सोमबार, असोज १७, २०७९

भन्सारमै अड्किए ४ हजार गाडी, ८ अर्ब राजस्व रोकियो

भीमा पन्थी  |  काठमाडौं, बिहीबार, साउन २६, २०७९

भीमा पन्थी

भीमा पन्थी

बिहीबार, साउन २६, २०७९, काठमाडौं

नेपाल समय
वीरगञ्ज भन्सार कार्यालय परिसरमा रोकिएका भन्सार जाँचपास नभएका सवारीको लाइन। बजारमा माग नभएपछि व्यवसायीहरुले गाडी छुटाउन चासो दिएका छैनन्।

काठमाडौं- व्यापारिक प्रयोजनका लागि ल्याइएका गाडीहरु (कमर्सियल) लामो समयदेखि भन्सार कार्यालयहरूमा थन्किएका छन्। बजारमा माग नभएपछि आयातकर्ताले भन्सार छुटाउन नचाहेपछि भैरहवा र वीरगञ्ज भन्सारमा कमर्सियल गाडीको लाम लागेको छ। 

बजारमा कमर्सियल गाडी बिक्री हुने सम्भावना नै नभएका कारण कमर्सियल गाडी भन्सारमा नै रोकिएका हुन्। नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल(नाडा)ले करिब ४ हजार कमर्सियल गाडी भन्सारमा नै रोकिएको दाबी गरेको छ। 

वीरगञ्ज भन्सारमा करिब तीन हजारको हाराहारीमा गाडी रोकिएका छन्। वीरगञ्ज आईसीपीमा मात्रै करिब साढे १ हजार ७ सय गाडी रोकिएका छन् भने सीमापारि १ हजार ५ सयको हाराहारीमा सवारीसाधन रहेको बताइएको छ। इन्टरमोडल यातायात समितिका वीरगञ्ज प्रमुख कमल ज्ञवालीका अनुसार भन्सारमा रेलबाट पनि गाडी आउने गरेका थिए। तर भन्सार छुटाएर गाडी ल्याउन व्यवसायीले नै नचाहेका हुन्। 

भैरहवा भन्सार कार्यालयमा कार, जिप, भ्यान र पिकअप गरी ६ देखि ७ सयको हाराहारीमा रहेका छन्। कार्यालयका सूचना अधिकारी तीर्थराज पासवानका अनुसार व्यावसायीले बिलम्ब शुल्क तिरेर गाडी राखेका हुन्।

नेपाल समय
वीरगञ्ज भन्सार कार्यालय परिसरमा रोकिएका भन्सार जाँचपास नभएका सवारीको लाइन। बजारमा माग नभएपछि व्यवसायीहरुले गाडी छुटाउन चासो दिएका छैनन्।

भन्सारमा रोकिएकामध्ये सबैभन्दा बढी गाडी टाटाका रहेका छन्। कम्पनीका अनुसार कमर्सियल र निजी प्रयोजनका लागि बिक्री गरिने करिब ३ हजार गाडी भन्सारमा थन्किएका छन्। तीमध्ये केही गाडी भने भन्सार छुटाउने समस्या छ भने अधिकांश गाडी व्यवसायीले भित्र्याउनै नचाहेका हुन्। 

सरकारी नीतिका कारण गाडीको भन्सार छुटाउन नसकेको आरोप लगाउँछन् नाडा अटोमोबाइल एसोसिएसनका अध्यक्ष ध्रुव थापा। फोर्स मोटर्सको आयातकर्ता हिमालय अर्गनाइजेसनका अध्यक्षसमेत रहेका थापाले व्यावसायीहरू थप लगानी गर्न नसक्ने अवस्थामा रहेको कारण गाडी तत्कालै छुटाउन सक्ने अवस्था छैन। 

‘४ हजार कमर्सियल गाडी भन्सारमा अड्किएर बसेका छन्,’ उनले भने, ‘व्यवसायी थप लगानी गर्न तयार छैनन्। भन्सार छुटाएर के गर्ने! बजारमा गाडीको माग नै छैन। बिक्री नभएपछि पुरानै स्टक बाँकी छ।’अध्यक्ष थापाका अनुसार सबै आयातकर्ताका कमर्सियल गाडी भन्सारमा रोकिएका छन्। सबैभन्दा बढी टाटा गाडी रोकिएको र  टाटालाई महेन्द्रा, सुझुकी, फोर्सलगायत ब्रान्डका गाडीले पछ्याएको उनी बताउँछन्। 

विगत ६/७ महिनादेखि नै कमर्सियल गाडीको माग नहुँदा व्यावसायी भन्सार छुटाएर ल्याउन नचाहेका हुन्। ड्यामरेज, पार्किङलगायत अन्य शुल्क तिरेरै भए पनि उक्त सवारीसाधन भन्सारमा नै अड्काएर राख्न व्यावसायी बाध्य भएको थापाको भनाइ छ। उनका अनुसार सबै गाडी भन्सार छुटाउँदा सरकारले ८ अर्बभन्दा बढी राजस्व पाउँछ। बजारमा गाडीको माग नभएपछि व्यावसायीको रकम गाडीसँगै व्यापारीको रकम मात्र अड्किएको नभएर सरकारलाई प्राप्त हुने राजस्व दाखिला हुन पनि विलम्ब भइरहेको छ। थापाले गुनासो गरे, 'एकातर्फ बैंकहरुले कर्जा दिँदैनन्। दिएपनि महँगो ब्याज तिर्नुपर्छ। बजारमा माग पनि छैन। ब्याज मात्रै तिर्नको लागि यहाँ लिएर राखेर मात्रै पनि के गर्नु र?’

नेपाल समय
वीरगञ्ज भन्सार कार्यालय परिसरमा रोकिएका भन्सार जाँचपास नभएका सवारीको लाइन। बजारमा माग नभएपछि व्यवसायीहरुले गाडी छुटाउन चासो दिएका छैनन्।

मौद्रिक नीतिले अटो क्षेत्रलाई राहत दिने अपेक्षा गरिएको भएपनि त्यस्तो हुन नसकेको गुनासो थापाको छ। अटो क्षेत्रमा बैंक तथा वित्तीय संस्था लगानी गर्न तयार नरहेको उनको भनाइ छ। ‘तरलताको अभावमा रहेका बैंक वित्तीय अवस्थामा अझै सुधार भएको छैन। त्यसैमाथि अटो क्षेत्रको कर्जाको जोखिम भार बढाइयो,’ उनले भने, ‘बढी जोखिम भएको क्षेत्रमा लगानी गर्दा जोखिमभार व्यवस्थापनका लागि अतिरिक्त पुँजीको आवश्यक पर्ने भएकाले बैंकको नाफा घट्छ। त्यसैले बैंकहरुले अहिले फाइनान्स सुविधा नै दिन छोडेका छन्।’ कुनै समय बैंकहरुले सर्वाधिक लगानी गर्ने गरेको अटो क्षेत्र अहिले लगानी गर्नै नसकिने वर्गमा परेको उनको भनाइ छ। 

राष्ट्र बैंकले सवारीसाधनको आयातका लागि प्रतीतपत्र खोल्दा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने र जोखिमभार ७५ बाट बढाएर १५० पुर्‍याएको छ। राष्ट्र बैंकले पटक-पटक सर्कुलर जारी गरेर नगद मार्जिनको व्यवस्था र जोखिमभार बढाएको हो। 

आयातमा प्रतिबन्ध र बैंकले फाइनान्सिङ नगरेपछि स्टक क्लियरेन्स नहुँदा भन्सारका गाडी छुटाउन व्यवसायीलाई समस्या छ। गाडी छुटाउन आग्रह गरेपनि व्यवसायीहरु बहाना बनाएर छुटाउन नचाहेको भन्सार विभागका प्रवक्ता पुण्यविक्रम खड्काले बताए। भन्सार कार्यालयहरुमा गाडीहरु थुप्रिएका भएपनि नियमबमोजिम चार्ज तिरेको हुँदा भन्सार छुटाउन बढी दबाब दिन नमिल्ने उनको भनाइ छ। 

‘व्यवसायीहरूले नै भन्सार छुटाए समयमा नै राजस्व तिर्न हुन्थ्यो भन्ने हो,' उनले भने, ‘भन्सार कार्यालयमा चार्ज तिरेरै राख्नुभएको छ, यसमा हामीले केही भन्ने कुरा हुँदैन।’

राजपत्रको भाषाले अड्कायो १ हजार निजी गाडी
सरकारले गत २०७९ वैशाख १३ देखि लगाइएको कार आयात प्रतिबन्धलाई भदौ १४ सम्म लम्ब्याउँदै गर्दा पुरानो व्यवस्था (असार ३१ गते जारी भएको राजपत्र अनुसार)लाई निरन्तरता वा प्रतिस्थापन भन्ने अस्पष्ट हुँदा १ हजार गाडीको जाँचपास रोकिएको हो। वीरगञ्ज, भैरहवालगायत भन्सार नाकामा आइपुगेका कार जाँचपासमै रोकिएका छन्। 

नेपाल समय
वीरगञ्ज भन्सार कार्यालय परिसरमा रोकिएका भन्सार जाँचपास नभएका सवारीको लाइन। बजारमा माग नभएपछि व्यवसायीहरुले गाडी छुटाउन चासो दिएका छैनन्।

राजपत्रमा प्रकाशित सूचना आयात प्रतिबन्धले निरन्तरता पाएको हो वा नयाँ व्यवस्था लागू गरिएको हो भन्ने कुरा प्रष्ट छैन। यो कुरा प्रष्ट नहुँदा जाँचपासमा समस्या आएको हो। राजपत्रमा प्रकाशित सूचना मन्त्रिपरिषद्ले जारी गरेकाले पुन: त्यहीँबाट अस्पष्टता क्लियर पार्नुपर्ने हुन्छ। 

भाषामा अस्पष्टता देखिएपछि भन्सार कार्यालयहरूले भन्सार विभागलाई पत्राचार गरेका थिए। विभागले अर्थ मन्त्रालय हुँदै वाणिज्य मन्त्रालयमा पत्र पठाएको छ। तर, क्याबिनेटले सच्याउने निर्णय गर्न समय लगाएको हो। 

 ‘सुरुमा भन्सार विभागले एक/दुई दिनमा नै समस्या समाधान हुने जनाएको थियो,’ उनले भने, ‘अहिले भने क्याबिनेटबाटै निर्णय हुनुपर्ने जस्तो कुरा आएको छ। क्याबिनेटले कहिले निर्णय गर्छ भनेर कुर्नुबाहेक अर्को विकल्प हामीसँग छैन।’ भन्सार विभागले सकेसम्म छिटो समस्या सुल्झाउन प्रयास गरेको प्रवक्ता खड्काको भनाइ छ। 


प्रकाशित: August 11, 2022 | 13:16:19 काठमाडौं, बिहीबार, साउन २६, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
अर्थ

दसैंको हवाई टिकट : काठमाडौं-धनगढी १७ हजार, धनगढी-काठमाडौं ६ हजार ५ सय

दसैंको हवाईं टिकटमा मनोमानीरुपमा महँगो बनाइएको छ। काठमाडौंबाट बाहिरिनेहरुको टिकट धनगढीको सबैभन्दा महँगो १७ हजारसम्म रहेको छ भने धनगढीबाट फर्किनेहरुका लागि पनि टिकट सस्तो रहेको छ।
नेपाल समय
बैंक/बिमा

यस वर्षको दसैंमा साटिए ५५ अर्बका नयाँ नोट

१६ अर्ब रुपैयाँ बराबरका १ सय रुपैयाँभन्दा साना दरका र ३९ अर्ब रुपैयाँ बराबरका ५ सय र हजार दरका नोट साटिएको हो।
नेपाल समय
बैंक/बिमा

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२९ रुपैयाँ ८५ पैसा र बिक्री दर १३० रुपैयाँ ४५ पैसा कायम गरेको छ।
नेपाल समय
अर्थ

सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण, १५ दिनमा डेढ करोडको व्यापार

चाडपर्वका समयमा दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रण र उपभोक्तालाई सहुलियत दरमा उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको ‘पर्वोत्सव’ सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण बढेको छ।
अर्थ

त्रिभुवन विमानस्थलको पाँच किलोमिटरभित्र ड्रोन उडाए कारबाही हुने

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पाँच किलोमिटर क्षेत्रभित्र ड्रोन उडाउनेलाई कारबाही गरिने जनाएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना