बिहीबार, भदौ २, २०७९

नेपालबाट बेलायत जाने मौसमी कामदार बढे, सरकार भन्छ- ऐनले चिन्दैन

सृजना राई  |  काठमाडौं, शनिबार, असार ११, २०७९

सृजना राई

सृजना राई

शनिबार, असार ११, २०७९, काठमाडौं

नेपाल समय
बेलायतको ह्याम्प्सपायरस्थित अंगुरबारीमा काम गर्दै आप्रवासी कामदार। पछिल्लो समय नेपालबाट पनि मौसमी कामदारका रूपमा बेलायत पुग्नेको संख्या बढ्दै गएको छ। तस्बिर : इन्फो माइग्रेन्टस्

काठमाडौं- सामाजिक सञ्जाल टिकटक, युट्युब र फेसबुकमा मौसमी रोजगारका लागि विभिन्न देशका नागरिकहरू धमाधम बेलायत उड्न थालेको भिडियो अहिले चर्चामा आइरहेको छ। बेलायतबाट मौसमी रोजगारका लागि भिसा पाएको पत्र देखाउँदै भिसा देखाउनेदेखि त्यहाँ कसरी जान सकिन्छ भन्ने जानकारीमूलक भिडियोले धेरै नेपालीको ध्यान खिचेको छ। 

कतिपयले ६ देखि १० लाखसम्म रकम तिरेर बेलायतमा मौसमी भिसाका लागि प्रयास गरिरहेको सामाजिक सञ्जालमै बताइरहेका छन्। बेलायतको कृषिसम्बन्धी कम्पनीमा काम गर्न ६ महिना समयावधिको रोजगारमा आकर्षण बढेको छ।

वैदेशिक रोजगार कार्यालय काठमाडौंका अनुसार सन् २०२० जुलाईदेखि २०२१ जुलाईसम्म एक जना मात्र पुरुषले स्वीकृति लिएका थिए। यस्तै सन् २०२१ को जुलाईदेखि डिसेम्बरसम्म ३४ जना पुरुषले बेलायतका लागि श्रम स्वीकृति लिएका छन्।

सन् २०२२ मेसम्म अर्थात् यो वर्षको जेठसम्म ७७५ जनाले स्वीकृति लिएका छन्। सबैभन्दा धेरै जेठमा ४१० जनाले स्वीकृति लिएका छन्। यीमध्ये महिलाको संख्या १२८ जना छ। 

तर वैदेशिक रोजगार ऐनले मौसमी कामदार नचिन्ने वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेल बताउँछन्। उनी भन्छन्, ‘व्यक्तिगत श्रम स्वीकृति व्यक्ति आफ्नो प्रयासमा जाने हो। व्यक्तिगत श्रम स्वीकृतिमा गएर काम गर्ने गरेको देखिएको छ। बिचौलियाले यही बहानामा ठगी र चलखेल गरेको भन्ने हामीले सूचना पाएका छौं। तर हामीसँग ठगीको उजुरी आएको छैन।’ 

विकसित देशहरूले मौसमी रोजगारमा विभिन्न देशका श्रमिक लैजाने गर्छन्। नेपालको हकमा भने मौसमी रोजगारबारे स्पष्ट व्यवस्था छैन। 

कोराना महामारीपछिको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन बेलायत सरकारले विभिन्न मुलुकबाट मौसमी रोजगारका लागि आवेदन मागिरहेको छ। तर नेपालको श्रम ऐनमा मौसमी रोजगारसम्बन्धी व्यवस्था नहुँदा नेपाली श्रमिकलाई अप्ठेरो पारिरहेको छ।

विभागले यसलाई कानुनी रूपमा वैधानिकता दिनुपर्ने बताउँदै आएको छ। मौसमी कामदारको सामाजिक सुरक्षा, चोटपटक वा मृत्यु हुन सक्छ। त्यस्तो अवस्थामा राहत, उद्दार र क्षतिपूर्तिका विषयमा स्पष्ट व्यवस्था गरेर यसलाई व्यवस्थित बनाउन छलफल भइरहेको पौडेलले बताए। अहिले रोजगारदाता कम्पनी र व्यक्तिबीच श्रम सम्झौता हुन्छ। सम्झौताअनुसार भिसा आउँछ र त्यसपछि प्रक्रियागत रूपमा श्रम स्वीकृत लिएरै जाने गरेका छन्। 

नेपाल समय
बेलायतको हारविल फार्ममा काम गर्दै बुद्धिबहादुर खत्री (बायाँ) र बालबुमार खत्री (दायाँ)।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव एवं सहायक प्रवक्ता डा. थानेश्वर भुसाल भन्छन्, ‘हामीलाई आधिकारिक जानकारी छैन। मौसमी रोजगारका विषयमा समाचार पढिरहेका छौं। सरकारको नीतिअनुसार हामी छोटो समयका लागि श्रमिक बाहिर पठाउँदैनौं।’

कम्तीका पनि दुई वर्षको सम्झौता भएको हुनुपर्ने उनले बताए। ‘हामीले लागू गर्न खोजेको ‘इम्प्लोई पे’ सम्झौता हो। रोजगारदाताले सबै खर्च बेहोर्नुपर्ने सिद्धान्त हो। बाहिर काम गर्न जाँदा सामाजिक सुरक्षामा आबद्ध हुनुपर्दछ यी सबै नभए नेपालीहरू विदेशमा अलपत्र पर्ने सम्भावना हुन सक्छ,’ डा. भुसाल भन्छन्।

मन्त्रालयले यसतर्फ छलफल गरिरहेको उनी बताउँछन्। भुसालले भने, ‘अहिले अव्यवस्थित रूपमा गएको देखिन्छ। ठगीमा परेको समेत सुनिएको छ। गैरकानुनी रूपमा पठाउने र जानेमाथि कारबाही गर्न विभागसँग कुरा गरेका छौं।’ 

रोजगार मामलाका जानकार तथा नीति अनुसन्धान प्रतिष्ठानका पूर्वअध्यक्ष गणेश गुरुङ मौसमी रोजगारका विषयमा नेपाल सरकार जानकार भए पनि बोल्न नचाहेको बताउँछन्। उनले भने, ‘नेपाल मात्र होइन, बेलायतले अहिले धेरै देशबाट मौसमी रोजगारका लागि श्रमिक मागिरहेको छ। कोभिडपछिको अर्थतन्त्र ‘रिकभर’ गर्न फास्ट ट्रयाकमा जान धेरै प्रकारका स्किम बनाइरहेको छ। त्यसैले बेलायतलाई धेरै कामदार आवश्यक छ। यसमा कोही व्यक्ति विभिन्न काम देखाएर व्यक्तिगत भिसामा जान्छन्। कतिपयले मौसमी नभनेर श्रम स्वीकृति नै लिएर गएका छन्।’ 

इन्टरनेटमा हेरेर सजिलै वैदेशिक रोजगारमा आवेदन दिन सकिने भए पनि धेरै लाई यसबारे थाहा नहुने गुरुङको बुझाइ छ। उनी भन्छन्, ‘त्यसको फाइदा बिचौलियाले उठाइरहेका छन्। कम्पनीको भिसा पठाइदिन्छौं भन्दै उनीहरूले लाखौं रकम ठगिरहेका छन्। यसलाई व्यवस्थित बनाउने काम सरकारको हो। तर सरकार जानकार भए पनि मौन बसिरहेको छ।’

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव एवं सहायक प्रवक्ता डा.थानेश्वर भुसाल भन्छन्, ‘हामीलाई आधिकारिक जानकारीमा छैन। मौसमी रोजगारका विषयमा समाचार पढिरहेका छौं। सरकारको नीतिअनुसार हामी छोटो समयका लागि श्रमिक बाहिर पठाउँदैनौं।’

कोभिड महामारीपछि वैदेशिक रोजगारमा जान नपाएका नेपाली श्रमिकलाई यो अवसर हुन सक्ने उनको ठम्याइ छ। ‘सरकारले यसलाई तुरुन्तै सिस्टममा ढालेर नेपालीलाई शून्य लागतमा बेलायत जान सक्ने व्यवस्था गर्नुपर्छ,’ गुरुङले भने।

वैदेशिक रोजगार ऐन, २०६४ को दफा २१ मा व्यक्तिगत रूपमा वैदेशिक रोजगारमा जान सक्ने व्यवस्था छ। कुनै व्यक्ति वैदेशिक रोजगारका निम्ति व्यक्तिगत रूपमा विदेश जान चाहे जाने मुलुक, कामको प्रकृति, रोजगारदाताले दिएको स्वीकृतिपत्र, रोजगारका सर्त तथा सुविधा स्पष्ट उल्लेख भएको सम्झौतापत्र, अभिमुखीकरण तालिम प्राप्त गरेको प्रमाणपत्र र निरोगिताको प्रमाणपत्र उपलब्ध गराउनुपर्दछ।

श्रम स्वीकृति दिँदा विभागले बिमा गरेको प्रमाण पेस गर्नुपर्छ। उपदफा २ को ३ मा कुनै पनि इजाजतपत्रवालाले व्यक्तिगत रूपमा कामदार पठाउन पाउने छैन भन्ने उल्लेख छ। अर्थात्, वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्दा म्यानपावर कम्पनीलाई व्यक्तिगत रोजगार भिसाको काम गर्न रोक लगाइएको छ। यो ऐनले मौसमी रोजगारको व्यवस्था गरेको छैन। 

यो पनि


प्रकाशित: June 25, 2022 | 17:54:53 काठमाडौं, शनिबार, असार ११, २०७९

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

कांग्रेस केन्द्रीय समितिमा थपिँदै आठ महिला

संविधानअनुसार अहिले कांग्रेसको केन्द्रीय समितिमा महिलाको संख्या ३३ प्रतिशत नपुगेका कारण ३३ प्रतिशत पु¥याउन आठ जनालाई केन्द्रीय समितिमा मनोनयन गर्न लागिएको हो।

पञ्चायती व्यवस्थाका हार्डलाइनर मरीचमानको अविचलित राष्ट्रवाद

तीन दशक लामो पञ्चायती व्यवस्थाका अन्तिम प्रधानमन्त्री मरीचमान सिंह २०४६ को बहुदलीय व्यवस्थाका कारण राजा वीरेन्द्रबाट बर्खास्तीमा परे। त्यो समय कसैसँग नझुक्ने अडान लिएर बसेका मरीचमान भारतको नाकाबन्दी, जनआन्दोलनको उभारलगायत यिनै र यस्तै घटनाक्रमले कतै नायक बने, कतै खलनायक।

आरजुबारे देउवाको त्यो वचन तर यो प्रयास!

पार्टी सञ्चालनका सन्दर्भमा होस् वा सरकार सञ्चालनमै पनि किन नहोस्, आरजु हावी भइरहेकी छन्। यसलाई राजनीतिक जानकारहरुले देउवाको उत्तराधिकारी हुने प्रयासका रुपमा बुझेको देखिन्छ।

प्रचण्डसामु बाबुरामको 'बाध्यात्मक शरण'

सात वर्षअघि माओवादी विचारधाराको औचित्य समाप्त भएको घोषणा गरेर कम्युनिस्ट विचारधारा पूर्ण रूपमा त्यागेको बताएका बाबुराम नयाँ पार्टी खोलेर पनि राजनीति उँभो लाग्ने छनक नदेखिएपछि प्रचण्डतिरै लहसिनुपर्ने बाध्यतामा पुगेका छन्।

२०७४ मा जसले जिताए, तिनै बन्नेछन् विष्णु पौडेलको तगारो

रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ बाट लगातार पछिल्ला ३ निर्वाचन जितेका विष्णु पौडेल नै एमालेबाट निर्विकल्प उम्मेदवार हुन्। पौडेलले २०६४, २०७० र २०७४ को निर्वाचनमा क्रमशः भक्ति पाण्डे, डा. बाबुराम भट्टराई र युवराज गिरीलाई हराएका थिए।

राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता : अब के हुन्छ?

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको नागरिकता अध्यादेश भने जारी गरेकी थिइन्। असंवैधानिक रुपमा संसद् विघटन गर्दै ल्याएको नागरिकता अध्यादेश जारी गरेकी राष्ट्रपति भण्डारीले संसद्‌बाट पारित गरेको विधेयक भने फिर्ता गरेकी हुन्।

तालाबन्दी र तोडफोडले बिगारेको त्रिवि : माग एउटा, नियत अर्कै!

पछिल्लो समय भने तालाबन्दी राजनीतिक पाटोसँग भन्दा पनि लेनदेनको पाटोसँग जोडिएको उपप्राध्यापक रेशम थापा बताउँछन्। ‘पहिला राजनीतिक कारण हुन सक्थ्यो। तर, हिजोआज यो बिल्कुल आर्थिक पाटोसँग जोडिएको छ। लनेदेनको कुरा मिले ताला खुल्छ। नत्र लागिबस्छ,’ थापाले भने।

नयाँ तलबमान र ग्रेड लागू गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले सबै राष्ट्र सेवक कर्मचारीहरूको नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको छ।

यी ३२ निर्वाचन क्षेत्र, जहाँ गठबन्धनलाई पर्न सक्छ सिट बाँडफाँटमा सकस

२०७४ मा बाम गठबन्धन बनाएर संघीय सांसद भएकाहरू दल बदल र पाँच दलीय गठबन्धनभित्र समेटिएपछि आउँदो चुनावमा कांग्रेसका आकांक्षी उम्मेदवार र सत्ता साझेदार दलका नेताहरू आ–आफ्नो दाबीसहित टिकटका लागि दौडधुप गर्दै छन्।

यी कांग्रेस नेता जो अहिले गुमनाम छन्

गुमनाम नेताको अग्रपंक्तिमा छन्- पूर्वमहामन्त्री तारानाथ रानाभाट, केबी गुरुङ, पूर्वमन्त्री बलदेब शर्मा मजगैया, विनयध्वज चन्द।

थप समाचार

नेपाल समय
अर्थ

संसदीय अनुमोदनपछि के हुँदैछ एमसीसी?

वातावरणीय प्रभाव मूल्यांकनको काम यसैबीचमा सम्पन्न भएको छ। तीन वटामध्ये एक सवस्टेशन रहने नुवाकोटको रातमाटेस्थित जग्गाको मुआब्जा वितरणको काम करिब सकिएको छ। यस्तै, रुख गणना तथा अन्य काम जारी छ भने सवस्टेशन निर्माण हुने तनहुँको दमौली र न्यू बुटबलको पनि डिजाइन एवं ड्रइङको काम भइरहेको छ। निर्माण व्यवसायी छनोटका लागि गर्नुपर्ने पूर्व तयारीको काम पनि जारी रहेको कार्यकारी निर्देशक विष्टले जानकारी दिए।
नेपाल समय
बैंक/बिमा

ग्लोबल आइएमई बैंकको अनलाइन भिडियोमार्फत ग्राहक पहिचान सेवा

ग्लोबल आइएमई बैंकले अनलाइन भिडियो मार्फत ग्राहक पहिचान (भीकेवाईसी) सेवाको सुरुवात गरेको छ।
नेपाल समय
बैंक/बिमा

सिद्धार्थ बैंकका ग्राहकले ह्यारिसन प्यालेसको सेवामा छुट पाउने

सिद्धार्थ बैंक लिमिटेड र विराटनगर स्थित ह्यारिसन प्यालेस बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।
नेपाल समय
अर्थ

स्वदेशी वस्तुको बजारीकरणमा सहयोग गर्न सरकार तयार : प्रधानमन्त्री देउवा

‘स्वदेशी खाऔं, स्वदेशी लगाऔं, स्वदेशी उद्यमशीलतालाई प्रोत्साहन गरौं’ मूल नारासहित सुरु भएको व्यापार मेलामा कृषि, हस्तकला, खाद्यवस्तु, अन्तर्राष्ट्रिय उद्यमीको उत्पादनलगायत १०९ कक्ष राखिएका छन्।
नेपाल समय
बजार

फर्निचर एक्स्पोका अधिकांश स्टल बुकिङ सकियो

राजधानीमा आयोजना हुन लागेको आठौं संस्करणको 'फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२' मा सहभागी हुनकालागि स्टल बुकिङ गर्ने क्रम अन्तिम चरणमा पुगेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना