बिहीबार, असोज २०, २०७९

किस्सामा बाँचिरहनेछन् भारतीय 'वारेन बफेट'

नेपाल समय  |  काठमाडौं, आइतबार, साउन २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन २९, २०७९, काठमाडौं

नेपाल समय
आइतबार ६२ वर्षको उमेरमा मृत्यु भएका भारतीय सेयर बजारका वारेन बफेट मानिने राकेश झुनझुनवाला।

'मैले कडा अनुशासन पालना गर्नुपर्छ भन्ने महसुस गरेको छु। म मधुमेह रोगी छु र माछाले पानी पिएजस्तै रक्सी पिउँछु। म मेरा जुम्ल्याहा बच्चा २५ वर्षको भएको हेर्न चाहन्छु। त्यसैले पनि मैले सावधानी अपनाउनुपर्छ,' सन् २०१० मा फाइनान्सियल एक्सप्रेससँगको कुराकानीमा झुनझुनवालाले भनेका थिए। तर उनका जुम्ल्याहा सन्तान १२ वर्ष मात्र भएको बेला आइतबार उनको मृत्य भएको छ। जुम्ल्याहा बच्चाको उमेर २५ वर्षको देख्ने उनको उक्त चाहना अधुरै रह्यो। 

भारतीय सेयर बजारका वारेन बफेट मानिने राकेश झुनझुनवालाको ६२ वर्षको उमेरमा आइतबार मुम्बईमा निधन भएको हो। फोर्ब्सको सूचीअनुसार भारतीय सर्वाधिक धनीको सूचीमा ४८औँ स्थानमा रहेका झुनझुनवालाको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि श्रद्धाञ्जली अर्पण गर्ने भारतीयहरूले लामो सूची बनेको छ। 

मुम्बईको सिटी अस्पतालमा उनको निधन भएको हो। उनको निधनको कारण औपचारिक रूपमा खुलाइएको छैन। तर बीबीसीले उनको मृत्युको कारण किड्नीसम्बन्धी समस्या भएको उल्लेख गरेको छ। 

धनाढ्यहरूको सम्पत्तिसम्बन्धी विवरण सार्वजनिक गर्ने फोर्ब्स पत्रिकाले उनको कुल सम्पत्ति ५.८ अर्ब डलर रहेको बताएको छ।पछिल्लो समय झुनझुनवाले आकाश एयरमा लगानी गरेका थिए। यो कम्पनीले अगस्टबाट मात्र सेवा प्रदान सुरु गरेको छ। कोभिडकालमा नराम्ररी प्रभावित भएको वायुसेवाको व्यापार पछिल्ला दिनमा तीव्र रूपमा बढेको छ। 

ह्विलचेयरमा कजरारे डान्स
सामाजिक सञ्जालमा राकेश झुनझुनवालाको एउटा भिडियो निकै भाइरल भयो। भिडियोमा झुनझुनवाला ह्वीलचेयरमा बसेर 'कजरारे–कजरारे' गीतमा नाचिरहेका देखिन्छन्। झुनझुनवाला मधुमेहबाट पीडित थिए, जसका कारण उनको खुट्टा सुन्निने समस्स्या थियो। उनी राम्ररी हिड्न पनि सक्दैनथे, तर ह्वील चेयरमा उनको नृत्य 'बिगबुल' (झुनझुनवालाको उपनाम)को जीवन्तताको प्रमाण बनेर रहिरहनेछ।

यस भिडियोमा झुनझुनवाला आफ्नी श्रीमती रेखा, नजिकका साथी उत्पल सेठ, अमित गोएला र परिवारका धेरै सदस्यहरूसँग देखिएका थिए।

२ तस्बिरका कथा
राकेश झुनझुनवालाको व्यक्तित्वको अर्को विशेष विशेषता उनको लापरवाही हो। उनी औपचारिकतामा अल्झिएनन्। गत वर्ष उनको दुई तस्विरको निकै चर्चा भएको थियो। पहिलो तस्विरमा उनी चप्पल लगाएर निर्मला सीतारमणसँग पुगेका थिए। दोस्रो तस्बिरमा उनी इस्तरी नलगाएर खुम्चिएको सर्ट लगाएर प्रधानमन्त्रीसँग देखिएका छन्।
नेपाल समय
प्रधानमन्त्रीसँग झुनझुनवालाको खुम्चिएको सर्ट।

इन्डिया टुडे कन्क्लेभमा यसबारे प्रश्न सोध्दा झुनझुनवालाले मुस्कुराउँदै भनेका थिए, ‘मैले ६ सय रुपैयाँ तिरेर सर्टमा आइरन लगाएको थिएँ। यति गर्दा पनि यो खुम्चिएकै देखियो त, मैले के गर्ने? म पनि सर्ट लगाएर अफिस जान्छु।'

सोही अन्तर्वार्तामा उनलाई प्रधानमन्त्री मोदीसँगको भेटमा के भयो भनेर सोधिएको थियो। झुनझुनवालाले जवाफ दिए, 'मेरी श्रीमतीलाई हनिमुनमा के भयो? के यो सबै बताउनै पर्छ भन्ने केही छ?'

सादगी जिन्दगी
राकेश झुनझुनवालालाई २०२१ मा एक अन्तर्वार्तामा सोधिएको थियो- पछिल्लो १८ महिनामा तपाईको पोर्टफोलियो रकेट जस्तै बढेको छ नि। तपाईको कुल सम्पत्ति ४० हजार करोड पुगेको छ। यसलाई कसरी हेर्नुहुन्छ? 

यो प्रश्नको उत्तरमा झुनझुनवाला एकदमै सरल रूपमा प्रस्तुत भए, 'केलाई सम्पत्ति मान्ने केलाई नमान्ने? मेरो ब्यालेन्स सिट कसैलाई देखाउन आवश्यक छ? हाम्रो एक जना साथी छ उसलाई यो विषयमा कुनै चासै छेन। मसँग आज यति धेरै सम्पत्ति छ। तर यसको १०-१५% भए पनि उसको पनि जीवन छ। उनले जस्तै मैले पिउने  ह्विस्की पिउँछु, उस्तै कार चलाउँछु, उस्तै घरमा बस्छु। त्यसैले म यस्तो कुरा गणना गर्दिनँ। म यो काम गर्छु किनभने मलाई यही कामबारे थाहा छ।'

झुनझुनवालाले आफ्नो कमाईको २५% परोपकारमा दान गर्थे। 

रक्सीको आदत
झुनझुनवाला मधुमेहका बिरामी भएको कुरा माथि नै आइसकेको छ। आफ्नो रक्सी र चुरोटको बानीको बारेमा कुरा गर्दै झुनझुनवालाले आफूले सावधानी अपनाउनुपर्ने बताएका थिए।

 ‘मैले कडा अनुशासन पालना गर्नुपर्छ भन्ने महसुस गरेको छु। म मधुमेह रोगी छु र माछाले पानी पिएजस्तै रक्सी पिउँछु,' उनले भनेका थिए। उनले आफूलाई जुम्ल्याहा सन्तान २५ वर्षका भएको हेर्ने रहर भएको कुरा पटकपटक बताउने गरेका थिए। आफूलाई जीवनमा कुनै पछुतो भने नभएको बताएका थिए। 

श्रीमतीको चुरा पनि बेच्न तयार
राकेश झुनझुनवाला जोखिम लिन डराउँदैनथे। सुरुका दिनहरूमा उनले भाइको ग्राहकबाट पैसा लिए र ब्याज सहित फिर्ता गर्ने वाचा गरे।

झुनझुनवालाको पहिलो नाफा सन् १९८६ मा ४३ रुपैयाँमा टाटा टीको ५ हजार सेयर किन्दा भएको थियो। सेयर बजार बढ्यो र तीन महिनामै शेयरको मूल्य १४३ रुपैयाँ पुग्यो। उनले तीन महिनामा तीन गुणा नाफा कमाए। त्यसयता उनको जोखिम मोलेर यात्रा जारी थियो। त्यो यात्रामा आइतबार पूर्ण रूपमा विश्राम लागेको छ। 

नेपाल समय
जुम्ल्याहा सन्तानका साथमा झुनझुनवाला दम्पती।

‘मलाई बजार र महिलामा रुचि छ। महिला प्रेम र बजार जोखिम लिएर हिँड्छन्। जोखिम मोल्नु मेरो बानी हो। बजारले राम्रो अवसर दिएपछि श्रीमतीको चुरा बेचेर पनि लगानी गर्न तयार छु,' उनले भनेका थिए। 

राकेश झुनझुनवालाका बुबा आयकर अधिकारी थिए। सन् १९८५ मा झुनझुनवाला कलेजमा पढ्दै गर्दा सेयर बजारमा लगानी गर्न थाले। भविष्यवाणी मिलेकोप्रति एक पटक उनले भनेका थिए, 'सेन्सेक्स १५० बिन्दुमा भएका बेला पछि के होला भन्ने मलाई कल्पना थिएन। तर, सन् २००२–२००३ मा भारतमा केही न केही स्तरको समृद्धि आउँछ भन्ने चाहिँ मलाई लागेको थियो। यसैले सेयर बजारमा उच्च वृद्धि हुन्छ भन्ने मलाई लागेको थियो।' त्यसबेला सेन्सेक्स १५० अंकमा थियो र आज ६० हजार नाघेको छ।

झुनझुनवालाको सबैभन्दा महत्त्वपूर्ण होल्डिङ टाटाको घडी र गहना कम्पनी टाइटनमा थियो। यससँगै झुनझुनवालाको स्टार हेल्थ इन्स्योरेन्स, मेट्रो ब्रान्ड र कन्कर्ड बायोटेकलगायत अन्य धेरै कम्पनीहरूमा पनि सेयर थियो। झुनझुनवालाको स्पाइसजेट र जेट एयरवेजमा पनि १-१ प्रतिशत हिस्सेदारी छ।

आमा सबैभन्दा बढी शुभचिन्तक
सन् २००९ मा ईटी नाउलाई दिएको अन्तर्वार्तामा राकेश झुनझुनवालाले आफ्नी आमालाई आफ्नो सबैभन्दा ठूलो शुभचिन्तकको रूपमा वर्णन गरेका थिए। घरमा कसैले पनि सेयर बजारमा लगानी गर्न निषेध नगरेको तर चेतावनी भने दिइरहने गरेको उनको भनाइ थियो। 

यदि अर्को जन्म मिल्ने हो भने उनले आमाबुवा, दाजुभाइ, श्रीमती, साथी चाहिँ यो जन्ममा भएकाहरू नै होउन् भनेर भगवानसँग प्रार्थना गरेका थिए। सेयर बजारमा लगानी गर्नुको भाग्यसँग कुनै सम्बन्ध छ? यस प्रश्नको जवाफमा झुनझुनवालाले भनेका थिए, 'म अन्धविश्वासी हुँ भन्ने होइन रत केही चिज भने हामीले प्रयास गर्दा पनि सफलता प्राप्त गर्न सक्दैनौँ।'

खानाका सौखिन
झुनझुनवाला खानपानका सौखिन थिए। उनले आफ्नो शोख र दिनचर्याको बारे पनि अन्तर्र्वार्ताहरुमा बताएका छन्। 'पढ्दा रमाइलो लाग्छ, खानेकुरा हेर्दा रमाइलो लाग्छ। सडकमा स्ट्रिट फूड, चाइनिज खाना मलाई निकै मन पर्छ,' झुनझुनवालाले भनेका थिए, 'मलाई पनि डोसा असाध्यै मन पर्ने खानेकुरा हो। बाहिर पाउभाजी खाँदा राम्रो लाग्दैन। त्यसैले घरमै बनाउँछु। मलाई आराम गर्न मन पर्छ। म धेरै शारीरिक गतिविधि गर्दिनँ।'

उनी आफू दानवीर भनिन चाहँदैनथे। 'हामीलाई एउटा कुरा महसुस हुन जरुरी कि हामीले प्राप्त गरेको धनको दाता भगवान् हुन्। यो मैले आफैँ कमाएँ भनेर चाहिँ नसोच्नुहोला,' उनले भनेका थिए। 

कम्पनीको नाममा आफू र श्रीमतीको बराबरी हिस्सेदारी
झुनझुनवाले 'रेयर (आर-ए-आर-ई) इन्टरप्राइजेज' नामक कम्पनी खोले। यो कम्पनीको नामको सुरुका दुई अक्षर आफ्नो नाम राकेशबाट लिएको 'आरए' श्रीमती रेखाको नामको सुरुका दुई अक्षर 'आरई' बाट राखिएको थियो। 

उनी जोखिम लिने व्यक्तिको रूपमा प्रतिष्ठित थिए। जोखिम मोल्ने आँट गर्न सकेकै कारण उनको लगानीले राम्रो प्रतिफल दिने गरेको थियो। 

झुनझुनवाले जुन स्टकमा हात हाल्थे त्यो कम्पनीको सेयरमूल्य वृद्धि जादुमय हुने गरेको थियो। एक दशकअघि झुनझुनवालाले रोयटर्सलाई दिएको एक अन्तर्वार्ता अनुसार उनी 'भारतको वारेन बफेट' भनेर आफूलाई चिनाउन मन पराउँदैथे।  'म कसैको क्लोन होइन, म राकेश झुनझुनवाला हुँ,' उनले भनेका थिए।

(भारतीय समाचार संस्थाहरूको सहयोगमा तयार पारिएको)


प्रकाशित: August 14, 2022 | 20:48:34 काठमाडौं, आइतबार, साउन २९, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
अर्थ

दैनिक ८०० मेगावाट बिजुली खेर जाँदै

दशैंमा सबै उद्योग कलकारखाना बन्द र निरन्तर पानी पर्दा चिसो बढ्दा देशभित्र विद्युतको माग घटेको छ। तर, नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका विद्युत गृहबाट पूर्ण क्षमतामा विद्युत उत्पादन हुने भएकोले दैनिक करिब ८०० मेगावाटको विद्युत खेर गइरहेको हो।
नेपाल समय
उद्यम-उद्यमी

भैँसीपालनमा अनुकरणीय बन्दै नरनारायण

कृषिप्रति अनिच्छा र उपेक्षा बढिरहेको अवस्थामा सबैका लागि अहिले अनुकरणीय बनेका छन्, पाल्पा रामपुरका नरनारायण अर्याल।
नेपाल समय
उद्यम-उद्यमी

टिमुरे खोलामा रेन्बो ट्राउट माछापालन

कलकल बगिरहने सङ्लो सफा अनि चिसो पानीलाई सदुपयोग गर्दै विदेशबाट फर्किएका यी युवाले खहरेखोलामा रेन्बो ट्राउट जातको माछापालन गरेका हुन्।
नेपाल समय
बैंक/बिमा

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३० रुपैयाँ १४ पैसा र बिक्री दर १३० रुपैयाँ ७४ पैसा कायम गरेको छ।
नेपाल समय
बैंक/बिमा

बिमा पहुँचमा ३९ प्रतिशत जनसंख्या

म्यादी र लघुम्यादी बिमालेखसमेत गरी कुल ३९.०६ प्रतिशत जनसंख्यामा बिमाको पहुँच पुगेको हो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना