बुधबार, असोज १२, २०७९

घट्यो जनकपुर भन्सारको राजस्व संकलन

नेपाल समय  |  काठमाडौं, शुक्रबार, साउन २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २७, २०७९, काठमाडौं

नेपाल समय

जनकपुर- जनकपुर भन्सार कार्यालयले आर्थिक वर्ष २०७८ /७९ मा लक्ष्यको ५४ प्रतिशत मात्र राजस्व संकलन गर्न सकेको छ। सो कार्यालयले आव २०७८ /७९ मा ४८ करोड ५५ लाख ९२ हजार राजस्व संकलनको लक्ष्य लिएकामा ५४ दशमलव ३० प्रतिशत अर्थात २६ करोड ३६ लाख ७९ हजार राजस्व संकलन गरेको छ।

जनकपुर भन्सार कार्यालयका प्रमुख प्रमोद दासका अनुसार आव २०७८ /७९ मा भन्सार महसुलतर्फ १६ करोड १७ लाख ७७ हजार, मूल्य अभिवृद्धि करतर्फ नौ करोड ७४ लाख ५९ हजार, अन्तःशुल्कतर्फ ३७ लाख २७ हजार र बोलपत्र आयाततर्फ रु सात लाख १५ हजार राजस्व संकलन गरेको छ। 

आव २०७७ /७८ मा लक्ष्यको ८८ दशमलव ३३ प्रतिशत राजस्व संकलन भएको थियो। आव २०७७ /७८ मा ५३ करोड ५१ हजार ५७ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकामा ४४ करोड ५९ लाख ७१ हजार संकलन भएको थियो। भन्सार कार्यालयका अनुसार आव २०७७ /७८ मा  भन्सार महसुलतर्फ २१ करोड ७७ लाख ८२ हजार, मूल्य अभिवृद्धि करतर्फ २२ करोड ३३ लाख ८ हजार, अन्तःशुल्कतर्फ ३० लाख ६२ हजार र सडक निकासी दस्तुरतर्फ रु १८ लाख १८ हजार राजस्व संकलन भएको थियो। 

थुप्रै सामान आयातमा लगाएको प्रतिबन्ध, बैंकिङ माध्यमबाट कारोबार गर्नुपर्ने व्यवस्था, बाटोको समस्या, कोरोना महामारी, खुल्ला सिमाना, स्थानीय तहको निर्वाचनलगायतका कारणले लक्ष्यअनुसारको राजस्व संकलन गर्न नसकिएको कार्यालय प्रमुख दासले बताए। जिल्लामा मुख्य भन्सार कार्यालय एक र छवटा छोटी भन्सार कार्यालय छन्। जटही, इनर्वा र अररियास्थित छोटी भन्सार मात्र सञ्चालनमा छन्। खजुरी, महुवा र महिनाथपुरस्थित छोटी भन्सार कार्यालय हाल बन्द रहेको कार्यालयले जनाएको छ। -रासस



प्रकाशित: August 12, 2022 | 09:50:53 काठमाडौं, शुक्रबार, साउन २७, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चीनमा सैन्य 'कू' को हल्ला, राष्ट्रपति सी नजरबन्दमा छन् त?

सोसल मिडियामा भने सीबारे अनेकन 'हल्ला' भइरहेका छन्। चीनियाँ राष्ट्रपति सीलाई वास्तवमा के भएको भन्‍ने कुरालाई सहजै भन्‍न सकिँदैन।

समान अवसरको मागसहित शेखर समूहले खवरदारी सभा गर्ने

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गर्ने भएको छ।

लेखक केशव दाहालको 'माधवी ओ माधवी' सार्वजनिक

'मोक्षभूमि' उपन्यासका लेखक केशव दाहालको गैरआख्यान निर्बन्ध लेखन संगालो 'माधवी ओ माधवी' शुक्रबार विमोचन गरिएको छ।

काठमाडौंका १० निर्वाचन क्षेत्र : पुराना दललाई स्वतन्त्र र नयाँ दल चुनौती

स्वतन्त्रदेखि झिनामसिनाका पार्टीबाट उम्मेदवारी घोषणा गरिएपछि संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्रमा ठूला दलहरूलाई चुनाव जित्न गठबन्धनको भर। गठबन्धन गर्दा कांग्रेसको सुरक्षित किल्ला अन्य दललाई सुम्पिनुपर्ने बाध्यता।

वित्तीय संघीयता मजबुत बनाउन राजनीतिक र प्रशासनिक इच्छाशक्ति आवश्यक

राजस्व बाँडफाँटका कतिपय मुद्दामा केन्द्र, प्रदेश र स्थानीयबीच समन्वय अभाव देखिन्छ। यसका लागि वित्तीय हस्तान्तरण ऐनमा केही संशोधन गरेर अगाडि बढ्न आवश्यक छ।

कार्यकालपछि राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व गरे अति राम्रो : गोकुल बाँस्कोटा

बिहीबार ट्विट गर्दै बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कानुनी व्यवस्था नरहेको उल्लेख गर्दै राष्ट्रपतिलाई राजनीतिक नेतृत्व लिन सुझाव दिएका हुन्।

ब्याजदर बढेपछि व्यापारी र बैंकर्सबीच द्वन्द्व, हस्तक्षेप नगर्ने पक्षमा राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको विषयमा निजी क्षेत्रका उद्योगी र व्यापारी असन्तुष्ट छन्। निक्षेपको ब्याज बढाउँदा कर्जाको पनि ब्याज बढ्ने भएकाले त्यसले उद्योग र व्यापार सञ्चालनमा नकारात्मक असर पार्ने भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्।

निधिले छोडे पनि धनुषा-३ मा गठबन्धनको हानाथाप, को बन्ला जुलीको प्रतिस्पर्धी?

उता २०७४ सालमा धनुषा ३ बाट निर्वाचित सांसद एंव लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले यही क्षेत्रबाट चुनावी मैदानमा उत्रने तयारीमा छन् भने लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुरको नाम सिफारिस गरेको छ।

प्रेमगीत–३ लाई लिएर किन आयो चलचित्र क्षेत्रमा हलचल?

‘प्रेमगीत–३’लाई लिएर नेपाली फिल्मकर्मीहरू विभाजित भएका छन्। कोही हिन्दी भर्सनलाई नेपाली फिल्मसरह कर छुट दिनुपर्ने र कोही दिन नहुने पक्षमा उभिएका छन्।

सरकारको आग्रह लत्याउँदै सीपीसीको सुरक्षा रणनीति बैठकमा राष्ट्रपति भण्डारी सहभागी

चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार आयोजना गरेको भर्चुअल सम्मेलनमा राष्ट्रपति भण्डारीले रेकर्डेड भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ।

थप समाचार

नेपाल समय
अर्थ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर चंगा उडाउन रोक

हवाईजहाज उडान तथा अवतरणको समय विमानस्थल वरपर चंगा उडाउँदा उडान सुरक्षामा असर पर्ने भन्दै प्राधिकरणले रोक लगाएको हो।
नेपाल समय
बजार

खाद्यले आजबाट खसीबोका बिक्री गर्दै, कसको मूल्य कति?

खाद्यले व्यापारीको भन्दा प्रतिकिलो ५० रुपैयाँसम्म सस्तो मूल्य तोकेको छ।
नेपाल समय
बैंक/बिमा

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३० रुपैयाँ २४ पैसा र बिक्री दर १३० रुपैयाँ ८४ पैसा कायम गरेको छ।
नेपाल समय
अर्थ

चालक र काउन्टरको मिलेमतोमा ठगी, बोनट र प्यासेजमा बसाएर डिलक्स भाडा

यातायात व्यवस्था विभागको नियम अनुसार सवारी साधनको ब्लुबुकमा उल्लेख गरिएको भन्दा बढी सिटको टिकट बेच्न पाइँदैन। तर, चालक र सहचालकको मिलेमतोमा बोनटको टिकट कटाएर प्यासेजमा यात्रा गराइन्छ।
नेपाल समय
बैंक/बिमा

७ कम्पनीले मागे लघुबिमा व्यवसाय गर्ने लाइसेन्स

समितिले गत भदौ १० गते ३५ दिनभित्र लाइसेन्सको लागि आवेदन माग गरेको थियो। आवेदन दिनका लागि दुई दिन मात्रै बाँकी रहँदा आवेदन परेको समितिले जनाएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना