सोमबार, असोज १०, २०७९

रक्षात्मक अर्थमन्त्री, 'कम्फर्टेबल' सचिव!

किशोर दाहाल  |  काठमाडौं, बिहीबार, भदौ २, २०७९

किशोर दाहाल

किशोर दाहाल

बिहीबार, भदौ २, २०७९, काठमाडौं

नेपाल समय
अर्थमन्त्री जनार्दन शर्मा र अर्थसचिव कृष्णहरि पुष्कर।

काठमाडौं- संसद्को संसदीय विशेष छानबिन समितिबाट ‘क्लिन चिट’ पाएपछि दोस्रो पटक अर्थमन्त्री बनेका जनार्दन शर्मा यतिबेला रक्षात्मक रूपमा प्रस्तुत हुन थालेका छन्। करका दर परिवर्तनमा अनधिकृत व्यक्ति प्रवेश गराएको विवादले राजनीतिक छविमा आँच पुगेको महसुस शर्मालाई हुने गरेको छ।

संघीय निर्वाचन नजिक रहेकाले कुनै पनि विवादित काम तथा निर्णय गर्ने पक्षमा अर्थमन्त्री शर्मा छैनन्। बरु केही राम्रा काम गरेर विगतको भुल सुधार्ने पक्षमा उनी रहेको अर्थ मन्त्रालय स्रोत बताउँछ। उनले अर्थसचिव कृष्णहरि पुष्करलाई सके केही राम्रा काम अगाडि बढाउन, नसके कुनै पनि विवादित काम नगर्न भनेका छन्।

शर्माले अर्थसचिव पुष्करलाई जनताको मन जित्ने खाले सकारात्मक काम, उचित प्रचारप्रसार र सञ्चारमाध्यम व्यवस्थापन गर्ने जिम्मा दिएका छन्। ‘सञ्चारमाध्यममा अर्थ मन्त्रालय र अर्थमन्त्री शर्माविरुद्ध जान सक्ने नकारात्मक समाचार सकेसम्म कम गर्न अर्थसचिवलाई अर्थमन्त्री शर्माले आग्रह गर्नुभएको छ,’ मन्त्रालयका एक कर्मचारीले भने।

दोस्रो इनिङ सम्हालेयता अर्थमन्त्री शर्मा पहिलो कार्यकालमा जस्तो क्रान्तिकारी र उत्तेजक रूपमा प्रस्तुत नभएको ती कर्मचारीले बताए। ‘दोस्रो कार्यकालपछि उहाँ निकै गम्भीर देखिनुहुन्छ। पहिलो कार्यकालमा जस्तो अर्थमन्त्रीको क्रान्तिकारी र भड्किलो प्रस्तुति देखिँदैन,’ उनले भने। 

बजेट निर्माण भइसकेको छ। पहिलो त्रैमाससम्म अर्थ मन्त्रालयमा गर्नुपर्ने खासै महत्त्वपूर्ण काम हुँदैनन्। बजेटको अर्धवार्षिक समीक्षापछि मात्रै रकमान्तर तथा स्रोतान्तर गर्न पाइन्छ। बजेटको अर्धवार्षिक समीक्षा अगाडि नै संघीय चुनाव हुँदैछ। असोजदेखि आचारसंहिता लाग्ने भएकाले त्यसपछि कुनै पनि महत्त्वपूर्ण निर्णय गर्न पाइँदैन। पहिलो त्रैमाससम्म बजेटमा गरिएका व्यवस्थाअनुसार कार्यविधि निर्माणमै समय लाग्छ। त्यसैले यस अवधिमा अनिवार्य दायित्व तथा नियमित खर्च मात्रै हुन्छन्। यस अवधिमा राजस्व पनि खासै धेरै संकलन हुँदैन। यस अवधिमा अर्थ मन्त्रालयका गतिविधि नियमित र सुस्त रूपमा अगाडि बढ्ने भएकाले अर्थमन्त्री शर्मा कुनै पनि विवादस्पद निर्णय गरेर जोखिम मोल्ने पक्षमा छैनन्। बरु चुनावी माहोल बन्ने गरी आफ्ना गतिविधिलाई उनले अगाडि बढाउने देखिन्छ। 

दोस्रो इनिङ सम्हालेयता अर्थमन्त्री जनार्दन शर्मा पहिलो कार्यकालमा जस्तो क्रान्तिकारी र उत्तेजक रूपमा प्रस्तुत भएका छैनन्। बजेट पारित भइसकेको र चुनाव सँघारमा रहेकाले महत्त्वपूर्ण निर्णय गर्नुपर्ने झमेला नहुँदा पहिलो कार्यकालमा जस्तो सक्रिय छैनन् उनी।

उनले त्यसको छनक पनि दिइसकेका छन्। शाखा अधिकृतभन्दा माथिल्लो तहका कर्मचारीको तलब बजेटमा व्यवस्था भएभन्दा बढी बढ्नबाट रोकेका छन्। बजेटमा १ साउनदेखि लागू हुने गरी कर्मचारीको तलब १५ प्रतिशतमात्रै बढ्ने व्यवस्था गरिएको छ। १५ साउनमा प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले मर्यादाक्रमअनुसार तलब निर्धारण गर्न निर्देशन दिएपछि अर्थ मन्त्रालयले विभेदपूर्ण तरिकाले नयाँ तलबमान तयार पारेको थियो। उक्त निर्णय भएको भए अधिकृतभन्दा माथिका कर्मचारीको तलब २४ प्रतिशतले बढ्ने थियो। चौतर्फी दबाबपछि अर्थमन्त्री शर्माले उक्त निर्णय फिर्ता लिएका छन्। ३१ साउनबाट बजेटमा व्यवस्था भएबमोजिमकै तलबमान कायम गरिएको छ। उक्त निर्णयविरुद्ध नासुहरूले अर्थ मन्त्रालय घेराउ गरेका थिए। 

यस्तै, बजेटमा व्यवस्था भएअनुसार स्टिल तथा सिमेन्ट उद्योगलाई अनुदान उपलब्ध गराउने कार्यविधि चाँडो निर्माण गर्न अर्थमन्त्री शर्माले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडू र सचिव डा.गणेशप्रसाद पाण्डेलाई ताकेता गरिरहेका छन्। बजेटमार्फत सिमेन्ट तथा स्टिल उद्योगलाई निर्यातमा ८ प्रतिशत अनुदानको व्यवस्था गरिएको छ। सोही व्यवस्थानुसार जम्मा १–१ ट्रकमात्र सिमेन्ट र स्टिल निर्यात गरेका कम्पनीहरू उद्योगमन्त्री बडूलाई अनुदानका लागि ताकेता गरिरहेका छन्। उनीहरूले उद्योगमन्त्री मात्रै होइन, अर्थमन्त्रीलाई समेत भेटेर अनुदान पाउने व्यवस्थाको चाँडो प्रबन्ध मिलाउन दबाब दिइरहेका छन्।

‘१–१ ट्रक सिमेन्ट र स्टिल निर्यात गरेका व्यापारीले दिनमा एक पटक उद्योगमन्त्री र लगत्तै अर्थमन्त्रीलाई भेट्ने गरेका छन्। यस विषयमा उद्योगीहरूले विवाद ल्याउन सक्ने भन्दै अर्थमन्त्रीले अनुदानसम्बन्धी कार्यविधि चाँडो बनाउन आग्रह गरिरहनुभएको छ,’ अर्थ मन्त्रालय स्रोतले भन्यो। 

यस्तै, शर्माले मंगलबार धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई भेटेर त्यहाँको खानेपानी समस्या समाधानका लागि जनपरिचालनको प्रशंसा मात्रै गरेनन्, संघीय सरकारबाट खानेपानी समस्या समाधान गर्न सहयोग गर्ने आश्वासनसमेत दिए।

नेपाल समय
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसँग अर्थमन्त्री शर्मा।

मंगलबार नै प्रतिनिधिसभाबाट अर्थमन्त्री शर्माले सार्वजनिक ऋण व्यवस्थापन विधेयक पारित गराएका छन्। अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७९–०८० को बजेट कार्यान्वयनसम्बन्धी मार्गनिर्देशन, स्थानीय तह तथा प्रदेश अन्तरसरकारी वित्त हस्तान्तरणसम्बन्धी व्यवस्था र कार्यविधि, कर्मचारीको तलबमान जारी गरिसकेको छ। मन्त्रालयले अहिले नियमित काम गरिरहेको प्रवक्ता ढुण्डीप्रसाद निरौलाले जानकारी दिए। राष्ट्रिय योजना आयोगको नेतृत्वमा राष्ट्रिय विकास समस्या समाधान समिति बैठकमा अर्थ मन्त्रालय नियमित छलफलमा रहेको उनले बताए। 

‘अर्थ मन्त्रालय नियमित रूपमा आफ्नो काम गरिरहेको छ। अहिले राष्ट्रिय योजना आयोगको नेतृत्वमा राष्ट्रिय विकास समस्या समाधान समितिमा मन्त्रालयले सहभागिता जनाइरहेको छ। दैनिक २–२ वटा मन्त्रालयसँग छलफल भइरहेको छ। बजेट महाशाखा तथा कार्यक्रम महाशाखाले नियमित स्रोत सुनिश्चिता र निकासाको काम गरिरहेका छन्। राजस्व व्यवस्थापन महाशाखाले राजस्वसम्बन्धी नीति कार्यान्वयनको काम गरिरहेको छ। आर्थिक विश्लेषण महाशाखाले आन्तरिक ऋण तरलता व्यवस्थापनलगायत काममा राष्ट्र बैंकसँग छलफल गरिरहेको छ,’ उनले भने।  

त्यसो त, १५ साउनमै दोस्रोपटक अर्थमन्त्री भएर शर्मा निकै भावुक मुद्रामा अर्थ मन्त्रालय छिरेका थिए। राष्ट्रपतिसँगको सपथपछि अर्थ मन्त्रालयमा आएका शर्मालाई स्वागत गर्न तत्कालीन अर्थसचिव मधुकुमार मरासिनी उपस्थित भएनन्। मरासिनी उपस्थित नहुने चाल पाएका तत्कालीन राजस्वसचिव कृष्णहरि पुष्कर अर्थमन्त्री शर्मालाई बधाई दिन राष्ट्रपति भवन शीतलनिवास नै पुगेका थिए। पत्रकारका प्रश्नप्रति खासै रुचि नदेखाएका शर्माले गम्भीरतापूर्वक दोस्रो इनिङको सुरुवात गरेका थिए। संसदीय विशेष छानबिन समितिबाट ‘क्लिन चिट’ दिएपछि उनी अर्थमन्त्रीमा दोहोरिएका हुन्।

त्यसो त, १५ साउनमै दोस्रोपटक अर्थमन्त्री भएर शर्मा निकै भावुक मुद्रामा अर्थ मन्त्रालय छिरेका थिए। राष्ट्रपतिसँगको सपथपछि अर्थ मन्त्रालयमा आएका शर्मालाई स्वागत गर्न तत्कालीन अर्थसचिव मधुकुमार मरासिनी उपस्थित भएनन्।

बजेट भाषणको अघिल्लो दिन करका दर हेरफेर गर्न अनधिकृत व्यक्ति अर्थ मन्त्रालय प्रवेश गराएको विवाद उत्कर्षमा पुगेपछि उनले २२ असारमा  अर्थमन्त्रीबाट राजीनामा दिएका थिए। उपभोक्ता हित संरक्षण मञ्च नेपालले सूचनाको हकअन्तर्गत १४ जेठ मध्य रातिदेखि १५ गतेसम्मको सिसीटिभी फुटेज माग्दा मन्त्रालयको योजना अनुगमन तथा मूल्यांकन महाशाखाले उक्त दिनको फुटेज उपलब्ध गराउन नमिल्ने जवाफ पठाएपछि यो प्रकरण पेचिलो बनेको थियो।  

अर्थमन्त्री शर्माले दोस्रो कार्यकाल दोहोर्याएपछि सचिवालयका कर्मचारी तथा प्रेस सल्लाहकार र आर्थिक सल्लाहकार नियुक्त गरेका छन् भने मनऋषि धिताललाई जनसम्पर्क सल्लाहकारको जिम्मेवारी दिएका छन्। बैंक तथा वित्तीय संस्था सल्लाहकारमा राष्ट्र बैंकका उपनिर्देशक डा. शालिकराम पोखरेलले नै निरन्तरता पाएका छन्।

प्रशासनअन्तर्गतकै अर्थ मन्त्रालय महाशाखा प्रमुखबाट असहयोग खेपेका अर्थमन्त्री शर्माले उनीहरूको फेरबदलमा समेत कुनै पनि रुचि देखाएका छैनन्। पूर्व अर्थसचिव मरासिनी आफैंले शर्मासँग काम गर्न नसकिने भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा मागेपछि शर्माले राजस्व सचिव कृष्णहरि पुष्करलाई नै अर्थसचिवमा नियुक्तिका लागि सिफारिस गरेका थिए। पुष्करको स्थानमा सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव रहेका रामेश्वर दंगाल राजस्वसचिवमा नियुक्त भएका छन्। उनले सोमबारबाट राजस्वसचिवको कार्यकक्ष छाडेर अर्थसचिवको कार्यकक्षबाट काम थालेका छन्। 

आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश आचार्य बागमती प्रदेशअन्तर्गत आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिव भएर गएपछि उनको स्थानमा यसअघि वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा जगेडामा रहेका सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रका प्रमुखको भूमिकामा समेत रहेका सहसचिव राजेश्वर ज्ञवालीलाई उक्त महाशाखाको जिम्मेवारी तोकिएको छ। प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालयबाट अर्थ मन्त्रालय फर्किएका सहसचिव सुमन दाहालले सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र प्रमुखको जिम्मेवारी पाएका छन्।

यसबाहेक अर्थमन्त्री शर्मालाई २२ असारमा पत्रकार सम्मेलन गर्न असहयोग गर्ने कुनै पनि सहसचिवहरूको सरुवा गरिएको छैन। उल्टै शर्मा विवादको उत्कर्षमा भएका बेला अस्ट्रिया भ्रमणमा गएका पुष्कर नै अर्थसचिवबाट पुरस्कृत भएका छन्। अर्थमन्त्री शर्माले राजीनामा दिएको जानकारी पाएपछि उनी भ्रमण छोट्याएर संसदीय विशेष छानबिन समितिमा जवाफका लागि नेपाल फर्किएका थिए। समितिमा अर्थ मन्त्रालयको कर्मचारीले दिने जवाफको योजना तथा भाष्य निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेर शर्मालाई चोख्याउन सहयोग गरेका पुष्करलाई अर्थसचिवमा नियुक्ति दिइएको छ।

नेपाल समय
अर्थसचिव कृष्णहरि पुष्कर

त्यसो त, अर्थमन्त्री शर्मासँग अन्य धेरै विकल्प उपलब्ध थिएनन्। शर्माको अर्थतन्त्रसम्बन्धी कम ज्ञान र विवादास्पद चरित्रका कारण सिनियर सचिवहरू उनीसँग काम गर्न तयार भएनन्। त्यसको भरपुर फाइदा पुष्करले उठाए। उनीसँग राम्रै सम्बन्ध भएका रामेश्वर दंगाललाई राजस्व सचिवमा नियुक्त गर्न उनै पुष्करले शर्मासमक्ष सिफारिस गरेको अर्थ मन्त्रालय स्रोतको भनाइ छ।

सुविधाजनक अवस्थामा अर्थसचिव

निकै चतुर तर विवादास्पद छवि बनाएका कृष्णहरि पुष्कर कर्ण सुविधाजनक अवस्थामा अर्थसचिव भएका छन्। बजेट निर्माणको काम सम्पन्न भइसकेको छ। बजेट निर्माणमा लागेका सम्पूर्ण आरोप पूर्वअर्थसचिव मरासिनीले खेपेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सरुवा भइसकेका छन्। मन्त्री नै ‘डिफेन्सिफ’ भइरहेकाले अर्थसचिव पुष्कर चुनावसम्म कुनै पनि दबाबमा नरहने देखिन्छ। 

यद्यपि उनले राष्ट्र बैंकसँग खेल्ने भूमिका भन्ने आगामी दिनमा महत्त्वपूर्ण हुने देखिन्छ। अर्थसचिव राष्ट्र बैंक सञ्चालक समितिको पदेन सदस्यसमेत हुने व्यवस्था छ। पुष्करले बुधबार मात्रै समिति सदस्यको सपथ लिएका छन्। अर्थमन्त्री शर्मा र गभर्नर अधिकारीबीचको बढ्दो दूरी व्यवस्थापन गरी बजेटमा लिइएका लक्ष्य र मौद्रिक नीतिबीच उचित तालमेलका लागि पुलको भूमिका निर्वाह गर्नुपर्ने चुनौती छ।

अर्थमन्त्री शर्मासँग अन्य धेरै विकल्प उपलब्ध थिएनन्। शर्माको अर्थतन्त्रसम्बन्धी कम ज्ञान र विवादास्पद चरित्रका कारण सिनियर सचिवहरू उनीसँग काम गर्न तयार भएनन्। त्यसको भरपुर फाइदा पुष्करले उठाए।

नेपालको बढ्दो व्यापार घाटाका कारण बाह्य क्षेत्र दबाबमा छ। डलर सञ्चिति अभावका कारण छिमेकी मुलुक श्रीलंका टाट पल्टिएको उदाहरण छर्लंग  छ। विगत केही समयदेखि पाकिस्तान र बंगलादेशमा पनि समस्या पर्न थालेको बताइएको छ। यस्तो अवस्थामा व्यापार घाटालाई निश्चित सीमाभित्र राखी विदेशी मुद्रा सञ्चितिमा आउने गिरावट व्यवस्थापनका लागि मौद्रिक नीतिमा उनले सहजीकरण भूमिका निर्वाह गर्न आवश्यक देखिन्छ। विदेशी मुद्राको सञ्चिति बढाउन हुन्डी कारोबार नियन्त्रण, अवैध आयात निरुत्साहन, क्रिप्टोकरेन्सी, नेटवर्किङ कारोबार, हाइपरफण्डजस्ता गतिविधि नियन्त्रणका लागि अर्थमन्त्रीलाई विश्वासमा लिई गृह मन्त्रालयसँग आवश्यक सहकार्यको जिम्मेवारी पनि उनमा छ। 

अर्कोतर्फ बजेटले लिएको १४ खर्ब ३ अर्ब रुपैयाँ राजस्व संकलनको विशाल लक्ष्य पूरा गर्नुपर्ने जिम्मेवारी पनि उनकै हो। गत वर्ष इतिहासकै अधिकतम १९ खर्ब २० अर्ब रुपैयाँ बराबरको वस्तु आयात हुँदासमेत राजस्व लक्ष्य पूरा भएन। यस वर्ष राष्ट्र बैंकले कर्जा विस्तार तथा मनि प्लाइमा कडाइ गरेको छ। यस्तो अवस्थामा उक्त राजस्व लक्ष्य पूरा गर्न निकै चुनौतीपूर्ण देखिन्छ। आसन्न संघीय निर्वाचनका लागि आवश्यक करिब ११ अर्ब बजेट व्यवस्थापन उनले तत्कालन गर्नुपर्ने अवस्था छ। पूर्वअर्थसचिव मरासिनी ट्रेजरी व्यवस्थापन गर्न पटक–पटक चुकेका थिए। ट्रेजरीमा आवश्यक नगद व्यवस्थापनका लागि आन्तरिक तथा वैदेशिक ऋण व्यवस्थापनमा पनि पुष्करले आवश्यक ध्यान दिनुपर्ने देखिन्छ। समयमै बजेट पारित भएकाले तरलता सहज भएको अवस्थामा आन्तरिक ऋण उठाएर ट्रेजरीमा राख्नुपर्ने विज्ञहरू सुझाउँछन्।

दुई भदौबाट स्थानीय तहमा वित्तीय समानीकरण अनुदानबापतको पहिलो किस्ता निकासा दिनुपर्ने व्यवस्था छ। कर्मचारीको तलबभत्ता तथा नियमित खर्च व्यवस्थापन हुनै नै भयो। बैंकिङ प्रणालीमा तरलता अभावको समस्या सुरु भइसकेको छ। तरलता व्यवस्थापन पनि अर्को महत्त्वपूर्ण चुनौती हो। निजी क्षेत्रले लगानीका लागि आवश्यक रकम पाएन भने त्यसको सीधा असर राजस्वमा पर्छ। यसैगरी आन्तरिक ऋण उठाउँदा बैंकिङ तरलतामा दबाब पर्ने नै भयो। त्यसैले अहिलेको समयमा अर्थतन्त्रको व्यवस्थापन अर्थसचिव पुष्करका लागि चुनौतीपूर्ण छ। राजस्व सचिव भएर करिब १ वर्ष काम गरिसकेकाले उनमा अर्थसचिवको जिम्मेवारी कसरी निर्वाह गर्ने ज्ञान भने प्राप्त भइसकेको छ। 

यो पनि


प्रकाशित: August 18, 2022 | 13:49:22 काठमाडौं, बिहीबार, भदौ २, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चीनमा सैन्य 'कू' को हल्ला, राष्ट्रपति सी नजरबन्दमा छन् त?

सोसल मिडियामा भने सीबारे अनेकन 'हल्ला' भइरहेका छन्। चीनियाँ राष्ट्रपति सीलाई वास्तवमा के भएको भन्‍ने कुरालाई सहजै भन्‍न सकिँदैन।

समान अवसरको मागसहित शेखर समूहले खवरदारी सभा गर्ने

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गर्ने भएको छ।

लेखक केशव दाहालको 'माधवी ओ माधवी' सार्वजनिक

'मोक्षभूमि' उपन्यासका लेखक केशव दाहालको गैरआख्यान निर्बन्ध लेखन संगालो 'माधवी ओ माधवी' शुक्रबार विमोचन गरिएको छ।

काठमाडौंका १० निर्वाचन क्षेत्र : पुराना दललाई स्वतन्त्र र नयाँ दल चुनौती

स्वतन्त्रदेखि झिनामसिनाका पार्टीबाट उम्मेदवारी घोषणा गरिएपछि संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्रमा ठूला दलहरूलाई चुनाव जित्न गठबन्धनको भर। गठबन्धन गर्दा कांग्रेसको सुरक्षित किल्ला अन्य दललाई सुम्पिनुपर्ने बाध्यता।

वित्तीय संघीयता मजबुत बनाउन राजनीतिक र प्रशासनिक इच्छाशक्ति आवश्यक

राजस्व बाँडफाँटका कतिपय मुद्दामा केन्द्र, प्रदेश र स्थानीयबीच समन्वय अभाव देखिन्छ। यसका लागि वित्तीय हस्तान्तरण ऐनमा केही संशोधन गरेर अगाडि बढ्न आवश्यक छ।

कार्यकालपछि राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व गरे अति राम्रो : गोकुल बाँस्कोटा

बिहीबार ट्विट गर्दै बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कानुनी व्यवस्था नरहेको उल्लेख गर्दै राष्ट्रपतिलाई राजनीतिक नेतृत्व लिन सुझाव दिएका हुन्।

ब्याजदर बढेपछि व्यापारी र बैंकर्सबीच द्वन्द्व, हस्तक्षेप नगर्ने पक्षमा राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको विषयमा निजी क्षेत्रका उद्योगी र व्यापारी असन्तुष्ट छन्। निक्षेपको ब्याज बढाउँदा कर्जाको पनि ब्याज बढ्ने भएकाले त्यसले उद्योग र व्यापार सञ्चालनमा नकारात्मक असर पार्ने भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्।

निधिले छोडे पनि धनुषा-३ मा गठबन्धनको हानाथाप, को बन्ला जुलीको प्रतिस्पर्धी?

उता २०७४ सालमा धनुषा ३ बाट निर्वाचित सांसद एंव लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले यही क्षेत्रबाट चुनावी मैदानमा उत्रने तयारीमा छन् भने लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुरको नाम सिफारिस गरेको छ।

प्रेमगीत–३ लाई लिएर किन आयो चलचित्र क्षेत्रमा हलचल?

‘प्रेमगीत–३’लाई लिएर नेपाली फिल्मकर्मीहरू विभाजित भएका छन्। कोही हिन्दी भर्सनलाई नेपाली फिल्मसरह कर छुट दिनुपर्ने र कोही दिन नहुने पक्षमा उभिएका छन्।

सरकारको आग्रह लत्याउँदै सीपीसीको सुरक्षा रणनीति बैठकमा राष्ट्रपति भण्डारी सहभागी

चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार आयोजना गरेको भर्चुअल सम्मेलनमा राष्ट्रपति भण्डारीले रेकर्डेड भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ।

थप समाचार

नेपाल समय
अर्थ

संघीय मामला मन्त्रालयको बेरुजु फस्र्योट कार्ययोजना सार्वजनिक

मन्त्रालयको आर्थिक प्रशासन शाखाले मन्त्रालय, सबै कार्यक्रम, आयोजना र जिल्ला समन्वय समितिलाई परिपत्र गर्दै कार्ययोजनाबारे जानकारी गराएको हो।
नेपाल समय
बजार

साइपालका च्याङ्ग्रा पोखरामा, व्यापारी भन्छन्- दुःख भनेर सम्भव छैन

आइतबार राति बझाङको साइपालबाट भेडा/च्याङ्ग्रा लिएर पोखरा जाँदै गरेका २८ वर्षीय देवेन्द्र बोहरा कैलालीको खानीडाँडामा भेटिए।
नेपाल समय
बजार

नेप्से आज बन्द, सेयर कारोबार नहुने

सेयर बजार सोमबार बन्द हुने भएको छ।
नेपाल समय
बैंक/बिमा

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

नेपाल राष्ट्र बैंकले आइतबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२९ रुपैयाँ २९ पैसा र बिक्री दर १२९ रुपैयाँ ८९ पैसा कायम गरेको छ।
नेपाल समय
बैंक/बिमा

सिद्धार्थ बैंकको दशैं बहार क्यासब्याक उपहार योजना सार्वजनिक

सिद्धार्थ बैंक लिमिटेडले नेपालीहरुको महान् चाडदसैँको अवसर पारी ग्राहकलाई लक्षित गर्दै दसैँको बहार, क्यासब्याक उपहार योजना ल्याएको छ ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना