सोमबार, साउन ३०, २०७९

सुस्ताएको पर्यटनमा उत्साह भर्ने नेतृत्वको खोजीमा ‘टान’

रासस  |  काठमाडौं, शनिबार, साउन २१, २०७९

नेपाल समय

रासस

शनिबार, साउन २१, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं- पर्वतीय पर्यटन व्यवसायीहरूको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को आगामी निर्वाचनमा अध्यक्ष पदका प्रत्यासीले आ–आफ्नो समूहबाट उम्मेदवारी घोषणा गरेर व्यावसायिक छलफल र प्रचार–प्रसारलाई तीव्रता दिएका छन्। अध्यक्षका प्रत्यासीले व्ययसायीमाझ टान नेतृत्वमा पुगेको खण्डमा आगामी कार्ययोजनाको खाकाको फेहरिस्त प्रस्तुत गरेर माहोल आफ्नो पक्षमा बनाउन दौडधुप गरिरहेका छन्।

निर्वाचनमा आकांक्षीले चुनावी एजेण्डा व्यवसायीमाझ पस्किइरहँदा कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रको पुनरुत्थान र व्यवसायमा उत्साह भर्न सक्ने नेतृत्वको खोजीमा पर्यटन व्यवसायी रहेका छन्। उनीहरूले स्पष्ट कार्ययोजनासहितको नेतृत्व आउनसकेमा यो क्षेत्रको सुधारका लागि टेवा पुग्ने विश्वास लिएका छन्।

टानको नयाँ कार्यसमितिका लागि हुने निर्वाचनमा अध्यक्ष पदमा हालसम्म चार प्रत्यासी चुनावी अभियानमा छन्। वरिष्ठ पर्यटन व्यवसायी निलहरि बाँस्तोला, राजेन्द्रप्रसाद सापकोटा, कमल सापकोटा र बोधराज भण्डारीले टान नेतृत्वका लागि आकाङ्क्षा देखाएका छन्। अध्यक्षका प्रत्यासीले व्यावसायिक छलफल र प्रचार–प्रसारलाई तीव्रता दिएका छन्।

अध्यक्षका प्रत्यासीमध्येका पर्यटन व्यवसायी निलहरि बाँस्तोलाले टान नेतृत्वमा पुगेको खण्डमा टानलाई पूर्ण व्यावसायिक हितका लागि काम गर्ने प्रभावकारी संस्थाको रूपमा स्थापित गर्दै पर्वतीय पर्यटन विकास र प्रवद्र्धनमा आफूलाई सक्रिय बनाउने बताए।  

टानलाई डिजिटलाइज गर्दै पूर्ण व्यवसायीमैत्री संस्थाको रूपमा विकास गर्ने योजना सुनाउनुभएका बाँस्तोलाले पर्यटन क्षेत्रलाई गुणस्तरीय र दक्ष मानव स्रोतसाधनयुक्त बनाइने बताए। उनले भने, 'पर्यटन क्षेत्रलाई गुणस्तर अभिवृद्धि गर्न जरुरी छ। बिजनेस दर्ता गरेर मात्रै सम्भव हुँदैन। त्यो व्यवसायी व्यवसाय गर्न सम्भव छ कि छैन। पदमार्गमा कुनै पदयात्री कुनै पनि खाले समस्यामा परेर सहयोग खोजेको अवस्थामा टानले सहजीकरण गर्ने वातावरण हुनुपर्छ।'

अध्यक्षका अर्का प्रतिस्पर्धी व्यवसायी राजेन्द्रप्रसाद सापकोटाले पर्यटन क्षेत्रको प्रवद्र्धनमा प्रभावकारी भूमिका खेल्ने उद्देश्यले टान नेतृत्वमा आउन चाहेको बताए। उनले निजी क्षेत्रको साझेदारिताका लागि गठित पर्यटन बोर्ड र टानको सहकार्य बढाएर प्रबर्द्धनात्मक  कामलाई अघि बढाउने विश्वास व्यक्त गरे। सापकोटाले पदयात्री सूचना व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाएर व्यवसायी र मजदुरबीचको भावनात्मक एकता अभिवृद्धि गरिनुपर्ने बताए।

अध्यक्षका प्रत्यासी कमल सापकोटाले पर्वतीय पर्यटनको विकास एवं प्रवद्र्धनका लागि सक्रिय भूमिका निर्वाह गर्ने योजनासहित टान नेतृत्वमा जान चाहेको बताए। पर्यटन क्षेत्रमा लामो अनुभव भएका व्यवसायी बोधराज भण्डारीले टानका साधारण सदस्यप्रति उत्तरदायी भएर काम गर्ने विश्वास व्यक्त गरे।

आगामी साउन ३० गतेका लागि तय गरिएको टानको ४४औँ साधारणसभा एवं निर्वाचनबाट नयाँ कार्यसमिति चयन हुनेछ। टानको अध्यक्ष, पदाधिकारी र सदस्य गरी कुल २५ सदस्यीय कार्यसमितिमध्ये १७ निर्वाचित र बाँकी सदस्य मनोनित गरिनेछ। टानमा करिब एक हजार आठ सय सदस्य रहेका छन्।

टानमा इ–लाइबेरी बनाइने

 व्यवसायी बाँस्तोलाले व्यवसायीले चाहेका बेला एकै थलोबाट आवश्यक किताब, फोटो, भिडियोलगायत सामग्री सहजै उपलब्ध गराउने उद्देश्यले टानमा इ–लाइबेरी स्थापना गर्ने योजना रहेको बताए। 'टानले अहिलेसम्म डाटाबेसमा खेलेको छैन। यो समयको माग हो, आजको आवश्यकताअनुसार कुन देशबाट कति पर्यटक भित्र्याउने भन्ने भिजनका साथ अघि बढ्नुपर्छ।'

व्यवसायी बाँस्तोलाले विदेशी पर्यटक नेपाल भित्रिने सबै मुलुकमा बढीभन्दा बढी विदेशीलाई आकर्षण गर्न योजनाबद्ध कार्यक्रम लैजानुपर्नेमा जोड दिए। उनले भने, 'विदेशी पर्यटक नेपाल भित्रने कुन देशमा कस्तो बजारीकरण आवश्यक छ। देशीय गन्तव्यवाइज बजारीकरण गर्नका लागि व्यवसायीसँग छलफल गरेर कार्यक्रम कार्यान्वयन गरिनुपर्छ।'

 टान प्रादेशिक संरचनामा

 टान अझै पनि प्रादेशिकरूपमा जान नसकेको भन्दै व्यवसायी बाँस्तोलाले टानलाई प्रादेशिक संरचनामा लगेर व्यवसायीलाई मतदानको अधिकारको सुनिश्चित गर्न जररी रहेको उल्लेख गरे। उनले टानलाई प्रादेशिकरूपमा व्यवस्थापन गर्दै समयसापेक्ष देशव्यापीरूपमा विकास गरी पदमार्गको पहिचान र प्रवद्र्धन गर्न नयाँ कार्यसमितिले काम गर्ने विश्वास व्यक्त गरे।

व्यवसायीको नजरमा टान नेतृत्व कस्तो ?

टानका पूर्वअध्यक्ष रमेश धमलाले विषयवस्तुलाई बुझेर प्रस्तुत गर्ने, पर्यटन क्षेत्रको समस्यासँग जुध्न सक्ने नेतृत्व अहिलेको अपरिहार्य भएको बताए। अध्यक्षका प्रत्यासीमध्ये बाँस्तोला सफल पर्यटन व्यवसायी, पर्यटन क्षेत्रको विभिन्न क्षेत्रमा लगानी गरेर स्थापितरूपमा चिनिएको नाम भएकाले टान नेतृत्वका लागि उपयुक्त रहेको जिकिर गरे।

टानको आन्तरिक प्रशासनलाई चुस्त र दुरुस्त बनाउँदै समस्याको पहचिान गरी सरोकारवालासँग समन्वय गरेर समाधान गरिनुपर्ने व्यवसायीको धारणा छ। लगानी, कनेक्टिभिटी र उत्पादनको चुनौतीलाई व्यवस्थापन गर्ने बुझेको नेतृत्व आवश्यक रहेको भन्दै उनीहरूले सरकार र निजी क्षेत्रको साझेदारितालाई फराकिलो बनाएर लैजानुपर्नेमा जोड दिए।

टानका अध्यक्ष खुमबहादुर सुवेदीले महामारीले सुस्ताएको पर्यटन व्यवसायमा उत्साह भर्ने निर्भिक र जिम्मेवार नेतृत्व टानलाई आवश्यक भएको बताउनुभयो। उहाँले पर्यटन क्षेत्रको अनुभव र विज्ञताका आधारमा नेतृत्व चयन गरिनुपर्ने औँल्याए।

पर्यटन व्यवसायी निमा शेर्पाले टानलाई व्यवसायीको हितमा काम गर्ने संस्थाको रुपमा स्थापित गर्न सही नेतृत्व चयन गरिनुपर्ने खाँचो औँल्याए। काठमाडौँ एडभेन्चर ट्रेक्सका प्रबन्ध निर्देशक एक्सपेन्सन दाहाल पनि नयाँ नेतृत्वले टानलाई संस्थागत सुदृढीकरण र गतिशील बनाउन प्राथमिकता दिनुपर्नेमा जोड दिए। 


प्रकाशित: August 6, 2022 | 21:10:00 काठमाडौं, शनिबार, साउन २१, २०७९

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

तालाबन्दी र तोडफोडले बिगारेको त्रिवि : माग एउटा, नियत अर्कै!

पछिल्लो समय भने तालाबन्दी राजनीतिक पाटोसँग भन्दा पनि लेनदेनको पाटोसँग जोडिएको उपप्राध्यापक रेशम थापा बताउँछन्। ‘पहिला राजनीतिक कारण हुन सक्थ्यो। तर, हिजोआज यो बिल्कुल आर्थिक पाटोसँग जोडिएको छ। लनेदेनको कुरा मिले ताला खुल्छ। नत्र लागिबस्छ,’ थापाले भने।

नयाँ तलबमान र ग्रेड लागू गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले सबै राष्ट्र सेवक कर्मचारीहरूको नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको छ।

यी ३२ निर्वाचन क्षेत्र, जहाँ गठबन्धनलाई पर्न सक्छ सिट बाँडफाँटमा सकस

२०७४ मा बाम गठबन्धन बनाएर संघीय सांसद भएकाहरू दल बदल र पाँच दलीय गठबन्धनभित्र समेटिएपछि आउँदो चुनावमा कांग्रेसका आकांक्षी उम्मेदवार र सत्ता साझेदार दलका नेताहरू आ–आफ्नो दाबीसहित टिकटका लागि दौडधुप गर्दै छन्।

यी कांग्रेस नेता जो अहिले गुमनाम छन्

गुमनाम नेताको अग्रपंक्तिमा छन्- पूर्वमहामन्त्री तारानाथ रानाभाट, केबी गुरुङ, पूर्वमन्त्री बलदेब शर्मा मजगैया, विनयध्वज चन्द।

निहारिकाद्वारा शीतलनिवास अगाडि आत्मदाहको प्रयास, जनकपुर उच्च अदालतमा विचाराधीन छ बलात्कार मुद्दा

जबरजस्ती करणी मुद्दामा न्याय माग्दै अनसनरत निहारिका राजपूतले राष्ट्रपति निवासअघि आत्मदाहको प्रयास गरेकी छन्।

केसी-महत विवादले माओवादीलाई हुन सक्छ फाइदा, नुवाकोटमा कसरी मिल्ला बाँडफाँट?

नुवाकोट-१ माओवादीलाई छाड्नु परे त्यसमा हितबहादुर तामाङ उम्मेदवार बन्ने सम्भावना प्रबल छ। नुवाकोट-२ कांग्रेसले लिँदा केन्द्रीय सदस्य बहादुरसिंह लामालाई उमेदवार बनाउने चर्चा पनि नुवाकोटमा छ।

कैलालीमा आरजुलाई आउँदो चुनाव कति सहज?

२०७४ को निर्वाचनमा राणालाई हराउन भूमिका खेलेको भन्दै कैलाली कांग्रेसका पुराना नेता पुष्करनाथ ओझालाई कांग्रेसले अनुशासनको डन्डा बर्साएपछि बूढानीलकण्ठसँग बदला लिने असन्तुष्टहरूको संख्या पनि ठूलै छ।

आफ्नै कारण राजनीतिबाट 'किनाराकृत' हुँदैछन् वामदेव

कुनै बेला राजनीतिको केन्द्र भागमा रहेका वामदेव गौतम नेकपा एकता राष्ट्रिय अभियानले गरेको कारबाही र तत्काल वाम एकता नहुने संकेतसँगै राजनीतिक संकटमा भासिँदै छन्।

कालीबाबाले भेटे पूर्वराजा ज्ञानेन्द्रलाई

भारतमा बसोबास गर्ने नेपाली मूलका साधु काली बाबाले नेपाल आएर पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरेका छन्।

प्रतिनिधिसभा निर्वाचन : देउवासँग किन नाम जोड्न चाहँदैनन् कर्ण मल्ल?

उनी नेकपा एमालेको समर्थनमा कांग्रेस बीपीबाट उम्मेदवार बन्न सक्ने धेरैको आकलन छ। मल्लले नेपाल समयसँग कुरा गर्दै प्रदेशसभामा निर्वाचन नलड्ने बताए। यसले उनी संघीय चुनाव लड्ने पक्का भएको छ।

थप समाचार

नेपाल समय
अर्थ

कृषि क्षेत्रमा थप १००० नेपाली कामदार लैजाँदै इजरायल

यसअघि केयर गिभरमा १००० बढी नेपाली कामदार लगेको इजरायलले कृषि कामका लागि उक्त संख्या थपेको हो।
नेपाल समय
बैंक/बिमा

एभरेष्ट बैंकको ११८औं शाखा ललितपुरको टौखेलमा

एभरेष्ट बैंक लिमिटेडले ललितपुरको टौखेलमा आफ्नो ११८औँ शाखा सञ्चालनमा ल्याएको छ।
नेपाल समय
बैंक/बिमा

प्राधिकरणमा रुपान्तरण हुँदै बिमा समिति, कसरी गर्छ काम?

बिमा कम्पनीहरुको नियामक निकाय बिमा समिति स्वत: बिमा प्राधिकरणमा रुपान्तरण हुनेछ। प्राधिकरण स्वायत्त अर्थात् सम्पूर्ण अधिकार आफैंमा निहित हुने रहने छ।
नेपाल समय
बैंक/बिमा

आज विदेशी मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले सोमबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ १६ पैसा र बिक्री दर १२७ रुपैयाँ ७६ पैसा कायम गरेको छ।
नेपाल समय
अर्थ

किस्सामा बाँचिरहनेछन् भारतीय 'वारेन बफेट'

भारतीय सेयर बजारका वारेन बफेट मानिने राकेश झुनझुनवालाको ६२ वर्षको उमेरमा आइतबार मुम्बईमा निधन भएको हो। फोर्ब्सको सूचीअनुसार भारतीय सर्वाधिक धनीको सूचीमा ४८औँ स्थानमा रहेका झुनझुनवालाको निधनमा श्रद्धाञ्जली अर्पण गर्ने भारतीयहरूले लामो सूची बनेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना