्स निजी क्षेत्रलाई दिँदा स्वार्थ बाझिने भएकोले एक्सचेन्जमा प्राइभेट कम्पनीलाई लगानीको अवसर दिन नुहने एक अर्थविद्को भनाइ छ। 'संशोधित ऐन अनुसार लगानी भएमा व्यापारी व्यवसायीले आफ्नै विभिन्न कम्पनीको नाममा सेयर उठाउने र आफ्नै बाहुल्यता देखााएर काम गर्ने छन्। जसको स्वार्थ बाझिने र लगानीकर्ताहरु ठगिने सम्भावना हुन्छ,' ती अर्थविद्ले भने । 

संशोधित नियमावली अनुसार नयाँ स्टक एक्सचेन्ज खोल्दा न्यूनतम ३ अर्ब चुक्तापुँजी हुनुपर्ने र एक निजी कम्पनीले बढीमा १५ प्रतिशत सेयर लिन पाउने व्यवस्था गरिएको छ।

यो पनि

यो पनि

यो पनि

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चीनमा सैन्य 'कू' को हल्ला, राष्ट्रपति सी नजरबन्दमा छन् त?

सोसल मिडियामा भने सीबारे अनेकन 'हल्ला' भइरहेका छन्। चीनियाँ राष्ट्रपति सीलाई वास्तवमा के भएको भन्‍ने कुरालाई सहजै भन्‍न सकिँदैन।

समान अवसरको मागसहित शेखर समूहले खवरदारी सभा गर्ने

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गर्ने भएको छ।

लेखक केशव दाहालको 'माधवी ओ माधवी' सार्वजनिक

'मोक्षभूमि' उपन्यासका लेखक केशव दाहालको गैरआख्यान निर्बन्ध लेखन संगालो 'माधवी ओ माधवी' शुक्रबार विमोचन गरिएको छ।

काठमाडौंका १० निर्वाचन क्षेत्र : पुराना दललाई स्वतन्त्र र नयाँ दल चुनौती

स्वतन्त्रदेखि झिनामसिनाका पार्टीबाट उम्मेदवारी घोषणा गरिएपछि संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्रमा ठूला दलहरूलाई चुनाव जित्न गठबन्धनको भर। गठबन्धन गर्दा कांग्रेसको सुरक्षित किल्ला अन्य दललाई सुम्पिनुपर्ने बाध्यता।

वित्तीय संघीयता मजबुत बनाउन राजनीतिक र प्रशासनिक इच्छाशक्ति आवश्यक

राजस्व बाँडफाँटका कतिपय मुद्दामा केन्द्र, प्रदेश र स्थानीयबीच समन्वय अभाव देखिन्छ। यसका लागि वित्तीय हस्तान्तरण ऐनमा केही संशोधन गरेर अगाडि बढ्न आवश्यक छ।

कार्यकालपछि राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व गरे अति राम्रो : गोकुल बाँस्कोटा

बिहीबार ट्विट गर्दै बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कानुनी व्यवस्था नरहेको उल्लेख गर्दै राष्ट्रपतिलाई राजनीतिक नेतृत्व लिन सुझाव दिएका हुन्।

ब्याजदर बढेपछि व्यापारी र बैंकर्सबीच द्वन्द्व, हस्तक्षेप नगर्ने पक्षमा राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको विषयमा निजी क्षेत्रका उद्योगी र व्यापारी असन्तुष्ट छन्। निक्षेपको ब्याज बढाउँदा कर्जाको पनि ब्याज बढ्ने भएकाले त्यसले उद्योग र व्यापार सञ्चालनमा नकारात्मक असर पार्ने भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्।

निधिले छोडे पनि धनुषा-३ मा गठबन्धनको हानाथाप, को बन्ला जुलीको प्रतिस्पर्धी?

उता २०७४ सालमा धनुषा ३ बाट निर्वाचित सांसद एंव लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले यही क्षेत्रबाट चुनावी मैदानमा उत्रने तयारीमा छन् भने लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुरको नाम सिफारिस गरेको छ।

प्रेमगीत–३ लाई लिएर किन आयो चलचित्र क्षेत्रमा हलचल?

‘प्रेमगीत–३’लाई लिएर नेपाली फिल्मकर्मीहरू विभाजित भएका छन्। कोही हिन्दी भर्सनलाई नेपाली फिल्मसरह कर छुट दिनुपर्ने र कोही दिन नहुने पक्षमा उभिएका छन्।

सरकारको आग्रह लत्याउँदै सीपीसीको सुरक्षा रणनीति बैठकमा राष्ट्रपति भण्डारी सहभागी

चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार आयोजना गरेको भर्चुअल सम्मेलनमा राष्ट्रपति भण्डारीले रेकर्डेड भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ।

थप समाचार

नेपाल समय
अर्थ

संघीय मामला मन्त्रालयको बेरुजु फस्र्योट कार्ययोजना सार्वजनिक

मन्त्रालयको आर्थिक प्रशासन शाखाले मन्त्रालय, सबै कार्यक्रम, आयोजना र जिल्ला समन्वय समितिलाई परिपत्र गर्दै कार्ययोजनाबारे जानकारी गराएको हो।
नेपाल समय
बजार

साइपालका च्याङ्ग्रा पोखरामा, व्यापारी भन्छन्- दुःख भनेर सम्भव छैन

आइतबार राति बझाङको साइपालबाट भेडा/च्याङ्ग्रा लिएर पोखरा जाँदै गरेका २८ वर्षीय देवेन्द्र बोहरा कैलालीको खानीडाँडामा भेटिए।
नेपाल समय
बजार

नेप्से आज बन्द, सेयर कारोबार नहुने

सेयर बजार सोमबार बन्द हुने भएको छ।
नेपाल समय
बैंक/बिमा

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

नेपाल राष्ट्र बैंकले आइतबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२९ रुपैयाँ २९ पैसा र बिक्री दर १२९ रुपैयाँ ८९ पैसा कायम गरेको छ।
नेपाल समय
बैंक/बिमा

सिद्धार्थ बैंकको दशैं बहार क्यासब्याक उपहार योजना सार्वजनिक

सिद्धार्थ बैंक लिमिटेडले नेपालीहरुको महान् चाडदसैँको अवसर पारी ग्राहकलाई लक्षित गर्दै दसैँको बहार, क्यासब्याक उपहार योजना ल्याएको छ ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना